All about Sunuwar

News

now browsing by category

 

सुनुवार सेवा समाज ओखलढुङ्गाको उद्घाटन

चुप्लु दाम्लोच
२४ साउन, ओखलढुङ्गा । सुनुवार सेवा समाज (सुसेस) तथा वल्लो किरात संघीय राज्य परिषदका केन्द्रीय अध्यक्ष मनप्रसाद सुनुवारले पानसमा बत्ती बाली सुसेस ओखलढुङ्गा जिल्ला समितिको दोस्रो जिल्ला सम्मेलनको उद्घाटन गर्नु भएको छ । जिल्ला प्रसाशनका प्रतिनिधि विष्णुवहादुर भट्टार्राईले उद्घाटन व्यानर वाचन गर्नु भएको थियो भने नाअÞसो खड्गबहादुर र लालबहादुरले कोइँच परम्पराबाट जोर सागुनको पिदार गरी कार्यक्रमको उद्घाटन गरियो । परम्परागत कोइँच कलाकारहरु डिवीराज, उज्जन, उमेश, वीरबहादुर, कोपबहादुर, नीरकुमार सुनुवार, सञ्जोग रुपाच, पशुपति, वेदबहादुर सुनुवार आदिले कोइँच दुमो बजाएर कार्यक्रमको उद्घाटनमा साथ दिएका छन् । यज्ञराज सुनुवार नेकपा एमालेका जिल्ला अध्यक्ष र प्रदिप सुनुवार नेपाली काङ्ग्रेसको सभापति भए पनि पार्टी प्रतिनिधि मात्र उपस्थित रहे ।

ओखलढुङ्गामा सुनुवारहरुले शक्ति प्रदर्शन गरे

चुप्लु दाम्लोच
२४ साउन, चुप्लु (ओखलढुङ्गा) । ओखलढंु्गा सदरमुकाममा कोइँच (सुनुवार) ले शक्ति प्रदर्शन गरेका छन् । सुनुवार सेवा समाज जिल्ला समिति ओखलढुङ्गाले दोस्रो जिल्ला सम्मेलनको क्रममा जिल्ला सदरमुकाममा १६ गाउँ समितिबाट आएका कोइँच प्रतिनिधिहरुले पहिचानसहितको संघीयता विरोधी होसियार, आदिवासी जनजाति एक होऔं, सुनुवार सेवा समाज जिन्दावाद, वल्लो किरात स्वायत्त प्रदेश हाम्रो चाहना जस्ता नारा लगाउँदै साँस्कृतिक झँाकि सहित बजार परिक्रम गरी अहिले उद्घाटनको लागि जिल्ला विकास समितिको सभाहलमा प्रवेश गरेको छ । यस ऐतिहासिक सम्मेलनमा सुनुवार सेवा समाजले कोइँचको पहिचान, कोइँच भूमि र कला संस्कृतिको संरक्षण नारालाई मुर्तरुप दिने लक्ष्य राखेको छ । ओदलढुंगाको स्थानीयस्तरमा आफ्नो उपस्थिति भए पनि कोइँचको पहिचानको लागि अहिलेसम्म जिल्लामा कुनै पनि आवाज उठाइएको थिएन ।

सुनुवार सेवा समाज ओखलढुङ्गा जिल्ला समितिको सम्पूर्ण कार्य सम्पन्न

चुप्लु दाम्लोच
२३ साउन, ओखलढुङ्गा । सुनुवार सेवा समाज जिल्ला सम्मेलनको सम्पूर्ण कार्रय सम्पन्न भएकेा जानकारी कार्य समिति अध्यक्ष बुद्धिराज मुलिचाले दिएका छन् । जिल्लाका सबै पार्टी तथा आदिवासी जनजाति संघसंस्था तथा गैर आदिवासी संस्थाहरुलाई र राजनीतिक पार्टीलाई निमन्त्रणा गरिएको पनि जानकारी गराउनु भयो । ओखलढुङ्गा सदरमुकाममा पहिलो पटक गर्न लागेको यो सम्मेलन सुसेसको दोस्रो जिल्ला सम्मेलन हो । भोलि विहान सुनुवार सेवा समाज जिल्ला समितिले साँस्कृतिक झाँकीसहित बजार परिक्रमा गरी जिल्ला विकास समितिको सभाहलमा सभामा परिणत हुने छ । अहिले जिल्लको १६ गाविसका सुनुवार प्रतिनिधि सहभागी हुने भएका छन् ।

सुनुवार सेवा समाजको ओखलढुङ्गा जिल्ला सम्मेलन : पहिचानको राजनीतिमा ध्यानकेन्द्रित

चुप्लु दाम्लोच

२१ साउन, खिँचि । सुनुवार सेवा समाज जिल्ला कार्य समिति, खिँचि, ओखलढुङ्गाले भव्य साँस्कृतिक झाँकी प्रदर्शनीसहित जिल्ला सदरमुकाममा यही २४ गते जिल्ला सम्मेलन गर्ने भएको छ । वल्लो किरात स्वायत प्रदेशको आवाज उराल्दै अगाडि बढेको सुनुवार सेवा समाजले ओखलढुङ्गा जिल्ला तदर्थ समिति गठन गर्ने उद्देश्य रहेकोसाथै विस्तारै सदरमुकामबाट बहिस्करणमा पारिएको कोइँच (सुनुवार) ले सदरमुकाममा आफ्नो आन्दोलनलाई केन्द्रित गरेको जिल्ला समितिका अध्यक्ष बुद्धिराज सुनुवारले बताउनु भयो । Read More

१८ औं आदिवासी दिवासको उपलक्ष्यमा बृहत् साँस्कृतिक कार्यक्रम

सुनुवार डट ओआरजि समाचारदाता
१७ साउन, यालाखोम । नेपाल आदिवासी जनजाति महासंघ काठमाडौं जिल्ला समन्वय समितिले १८ औं आदिवासी दिवास भव्यतासाथ वृहत् साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको । वातावरण मन्त्री डा. केशवमान शाक्यले कार्यक्रमको उद्घाटन गर्दै सबै जातिय पहिचानसहितको संघीयताको लागि आदिवासीको आ-आफ्नो पार्टी खोलेर मोर्चाबन्दी गर्नु पर्ने विचार राख्नु भयो । उक्त कार्यक्रममा शिवा मुखियाले सेरेम फू कोइँच गीत गाउनु भएको थियो भने सपना सुनुवार र साथीहरुले जाम्शा लानि खे तामि चाइमि बोलको गीतमा नृत्यु गर्नु भएको थियो भने एलिया जिजिच र साथीहरुले आदिवासी गीत प्रस्तुत गर्नु भएको थियो । सो कार्यक्रममा तामु, शेर्पा, याक्खा, तामाङ, नेवार, मगरका विभिन्न गीत तथा नृत्य प्रस्तुत गरिएको थियो ।

आदिवासी दिवसमा सेरेम फुको लाइभ सो

सुनुवार डट ओआरजि समाचारदाता दोमोका दारशो सेरेम फु कोइँच भाषाको गीति एल्बम भोलि नेपाल आदिवासी जनजाति महासंघ काठमाडौं जिल्ला सामन्वय परिषदद्वारा आयोजित साँस्कृतिक कार्यक्रममा लाइभ सो हुने भएको छ । राष्ट्रिय सभागृह, प्रदर्शनी मार्गमा आयोजित सो कार्यक्रममा शिवा मुखिया र सन्ध्या सुनुवारले उक्त गीति एल्बमका गीत गाउने भएका छन् । चुप्लु समाज र सुनुवार डट ओआरजिले कोइँच युवा युवतिलाई लक्षित गरेर उत्पादन गरिएको कोइँच गीति एल्बममा नौ वटा गीत समावेश गरिएको छ । सो एल्बममा बर्थ डे गीत, बच्चा फकाउने गीत, बाल गीत, अहिले चलेको उत्तराधुनिक गीत, परम्परागत लोकगीत समेटिएको छ ।

किङलो चुप्लु बार्षिक उत्सव भब्यताका साथ सम्पन्न ।

सुनुवार डट ओआरजी, श्रावण १४ । सुनुवार भाषाको पहिलो रेडियो कार्यक्रम “किङलो चुप्लु” आज तिन बर्ष पुरा भएर चार बर्षमा टेकेको छ । किङलो चुप्लुको पहिलो प्रशारण रेडियो उपत्यका ८७.६ मेगाहर्ज श्रावण १४ गतेबाट शुरु भएको थियो । किङलो चुप्लु कार्यक्रम संचालन गर्नुमा जति कठिनाइहरु आए पनि स्रोताहरुको साथ सहयोगले गर्दा यसले तिन बर्ष पुरा गर्न सफल हुनुको साथै रेडियो उपत्यका ८७.६ मेगाहर्ज काठमाण्डौं, हजुरको रेडियो १०२.१ मेगाहर्ज रामेछाप र आजबाट तिफदी रेडिया ९९.१ मेगाहर्ज रामेछाप गरि तिन ठाँउबाट प्रशारण गर्न सफल भएको छ । Read More