All about Sunuwar

News

now browsing by category

 

सुनुवार सेवा समाजको आठौं पुरक सम्मेलन सञ्चालन हुँदै

सुनुवार डट ओआरजि समाचारदाता ।
३० मङ्सीर, काठमाडौं । चार जना प्रतिनिधि (प्रकाश, उदय, दिपक, विष्णु सुनुवार) तथा आयोजक समिति सदस्य मावर सुनुवारको उजुरीको कारण पुनः सुनुवार सेवा समाज आठौं पुरक सम्मेलनको आज सुनुवार सेवा समाज कोटेश्वरमा आयोजना हुँदै छ । हाल १६९ प्रतिनिधिको उपस्थिति छ ।

साधारण सभाको लागि सुनुवार सेवा समाजबाट पत्रचार कार्य शुरु

सुनुवार डट ओआरजि समाचारदाता, १८ मंसीर । सुनुवार सेवा समाजको विषम परिस्थितिमा हुन लागेको साधारण सभाका लागि साधारण सभा आयोजक समितिले आजदेखि पत्रचार कार्य शुरु गरेको छ । सबै गाउा, नगर, जिल्ला र क्षेत्रीय समितिलाई संगठन विभागले आज ९४ गाउा, नगर, जिल्ला र क्षेत्रीय समितिलाई पत्रचार गरेको छ । संगठन विभाग केन्द्रीय समितिमा कतिपय जिल्ला, नगर, गाउा समितिको गठन तथा अद्यावधि नभए ता पनि मंसीर ९ गतेको भेलाले सबै सुनुवार दाजुभाई दिदीबहिनी मिलेर जानु पर्ने भएको हुादा सबै क्षेत्रका सुनुवार समेट्न यसरी पत्रचार गरीएको बताइएको छ ।

चालीस हजार सुनुवार घटे तर एघार हजार सुनुवार भाषी बढे

चुप्लु दामलोच । १२ मङ्सीर, काठमाडौं । केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना–२०६८ को अन्तिम परिणाम हिजो सार्वजनिक गरेको छ । उक्त तथ्यांकमा नेपालको कुल जनसंख्या २६४९४५०४ देखाएको छ भने जनसंख्या वृद्धिदर १.३५ प्रति वर्ष देखाएको छ । Read More

मङ्सिर ३० मा सुनुवार सेवा समाजको राष्ट्रिय सम्मेलन

मङ्सिर १०, काठमाडौं । सुनुवार सेवा समाजको वध्येत्मक राष्ट्रिय सम्मेलन यही मङ्सिर ३० गते सम्पन्न गर्ने निर्ण्र्ाापारित भएको छ । सुनुवार सेवा समाजको आठौं सम्मेलनबाट निर्वाचित आठौं कार्यसमितिलाई जिल्ला प्रशासन कार्यालयमा उजुरी परेपछि यो विशेष सम्मेलन गर्नु परेको हो । समाजको तत्कालीन सङ्गठन विभागको अपारदर्शी व्यवहारको काारण यस्तो घटना घट्न गएको हो ।
यस विशेष सम्मेलन सम्पन्न गर्नको लागि सुनुवार सेवा समाज आठौं समितिले जिल्ला प्रशासन कार्यालयमा -द.नं. १०७७) मङ्सीर ९ गते क्षेत्र तथा जिल्ला अध्यक्ष र संस्थापक, पर्ूव अध्यक्ष र उजुरीकर्ताहरु बसी एक सम्मेलन आयोजक समिति गठन गरी सम्मेलन गर्ने जानकारी गरेको थियो । यसै समय खाकानुसार वरियताक्रमका आधारमा र यस विषम परिस्थितिका जिम्मेवार भएको नाताले सातौं केन्द्रीय कार्यसमितिको अध्यक्ष टंकराम सुनुवारको संयोजकत्वमा आठौं केन्द्रीय कार्यसमिति अध्यक्ष मनप्रसाद सुनुवार सहसंयोजक र आठौं केन्द्रीय कायलसमितिका उपाध्यक्ष रणवीर सुनुवार सङ्गठन विभाग प्रमुख रहने गरी तीन सदस्यीय सम्मेलन आयोजक समिति गठन गरेको छ । तीन सदस्यीय आयोजक समितिले सातौं समितिका सक्रिय सदस्य र आठौं समितिका सम्पर्ूण्ा सदस्य आयोजक सदस्य रहने गरी सदस्य मनोनयन गर्ने कार्यभारसहित सम्मेलन आयोजना गराउने जिम्मेवारी अख्तियर गरेको छ ।
सुनुवार सेवा समाजको विधानमाा संस्थामा राजनीति गर्न नपाइने प्रवधान भए ता पनि राजनीतिकरण गर्न खोजिएको हुँदा समाजले यस्तो भवितव्य व्यहोर्नु परेको हो भन्छन् संस्थापकहरु ।

सुनुवार सेवा समाजको विस्तृत छलफलसहितको वैठक

मङ्सिर ९ गते शनिवार । सुनुवार सेवा समाज आठौं केन्द्रीय समितिले सर्वोच्च अदालतको उत्प्रेषण परमादेश तथा जिल्ला प्रशासनको निर्देशन पालन गर्न विस्तारित छलफल वैठक बस्यो । जसमा सुनुवार सेवा समाजका संस्थापक गुञ्जबहादुर सुनुवार, टीकाराम मुलिचा, टेकबहादुर सुनुवार, प्रेम हाँबली सुनुवार, सातौं अध्यक्ष टंकराम सुनुवार, छैठौ अध्यक्ष ले. मान बाहदुर सुनुवार, पाँचौ अध्यक्ष लोक प्रिय सुनुवार, चौथो अध्यक्ष ईश्वर किरण सुनुवार साथै जिल्ला प्रतिनिधिहरुको उपस्थितिमा यही मंसीर मसान्त भित्र सुनुवार सेवा समाजको साधरण सभाबारे छलफल हुदै छ ।

नेपाल आदिवासी जनजाति महासंघको चौथो तथा पाँचौं वैठक हुँदै

चुपलु दामलोच । ९ मङ्सीर शनिवार । नेपाल आदिवासी जनजाति महासंघको संघीय परिषदको वैठक अहिले स्थानीय विकास प्रतिष्ठान, जावलाखेलमा सम्पन्न हुँदै छ । सो सम्मेलनमा पूर्व अध्यक्ष पासाङ शेर्पाले आदिवासी जनजातिले पार्टी खोले तर रहरले हो कि करले बुझ्नु पर्ने बताए । अब महासंघले आउँदो रणनीति बनाइ आदिवासी जनजातिको हकअधिकार सुनिस्चतताका लागि जानु पर्ने बताए । परिषद वैठक भोलिसम्म चल्ने छ ।

सुनुवार सेवा समाज दोहा, कतारको दोश्रो अधिवेशन सम्पन्न ।

-भानु सुनुवार

दोहा, कतार नोभेम्वर १६ । “सम्पूर्ण सुनुवार कोईँचहरुको चाहना जाति, भाषा, धर्म र संस्कृतिको संरचना” मूल नाराका साथ स्थापित सुनुवार सेवा समाज दोहा, कतारको दोश्रो अधिवेशन दोहा स्थित होम ल्यान रेष्टुरेन्टको सभा हलमा आज सम्पन्न भएको छ । नेपाल प्रवासी आदिबासी जनजाति महासंघ दोहाका अध्यक्ष बिनेश तमाङ्ग ज्यूको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष राम बहादुर सुनुवारले गर्नु भएको थियो । Read More