News
now browsing by category
मातृभाषी स्रष्टा पुरस्कृत
सुनुवार डट ओआरजी समाचारदाता । विश्व मातृ भाषा दिवस २०६९ को उपलक्ष्यमा चार मातृभाषी स्रष्टालाई राष्ट्र मातृभाषा सेवा पुरस्कार प्रदान गरिएको छ । जनही रु. १५ हजार नगदसहित डा. नोबलकिशोर राईले बाम्बुले भाषी गणेश राई, तामाङभाषी अमृत योञ्जन, उराँवभाषी बेचन उराँव र थारुभाषी कृष्ण सर्वहारीलाई फुलमाला लगाएर सम्मान गर्नुभएको छ ।
सम्मान गरेर दिएको पैसामा करकट्टा गर्ने भनेको कमाएको पैसामा हो । यहाँ मैले करकट्टी भन्ने मेरो सानो आँखाले देखेँ । अबदेखि प्रतिष्ठानले त्यसो नगरोस् प्रमुख अतिथिको सम्बोधनमा सन्दर्भमा बोल्नुभयो ।
मातृभाषा दिवसको उपलक्ष्यमा थुँगा नामक राष्ट्र मातृभाषाका कविता संगालो ३ पनि सार्वजनिक गरिएको थियो जसमा ३२ भाषाका कविता समेटिएको छ ।
उपस्थितिको लागि हार्दिक निमन्त्रणा
सुनुवार डट ओआरजि समाचारदाता ।
७ फागुन । ब्लामिच कोइँचहरुको भेला यही २०६९ साल फागुन ९ (नौ) गते बुधवार, सुनुवार सेवा समाजको भवन कोटेश्वरमा हुँदै छ । सोलुखुम्बुको ग्लोःलि, सेबे, किर्सेपु, मेस-कि र ओखलढुङ्गाको रावादोलु मूल थलो भइ विश्वभरि छरिएर बसेका ब्ला-मिचहरु, विभिन्न सामाजिक तथा साँस्कृतिक क्रियाकलापहरुमा एकट्ठा भई आपसी साथसहयोग र विचार आदानप्रदान गर्न सङ्गठित हुन लागेका धर्मविक्रम ब्लामिचद्वारा प्रेसित सूचनामा उल्लेख छ । Read More
कोइँच फिल्मका कुरा
काःतिच
दुइटा फिल्मको फिल्मी कथा लेख्नले टाउको दुःखीरहेको छ ( मापासे र मिम(सि । सामान्य दृष्टिमा फिल्मी कथा लेख्न सजिलै छ । हो, चलनचल्तीको मसलेदार फिल्मको कथा सजिलो नै छ । यता उता तानेर टुक्रा जोडजाड ग¥यो । केटा केटी वीच शुरुमा द्वन्द्व वीच लाभ, लाभमा अब्सटेकल, हिरोको प्रतिरोध अन्तमा विवाह । अलिकति गीत, अलिकति फाइट, अलिकति लाभको कुरा, अलिकति बोल्ड बेड सिन । Read More
चिमरु बुजिचलाई दालमान साहित्य पुरस्कार
यस वर्षको दालमान साहित्य पुरस्कार २०६९ कोइँच कवि चिमरु बुजिचलाई प्रदान गरिएको छ । यसै गरी दालमान अक्षय कोष विद्वत सम्मान २०६९ साहित्यकार अतीत मुखियालाई प्रदान गरिएको छ ।
कार्यक्रमलाई प्रकाश पार्दै अक्षय कोषका पूर्व अध्यक्ष सेनानी राजेन्द्र सुनुवारले रु. दुईलाखबाट स्थापना गरिएको कोष हाल चारलाख पुगेको कुरा पनि बताउनुभयो । पुरस्कृत कृतिलाई उद्धृत गर्दै सेनानी राजेन्द्र सुनुवारले भन्नुभयो– साम्राज्यवादी संसारको अतिक्रमण तथा अन्य विभिन्न छिमेकी भाषा तथा राज्यको कोल्टे व्यवहारको जाँतो पिसाइमा पिधिँएको कोइँच भाषा भर्खर भर्खर ताते सर्दैछ । यही ताते गराइमा उसको मुखबाट फुस्केको संघर्षका चित्कारको आवाज हो चिलाबुँबु । Read More
शून्यका विरुद्ध चार गोलले मगर विजयी
आदिवासी जनजाति कोइँच (सुनुवार) र मगर वीच भएको मैत्रीपूर्ण फुटबल खेलमा शून्यको विरुद्ध चार गोलले मगरले विजय प्राप्त गरेको छ । कोइँचको तर्फबाट सुनुवार सेवा समाजका अध्यक्ष मनप्रसाद सुनुवारको नेतृत्वमा खेल मैदानमा सुनुवार खेलाडी उत्रिएको थियो भने मगरको तर्फबाट सञ्जोग लाफा मगरले टिमको नेतृत्व गर्नु भएको थियो ।
खेल शुरु भएको १५ मिनेटमै मगरको तर्फबाट डा. कृष्ण भट्टाचनले गोल गरेपछि मगर खेलाडीहरु उत्साहित भएका थिए । दोस्रो हाफमा संगम मगरले दुर्इ गोल गरेका थिए भने अर्को गोल दोस्रो हाफको अन्ततिर एक गोल गरेपछि मगरले शुन्यको विरुद्ध चार गोलले विजय भएको थियो ।
कोइँच खेलाडीहरुले इञ्जुरी समयमा अत्याधिक दबाबमा राखे पनि गोल भने गर्न सकेनन् । अन्तमा पिर्तीका सानु जेस्पुच सुनुवारले खेललार्इ रौनकता प्रदान गरेका थिए ।
खेलको अन्तमा सुनुवार सेवा समाजका अध्यक्ष मनप्रसाद सुनुवारले खेललार्इ हार्नुको कारण वारे खेल मैदानमा खेलाडीलार्इ विस्तृत व्याख्या गरेर देखाउँदै पहिचानको राजनीति पनि यस्तै हो । फुटबल खेल खेल्न जे जसरी बुद्धि र ताकनिक प्रयोग दर्छौं त्यसरी नै जानु पर्दछ । फुटबल र राजनीति एकापसमा मिल्दु जुल्दो छ । जसरी फुटबल खेल्नु टीम स्पिरिट चाहिन्छ हाम्रो पहिचान र संघीयताको राजनीतिमा पनि कोइँच र कोइँच युवाहरुको स्पीरिट उस्तै हुनुपर्दछ । जसरी गोल गर्न टिममा सहकार्य चाहिन्छ त्यसरी नै हामी कोइँचले जुनसुकै विचार र राजनीति, व्यवसायमा लागे पनि संघीयताको पक्षमा बोल्दा वल्लो किरात कोइँचवानको पक्षमा एक जुट हुनु आवश्यक छ भन्नु भयो । डा. भट्टाचनले आदिवासीले फुटबलमा जित्ने जालझेल बुझे भने राजनीति पनि राम्ररी गर्न सकिने तर्क राखे ।
वास्ताबमा फुटबल खेल्ने विधिविधान छ तर त्यस भित्र पनि विधिविधानभित्रे बसेर जालझेल हुन्छ । राजनीति र देश चलाउने विधान र संविधान, ऐन कानुन हुन्छ । त्यसभित्र पनि जालझेल हुन्छ । नीति नियमघित्रै बसेर जालझेल गर्न जबसम्म कोइँचले जान्दैनन् त्यतिबेलासम्म अरुको घोडा बनेर आदिवासी जनजाति कोइँचको प्रतिनिधिमूलक संस्थालार्इ एन जि ओ हो । राजनीतिक पार्टी ठूलो हो । भनेर संस्थालार्इ अपमान गरी रहने छन् । र, बोलार्इ र व्यवहारमा एक गराइमा अर्को गर्ने छैनन् ।
भोलि कोइँच र मगर वीच मैत्री फुटबल खेल हुने
चुप्लु दामलोच । १९ गते माघ । आदिवासी जनजाति कोइँच (सुनुवार) र मगर वीच भोलि शनिवार दर्ुइ बजे जावलाखेल खेल मैदानमा मैत्री फुटबल खेल हुने भएको छ । गएको हप्ता कोइँच र खेलकुद पत्रकार मञ्च वीच हुने खेल जावलाखेल खेल मैदान बुक भएको हुँदा अन्य खेल मैदानमा पत्रकार मञ्चले नखेल्ने भएको हुँदा खेल स्थगित भएको थियो भने यस हप्ता पनि लिम्बुसँग कोइँचको खेल हुने पक्का पक्की भए पनि अन्तिममा लिम्बुहरुले खेल स्थगित गरेका छन् ।
भोलि हुने भनेको मैत्री फुटबल खेलमा मगरको तर्फबाट साहित्यकार, पत्रकार तथा चलचित्रकर्मी सञ्जोग लाफा मगर नेतृत्व गर्ने छन् भने कोइँचको तर्फबाट मनप्रसाद सुनुवारले । त्यस्तै गरी सुनुवार टिमको संयोजन सामुयल सुनुवार गरेका छन् भने टिम व्यवस्थापनमा समीर मुखिया सुनुवारले जिम्मेवारी सम्हालेका छन् ।
कोइँच र मगरको वीच हुन लागेको ऐतिहासिक मैत्रीपूर्ण खेलमा सबै खेलप्रेमी कोइँच दाजुभाई दिदीबहिनीहरुलाई जावलाखेल मैदानमा उपस्थित भइ हौसला प्रदान गर्न सुनुवार खेलकुद समूहका सूचना तथा सञ्चार संयोजक उत्तमकुमार सुनुवारले अनुरोध गरेका छन् । साथै फुटबल खेलप्रेमी तथा खेलाडीले तत्काल सुनुवार सेवा समाजको कार्यालयमा सम्पर्क गर्न अनुरोध छ ।
सुनुवार फुटबल टिमलाई रामबहादुर सुनुवार, हितबहादुर सुनुवारले रातो जर्सी र श्याम सुनुवार रिल्माले दुर्इवटा फुटबल सौजन्य गरेका छन् । इच्छुक खेलप्रेमीहरुलाई थप सहयोगको लागि पनि अनुरोध गरिन्छ ।
सुनुवार सेवा समाजका अध्यक्ष मनप्रसाद सुनुवारले यो मैत्रीपूर्ण खेलले आदिवासी जनजातिको पहिचानसहितको संघियतामा सहयोग पुग्ने बताउँदै कोइँचको पहिचानको लागि यसले थप सहयोग पुराउने बताउनु भयो ।
सुनुवार फुटबल टोलीलाई सहयोग
सनुवार डट ओआरजि समाचारदाता । १३ माघ, काठमाडौं । सुनुवार सेवा समाजले नेतृत्व गरेको फुटबल टिमलाई फुटबल र जर्सी सहयोग प्राप्त भएको छ । सुनुवार सेवा समाजलाई श्याम सुनुवारले दुई वटा फुटबल, रामबहादुर सुनुवार र हितबहादुर सुनुवारले १५ वटा रातो जर्सी प्रदान गरेका छन् । जर्सी र फुटबल हस्तान्तरण गर्ने सहयोगकर्तालाई सुनुवार सेवा समाजले एक कार्यक्रम गरी प्रशंशा पत्र प्रदान गरेको छ । विशेष अतिथि किरात सुनुवार सेवा समाजको सल्लाहार तथा नेपाल आदिवासी जनजाति महासंघ युके का कोषाध्यक्ष होम दासुचले सहयोगकर्तालाई खादा ओढाएर सम्मान गरेको थिए भने पूर्व सभासद दालकुमारी सुनुवारले प्रशंसापत्र प्रदान गर्नु भएको थियो । प्रशंसा पत्र प्रदान गर्दै प्रमुख अतिथि दालकुमारी सुनुवारले सुनुवारको यस जोसप्रति सहयोग गर्ने बचन वद्धता सहित उहिले गाउँमा फुटकाल थिएन । हामी हालि खेल्थ्यौं । हालि खेलको विकास गरी कोइँच एकताको लागि युवाहरुलाई एक गर्नु पर्ने बताउनु भयो भने विशेष अतिथि होम दसुचले कोइँचहरुमा साँस्कृतिक विचलन आएको हुँदा कोइँचको आफ्नै संस्कार संस्कृतिलाई लिपिवद्ध गर्नु अनुरोध गर्नु भयो । साथै धनुषवाण खेललाई पनि विकास गर्न सुझाव दिनु भयो । सुनुवार सेवा समाजको अध्यक्ष मनप्रसाद सुनुवारले सुनुवार युवाहरु अन्य कार्यक्रममा उपस्थित हुन अनिच्छुक भएको हुँदा खेलकुदको सहारामा उनीहरुलाई पहिचानको लागि जागरुक गर्न यो अभियान अगाडि बढाइएको जानकारी गराउँदै राज्यले युवाहरुलाई प्रदान गर्ने विभिन्न सुविधामा कोइँच युवाको पहुँच पुग्न नसकेको हुँदा खेल मार्पmत त्यस्ता राज्यले प्रदान गर्ने सुविधामा पहुँच पुराउन पनि यस किसिमको अभियान अगाडि बढाइएको बताउनु भयो । स्वागत मन्तव्य संस्थाका प्रथम उपाध्यक्ष रणवीर सुनुवारले दिनु भएको थियो भने उपस्थित सम्पूर्ण अतिथि तथा सहभागीलाईसुनुवार फुटबल टिमका संयोजक सामुयल सुनुवारले धन्यवाद दिनुभयो । अभैm पनि सुनुवार फुटबल टिमलाई जाली र सेतो जर्सी आवश्यक भएको संयोजक सुनुवारले बताउँदै आजको मैत्रीपूर्ण खेल खेलकुद पत्रकार मञ्चको समयाभावको कारण रद्द भएको जनाउनु भयो । अर्को खेल आउँदो सनिवार लिम्बुहरुसँग हुने पनि जानकारी गराउनु भयो । तर खेल मैदान टुँगो नभएको बताउनु भयो ।
