All about Sunuwar

News

now browsing by category

 

फेरि सुसेस भर्सेस खेप मञ्चको फ्रेण्डसिप फुटबल गेम हुने

चुप्लु दाम–लोच ।

७ माघ, काठमाडौं ।

प्रज्वल शाक्यको नेतृत्वमा खेलकुद पत्रकार मञ्च (खेप मञ्च) र सुनुवार सेवा समाज अध्यक्ष मनप्रसाद सुनुवारको नेतृत्वमा यही आउँदो शनिवार जावलाखेल खेल मैदानमा मैत्रीपूर्ण फुटबल खेल हुने भएको छ । यस मैत्रीपूर्ण फुटबल खेलमा आम खेलप्रेमी कोइँचहरुलाई यही आउँदो शनिवार माघ १३ गते शनिवार दिनको ३ बजे जावलाखेल खेलकुद मैदानमा उपस्थित भई कोइँच खेलाडीहरुलाई हौसला प्रदान गर्न सुनुवार सेवा समाजले हार्दिक अब्हान तथा अनुरोध गरेको छ । यसभन्दा अगाडि सुनुवार सेवा समाज भर्सेस आदिवासी जनजाति आन्दोलनकर्मीहरु वीच मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको थियो ।
आदिवासी जनजातिविज्ञ तथा आन्दोलनकर्मी डा. कृष्णबहादुर भट्टाचनको नेतृत्वमा शुरु भएको यो खेल अभियानले विस्तारै मूर्तरुप लिँदै छ । शुरुमा आदिवासी जनजाति खेलाडीहरु उपस्थित हुन हम्मे हम्मे थियो । सबैलाई अनुरोध गर्दै खेलको शुरुआत किर्तीपुर युनिभर्सिटी खेल मैदानबाट शुरु गरिएको थियो । डा. भट्टाचनको यस अभियानले विस्तारै आदिवासी जनजातिमा नयाँ रौनक थपेको छ ।

मैत्रीपूर्ण खेल आयोजना गर्नुको उद्देश्य तथा सामुयल सुनुवारको आगमन
आदिवासी जनजातिहरु वीच मैत्रीपूर्ण फुटबल खेलको शुरुआत आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान र आदिवासी जनजाति संघसंस्थाहरु वीच किर्तीपुर खेल मैदानबाट शुरु भएको थियो । ‘आदिवासी जनजातिहरुले राजनीतिलाई अभैm प्रष्टसँग बुझ्न नसकेको हुँदा फुटबल खेलको रणनीति र प्रतिस्पर्धासँग दाँजेर आदिवासी जनजातिले नेपालको वर्तमान समयमा बुझ्नु गर्नु पर्ने राजनीति वारे सम्झाउने बुझाउने र सबैलाई चेतना भर्ने माध्यमको रुपमा मैत्रीपूर्ण पूmटबल खेललाई माध्यमको रुपमा लिइएको छ । यसरी खेलकुद गर्दा युवा वर्गहरुको चासो विस्तारै बढ्दै गएको हामीले पाएको छौं ।’ सुनुवार सेवा समाजका अध्यक्ष मनप्रसाद सुनुवारले बताउँदै अगाडि थप्नु भयो– ‘यस अभियानलाई शुरु गर्दा म एक्लै थिएँ कोइँचको तर्पmबाट । सुनुवार सेवा समाज महासचिव, कोषाध्यक्षलाई जबर्जस्ती खेलको दर्शक बनाउन पुराइयो । युवा पत्रकार पाम सुनुवार (सुरज) ले अभियानको तेस्रो श्रृङ्खलाबाट साथ दिएका थिए । मलाई त्यतिबेला यति चाँडै यसरी Read More

जीवित संग्रहालयमा परम्परागत कोइँच खिँ निर्माणको क्रममा

चुप्लु दाम्लोच । ३ माघ, काठमाडौं । जीवित संग्रहालयमा परम्परागत कोइँचखिँ निर्माणको अन्तिम चरणको कार्य हुँदै छ । आजभन्दा १० वर्ष अगाडि नेपाल जातिय संग्राहायले शुरुमा १२ जातिको खानपान जीवनशैलीलाई नेपाल पर्यटन बोर्डमा संग्रहालय स्थापना गरेको थियो । अहिलो सोही संग्रहालयले दक्षिणकाली जाने बाटो नजिकै हात्तिवनमा २०० रोपनी क्षेत्रफलको सरकारी जग्गामा नेपालको आकारमा नेपालमा बसोबास गर्ने सबै जातजातिको घर निर्माण गरी सोही घरमा एक परिवार राखी हुबहु त्यही जातिको सामाजिक चालचलन र जीवनशैली स्वदेशी तथा विदेशी पाहुनाहरुलाई देखाउन जीवित संग्राहलय बन्ने क्रममा छ । शुरुमा संग्राहालय संस्थापक १२ जाति (कोइँच, शेर्पा, रार्इ, लिम्बु, तामाङ, बाहुन, गुरुङ, चेपाङ, थकाली, मगर, थारु, नेवार) हरुको घर निर्माण गरी अन्य जातिहरुको घर क्रमशः प्रथामिकीकरणको आधारमा थप्दै जाने योजना रहेको संस्थाका अध्यक्ष बमकुमारी बुढा बताउँछिन् । यी १२ जातिको घरको स्थलगत अध्ययन तथा नक्साङ्कन कार्य अन्तिम चरणमा पुगेको छ । कोइँचको परम्परागत घरको नमून माथिल्लो बुज (गुप्तेसोर) परशुराम सुनुवार (हरिलाल सुनुवारको बुबा) को घरलाई आधार बनाइएको छ । सुनुवार सेवा समाज पनि नेपाल राष्ट्रिय जातिय संग्रहालयको संस्थापक सदस्य हो । यसरी शुरुमै कोइँचको घर संग्रहालयमा समावेश हुनुमा नेपाली कांग्रेस ओखलढुंगाका नेता तथा पर्ूव जिल्ला सभापति महेशकुमार कोरमोचाको ठूलो हात रहेको छ । कोइँचको संग्रहालय निर्माणमा रणवीर सुनुवार (रगनी ओखलढुंगा), तोरणबहादुर सुनुवार (भूजी, रामेछाप), राधादेवी सुनुवार (गुप्तेश्वर, रामेछाप), पर्ूवसभासद दालकुमारी सुनुवार तथा ले. मानबहादुर सुनुवार (गुप्तेश्वर, रामेछाप) सहयोग रहेको छ । उत्तमकुमार सुनुवारले संग्रहालय ढाँचा तयार गर्नु भएको नेपाल पर्यटन बोर्डको कोइँच संग्रहालय निर्माणमा सुनुवार सेवा समाजको तत्कालीन अध्यक्ष लोकप्रिय सुनुवार व्यवस्थापन संयोजन गर्नु भएको थियो ।
अहिले सरकारले यस संग्रहालयका लागि केही टोकन मनीको रुपमा लगानी गर्न शुरु गरेको छ । विभिन्न १२ जातिको स्थलगत अध्ययन तथा नक्सा तयार पार्न संस्कृति मन्त्रालयले पुरातत्व विभागको निगारानीमा लगानी गरेको छ । पहिलो चरणको परम्परागत कोइँच खिँको नमूना नक्सामाथि पुरातत्व विभाग सिंहदरबारमा छलफल भईसकेको छ अन्तिम छलफलको क्रममा रहेको जानकारी संग्रहालयका उपाध्यक्ष दालकुमारी सुनुवारले दिएका छन् ।
Read More

कोइँचको जित : कोइँच तथा आदिवासी जनजाति मैत्री फुटबलब प्रतियोगितामा

चुप्लु दामलोच । २८ पुस, काठमाडौं ।
सुनुवार सेवा समाजको आयोजनामा खेलिएको ओभर थर्टी कोइँच-आदिवासी जनजाति मैत्री फुटबल प्रतियोगितामा कोइँचले १ को विरुद्ध दर्ुइ गोलले जितेको छ । आज दिउँसो ३ बजे जावलखेल युथ क्लबको मैदानमा खेलिएको मैत्री खेलको पहिलो हाफमा कुनै पनि पक्षबाट गोल हुन सकेन भने दोस्रो हाफमा रविन सुनुवार र प्रशान्त सुनुवारले सुनुवार सेवा समाजको तर्फबाट गोल गरे भने विपक्षी आदिवासी जनजातिले एक गोल गरेका थिए । सुनुवार सेवा समाजका अध्यक्ष मनप्रसाद सुनुवारले टिपमो क्याप्टन हुनु भएको कोइँच फुटवल टिममा सामुयल सुनुवार र समीर मुखियाले टिमको व्यवस्थापन सम्हालेका थिए ।
शुरुमा खशी बाजी खेल्ने भने पनि खशी बाजी क्यानसिल भएको थियो । दर्ुव तर्फबाट पन्ध्र पन्ध्र सय उठाएर खेल मैदानको भाडा मात्र तिरियो । विपक्षी फुटबल टिम तमु ल्होसारमा गुरुङ भर्सर्ेेआदिवासी जनजाति मैत्रीपर्ूण्ा खेलमा खशी विजेता टिम थियो । चलचित्रकर्मी सञ्जोग लाफा मगर, गायक तथा संगीतकार शान्तिराम र्राई, त्रिविविका प्राध्यपक डा. कृष्ण भट्टाचन, आजउराप्रका सूचना अधिकृत राम मादेन, चलचित्रकर्मी तथा पत्रकार दिपेन्द्र लामा, आइफाको उपाध्यक्ष पदम सुब्बा जस्ता आदिवासी जनजाति कार्याकर्ताहरुसँग सुनुवार सेवा समाजको टिमले चर्को प्रतिस्पर्धामा खेल सम्पन्न भएको थियो ।

Read More

किराँत सुनुवार सेवा समाज युकेको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

गत ५ जनवरी २०१३ शनिबारको दिन किराँत सुनुवार सेवा समाज (किसुसेस) युकेको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न भयो । संस्थाका अध्यक्ष जंग सुनुवारको सभापतित्वमा बसेको उक्त सभा हेरो लण्डन फुटवल क्लबको हलमा सम्पन्न भएको थियो । अध्यक्ष र महासचिव छत्र सुनुवारले सभालाई स्वागत गर्दै कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए ।
वर्षभरि संस्थाले गर्दै आएको गतिविधि तथा प्रगति प्रतिवेदनलाई महासचिव छत्र सुनुवारले पेश गरेका थिए । यसैगरी कोषाध्यक्ष पूर्णकुमार सुनुवारले आय–व्यय विवरण तथा आर्थिक प्रतिवेदनलाई पारदर्शितापूर्वक प्रस्तुत गरेका थिए । जसलाई सर्व सम्मतिबाट अनुमोदन गरिएको थियो ।
यही आउँदो २०१३ डिसेम्बरमा वर्तमान कार्य समितिको कार्यकाल पूरा हुने र नयाँ कार्य समिति चयन गरिने विषयमाथि वृहत छलफल गरिएको थियो । किसुसेस संस्थाका सल्लाहकार तथा जनजाति महासंघका कोषाध्यक्ष होम सुनुवारले आदिवासी जनजाति महासंघ युकेको उद्देश्यमाथि सविस्तार प्रकाश पारेका थिए ।
सदस्य नवीकरण र नयाँ सदस्यसम्बन्धी नीति निर्धारणको बारेमा पनि वृहत छलफल गरिएको थियो । कार्ययोजनालाई बढी प्रभावकारी र गतिशील रूप दिने उद्देश्यले छुट्टै उपसमिति बनाउनुपर्ने कुरा पारित भयो । उक्त उपसमितिको संयोजकमा प्रकाश सुनुवार छनौट भएका छन् । Read More

गाउँ गाउँमा कोइँच भाषा र भेषभूषाको जागरण

चुप्लु दाम्लोच । २६ पुस, काठमाडौं । जगवीर कोरमोच (८०) सुनुवारको बाउले लगाउने यो क्लातोलीलाई उनका नाती थिरबहादुर कोरमोच सुनुवार -रुकमान) ले सङ्कलन गरीरहेका छन् । पात्ले गाउँ जेसेका उनी अहिले गाउँमा कोइँच भाषा र संस्कृतिको जागरण आएको बताउँछन् । अहिले पोकलीबाट ढोल लगेर शाँदार नााच नाच्न प्रशिक्षण भईरहेको छ । भाषिक जागरण आइरहेको छ । पात्लेको छेरमादिङमा नाच समेत देखाएका थिए । Read More

पहिचानको लागि शुशुच कोइँचहरु संगठित

चुप्लु दाम्लोच । २२ पौष, काठमाडौं । मोलङ खोला पानीढलो पुर्ख्यौली थलो भएका कोइँच (सुनुवार) का एक थरी शुशुच कोइँच आज विधिवतरुपमा संगठित भएका छन् । हिजो एक भाषा, एक भेष हाम्रो राजा हाम्रो देश भन्ने नाराले मात्र होइन बहुदलीय प्रजातन्त्र आए पछि पनि हिन्दू तन्त्रका कारण आफ्नो भाषा कला संस्कृति र पहिचान विस्तारै गुमाउँदै गएको कोइँचका शुशुच थरीहरु आफ्नो पहिचानका लागि जुर्मुराएको बताउँछन् संगठिन गर्ने क्रममा नवगठित शुशुच संस्थाका अध्यक्ष यमतचन्द्र सुनुवार (आशिष) । शुशुच वंशवली निर्माण, भाषा, धर्म, संस्कार संस्कृति, परम्परागत कला -साहित्य, न्याय प्रणाली, शुशुचको लिखित अलिखित इतिहास, सामाजिक चालचलन, जीवन पद्धतिको संरक्षण सम्बर्रर््द्धन, प्रवर्रर््द्धन तथा आर्थिक उन्नतिको लागि काठमाडौ बौद्ध महाँकालमा शुशुच तथा शुशुचका थारिकुतिको एक भेलाले शुशुच कोइँच चुप्लु (शुशुच समाज) नामक संस्था गठन गरेको छ । आशिष सुनुवार (वाइ सि) को अध्यक्षतामा गठित सो संसथामा क्रमशः उपाध्यक्ष, सचिव, सहसचिव , कोषाध्यक्ष र सदस्यहरु निम्नानुसार रहेका छन् : केवलमान सुनुवार, प्राप्चा, मानबहादुर सुनुवार, पात्ले, सहसचिव सविना सुनुवार पात्ले, हेमबहादुर सुनुवार पात्ले, सविना सुनुवार खिजीकाती, ज्ञानबहादुर सुुनुवार पात्ले ओखलढुङ्गा ।
अब शुशुचहरुको एकता तथा कोइँच ऐक्यवद्धता तथा पहिचानको राजनीतिको लागि विभिन्न युवामैत्री कार्यक्रम सञ्चालनमा ल्याउने बताउँदै नवगठित समाजका अध्यक्ष आशिष सुनुवार वाइ सि ले पहिचानको स्रोत सर्न्दर्भ तथा अनुसन्धान सल्लाहकारमा उत्तमकुमार काःतिच सुनुवार, खिजी काती तथा थारिकुति सल्लाकारमा घनश्याम सुनुवार (तोँकुच) लिस्पु ओखलढुङ्गालाई मनोनयन गरेको र थप सल्लाहकारहरु क्रमश: थप्दै जाने पनि बताउनु भयो ।
विश्वभरि छरिएर रहेका शुशुचहरुलाई गोलबद्ध गरी शुशुचको पहिचानको लागि युवाहरुलाई सक्रिय पा्र्न युवामैत्री नीति तथा विधान मस्यौध तयार पार्न उत्तमकुमार सुनुवारको संयोजकत्वमा आशिष तथा हेमबहादुर सुनुवारको एक विधान मस्यौध तयारी समिति समेत गठन गरिएको छ ।

किरातहरुको महान चाड शाँदार पिदार टुडीखेलमा धुमधामसँग मनाउँदै

सुनुवार डट ओआरजी समाचारदाता
२१ पुस, काठमाण्डौं ।

लिकु थेरर पोकाली
व्लोशो रिमशो आँकाली
(हा…हा… हाँसल – हाँसल ) २

व्लुकुम साला सिल पाने
मेग्योम थिति मुल भाने
(हा…हा… हाँसल – हाँसल ) २

हाँसालताम्साल थोइँतका
कोइँचआ मुल्केम कोइँतका
(हा…हा… हाँसल – हाँसल ) २ …………………..

यस्तै यस्तै भन्दै हाँसालताम्साल गर्दै किराती कोइँच (सुनुवार)को महान चाड शाँदर पिदारको उपलक्ष्यमा आज मनाइयो । सुनुवार सेवा समाज काठमाण्डौं जिल्ला समितिको आयोजनामा मनाइएको आजको चाडमा कोइँचहरुको उपस्थिती निकै देखिएको थियो ।
आदरणीय वेवभिजिटर मित्रहरु भिडीयो अपलोड गर्दा केहि समस्या आएको हुनाले केहि दिनमा नै अपलोड हुने जानकारी गराउदाछौं ।