News
now browsing by category
कोइँचको पहिचानको लागि आम देश विदेशमा रहेको कोइँचहरु एकजुट हुनु छ ।
चुप्लु दाम्लोच
२७ चैत्र, सिन्धुलीमाडी । “हामी दुर्इ वर्ष अगाडिदेखि कोइँच (सुनुवार) गाउँ वस्तीमा घुमफिर गर्दै हिडेका छौं । तर दुःखको कुरा कोइँचहरुले सुनुवार सेवा समाज प्रति त्यति चासो दिएको पाइएन । तर चसो दिएनन् भनेर चुप लागेर बस्दा आम कोइँचको हक अधिकार हनन् हुने हुँदा कोइँचहरुलार्इ जनचेतना दिन आवश्यकता महशुस गरेकोले यस वर्ष हामीले ओखलढुङ्गादेखि झापासम्म आदिवासी जनजातिको हक अधिकार सम्बन्धि जनचेतना अभियान थालेका छौं । गएको वर्ष रामेछाप र ओखलढुङ््गामा दिएको सामान्य जनचेतनाले प्रभावकारी भूमिका खेलेकोले यो कार्यक्रमलाई प्रथामिकता दिएको हो । विगतमा जे जस्तो भए पनि अब नयाँ बन्ने संविधानमा आदिवासी जनजाति कोइँचको हक अधिकार सुनिस्चित गर्न सबै कोइँचहरु जाग्नु पर्ने भएको छ ।
कोइँचको पहिचानको लागि आम देश विदेशमा रहेको कोइँचहरु एकजुट हुनु छ । हामीमा फुट आयो भने फाइदा अन्य जातिलाई हुन्छ जो आत्मनिर्णयको अधिकारसहित जातीय पहिचानको स्वायत्त प्रदेशको विरोधी छन् । कोही कोही कोइँचहरु सुनुवार सेवा समाजमा आवद्ध हुन मान्दैनन् । तर सभा सम्मेलनमा प्रतिनिधि बन्ने र भाँड्ने कार्यमा भने उदत्त देखिन्छन् । यस्तो कार्यलाई न्युनिकरण गर्न पनि सबै कोइँच एक जुट हुन आवश्यक छ । आजको जनचेतना कार्यक्रमले तपाईहरुलाई आफ्नो हक अधिकार स्थापित गर्न सहयोग पुग्ने छ भन्ने विश्वासहित कार्यक्रम सफालताको शुभकामना व्यक्त गर्दछु ।” कार्यक्रमका प्रमुख अतिथि रणवीर सुनुवारले कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा भन्नु भयो । तोरणबहादुर सुनुवारको अध्यक्षतामा सुनुवार सेवा समाज सिन्धुलीका सचिव रामकुमार सुनुवारले सञ्चालित कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषदका अध्यक्ष सूर्य पाख्रिन, अनिजका काजीमान थिङ, सुनुवार विद्यार्थी समाजको जिल्ला अध्यक्ष सुभद्रा सुनुवार, सर्लाही अध्यक्ष बुद्धिबहादुर सुनुवार लगायतका अन्य बक्तहरुले आ–आफ्नो शुभकामना मन्तव्य राख्नु भएको थियो ।
सिन्धुली जिल्ला सदरमुकाम वागवानी फाराममा आयोजित जनचेतना कार्यक्रममा सिन्धुली जिल्ला डाँडी गुराँसे, महादेवा डाँडा, टाँडी, लदाभीर, अरुणठाकुर, डुढभञ्ज्याङ, जिनाखु गाविसका सुनुवारको बक्लो उपस्थिति थियो । जनचेतना कार्यक्रममा आइएलओ १६९, यूएनड्रिप, वर्तमान राजनीतिमा कोइँचको भूमिका, वल्लो किरात स्वायत्त प्रदेशको लागि कोइँचले चाल्नु पर्ने रणनीतिका सम्बन्धमा छलफल तथा अन्तरक्रिया भएको थियो ।
कुखुरी काँ बासी भात खाँ … खोइ खोला सुक्यो
चुप्लु दाम्लोच
२६ चैत्र, सिन्धुलीमाडी । “आइ एल ओ महासन्धि क्रमाङ्क १६९ लाई हामीले मात्र बुझनु पर्ने हो ? राज्यको कुनै दायित्व छैन ? के आइ एल ओ १६९ कुखुरी काँ बासी भात खाँ भन्ने बाल गीत जस्तो सुकेर जाने हो भने यसको कुनै अर्थ छैन । यसैले यसलाई सुक्न नदिन तपाइँ हामी जाग्नु पर्दछ । आदिवासी जनजातिको अधिकार सम्बन्धि कानुन वारे राज्यको उपसचिव र जिल्लाको प्रमुखलाई थाहा छैन रे । कस्तो अचम्म ? हामी सबैले आदिवासी जनजातिको हक अधिकारको बारेमा जन्नु बुझनु आवश्यक छ सुनुवार सेवा समाज केन्द्रीय समितिले यस्तो कार्यक्रम ल्याएकोमा महासंघको तर्फबाट विशेष धन्यवाद दिन चाहन्छु । मारुती र तेज सिमेन्टले सिन्धुलीको आदिवासी जनजातिलाई परेको असर प्रति हामी लडीरहेको छौं । यहाँहरुको साथ सहयोग चाहिएको छ ।” नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषदका अध्यक्ष र्सर्ुय पाख्रिनले बताउनु भयो । अहिले सुनुवार सेवा समाजको आयोजना तथा सुनुवार सेवा समाज सिन्धुली जिल्लाको संयोजकत्वमा सिन्धुली माडी बागबानी फाराममा आदिवासी जनजातिको हक अधिकार सम्बन्धि जनचेतना कार्यक्रम सञ्चालन हुँदै छ । अतिथिहरुको शुभकामना मन्तव्य जारी छ ।
जनचेतना कार्यक्रम गाउँ गाउँसम्म आवश्यक
२४ चैत्र, परवानीपुर, सर्लाही । सुनुवार सेवा समाजले तर्राई क्षेत्रमा छरिएर बसेको कोइँच -सुनुवार) हरुलाई लक्षित गरेर जनचेतना कार्यक्रम अभियान सञ्चालन गरेको छ । आज सुनुवार सेवा समाज जिल्ला समिति सर्लाहीको संयोजकत्वमा परवानीपुर गाउँमा मध्ये तराइका कोइँचहरुलाई एक दिवासीय अन्तरक्रियात्मक जनचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
“कोइँचहरु न त राजनीतिकरुपले सक्रिय रहे न त सामाजिक रुपमा । कोइँचहरु आप\mनो हक अधिकारको वारेमा कम चासो दिने तर अनावश्यक काम कुरामा चाहिँ समय खर्च गर्ने बानीले महत्वपूर्ण अवसरबाट बञ्चित हुनु परेको छ । अहिले संविधान सभा चुनावको हल्ला चलीरहेको छ । चुनावी सरकार गठन भएको छ । खस बाहुनले आदिवासी जनजातिहरुको प्रतिनिधित्व कोटा घटाएको छ । यस सम्बन्धि सबैले गम्भिर चासो लिनु परेको छ । प्रचण्डले रेग्मी सरकार गठन गर्ने बेला एमाले र काङ्रेसलाई आफ्नो पार्टीले पहिचानसहितको संघीयता छाड्ने प्रतिवद्धता जनाएपछि सहमतिमा हतार हतार हस्ताक्षर गरेको थिए रे । साँच्चिकै अहिले निर्वाचन आयोगले नियम कानुन बनाएर सरकार र चार पार्टीहरुलाई पेश गरेको देख्दा बाहिर सुन्नमा आएको हल्ला वास्तवमै सत्य सावित भएको छ ।” जनचेतना कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रणवीर सुनुवार, प्रथम उपाध्यक्ष, सुनुवार सेवा समाजले अगाडि थप्नु भयो, “सुनुवार सेवा समाजले पार्टीगत राजनीति गर्दैन । तर यसो भन्दा राजनीतिबाट विमुख भने होइन । सबै कोइँचले राजनीति गर्नु पर्छ । राजनीति बुझनु पर्छ भन्ने चाहिँ हो । तर कतिपय साथीहरुले सुनुवार सेवा समाजलाई एनजिओ भनेर हेपाह दृष्टिकोणले हर्ेर्ने गरेका छन् । तर त्यस्ता कोइँच बन्न नसकेका सुनुवार साथीहरुको राजनीतिक सुरक्षाको कुरा भने समाजले उठाउन छाडेको छैन । अस्ति भर्खरै मात्र चार पार्टी, सरकार प्रमुख, राष्ट्रपतिलाई समानुपातिक सिट संख्या साठी प्रतिशत भन्दा कम हुन नहुने भनी हामी आदिवासी जनजाति लगायतका राजनीतिक भातृ संगठनले ज्ञापन पत्र बुझाएका छौं । यसरी आदिवासी जनजातिको कोटा सुरक्षित गर्दा सुनुवार सेवा समाजलाई एनजिओ हो भन्दै गाली गर्ने कोइँच बन्न नसकेका सुनुवार राजनीतिकर्मीहरुकै राजनीतिक भविश्य सुरक्षा भएको बुझनु पर्दछ । वास्तवमा सुनुवार सेवा समाज एनजिओ नभई आदिवासी जनजातिको हक अधिकारको लागि जनवाकलता गर्ने आइपिओ हो । आजको जनचेतना कार्यक्रममा जे जति कुरा बुझने मौका पाउनु भएको छ त्यसलाई आफ्नो व्यवहारमा पनि उतार्नु होला ।”
कार्यक्रमका सभाध्यक्ष बुद्धिबहादुर सुनुवारले सर्लाही जिल्लामा सुनुवार सेवा समाजले आदिवासी जनजातिको हक अधिकार प्राप्तिको लागि नियामित रुपमा संर्घष्ा गरी रहेको छ । मध्ये तर्राई क्षेत्रमा कोइँचको पहिचान स्थापित गर्न विभिन्न शुभेच्छुक कोइँच तथा अन्य जाति समेतको सहयोगमा परवानीपुर गाउँ समितिको भोर्लेनीमा दश कठ्ठा जमिनमा शाँदार ग्योर -किरात मन्दिर) निर्माण गरी जिल्ला विकास समितिको सहयोगमा तार वार घेराउ गरेका छौं । पहिचान स्थापनाको लागि जिल्लाव्यापी भेषभुषा सहित झाँकी पर््रदर्शनी र शाँदार पिदार गर्दै आएकोमा आजको जनचेतना कार्यक्रमले मध्ये तर्राईका कोइँचहरुलाई म को हुँ – मेरो पहिचान के हो – भन्ने कुरा प्रष्ट पारेको बताउँदै कार्यक्रम उपलब्धिमूलक रहेको जानकारी गराउनु भयो । उहाँले यस भन्दा अगाडि दर्ुइ जना कोइँच महिलालाई कम्प्युटर तालिम प्रदान गरीएको र निकट भविश्यमा कोइँच मातृभाषामा प्रौढ शिक्षा प्रारम्भ गर्ने साथै दर्ुइ जना कोइँच युवा युवातीलाई आधारभूत पत्रकारिता तालिम प्रदान गर्ने पनि जानकारी गराउनु भयो ।
सिरहा जिल्लाको गंगा सुनुवार र धनुषा जिल्लाका सुसेस सचिव शिवकुमार सुनुवारले सुनुवार सेवा समाजमा बसेर आदिवासी जनजातिको हक अधिकार भन्दै हिडे पनि वास्ताविक आदिवासी जनजातिको हक अधिकार के हो – भन्ने कुरा थाहा थिएन । तर आजको कार्यक्रमले आदिवासी जनजातिको कोइँचको घर घर गएर आफ्नो हक अधिकार सम्बन्धि जानकारी गराइ सचेत गर्न सहयोग गरेको र यस्तो कार्यक्रम गाउँ गाउँसम्म पुराउनु पर्ने धारण व्यक्त गर्नु भएको थियो ।
मध्ये तर्राईका पाँच जिल्लाका नेतृत्व तहका असी जनाभन्दा बढी कोइँचहरुको सहभागीता रहेको जनचेतना कार्यक्रममा आइ एल ओ १६९, युएनडि्रप, सुनुवार सेवा समाजको भूमिका, जातीय पहिचान सहितको संघीयता र संघीयता सहितको संविधान र वल्लो किरात स्वायत्त प्रदेशको लागि कोइँचहरुको भूमिका सम्बन्धि बताउँदै अन्तरक्रियात्मक जनचेतना कार्यक्रमको सहजीकरण कार्य कोइँचबु काःतिच -उत्तम)ले गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन सुनुवार सेवा समाज जिल्ला समितिका सचिव सञ्चार क्युइँतिच सुनुवारले गर्नु भएको थियो । अबको कार्यक्रम सिन्धुली र झापामा हुँदै छ ।
परियोजना प्रस्ताव लेखन तालिम सम्पन्न
ओआरजी सम्वाददाता
काठमाडौं । सुनुवार सेवा समाज, सामाजिक परोपकार तथा सशक्तिकरण विभागद्वारा सञ्चालित दुई दिने परियोजना प्रस्ताव लेखन तथा शीप विकास तालिम सम्पन्न भएको छ । तालिममा संस्थाका विभिन्न मातहातका ४७ सदस्यहरुको सहभागिता थियो ।
कार्यक्रम उद्घाटन गर्दै सुनुवार सेवा समाज केन्द्रीय अध्यक्ष मनप्रसाद सुनुवारले परियोजना प्रस्तावपत्र लेखन तालिमले दक्ष जनशक्ति विकासका लागि सहयोग पु¥याउने कुरा बताउनुभयो । सो कार्यक्रमका संयोजक अमर दिप सुनुवारले प्रस्ताव लेखन तथा शीप विकास कार्यक्रम विभागको तर्फबाट पहिलो भएको बताउँदै अब दिनमा सामाजिक परोपकार कोषको व्यवस्था गर्ने कुरा पनि बताउनुभयो । उक्त कोषका लागि सम्पूर्ण सुनुवारहरुलाई आह्वानसमेत गर्नुभयो ।
तालिम सम्पन्नपश्चात् सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो भने कार्यक्रमको समापन सुनुवार सेवा समाज अध्यक्ष मनप्रसाद सुनुवारले गर्नुभएको थियो ।
परियोजना प्रस्ताव लेखन तालिम सम्पन्न
ओआरजी सम्वाददाता
काठमाडौं । सुनुवार सेवा समाज, सामाजिक परोपकार तथा सशक्तिकरण विभागद्वारा सञ्चालित दुई दिने परियोजना प्रस्ताव लेखन तथा शीप विकास तालिम सम्पन्न भएको छ । तालिममा संस्थाका विभिन्न मातहातका ४७ सदस्यहरुको सहभागिता थियो ।
कार्यक्रम उद्घाटन गर्दै सुनुवार सेवा समाज केन्द्रीय अध्यक्ष मनप्रसाद सुनुवारले परियोजना प्रस्तावपत्र लेखन तालिमले दक्ष जनशक्ति विकासका लागि सहयोग पु¥याउने कुरा बताउनुभयो । सो कार्यक्रमका संयोजक अमर दिप सुनुवारले प्रस्ताव लेखन तथा शीप विकास कार्यक्रम विभागको तर्फबाट पहिलो भएको बताउँदै अब दिनमा सामाजिक परोपकार कोषको व्यवस्था गर्ने कुरा पनि बताउनुभयो । उक्त कोषका लागि सम्पूर्ण सुनुवारहरुलाई आह्वानसमेत गर्नुभयो ।
तालिम सम्पन्नपश्चात् सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो भने कार्यक्रमको समापन सुनुवार सेवा समाज अध्यक्ष मनप्रसाद सुनुवारले गर्नुभएको थियो ।
जलवायु परिवर्तनसम्बन्धी २ दिने सचेतना कार्यक्रम सम्पन्न
ओआरजी सम्वाददाता
गुप्तेश्वर, रामेछाप । सुनुवार सेवा समाज र जलवायु परिवर्तन रेड परियोजनाको संयुक्त रुपमा आयोजना गरिएको २ दिने सचेतना कार्यक्रम सम्पन्न भएको छ । रामेछाप जिल्ला गुप्तेश्वर गाविसस्थित श्री कैलेश्वर उच्च माध्यमिक विद्यालय परिसरमा गरिएको कार्यक्रममा सिन्धुली, ओखलढुङ्गा र रामेछापका ३५ जना प्रतिनिधिहरु सहभागी जनाएका थिए । Read More
पूर्व सभासद “दालकुमारी सुनुवार” सम्मानित साथै “अर्को जन्म” विमोचित ।
सुनुवार डट ओआरजी समचारदाता ।
काठमाडौं, फाल्गुन २६ । गीतकार भानु सुनुवारको गीति एल्वम “अर्को जन्म” दरवारमार्ग स्थित मालिङ्गो गजल हलमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति तिलविक्रम नेम्वाङ (बैरागी काइला) ज्यूद्वुरा विमोचन गरिएको छ । एल्वममा मनोज साङसोनले सङ्गीत दिएका छन् भने उत्पादन तथा बजार व्यवस्थापक रिचुअल रिदम प्रा.लि. ले गरेको छ । यसमा जम्मा ७ वटा गीतहरु समाबेश गरिएका छन् जसलाई उदय, मनिला सोताङ, राजेशपायल राई, रीमा गुरुङ होडा, आभा मुकारुङ, दिपक लिम्बु र धन खालिङले स्वर दिएका छन् ।
१०३ आंै अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा “बढ्दो महिला हिंसा र समाधानका उपायहरु” विषयक अन्तरक्रियात्मक कार्यक्रम, राष्ट्रिय नारी सम्मान “हातेमालो अभियान नेपाल”ले पर्यटन बोर्ड, प्रर्दशनी मार्गमा आयोजना गरि २५ जना राष्ट्रिय नारी महिलालाई सम्मान गरेको छ । जसमा पुर्व सभासद श्रीमति दालकुमारी सुनुवार पनि सम्मानित हुनु भएको छ ।


![DSC_0066[1]](http://www.sunuwar.org/wp-content/uploads/2013/04/DSC_00661-300x225.jpg)