All about Sunuwar

News

now browsing by category

 

जनचेतना कार्यक्रम गाउँ गाउँसम्म आवश्यक

DSC_0066[1]चुप्लु दाम्लोच

२४ चैत्र, परवानीपुर, सर्लाही । सुनुवार सेवा समाजले तर्राई क्षेत्रमा छरिएर बसेको कोइँच -सुनुवार) हरुलाई लक्षित गरेर जनचेतना कार्यक्रम अभियान सञ्चालन गरेको छ । आज सुनुवार सेवा समाज जिल्ला समिति सर्लाहीको संयोजकत्वमा परवानीपुर गाउँमा मध्ये तराइका कोइँचहरुलाई एक दिवासीय अन्तरक्रियात्मक जनचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

“कोइँचहरु न त राजनीतिकरुपले सक्रिय रहे न त सामाजिक रुपमा । कोइँचहरु आप\mनो हक अधिकारको वारेमा कम चासो दिने तर अनावश्यक काम कुरामा चाहिँ समय खर्च गर्ने बानीले महत्वपूर्ण अवसरबाट बञ्चित हुनु परेको छ । अहिले संविधान सभा चुनावको हल्ला चलीरहेको छ । चुनावी सरकार गठन भएको छ । खस बाहुनले आदिवासी जनजातिहरुको प्रतिनिधित्व कोटा घटाएको छ । यस सम्बन्धि सबैले गम्भिर चासो लिनु परेको छ । प्रचण्डले रेग्मी सरकार गठन गर्ने बेला एमाले र काङ्रेसलाई आफ्नो पार्टीले पहिचानसहितको संघीयता छाड्ने प्रतिवद्धता जनाएपछि सहमतिमा हतार हतार हस्ताक्षर गरेको थिए रे । साँच्चिकै अहिले निर्वाचन आयोगले नियम कानुन बनाएर सरकार र चार पार्टीहरुलाई पेश गरेको देख्दा बाहिर सुन्नमा आएको हल्ला वास्तवमै सत्य सावित भएको छ ।” जनचेतना कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रणवीर सुनुवार, प्रथम उपाध्यक्ष, सुनुवार सेवा समाजले अगाडि थप्नु भयो, “सुनुवार सेवा समाजले पार्टीगत राजनीति गर्दैन । तर यसो भन्दा राजनीतिबाट विमुख भने होइन । सबै कोइँचले राजनीति गर्नु पर्छ । राजनीति बुझनु पर्छ भन्ने चाहिँ हो । तर कतिपय साथीहरुले सुनुवार सेवा समाजलाई एनजिओ भनेर हेपाह दृष्टिकोणले हर्ेर्ने गरेका छन् । तर त्यस्ता कोइँच बन्न नसकेका सुनुवार साथीहरुको राजनीतिक सुरक्षाको कुरा भने समाजले उठाउन छाडेको छैन । अस्ति भर्खरै मात्र चार पार्टी, सरकार प्रमुख, राष्ट्रपतिलाई समानुपातिक सिट संख्या साठी प्रतिशत भन्दा कम हुन नहुने भनी हामी आदिवासी जनजाति लगायतका राजनीतिक भातृ संगठनले ज्ञापन पत्र बुझाएका छौं । यसरी आदिवासी जनजातिको कोटा सुरक्षित गर्दा सुनुवार सेवा समाजलाई एनजिओ हो भन्दै गाली गर्ने कोइँच बन्न नसकेका सुनुवार राजनीतिकर्मीहरुकै राजनीतिक भविश्य सुरक्षा भएको बुझनु पर्दछ । वास्तवमा सुनुवार सेवा समाज एनजिओ नभई आदिवासी जनजातिको हक अधिकारको लागि जनवाकलता गर्ने आइपिओ हो । आजको जनचेतना कार्यक्रममा जे जति कुरा बुझने मौका पाउनु भएको छ त्यसलाई आफ्नो व्यवहारमा पनि उतार्नु होला ।”

कार्यक्रमका सभाध्यक्ष बुद्धिबहादुर सुनुवारले सर्लाही जिल्लामा सुनुवार सेवा समाजले आदिवासी जनजातिको हक अधिकार प्राप्तिको लागि नियामित रुपमा संर्घष्ा गरी रहेको छ । मध्ये तर्राई क्षेत्रमा कोइँचको पहिचान स्थापित गर्न विभिन्न शुभेच्छुक कोइँच तथा अन्य जाति समेतको सहयोगमा परवानीपुर गाउँ समितिको भोर्लेनीमा दश कठ्ठा जमिनमा शाँदार ग्योर -किरात मन्दिर) निर्माण गरी जिल्ला विकास समितिको सहयोगमा तार वार घेराउ गरेका छौं । पहिचान स्थापनाको लागि जिल्लाव्यापी भेषभुषा सहित झाँकी पर््रदर्शनी र शाँदार पिदार गर्दै आएकोमा आजको जनचेतना कार्यक्रमले मध्ये तर्राईका कोइँचहरुलाई म को हुँ – मेरो पहिचान के हो – भन्ने कुरा प्रष्ट पारेको बताउँदै कार्यक्रम उपलब्धिमूलक रहेको जानकारी गराउनु भयो । उहाँले यस भन्दा अगाडि दर्ुइ जना कोइँच महिलालाई कम्प्युटर तालिम प्रदान गरीएको र निकट भविश्यमा कोइँच मातृभाषामा प्रौढ शिक्षा प्रारम्भ गर्ने साथै दर्ुइ जना कोइँच युवा युवातीलाई आधारभूत पत्रकारिता तालिम प्रदान गर्ने पनि जानकारी गराउनु भयो ।

सिरहा जिल्लाको गंगा सुनुवार र धनुषा जिल्लाका सुसेस सचिव शिवकुमार सुनुवारले सुनुवार सेवा समाजमा बसेर आदिवासी जनजातिको हक अधिकार भन्दै हिडे पनि वास्ताविक आदिवासी जनजातिको हक अधिकार के हो – भन्ने कुरा थाहा थिएन । तर आजको कार्यक्रमले आदिवासी जनजातिको कोइँचको घर घर गएर आफ्नो हक अधिकार सम्बन्धि जानकारी गराइ सचेत गर्न सहयोग गरेको र यस्तो कार्यक्रम गाउँ गाउँसम्म पुराउनु पर्ने धारण व्यक्त गर्नु भएको थियो ।

मध्ये तर्राईका पाँच जिल्लाका नेतृत्व तहका असी जनाभन्दा बढी कोइँचहरुको सहभागीता रहेको जनचेतना कार्यक्रममा आइ एल ओ १६९, युएनडि्रप, सुनुवार सेवा समाजको भूमिका, जातीय पहिचान सहितको संघीयता र संघीयता सहितको संविधान र वल्लो किरात स्वायत्त प्रदेशको लागि कोइँचहरुको भूमिका सम्बन्धि बताउँदै अन्तरक्रियात्मक जनचेतना कार्यक्रमको सहजीकरण कार्य कोइँचबु काःतिच -उत्तम)ले गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन सुनुवार सेवा समाज जिल्ला समितिका सचिव सञ्चार क्युइँतिच सुनुवारले गर्नु भएको थियो । अबको कार्यक्रम सिन्धुली र झापामा हुँदै छ ।

परियोजना प्रस्ताव लेखन तालिम सम्पन्न

ओआरजी सम्वाददाता
काठमाडौं । सुनुवार सेवा समाज, सामाजिक परोपकार तथा सशक्तिकरण विभागद्वारा सञ्चालित दुई दिने परियोजना प्रस्ताव लेखन तथा शीप विकास तालिम सम्पन्न भएको छ । तालिममा संस्थाका विभिन्न मातहातका ४७ सदस्यहरुको सहभागिता थियो ।
कार्यक्रम उद्घाटन गर्दै सुनुवार सेवा समाज केन्द्रीय अध्यक्ष मनप्रसाद सुनुवारले परियोजना प्रस्तावपत्र लेखन तालिमले दक्ष जनशक्ति विकासका लागि सहयोग पु¥याउने कुरा बताउनुभयो । सो कार्यक्रमका संयोजक अमर दिप सुनुवारले प्रस्ताव लेखन तथा शीप विकास कार्यक्रम विभागको तर्फबाट पहिलो भएको बताउँदै अब दिनमा सामाजिक परोपकार कोषको व्यवस्था गर्ने कुरा पनि बताउनुभयो । उक्त कोषका लागि सम्पूर्ण सुनुवारहरुलाई आह्वानसमेत गर्नुभयो ।
तालिम सम्पन्नपश्चात् सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो भने कार्यक्रमको समापन सुनुवार सेवा समाज अध्यक्ष मनप्रसाद सुनुवारले गर्नुभएको थियो ।

परियोजना प्रस्ताव लेखन तालिम सम्पन्न

ओआरजी सम्वाददाता
काठमाडौं । सुनुवार सेवा समाज, सामाजिक परोपकार तथा सशक्तिकरण विभागद्वारा सञ्चालित दुई दिने परियोजना प्रस्ताव लेखन तथा शीप विकास तालिम सम्पन्न भएको छ । तालिममा संस्थाका विभिन्न मातहातका ४७ सदस्यहरुको सहभागिता थियो ।
कार्यक्रम उद्घाटन गर्दै सुनुवार सेवा समाज केन्द्रीय अध्यक्ष मनप्रसाद सुनुवारले परियोजना प्रस्तावपत्र लेखन तालिमले दक्ष जनशक्ति विकासका लागि सहयोग पु¥याउने कुरा बताउनुभयो । सो कार्यक्रमका संयोजक अमर दिप सुनुवारले प्रस्ताव लेखन तथा शीप विकास कार्यक्रम विभागको तर्फबाट पहिलो भएको बताउँदै अब दिनमा सामाजिक परोपकार कोषको व्यवस्था गर्ने कुरा पनि बताउनुभयो । उक्त कोषका लागि सम्पूर्ण सुनुवारहरुलाई आह्वानसमेत गर्नुभयो ।
तालिम सम्पन्नपश्चात् सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो भने कार्यक्रमको समापन सुनुवार सेवा समाज अध्यक्ष मनप्रसाद सुनुवारले गर्नुभएको थियो ।

जलवायु परिवर्तनसम्बन्धी २ दिने सचेतना कार्यक्रम सम्पन्न

ओआरजी सम्वाददाता
गुप्तेश्वर, रामेछाप । सुनुवार सेवा समाज र जलवायु परिवर्तन रेड परियोजनाको संयुक्त रुपमा आयोजना गरिएको २ दिने सचेतना कार्यक्रम सम्पन्न भएको छ । रामेछाप जिल्ला गुप्तेश्वर गाविसस्थित श्री कैलेश्वर उच्च माध्यमिक विद्यालय परिसरमा गरिएको कार्यक्रममा सिन्धुली, ओखलढुङ्गा र रामेछापका ३५ जना प्रतिनिधिहरु सहभागी जनाएका थिए । Read More

पूर्व सभासद “दालकुमारी सुनुवार” सम्मानित साथै “अर्को जन्म” विमोचित ।

सुनुवार डट ओआरजी समचारदाता ।
काठमाडौं, फाल्गुन २६ । गीतकार भानु सुनुवारको गीति एल्वम “अर्को जन्म” दरवारमार्ग स्थित मालिङ्गो गजल हलमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति तिलविक्रम नेम्वाङ (बैरागी काइला) ज्यूद्वुरा विमोचन गरिएको छ । एल्वममा मनोज साङसोनले सङ्गीत दिएका छन् भने उत्पादन तथा बजार व्यवस्थापक रिचुअल रिदम प्रा.लि. ले गरेको छ । यसमा जम्मा ७ वटा गीतहरु समाबेश गरिएका छन् जसलाई उदय, मनिला सोताङ, राजेशपायल राई, रीमा गुरुङ होडा, आभा मुकारुङ, दिपक लिम्बु र धन खालिङले स्वर दिएका छन् ।
१०३ आंै अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा “बढ्दो महिला हिंसा र समाधानका उपायहरु” विषयक अन्तरक्रियात्मक कार्यक्रम, राष्ट्रिय नारी सम्मान “हातेमालो अभियान नेपाल”ले पर्यटन बोर्ड, प्रर्दशनी मार्गमा आयोजना गरि २५ जना राष्ट्रिय नारी महिलालाई सम्मान गरेको छ । जसमा पुर्व सभासद श्रीमति दालकुमारी सुनुवार पनि सम्मानित हुनु भएको छ ।

मातृभाषी स्रष्टा पुरस्कृत

सुनुवार डट ओआरजी समाचारदाता । विश्व मातृ भाषा दिवस २०६९ को उपलक्ष्यमा चार मातृभाषी स्रष्टालाई राष्ट्र मातृभाषा सेवा पुरस्कार प्रदान गरिएको छ । जनही रु. १५ हजार नगदसहित डा. नोबलकिशोर राईले बाम्बुले भाषी गणेश राई, तामाङभाषी अमृत योञ्जन, उराँवभाषी बेचन उराँव र थारुभाषी कृष्ण सर्वहारीलाई फुलमाला लगाएर सम्मान गर्नुभएको छ ।
सम्मान गरेर दिएको पैसामा करकट्टा गर्ने भनेको कमाएको पैसामा हो । यहाँ मैले करकट्टी भन्ने मेरो सानो आँखाले देखेँ । अबदेखि प्रतिष्ठानले त्यसो नगरोस् प्रमुख अतिथिको सम्बोधनमा सन्दर्भमा बोल्नुभयो ।
मातृभाषा दिवसको उपलक्ष्यमा थुँगा नामक राष्ट्र मातृभाषाका कविता संगालो ३ पनि सार्वजनिक गरिएको थियो जसमा ३२ भाषाका कविता समेटिएको छ ।

उपस्थितिको लागि हार्दिक निमन्त्रणा

सुनुवार डट ओआरजि समाचारदाता ।
७ फागुन । ब्लामिच कोइँचहरुको भेला यही २०६९ साल फागुन ९ (नौ) गते बुधवार, सुनुवार सेवा समाजको भवन कोटेश्वरमा हुँदै छ । सोलुखुम्बुको ग्लोःलि, सेबे, किर्सेपु, मेस-कि र ओखलढुङ्गाको रावादोलु मूल थलो भइ विश्वभरि छरिएर बसेका ब्ला-मिचहरु, विभिन्न सामाजिक तथा साँस्कृतिक क्रियाकलापहरुमा एकट्ठा भई आपसी साथसहयोग र विचार आदानप्रदान गर्न सङ्गठित हुन लागेका धर्मविक्रम ब्लामिचद्वारा प्रेसित सूचनामा उल्लेख छ । Read More