All about Sunuwar

News

now browsing by category

 

हामीलाई मातृभाषा नजान्नुको पीडाबोध भएको छ

चुप्लु दाम्लोच
३१ चैत्र, अनारमनी झापा । लामो समय अंग्रेजी शिक्षकको रुपमा कार्यरत जनचेतना कार्यक्रमका प्रमुख अतिथि इन्द्रबहादुर मुखियाले अंग्रेजी भाषाको विकल्प नभएको हुँदा कोइँच भाषा जान्नु नै पर्छ भन्ने छैन तर कोइँच सबैले अंग्रेजी जन्नु अति आवश्यक रहेको बताए पनि सुनुवार सेवा समाजद्वारा आयोजित एक दिवासीय कार्यक्रममा कोइँच मातृभाषा नजान्दाको पीडाबोध भने पूर्वी नेपालमा रहेका सबै कोइँचले गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि मुखियाले पहिचानको मुद्दा अहिले जोडतोडले उठे पनि पहिचान आपै+mले निर्माण गर्ने कुरा भएको हुँदा राज्यलार्इ दोष दिन नमिल्ने तर्क अगाडि सार्दै कुनै पनि देशले राज्य दिँदैन, राज्य माग्नु भनेका फाल्तु कुरा हुन्, राष्ट्रको लागि सेवा गरेको मान्छे राष्ट्रिय कुरा गर्न मात्र आउने र लामो समयसम्म त्यही राष्ट्रियताको कुरा पढाएर विताएको र आफुलाई सबैले त्यसरी नै चिन्ने हुँदा शिक्षातिर सबै कोइँचले जोड दिनु पर्ने बताउँदै अहिलेसम्म सुनुवार सेवा समाजको कार्यक्रममा सहभागी नभए पनि अब सेवानिवृत भएको हुँदा समाजलाई समय दिने बताउनु भयो ।
इलाम, मोरङ र झापाका कोइँचहरु एकै ठाउँमा जम्मा भइ आयोजित सो कार्यक्रममा आइएलओ १६९, युएनडि्रप र सुनुवार सेवा समाजले कोइँचको हक अधिकारको वारेमा गर्नु पर्ने जनवाकलता सम्बन्धि अन्तरक्रिया भएको थियो । अधिकांश शिक्षकहरुको उपस्थिति रहेको सो कार्यक्रममा संघीय लोकतान्त्रिक गण्तन्त्रमा कोइँचको प्रतिनिधित्व र कोइँचको पहिचानसहितको स्वायत्तताको बारेमा पनि बहस भयो । Read More

अन्डर–१५ मा सुनुवार सेवा समाजको टीम

ओआरजी समाचारदाता, news fotoचैत्र ३१ । अखिल नेपाल फुटबल संघको आयोजनामा नेपाल बैंक लिमिटेडद्वारा प्रायोजित ‘नेपाल बैंक जुनियर (U-15) फुटबल प्रतियोगिता २०६९’मा सुनुवार सेवा समाजले पनि भाग लिएको छ । सुनुवार टिमका लागि गुप्तेश्वर निवासी श्री केबि सुनुवारले २४ सेट ट्रयाकसुट सुनुवार सेवा समाजका अध्यक्ष मनप्रसाद सुनुवारलाई हस्तान्तरण गर्नुभयो । सोही अवसरमा ट्रयाकसुट प्रदान गर्नुहुने केबि सुनुवारलाई सुनुवार सेवा समाजको तर्फबाट प्रमुख अतिथि तथा पूर्व संविधानसभा सभासद् श्री दालकुमारी सुनुवारले ‘Letter of Appriciation’ प्रशंसपत्र प्रदान गर्नुभयो ।
कार्यक्रममा छैटौं समितिका पूर्व अध्यक्ष ले. मानबहादुर सुनुवारले खेलकुदले सामाजिक सद्भाव कायम गर्नुका साथै समाज विकासमा अग्रणि भूमिका रहेको कुरा औंल्याउँदै हाम्रो सामाजिक विकासका खेलकुद महत्वपूर्ण रहेको कुरा व्यक्त गर्नुभयो । यसै क्रममा मुद्दा मामिला गरी आठौं समितिमा झमेला गरेर पुनः निर्वाचित भएर आएका पदाधिकारीहरुको सधैजसो उपस्थिति नभएको कुरा बताउँदै काम गर्न नसक्ने खाली पद मात्र ओगटने व्यक्तिहरुले तुरुन्त राजीनामा दिएर अन्यलाई बाटो खुला गर्नुपर्ने कुरा पनि व्यक्त गर्नुभयो ।
आजका यी साना भाइहरुले राम्रो अवसर पाएको खण्डमा राष्ट्रिय टिममा छनौट हुने तथा विभिन्न राष्ट्रियस्तरका क्लबमा आवद्ध हुने मौका मिल्ने कुरा बताउँदै गाउँले परिवेशमा रहँदा आफूले खेलसम्बन्धी चासो राखिरहने भएको हुनाले हाम्रो समाजमा खेलकुदलाई प्राथमिकता दिएकोमा स्वःस्फूर्त सहयोग गरेको केबि सुनुवारले बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि दालकुमारी सुनुवारले खेल एउटा राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा चिनिने माध्यम भएको हुनाले हामीले आफूसँग भएको प्रतिभालाई प्रस्फुटन गर्न सकेमा चर्चाका साथै आर्थिक उन्नति हुने कुरा बताउनुभयो ।
कार्यक्रममा सुनुवार सेवा समाजका अध्यक्ष मनप्रसाद सुनुवारले सामाजिक विकासका लागि खेलकुद एउटा सजिलो माध्यम भएको र यसले आजका यी युवाहरुलाई भोलि आफ्नो प्रतिभा प्रस्फुटन गरी विभिन्न राष्ट्रियस्तरका क्लब तथा टिमका पर्दा सुनुवार सेवा समाजले गर्व गर्ने कुरा बताउनुभयो ।
उक्त कार्यक्रमपश्चात सानो गौचरणस्थित खेलमैदानमा नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृतद्वारा कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभयो । यसै क्रममा नेपालभरिबाट ६३ टिमको सहभागिता रहेको र मार्चपास प्रदर्शनमा ३३ टिम सहभागी भएको कुरा अखिल नेपाल फुटबल संघका बिराटकृष्ण श्रेष्ठले बताउनुभयो । समूह ‘क’ मा रहेको सुनुवार सेवा समाजको पहिलो खेल २०७० बैशाख ५ गते दिनको २ः०० बजे सानो गौचरणमा हुने भएको छ ।

झापामा जनचेतना कार्यक्रम हुँदै

चुप्लु दाम्लोच
३१ चैत्र, अनारमनी झापा । तरार्इमा रहेका कोइँच -सुनुवार) हरुको पहिचान सम्बन्धि जनचेतना कार्यकाराम अहिले झापाको महेन्द्ररत्न उच्चा मा. वि. अनारमनीमा हुँदै छ । विशेष अतिथि रणवीर सुनुवार प्रथम उपाध्यक्ष सुनुवार सेवा समाजले मैन बत्ती बालेर कार्यकारामको उद्घाटन गर्नु भएको छ । अहिले परिचय कार्यक्रम सञ्चालन भइरहेको छ ।

पहिचानको लागि सिरहाको कोइँच (सुनुवार) हरु पुनः जुर्मुराए

चुप्लु दाम्लोच
२९ चैत्र, डोहटिया । तीन दशकदेखि संगठित हुने प्रयास गरेका सिरहाली सुनुवारहरु पटक पटक संगठीत हुनबाट विचलीत भए पनि हरेस भने खाएका छैनन् । डम्बरबहादुर सुनुवार, जिल्लाकै बुद्धिजीवी मध्ये एक, का अनुसार गंगाबहादुर सुनुवारको अध्यक्षता गठित सो समितिले कोइँचको आर्थिक उन्नतिको काम थाल्ने योजना लिए पनि तत्कालिन समयका कोषाध्यक्षको गद्दारीले सो उद्देश्य पुरा हुन सकेन ।
५० को दशकमा सुनुवार सेवा समाजको उपाध्यक्ष महेन्द्रमान सुनुवारले सिरहाली सुनुवार उत्थान समिति गठन गरेेर थाकेको कोइँचलाई सुनुवार सेवा समाजमा आवद्ध गराउने प्रयास गर्नु भएको थियो । त्यसपछि लोकप्रिय र सुनुवार महिला समाजका अध्यक्ष सिर्जना सुनुवारले सुनुवार महिला समाज गठन गर्नु भयो । तर पनि कोइँच संगठित हुने क्रम भने उत्सहजनक रहेन ।
यस जिल्लाबाट सुनुवार सेवा समाज सातौं समितिमा विनोद सुनुवार केन्द्रिय सदस्य समेत रहनु भएको थियो । गंगा सुनुवार सुनुवार विद्यार्थी समाजको प्रतिनिधि भएर राष्ट्रिय सम्मेलनमा भाग लिनु भएको थियो भने हेमबहादुर सुनुवारले सुनुवार सेवा समाजको राष्ट्रिय सम्मेलनमा भाग लिनु भएको थियो । उत्सुकता र जाँगर भए पनि धेरै कोइँचहरु वीच एक-दुइ जना कोइँच मात्र संगठित हुनु पर्छ भनेर चम्किँदा, कसिँदा त्यसले सही गति लिन नसक्दो रहेछ । सबैमा उस्तै र उत्तिकै चेत हुनु पर्दोरहेछ भन्ने सत्य अनुभुति सिरहाली कोइँचमा रहेको पाइन्छ ।
तीसको दशकमै मुल्याङ्कन मासिकका सम्बाददाता भएर सिरहा गोल बजारमा पत्रिका पसल थापेर बसेको डम्बरबहादुर सुनुवार भन्नु हुन्छ, म नेपाल कम्युनिष्ट पार्टी चौमामा आवद्ध थिएँ । पञ्चायतकालमा राजनीति गर्न साह्रै गाह्रो थियो । पटक पटक जेल चलान भइयो । अनि भूमिगत राजनीतिमा सक्रिय हुनु पर्‍यो । मैले जातीय मुक्ति भए पछि मात्र देशको विकास हुन्छ भनेर ३९ सालमै यहाँको कोइँचहरुलाई संगठित गरेँ । तर संगठित हुनु पर्छ र दशत्व र बाहुनवादी सोँचबाट मुक्त हुनु पर्छ भनेर ममा मात्र चेत पसेर नहुने । सबै कोइँचमा त्यस्तो चेतनाको विकास हुन सकेना या त हामीले त्यस्तो चेतको विकास गर्न सकिएन । चहँदा चहँदै पनि हामी सिरहाका कोइँच पछाडि पर्‍यौं । पछि चितवान राष्ट्रिय सम्मेलनबाट विचारको मतान्तर भएपछि राजनीतिबाट पनि पछि हटेँ । पारिवारिक जीवनमा पनि ठूलो दुर्घटना भयो । अझै पनि कोइँच गोलवद्ध हुनु पर्छ भनेर कराउन भने छाडिएको छैन ।
स्वास्थ्यकर्मी मिना सुनुवारले भन्नुभयो हामी संगठित भएर मात्र केही हुँदो रहेन छ । कोइँच पहिचानको चेत बोकेर संगठित भयौं भने मात्र हाम्रो मुक्ति हुने रहेछ । यहाँ सुनुवार विद्यार्थी समाज, सुनुवार महिला समाज र सुनुवार सेवा समाज गठन भएको हो । अहिले कहाँ गयो थाहा छैन । यहाँ कोइँचलाई मातृभाषा आउँदैन, भेषभूषा छैन, संस्कार संस्कृति छैन । हामी कोइँच हौं भन्छौं तर कोइँचको केही चिनारी छैन । शाँदार पिदारसम्म गर्न सकेको छैनौं ।
स्वास्थ्य स्वयम्सेविका माया सुनुवारले मातृभाषा बोल्न नआएकोमा पीडानुभूति भएको बताउँदै अगाडि भन्नुभयो- हामी कोइँच हौं भन्छौं, हाम्रो मातृभाषा आउँदैन, अर्काको भाषा बोल्नु परेको छ । सबै भन्दा मातृभाषाको आवाश्यकता छ । यो हाम्रो भाषा हो त ? होइन । हामी मैथलि बोल्छौं, मगर, तामाङ बोल्छौं ।
सिरहाली कोइँचको कोइँच पहिचानको संकटलार्इ न्युनीकरणको लागि सुनुवार सेवा समाजका प्रथम उपाध्यक्ष रणवीर सुनुवार र कोषाध्यक्ष उत्तमकुमार सुनुवारको उपस्थितिमा पुनः आदिवासी जनजाति कोइँचको तर्फबाट नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् सिरहाका प्रतिनिधि पृथ्वीराज सुनुवारको संयोजकत्वमा सिरहा जिल्ला सम्मेलन आयोजक समिति र गंगाकुमारी सुनुवारको संयोजकत्वमा असनपुर गाउँ सम्मेलन आयोजक समिति गठन गरेका छन् ।

रहेनन् टेकबहादुर सुनुवार

Tek Sunuwar

Tek Bahadur Sunuwar

रहेनन् टेकबहादुर सुनुवार
सुनुवार डट ओआरजि समाचारदाता
२९ चैत्र, काठमाडौं । सुनुवार सेवा समाजका स्थापनाकालका पहलकर्ता मध्येका एक सदस्य साथै सुसेस तथा नेपाल आदिवासी जनजाति महासंघका पूर्व उपाध्यक्ष, गायक टेकबहादुर सुनुवारको आज विहान ४ बजे उहाँको निवास शिवचोक ललिपुरमा असमायिक निधन भएको छ । नेपाल प्रहरीका अधिकृत प्रहरी निरीक्षक पदबाट सेवानिवृत भए पछि कोइँचको हकहितको लागि सक्रिय सुनुवार लामो समयदेखि मिर्गौला रोगबाट पीडित हुनुहुन्थ्यो । अहिले उहाँको अन्त्यष्टिको लागि पशुपति आर्यघाट लैजना तयारी हुँदै छ ।  शुभचिन्तक तथा कोइँच -सुनुवार) दाजुभाई दिदीवहिनीहरुलाई सुनुवार सेवा समाजले श्रद्धाञ्जली अर्पण गर्न अहिले विहान ८.३० मा पशुपति आर्यघाटमा उपस्थित हुन हार्दिक अनुरोध गरेको छ ।

कोइँचको पहिचानको लागि आम देश विदेशमा रहेको कोइँचहरु एकजुट हुनु छ ।

सिा्नधुली माडीमा जनचेतना कार्यक्रममाको क्रममा

सिा्नधुली माडीमा जनचेतना कार्यक्रममाको क्रममा

चुप्लु दाम्लोच
२७ चैत्र, सिन्धुलीमाडी । “हामी दुर्इ वर्ष अगाडिदेखि कोइँच (सुनुवार) गाउँ वस्तीमा घुमफिर गर्दै हिडेका छौं । तर दुःखको कुरा कोइँचहरुले सुनुवार सेवा समाज प्रति त्यति चासो दिएको पाइएन । तर चसो दिएनन् भनेर चुप लागेर बस्दा आम कोइँचको हक अधिकार हनन् हुने हुँदा कोइँचहरुलार्इ जनचेतना दिन आवश्यकता महशुस गरेकोले यस वर्ष हामीले ओखलढुङ्गादेखि झापासम्म आदिवासी जनजातिको हक अधिकार सम्बन्धि जनचेतना अभियान थालेका छौं । गएको वर्ष रामेछाप र ओखलढुङ््गामा दिएको सामान्य जनचेतनाले प्रभावकारी भूमिका खेलेकोले यो कार्यक्रमलाई प्रथामिकता दिएको हो । विगतमा जे जस्तो भए पनि अब नयाँ बन्ने संविधानमा आदिवासी जनजाति कोइँचको हक अधिकार सुनिस्चित गर्न सबै कोइँचहरु जाग्नु पर्ने भएको छ ।
कोइँचको पहिचानको लागि आम देश विदेशमा रहेको कोइँचहरु एकजुट हुनु छ । हामीमा फुट आयो भने फाइदा अन्य जातिलाई हुन्छ जो आत्मनिर्णयको अधिकारसहित जातीय पहिचानको स्वायत्त प्रदेशको विरोधी छन् । कोही कोही कोइँचहरु सुनुवार सेवा समाजमा आवद्ध हुन मान्दैनन् । तर सभा सम्मेलनमा प्रतिनिधि बन्ने र भाँड्ने कार्यमा भने उदत्त देखिन्छन् । यस्तो कार्यलाई न्युनिकरण गर्न पनि सबै कोइँच एक जुट हुन आवश्यक छ । आजको जनचेतना कार्यक्रमले तपाईहरुलाई आफ्नो हक अधिकार स्थापित गर्न सहयोग पुग्ने छ भन्ने विश्वासहित कार्यक्रम सफालताको शुभकामना व्यक्त गर्दछु ।” कार्यक्रमका प्रमुख अतिथि रणवीर सुनुवारले कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा भन्नु भयो । तोरणबहादुर सुनुवारको अध्यक्षतामा सुनुवार सेवा समाज सिन्धुलीका सचिव रामकुमार सुनुवारले सञ्चालित कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषदका अध्यक्ष सूर्य पाख्रिन, अनिजका काजीमान थिङ, सुनुवार विद्यार्थी समाजको जिल्ला अध्यक्ष सुभद्रा सुनुवार, सर्लाही अध्यक्ष बुद्धिबहादुर सुनुवार लगायतका अन्य बक्तहरुले आ–आफ्नो शुभकामना मन्तव्य राख्नु भएको थियो ।
सिन्धुली जिल्ला सदरमुकाम वागवानी फाराममा आयोजित जनचेतना कार्यक्रममा सिन्धुली जिल्ला डाँडी गुराँसे, महादेवा डाँडा, टाँडी, लदाभीर, अरुणठाकुर, डुढभञ्ज्याङ, जिनाखु गाविसका सुनुवारको बक्लो उपस्थिति थियो । जनचेतना कार्यक्रममा आइएलओ १६९, यूएनड्रिप, वर्तमान राजनीतिमा कोइँचको भूमिका, वल्लो किरात स्वायत्त प्रदेशको लागि कोइँचले चाल्नु पर्ने रणनीतिका सम्बन्धमा छलफल तथा अन्तरक्रिया भएको थियो ।

कुखुरी काँ बासी भात खाँ … खोइ खोला सुक्यो

चुप्लु दाम्लोच
२६ चैत्र, सिन्धुलीमाडी । “आइ एल ओ महासन्धि क्रमाङ्क १६९ लाई हामीले मात्र बुझनु पर्ने हो ? राज्यको कुनै दायित्व छैन ? के आइ एल ओ १६९ कुखुरी काँ बासी भात खाँ भन्ने बाल गीत जस्तो सुकेर जाने हो भने यसको कुनै अर्थ छैन । यसैले यसलाई सुक्न नदिन तपाइँ हामी जाग्नु पर्दछ । आदिवासी जनजातिको अधिकार सम्बन्धि कानुन वारे राज्यको उपसचिव र जिल्लाको प्रमुखलाई थाहा छैन रे । कस्तो अचम्म ? हामी सबैले आदिवासी जनजातिको हक अधिकारको बारेमा जन्नु बुझनु आवश्यक छ सुनुवार सेवा समाज केन्द्रीय समितिले यस्तो कार्यक्रम ल्याएकोमा महासंघको तर्फबाट विशेष धन्यवाद दिन चाहन्छु । मारुती र तेज सिमेन्टले सिन्धुलीको आदिवासी जनजातिलाई परेको असर प्रति हामी लडीरहेको छौं । यहाँहरुको साथ सहयोग चाहिएको छ ।” नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषदका अध्यक्ष र्सर्ुय पाख्रिनले बताउनु भयो । अहिले सुनुवार सेवा समाजको आयोजना तथा सुनुवार सेवा समाज सिन्धुली जिल्लाको संयोजकत्वमा सिन्धुली माडी बागबानी फाराममा आदिवासी जनजातिको हक अधिकार सम्बन्धि जनचेतना कार्यक्रम सञ्चालन हुँदै छ । अतिथिहरुको शुभकामना मन्तव्य जारी छ ।