News
now browsing by category
कोइँच (सुनुवार) को महान चाड किरात चाड शाँदार पिदार मनाइँदै
सुनुवार डट ओआरजि समाचारदाता
५ जेठ, यालाखोम । सुनुवार सेवा समाज केन्द्रीय समितिले सुनुवार सेवा समाज जिल्ला समिति, काठमाडौं, ललितपुर, भक्तपुर, रामेछाप लगायत सबै मातहतका समितिलाई यही आउँदो २०७० जेठ ११ गते भव्यरुपमा आदिवासी जनजाति कोइँचको महान चाड शाँदार पिदार मनाउन निर्देशन दिएको छ । अध्यक्ष मनप्रसाद सुनुवारद्वारा हस्ताक्षरित उक्त निर्देशन पत्रमा सबै कोइँच बन्धुहरुलाई आ–आफ्ना शाँदार मन्दिर नजिकमा गई सहभागी हुन पनि अनुरोध गरिएको छ । यस वर्ष पूर्व इलामदेखि पस्चिम काठमाडौंसम्म शाँदार पिदार गरिँदै छ भने हङकङ, बेलायत, कतारमा समेत यस दिन शाँदार पिदार गर्ने गरिन्छ ।
अनलाइन कोइँच भाषा प्रशिक्षण सुचारु हुँदै
चुप-लु दाम-लोच
३० वैशाख, यालाखोम । नेपाल अदिवासी जनजाति महासंघ जर्मनीका अध्यक्ष शेखराज सुनुवारको सहयोगमा अनलाइन कोइँच भाषा प्रशिक्षण सुचारु हुँदै छ । चुप-लु समाज र सुनुवार डट ओआरजिले कोइँच मातृभाषा नजान्ने विश्वभरि छरिएर रहेका कोइँचहरुलाई आफ्नो मातृभाषा सिकाउन अनलाइन कोइँच मातृभाषा प्रशिक्षण अभियान थालेको भए पनि आर्थिक अभावको कारण वीचमा स्थागित गरेको थियो । तर सुनुवार कलाकार तथा चलचित्रकर्मी समाजका महासचिव शिव याअता मुखियाको विशेष पहलमा अनलाइन कोइँच मातृभाषा सिकौं कार्यक्रम छिट्टै सुनुवार डट ओआरजि तथा विभिन्न सामाजिक सञ्जालबाट प्रशिक्षण सञ्चालन हुने भएको छ । यो अनलाइन कोइँच मातृभाषा प्रशिक्षण सुचारु भएपछि विश्वभरि छरिएर रहेका कोइँचहरुले त आफ्नो मातृभाषा सिक्ने अवसर पाउने नै भए । त्यति मात्र होइन यस अनलाइन मातृभाषा प्रशिक्षणबाट अमिरीकन आदिवासीहरुले चलाएको अनलाइन मातृभाषा संरक्षण अभियानका एक सदस्य बनेर मातृभाषा अभिलेखन कार्य पनि सँग सँगै हुने छ । घरमै बसी विभिन्न भाषा शास्त्री तथा भाषाप्रेमी मानवअधिकारकर्मीहरुलाई समेत सुविधा प्रदान हुने छ ।
राजनीतिक पार्टीहरुले आदिवासी जनजातिको दिमाग भुट्ने काम गरेको छ
सुनुवार डट ओआरजि समाचारदाता ।
२५ वैशाख, यालाखोम । सुनुवार सेवा समाजको पच्चीसौं वर्षगाँठमा आज विशेष कार्यक्रम गरी सम्पन्न भएको छ ।
‘एउटा खच्चड खेद्दै जाँदा खच्चड खेद्ने मान्छे बास बस्ने ठाउँमा पुगेछ । बास बस्ने ठाउँमा पुगेपछि उसको खच्चड नौ वटा रहेछ । नौ वटा खच्चडलाई बाँध्दै जाँदाखेरि आठवटा खच्चडलाई बाँध्ने चाहिँ रस्सी रहेछ । एउटा खच्चडलाई बाँध्ने रस्सी हराएछ । अनि त्यसपछि हराएपछि आठ वटा खच्चडलाई बाँध्दै बाँध्दै गयो । नौ खच्चडलाई बाँध्ने रस्सी छैन । अनि उल्ले सोच्यो अब मैले खच्चड कसरी नियन्त्रण गर्ने ? भने पछि उसले के सोच्यो भनेदेखि सधै बाँध्ने बेला यसको खुट्टा समात्थेँ । अब मैले यसको दिमाग भुट्नु पर्छ । अब यसको खुट्टा दारो गरी समातेँ भने मलाई बाँधेको छ भन्ने बुझ्छ । जसले गर्दा यो बसी राख्ला भन्ने उसले अनुमान लगायो र त्यसै गरी उ सुत्यो । रात भरि उसलाई निद्रा लागेन । कसैको बालीनाली खायो कि भोलि अर्मोल तिर्नु पर्ने पो हो कि ? अलिक एक घन्टा अगाडि पुगेर हेर्दा नौ वटै खच्चड रहेछ । अनि आठ वटा खच्चडलाई फुकाउँदै जाँदा सबै गए र नवौं खच्चडलाई त बाँधेको छैन त्यसैले त्यसै धपायो हिड्दैन । लट्ठी हान्छ जाँदैन । अनि पछि खच्चड खेद्ने मान्छेले हिजोको कुरा सम्झ्यो र खच्चडको खुटटा छोइ दियो । खच्चड बुर्कुसी मारेर उफ्रीए कुलेलाम ठोक्यो । त्यसले गर्दा त्यस्तै नै खच्चडलाई जस्तै हामी आदिवासी जनजातिलाई खुट्टा छोइ दिएको छ । दिमाग छोइ दिएको छ । जस्ले गर्दा कुनै कुनै मान्छेलाई झलनाथ जीले फुकाइ दिनु पर्छ । कुनै कुनै मान्छेलाई सुशिल कोइराला जीले छोइ दिनु पर्छ । कुनै कुनै मान्छेलाई प्रचण्ड जीले फुकाइदिनु पर्छ । त्यसैले गर्दा हाम्रो एकता भाँजिएको छ । हाम्रो एकता विग्रीएको छ । तसर्थ म यहाँहर के भन्न चहान्छु भने हाम्रो दिमागलाई भुट्ने काम गरिएको छ । विचारका आधारमा एमाले हुन सकिन्छ, काङ्ग्रेस हुन सकिन्छ, माओवादी हुन सकिन्छ । तर हाम्रो विषयमा, हाम्रो साझा सवालमा, हाम्रो अधिकारको विषयमा हामी केन्द्रीत हुने कि नहुने ? यसैले सनुवार समुदायका साथीहरुले आदिवासी जनजातिको मानव अधिकारको लागि सबै एक जुट हुनु पर्दछ न कि एमाले, काङ्ग्रेस भएर ।’ नासालमा दियोमा दिप प्रज्वलन गरेर कार्यक्रमलाई प्रमुख अतिथि झकबहादुर थापाले वर्तमान परिवेशमा आदिवासी जनजातिहरुले आफ्नो खुट्टामा आपैंmले बञ्चरो हान्न नहुने बताउनु भयो ।
आदिवासी जनजातिको आन्दोलन वहुसंख्याकले हाँक्न सक्दैन न त अल्प संख्याकले । सबैको अधिकार बराबार हुनु पर्छ । ओल्लो किरातको लागि नगेन्द्र कुमाल लडीरहने छ – आदिवासी जनजातिले पहिचान र समानताको लागि लडीरहनु पर्ने नेपाल कुमाल समाजका अध्यक्ष नगेन्द्र कुमालले बताउनु भयो । Read More
कोइँच लोः शेँसाइ श्रव्य मातृभाषा शिक्षण सामाग्री उत्पादन
चुप्लु दामलोच
२० वैशाख, यालाखोम । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको आर्थिक सहयोगमा सुनुवार सेवा समाज जिल्ला समिति काठमाडौंले कोइँच लोः शेँसाइ श्रव्य मातृभाषा शिक्षण सामाग्री उत्पादन गर्ने भएको छ । सुनुवार सेवा समाज काठमाडौंका अध्यक्ष गोपालबहादुर सुनुवारले भन्नु भयो – यस कोइँच लोः शेँसाइ श्रव्य मातृभाषा शिक्षण सामाग्रीमा कोइँच गाउँवस्तीको ठेट लबजमा नाटकीय शैलीमा प्रशिक्षण गरिएको हुनेछ । साथमा रमाइला चुट्किला, मिथक र लोकगीतहरु संकलित हुनेछन् । यस सामाग्रीमा आदिवासीवाद र चौथो विश्वको आन्दोलनलाई उठाइएको हुने छ । कोइँच भाषामा आदिवासी ज्ञान तथा कोइँच संस्कृतिको पर््रवर्द्धन गर्न मिथकीय विम्बहरु समेटिएका छन् । उद्घोषकले शव्दार्थ बताउने छ र अभ्यासको लागि सँगसँगै बोल्न पनि लगाइने छ । बोल्ने तौरतरिका बताइने छ । र, सजिलोको लागि अन्तमा नाटक प्रस्तुत गरिने छ ।
सुनुवार सेवा समाज केन्द्रीय समितिका कोषाध्यक्ष तथा मातृभाषा सेवी, पत्रकार तथा कोइँच पाठ्यपुस्तक लेखक उत्तमकुमार सुनुवारले कोइँच लोः शेँसाइ श्रव्य मातृभाषा शिक्षण सामाग्रीको महत्व तथा औचित्य वारे प्रकाश पार्नु भयो – लोपोन्मुख कोइँच भाषाको यो श्रव्य भाषा प्रशिक्षण सामाग्री तयार हुनु आपै+mमा पनि महत्वपर्ूण्ा विषय हो । नेपालको लागि यो नौलो सोँच हुनसक्छ लोपोन्मुख मातृभाषाको संरक्षणको लागि । किनकि यस श्रव्य संग्रहले भाषालाई बचाइराख्ने र कोइँच पहिचानलाई पर््रवर्द्धन गर्ने काम गर्ने छ । हुन त यो कार्यक्रम महँगो कार्यक्रम पनि हो । तर उपलब्धीको हिसावले हर्ेदा यो कार्यक्रक बढी फाइदाजनक छ । यसरी श्रव्य सामाग्रीहरु प्रकाशन तथा उत्पादन गरिँदा बहिस्करणमा पारिएका भाषाको बोलाई लवज तथा साहित्य सिर्जना गर्ने हौसला नयाँ पुस्ताहरुलाई मिल्ने छ । जसले गर्दा आदिवासी कोइँचको मौलिक पहिचान दिने सर्न्दर्भ स्रोत बन्ने छ । साथै आफ्नै विशिष्ट सोँचको विकास भएर जाने छ । अहिले खस, हिन्दी तथा अङ्ग्रेजी भाषिक साम्राज्यवादले आदिवासी जनजाति मातृभाषा पीँधमा परेको अवस्थामा उनीहरुको बोलाई लबज र बोल्ने तरिकासहितको अभिलेखन हुन नितान्त आवश्यक भएको हुँदा यो कार्यक्रमको महत्व र औचित्य आपै+mमा विशिष्ट रहेको छ ।
Read More
किराँत सुनुवार महिला (किसुम) समाज बेलायतको तदर्थ समिति गठन
¬–भावना परिष्कृत सुनुवार
संयोजकः– किसुम समाज बेलायत
बेलायतमा छरिएर रहेका किराँत सुनुवार महिलाहरूलाई गोलबद्ध रूपमा सङ्गठित गराई सामाजिक रूपमा सक्रिय गराउने उद्देश्यले २७ अप्रिल २०१३ शनिबारको दिन अल्डरसट स्थित भेटघाट रेष्टुरेन्टमा किसुम समाजको तदर्थ समिति गठन गरिएको थियो । किराँत सुनुवार महिला समाजको संयोजक भावना परिष्कृत सुनुवारको संयोजकत्वमा गठन गरिएको उक्त सुनुवार महिला समाज बेलायतको पदाधिकारीहरू निम्नानुसार रहेका छन्ः
१. अध्यक्ष प्रतिमा सुनुवार
२. उपाध्यक्ष विष्णु सुनुवार
३. सचिव शुभद्रा सुनुवार
४. सह–सचिव पुष्पा सुनुवार
५. कोषाध्यक्ष सान्दिरा सुनुवार
६. सह–कोषाध्यक्ष सुनिता सुनुवार
१. सदस्य मञ्जु सुनुवार
२. चुनादेवी सुनुवार
३. सावित्री सुनुवार
४. पार्वती सुनुवार
५. विष्णु सुनुवार Read More
रजत वर्ष घोषणा गर्ने निर्णय
चुप्लु दाम्लोच
१८ वैशाख, काठमाडौं । सुनुवार सेवा समाजको सचिवालयको वैठकले यही वैशाख २५ गते २५ वर्ष पुगेको उपलक्ष्यमा विधिवत् रजत वर्ष घोषणा गर्ने भएको छ । विभिन्न जिल्ला, गाउँलाई पनि सोही मुतविक कोइँच पहिचानको लागि विभिन्न कार्यक्रम गर्न गराउने निर्देशन दिने भएको छ । रजत वर्ष लोगो डिजाइनको लागि सूचना तथा सञ्चार विभागलाई जिम्मेवारी दिइएको छ भने सामाजिक सशक्तिकरण तथा परोपकार विभागले सामाजिक कल्याण कोषको लागि कल्याणकारी सहयोग संकलन गर्न शुरु गरेको छ । त्यस्तै गरी युवा तथा अतिरिक्त विभागले यही आउँदो २५ गते विधिवत्रुपमा कोइँचको धनुष वाँण खेल शुरु गर्ने पनि निर्णय भएको छ ।
आजको निर्णयमा यही वैशाख २८, २९, ३० गते हुने नेपाल आदिवासी जनजाति महासंघको राष्ट्रिय सम्मेलन प्रतिनिधिमा विमला सुनुवार र किरण सुनुवार चयन गरिएको छ । विमला सुनुवार विगतका वर्षदेखि नियामित महासंघमा प्रतिनिधि गरीरहेकी छिन् । सुनुवार सेवा समाजका अध्यक्षले अब आलोपालो गरी सुनुवार सेवा समाजको कार्यालयमा बस्ने व्यवस्था गर्न पनि अनुरोध गर्नुभयो । अहिलेसम्म नियमितरुपमा अध्यक्ष र उपाध्यक्ष कार्यालयमा उपस्थित हुनु भएको छ ।
आदिवासी जनजातीय सौर्न्दर्य चेत
कोइँचबु काःतिच
जबसम्म हाम्रो मातृभाषी लेखनमा पनि विधा र रुपमा उपनिवेशवादी संस्कृति, विचार र शैलीको आक्रामण रहन्छ तबसम्म आदिवासी जनजाति साहित्यकारको वर्तमान लेखनले साँस्कृतिक र ऐतिहासिक निरन्तरतालाई सम्बोधन गर्न सक्दैन । जसले जे भन्छ सुन्नेले त्यस्तै सुन्छ र बुझछ भन्न सकिँदैन । भन्ने र सुन्ने वीचको बुझाइको तात्विक अर्थलाई कहिल्यै पनि बर्ुर्जुवा खस-बाहुन हिन्दु तथा युरोपियन साहित्यले मान्यता दिँदैन । आदिवासी जनजातिको विकास र उन्मुक्ति भन्ने र सुन्ने वीचको सोझो बुझाइले मात्र निराकरण गर्दैन न कि एक वाक्यमा लेखिएको कुनै पनि परिभाषाले । आदिवासी जनजातिले भोगीरहेको उत्पीडन र समस्या विषेश खालको भएको हुँदा त्यस्ता विशेष परिस्थिति, समस्या र उत्पीडनलाई आदिवासी जनजाति साहित्यले मात्र सम्बोधन गर्न सक्दछ ।
वास्तवमा विश्वव्यापीकरणको घुन पिसाइमा परेका हामी आफु र आफ्नो पहिचानको वारेमा के कति सजग र सचेत छौं भन्ने चेतको विकास हुन आवश्यक देखिएको छ वाम्बुले, कोइँच लगायत आम आदिवासी जनजाति साहित्यकारहरुमा । अनुहारको भरमा पहिचान सुनिस्चित हुनसक्दैन न त कुनै पनि सरकारी दस्तावेजले । मुख्यतः म को हुँ ? म मान्छे हुँ भने के अन्य मान्छे जस्तै हुँ त ? छु त ? फरक छु भने के के कारणले फरक छु र किन फरक छु ? म नेपाली हुँ । म नेपाली हुँ भने किन अन्य नेपाली भन्दा फरक छुँ त ? यदि म फरक छु भने अन्य नेपालीहरु भन्दा के कारणले फरक छु वा फरक पार्ने विशेष तत्व वा अवश्था के के हुन् त – यी यस्ता यावत प्रश्नाको उत्तर नै आदिवासी जनजाती साहित्यहरुको विषयवस्तुहरु हुन सक्छन् । तर कनीकुथी, जबर्जस्ती फरक देखाउने गलत प्रवृतिको पनि विकास भएको तथ्यलाई भने स्वीकार गर्नु मानसिव हुँदैन । आदिवासी वाम्बुले र कोइँच साहित्यको चर्चा गर्दा अस्ट्रेलियन अबारिजनल साहित्यकार मेलिस्सा लुकासेन्काको भनाइ सम्झना उपयुक्त हुनेछ- यो क्षणमा मलाई आदिवासी लेखन एक व्रि्रोही अस्वीकृत साहित्य हो भन्ने मान्दछु र यसको केन्द्रविन्दु भनेको भूमि, सामाजिक न्याय र विभेदीत कानुन हो । लुकासेन्का जस्तै अमेरिकी महाद्वीपका आदिवासी साहित्यकारहरुको दृष्टिमा पनि नेटिभ अमेरिकन साहित्य, नेटिभ अमेरिकनमाथि भएको आक्रमण र ज्यादतीको कथाव्यथा पस्किने साहित्य हो । आक्रमणबाट घाइते बनेका मानिसहरुको साहित्य हो । यस साहित्यलाई अमेरिकन संस्कृति, इतिहास, धर्म र अनुभवसँग गाँसिएको मुद्दा हो, साहित्य हो भन्छन् उत्पीडक/मिचाह -मुलाधारका भनिएका युरोपेली गोरा साहित्यकार) हरु तर यो भूमिसँग गाँसिएको साहित्य पनि हो ।
भन्ने बेला साहित्य सामाजको ऐना हो भन्ने तर व्यवहारमा त्यो साहित्यिक ऐना पेवा बनाएर आफु मात्र सिँगारपटार गर्न खोपीमा राख्ने मुलाधारे नेपाली साहित्यिक प्रवृतिको विरुद्धमा आवाज उठाउने माध्यम पनि हो आदिवासी जनजाति साहित्य । हुन त नेपालमा वास्ताविक आदिवासी जनजाति साहित्यको भने कहिल्यै कतै व्याख्या गरेको पाइँदैन । कतै चर्चा गरिएको पाइँदैन, छैन । बरु केही वषर्ा अगाडि एक विचार गोष्ठी मार्प{mत वैरागी काइँलाले समानान्तर साहित्यको अवधारणा ल्याएका थिए भने तुलसी दिवसले इन्दे्रणर्ीर् सस्कृतिको कुरा अगाडि बढाएका थिए । तर त्यति चर्चामा भने आउन सकेन । बहुभाषी कविगोष्ठीहरु भने फाट्टाफुट्टा भएका छन् । तर त्यस्ता गोष्ठीहरुले आदिवासी जनजाति साहित्यको मर्मलाई बोक्न सक्दैन । भोगीराज चाम्लिङकानुसार जनजातीय साहित्यकलामा मुक्तिको सपना बुनिनर्ुपर्छ, जसरी उनीहरुले शताब्दीऔं पहिला तानमा कपडा बुने । जनजातीय साहित्य मुक्ति र सङ्र्घष्ाको साहित्य हो ।
