All about Sunuwar

News

now browsing by category

 

कोइँसिने कोइँसिने : होस काका पाइँसिने

-कोइँचबु काःतिच

प्लेत-ति अहिले प्रिती बनेको छ । कतिपयलाई परिवर्तन भन्ने लाग्ला । कतिपयलार्इ प्लेत-तिको अनुवाद । प्लेत-तिको खास अर्थ के हुन्छ ? खोजीको विषय त हुँदै हो । कसरी प्लेत-ति गाउँको नाम रहृयो ? हुन सक्छ प्लेत-तिचहरुको मूल थलो भएकोे हुनाले प्लेत-ति नाम रहन गएको हो । जस्तै : काःतिचको मूलथलो काःत । बुजिचको मूलथलो बुज । कोरमोचको कार-मो डाँडा । फातिचको फातगाउँ । रावाचको रावा ।

हो, यही प्लेत-ति गाउँमा यसपालीको वैशाखमा तीन दिन (९, १० र ११ गते) विताइयो । सुनुवार सेवा समाज प्लेत-तिले गएको दुर्इ बर्षहरु जस्तै यस वर्ष पनि कोइँच साँस्कृतिक महोत्सव गरेको थियो । कोइँच खाना प्रदर्शनी । कोइँच कलाकारहरुको कोइँच नृत्य र विभिन्न कलाकारको अन्य साँस्कृतिक कार्यक्रम । यस बर्ष अन्तर गाउँ विकास समिति नभइ अन्तर जिल्ला प्रतियोगितात्मक कार्यक्रम भएको हुँदा ओखलढुङ्गाबाट समेत प्रतियोगितामा सहभागी थिए।

निर्णायक मण्डलमा म (कोइँच बु काःतिच) पनि थिएँ । इमन्दारसाथ भन्नु पर्दा म नाच्न नजान्ने तर समाजले भाषा संस्कृति बचाऔं अभियान भन्ने मूल नारा बोकेको हुँदा भेषभूषा र सामाग्री -प्राप्स) प्रयोग हेर्न मलाइ निर्णायक मण्डलमा राखिएको थियो । स्थानीय तहमा महिला प्रतिनिधिको रुपमा दिपा सुनुवार र नृत्य सम्बन्धी निर्णय गर्न सुनुवार कलाकाए तथा चलचित्रकर्मी समाजका अध्यक्ष अमृतबहादुर सुनुवार निर्णायक थिए ।

साँस्कृतिक, भेषभूषा र भाषिक रुपमा सुनुवार सेवा समाज, कुँबु काँस्थली र त्रिवेणी साँस्कृतिक मञ्च रगनी ओखलढुङ्गा अब्बल थिए । तर प्रतियोगितामा प्रथम तिलौरीखोला हाइड्रोपवर प्लेत- ति ५ प्रथम भयो । जे होस् यो प्रतियोगिता थियो । चित्त बुझाउनु नै पर्ने भयो तै पनि धेरैको गुनासो रहृयो तिलौरी खोलाले कसरी प्रथम पुरस्कार र उत्कृष्ट नृत्यकारको पुरस्कार जित्यो ? यो कौतुहल हुनु स्वभाविकै हो । म दर्शक भएको भए पनि त्यसै भन्थेँ । तिलौरी खोलाले शुरुमा कोइँच भाषामा डम्फु गीतमा मौखिक नृत्य गरेको थियो भने दोस्रो राउण्डमा तामाङ सेलोमा नृत्य गरेको थियो भने तेस्रो राउण्डमा झयाउरे लोकनृत्य प्रस्तुत गरेको थियो । तर कुँबु काँस्थलीका कलाकारले शुरुमा यलम्बर बाजा, बास्सै बाजा, टुङ्ना, मादलको प्रयोग गरेर नृत्य देखाएको थियो भने दोस्रो राउण्डमा फाचेनु गैरी धारपानी बास्सै बाजाको नाच र तेश्रोमा कोइँसिने कोइँसिने । आयोजक टिमले स्वागत गीत सहित चारवटै गीत कोइँच भाषामै प्रस्तुती दिएको थियो । भेषभूषामा रगनी, ओखलढुङ्गाका कलाकारहरु अब्बल थिए भने नृत्यमा पनि अब्बल । राइनो गाइज युवा क्लबले वल्लो किरातको मुद्दा जोडतोडले उठाएको थियो भने नव सिर्जना परिवार ग्युदुले राष्ट्रियता झल्काउने गीत र नृत्य प्रस्तुत गरेको थियो । दुइ दिनसम्म भएको प्रतियोगिता अति रोमञ्चक बन्यो । बेलुकी बास्सै बाजा सिलको जुवारी कोइँच भाषामा १ बजेसम्म भएको थियो । केन्द्रीय अध्यक्ष तथा कलाकार अध्यक्ष र सुनुवार सेवा समाज प्लेत-तिका कलाकारहरु वीच यो जुवारी खेल भएको थियो ।

११ गते, सिनेमेटोग्राफर सुरज सुनुवारको दोमोका दार्शो सेरेम फु गीति एल्बमको गीत गेत-थि दा कोःति थोले देम-बाको म्युजिक भिडियो सुटिङ गरियो बेलुकी सुसेस ललितपुर कोषाध्यक्षको घरमा लिखु खोलाको असल माछासँग भात खाइयो । १२ गते विहान ३ बजे नै रामेछाप सुसेस अध्यक्ष, सामुयल सुनुवार, अमृत सुनुवार मोटरसाइकल लिएर हिँडेको हामी आठ बजे हिडेकाले क्यादलुमा भेटेउँ । सुसेस केस अध्यक्ष मनप्रसाद सुनुवारले मोटरसाइकल लिएर हिँडेपछि अमृत र हामी हिँडेर ठोसे लाग्यौं । पानी परेकोले प्लेततिमा बस आएन । हामी अस्ती आठ गते पनि ठोसेमा ओर्लेर हिड्दै प्लेत-ति डाँडागाउँ १२ बजे राती पुगेका थियौं । Read More

कोइँच साँस्कृतिक महोत्सव सम्पन्न

चुप्लु दाम्लोच
१३ वैशाख, प्लेतति । कोइँच साँस्कृतिक कार्यक्रम २०७० सम्पन्न भएको छ । भाषा संस्कृति बचाऔं अभियान सहित सम्पन्न प्रतियोगितात्मक साँस्कृतिक कार्यक्रममा छ समूह मध्ये तिलौरीखोला माइक्रो हाइडो पावर प्रथम, नवसिर्जना परिवार ग्युदु, दितीय, त्रिवेनि कला साँस्कृतिक मञ्च, तृतीय, सुनुवार सेवा समाज प्लेततिले सान्त्वना पुरस्कार प्राप्त गरेको छ । सुनुवार सेवा समाज कुँबुले साँस्कृतिक तथा अनुसाशन पुरस्कार र पहिचानको पुरस्कार राइनो गाइज युवा क्लबले प्राप्त गरेको थियो ।

भाषा संस्भाषा संस्कृति बचाऔं अभियानअन्तर्गत प्लेत्ति (प्रिती) साँस्कृतिक कार्यक्रम हुँदै

चुपलु दामलोच
प्लेत्ति, रामेछाप, ९ गते । भाषा संस्कृति बचाऔं अभियानअन्तर्गत सुनुवार सेवा समाज प्लेत्ति (प्रिती) गाउँ समितिले आयोजना गरेको वृहत साँस्कृति कार्यक्रम प्रतियोगिता भव्य रुपले प्रदर्शन भइरहेको छ ।
कार्यक्रम सुनुवार सेवा समाज केन्द्रिीय समितिका अध्यक्ष श्री मनप्रसाद सुनुवार तथा प्लेत्ति शाँदारका मुली नाःसो चित्रबहादुर सुनुवार तथा अन्य कोइँच पुर्खाहरुले परम्परागत कोइँच सागुन पिदार गरी उद्घाटन गर्नुभयो ।
खराब मौसमका बाबजुद पनि दर्शकहरुको भीड भएको हुनाले कार्यक्रमलाई निरन्तर दिइएको छ । उक्त प्रतियोगितामा विभिन्न जिल्ला तथा गाउँ समितिबाट आयोजकसहित ६ टिमको सहभागिता थियो । जसमा दिलौरी खोला माइक्रो हाइड्रो परिवार प्रिती ५, त्रिवेणी कला समूह रगनी, सुसेस कुबुँकास्थली गाउँ समिति, नव सिर्जना परिवार जिदु र राइनो गायज क्लब लुखिँगाउँको सहभागिता थियो । प्रतियोगितात्मक साँस्कृतिक कार्यक्रममा अहिले दोस्रो राउण्डको सेसन चलिरहेको छ । कृति बचाऔं अभियानअन्तर्गत प्लेत्ति (प्रिती) साँस्कृतिक कार्यक्रम हुँदै
चुपलु दामलोच
प्लेत्ति, रामेछाप, ९ गते । भाषा संस्कृति बचाऔं अभियानअन्तर्गत सुनुवार सेवा समाज प्लेत्ति (प्रिती) गाउँ समितिले आयोजना गरेको वृहत साँस्कृति कार्यक्रम प्रतियोगिता भव्य रुपले प्रदर्शन भइरहेको छ ।
कार्यक्रम सुनुवार सेवा समाज केन्द्रिीय समितिका अध्यक्ष श्री मनप्रसाद सुनुवार तथा प्लेत्ति शाँदारका मुली नाःसो चित्रबहादुर सुनुवार तथा अन्य कोइँच पुर्खाहरुले परम्परागत कोइँच सागुन पिदार गरी उद्घाटन गर्नुभयो ।
खराब मौसमका बाबजुद पनि दर्शकहरुको भीड भएको हुनाले कार्यक्रमलाई निरन्तर दिइएको छ । उक्त प्रतियोगितामा विभिन्न जिल्ला तथा गाउँ समितिबाट आयोजकसहित ६ टिमको सहभागिता थियो । जसमा दिलौरी खोला माइक्रो हाइड्रो परिवार प्रिती ५, त्रिवेणी कला समूह रगनी, सुसेस कुबुँकास्थली गाउँ समिति, नव सिर्जना परिवार जिदु र राइनो गायज क्लब लुखिँगाउँको सहभागिता थियो । प्रतियोगितात्मक साँस्कृतिक कार्यक्रममा अहिले दोस्रो राउण्डको सेसन चलिरहेको छ ।

कोइँच पहिचानको लागि साँस्कृतिक महोत्सव हुँदै

CIMG0494चुप्लु दाम्लोच
६ वैशाख, प्लेत-ति । कोइँच भाषा तथा संस्कृति संरक्षणको लागि सुनुवार सेवा समाज गाउँ समिति प्लेतति -प्रिती) रामेछापले बर्षैपिच्छै गर्दै आएको कोइँच साँस्कृतिक कार्यक्रम यस वर्ष कोइँच पहिचानको  लागि साँस्कृतिक महोत्सवको रुपमा आयोजना गर्दै छ । ‘गएको वर्षहरुको कमी कमजोरीलाई सच्याउँदै, केन्द्र र जिल्लाको सल्लाह र सहयोगले यस वर्ष कोइँचभूमि (ओल्लो किरात) भरिका कोइँचहरुको सहभागीतामा यो साँस्कृतिक महोत्सव गर्दै छौं । यस वर्ष ओखलढुङ्गा, सिन्धुली जिल्लाका कलाकारहरुले पनि भाग लिँदै हुनुहुन्छ । सबै देश विदेशमा रहेका कोइँचहरुलाई पहिचान र स्वायत्तताका कुरा मात्र गरेर भएन अब आफ्नो भूमिमा पनि गतिलो कार्यक्रम गर्नु पर्ने आवश्यकता भएको हुँदा महोत्सवमा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछु ।’ सुसेस गाउँ समितिका अध्यक्ष सञ्जीव सुनुवारले सबैलाई हार्दिक अपिल गर्नु भएको छ ।
‘मैले राजनीतिमा चासो लिएको दर्ुइ दशक नाघेउ । तर हाम्रो मुक्ति खस बाहुन एकल जातिय राजनीतिक पार्टीले दिँदैन भन्ने प्रष्ट भएको छु । कोइँच पहिचानको लागि कोइँचहरु आपै+m सचेत हुनु पर्दो रहेछ र आफ्नै भूमि बलियो नभएसम्म जहाँ जतिसुकै फुर्ति गरे पनि कोइँचको शान माथि नउठ्ने भएको हुँदा मैले प्लेततिलाई माथि उठाउन र चिनाउन हरपल लागि परेको छु । सबै कोइँचलाई एक पटक प्लेतति जान अनुरोध गर्दछु ।’ कोइँच साँस्कृतिक प्रतियोगिताको नियमित सौजन्यकर्ता सविसिबानी सेकुवा कर्नर ताल्छीखेल ज्ञानचोकका प्रोप्राइटर श्याम याअता सुनुवारले पनि यस साँस्कृतिक महोत्सवमा उपस्थित हुन अनुरोध गर्नु भएको छ ।
चुप्लु समाजले महोत्सवको पोस्टर, पाम्प्लेत तथा व्यानर र अन्य प्रचार सामाग्री प्रायोजन गरेको साँस्कृतिक महोत्सवको अफिसियल मिडियाको रुपमा सुनुवार डट ओआरजि, दुरदा डट कम, किङलो चुप्लु रहेका छन् ।
कोइँचको भाषा संस्कृति अक्षुण्ण राख्न यस्ता कार्यक्रमको आवश्यकता कोइँच भूमिमा उहिल्यैदेखि भए पनि हालसम्म हुन सकेको थिएन । यो शुरुआतलाई सकरात्मकरुपमा लिन सकिन्छ ।
महोत्सव यही वैशाख ९ र १० गते प्लेत-ति गाउँ विकास समिति, वडा नं. ८, रारामा हुँदै छ । अहिले प्लेत-तिका के कोइँच, के खस बाहुन, के दलित, के अन्य आदिवासी जनजाति सबैलाई आफ्नो गाउँको चिनारी दिन पाइनेमा एक जुट भएका छन् ।

सम्मानजनक हार : समयाभावमा प्रयाप्त प्रशिक्षणको कमी

DIGITAL CAMERAचुप्लु दाम्लोच
५ वैशाख, सानो गौचरण । “गोल गोल गोल … थुक्का । यो सानो गौचरण सुनुवारको लागि पटक्कै फापेकै भनेको । पहिला पनि यसरी नै हारियो ।’ नेपाल बैंक यू -१५ फुटबल प्रतियोगितामा सहभागी सुनुवार सेवा समाजको प्रशिक्षक सामुयल सुनुवार फन्फनी प्याराफिटमा घुमीरहेका थिए, आफ्ना खेलाडीले राम्रो खेल पर््रदर्शन गरे पनि गोल गर्न नसक्दा । मुना सुनुवार, सह-सचिव, सुनुवार विद्यार्थी समाज, चिच्चाइरहेका थिए, हान भाइ हान । होइन हौ, किन नदौडेको । ‘ठिक छ ठिक । नआत्तिकन खेल्ने ।’ श्याम सुनुवार, कोषाध्यक्ष सुनुुवार सेवा समाज ललितपुर, ले खेलाडीलाई सम्झाइरहेका थिए । ‘ओइ दौडी । यता १३ नं. लाई पास दे ।’ अतालिँदै थिए सुनुवार सेवा समाज काठमाडौं जिल्लाका सह-सचिव आशिष सुनुवार । दिउँसो दुइ बजेको टन्टलापुर घाम । पसिनै पसिना । स्याँ स्याँ फेँ फेँ । खेलाडी दौडेको दौड्याइ । दर्शक दिर्घर्ाा बेला बेलामा जाँघर त बेला बेलामा नैराश्यको खुइय्या ।
आदिवासी जनजाति कोइँच -सुुनवार) पहिचानको लागि नयाँ पुस्ताहरुलाई परिचालन गर्नु पर्ने र कोइँचलाई चिनाउने विभिन्न माध्यम मध्ये एउटा माध्यम खेलकुद पनि भएको हुँदा सुनुवार सेवा समाजले खेलकुदमा निरन्तररुपमा आफ्ना युवा सदस्यहरुलाई अन्तर सुनुवार विभिन्न खेल खेलाउँदै आए पनि बालबालिकालाई लक्षित गरेर राष्ट्रियस्तरको खेलमा भाग लिएको यो पहिलो पटक हो । कोही स्वायम्भू, कोही जोरपाटी, कोही झरुवारासी त कोही सेतीपाखा । छराछिण्डा छरिएका कोइँच बालकहरुलाई एक ठाउँमा ल्याएर यसरी प्रतियोगितामा समेट्नु आपै+mमा ठूलो चुनौति र गाह्रो काम थियो । यस कामलाई टिम मेनेजर इन्द्रबहादुर सुनुवार, गुप्तेश्वर, रामेछाप र टिम कोच सामुयल सुनुवारले सफल पार्नु भएको छ ।
‘खेलकुदमा हारजीत त भइ हाल्छ । हाम्रा खेलाडीका यत्तिको खेल राम्रो मन्नु पर्छ । सबै भन्दा महत्वपूर्ण कुरा त कोइँच -सुनुवार) को नाम अगाडि आयो । जिते पनि कोइँचको नाम लिनै पथ्र्यो हारे पनि लिनै पर्छ । कसलाई जित्यो भन्दा त सुनुवार सेवा समाजलाई भन्ने त भयो नि । त्यसरी कोइँचको नाम आए पछि अन्य जातजातिले सुनुवारलाई त चिन्ने मौका पाए । हामीले खेलको हारजितसँग होइन हाम्रो पहिचान अरुलाई देखायौं ।’ Read More

हार्दिक आमान्त्रण

kheladiसानो गौचरण, ज्ञानेश्वर, काठमाडौंमा भोलि ठिक छ २ बजे सुनुवार सेवा समाज र चिबहाल वीच फुटबल प्रतियोगिता हुँदै छ । सबै फुटबलप्रेमी महानुभाव र सम्पूर्ण सुनुवारलाई उक्त प्रतियोगितामा उपस्थित भई खेलाडीहरुलाई हौसला प्रदान गरिदिन चुप्लु समाज, सुनुवार डट ओआरजि लगायत सुनुवार सेवा समाज हार्दिक अपिल गर्दछ । अखिल नेपाल फुटबल संघको आयोजनामा हुँदै गरेको नेपाल बैंक जुनियर (यू-१५) फुटबल प्रतियोगिता २०६९ का लागि सुनुवार सेवा समाजको तर्फबाट सहभागी खेलाडीहरु :

१. रोसन सुनुवार, सिर्थौली ९, सिन्धुली, २. संगम सुनुवार, ताल्छीखेल, ललितपुर, ३. साहस सुनुवार, भूजी ८, रामेछाप, ४. विवेक सुनुवार काठमाडौं १७, ५. आशिष सुनुवार, फर्पु ८, रामेछाप, ६. एरोन सुनुवार, ७. अजय सुनुवार, खिजी चण्डेश्वरी, ओखलढुंगा, ८. एलेक्स सुनुवार, काठमाडौं, ९.सञ्जय राना मगर, बैदी १, १०. सुमन लोप्चन, कालिका ६, ११. डिबुजु र्राई, १२. प्रकाश बुढाथोकी, सिम्ली ५ रुकुम, १३. युकेश सुनुवार झरुवारासी ६, १४. सोन छिरिङ लामा, नारायणटार, १५.दिपक बुढाथोकी, १६. आशिष र्राई, बासबोटे ८, उदयपुर, १७. मोतिराज तुम्बाहाङफे, साब्ला १ तेह्रथुम, १८. निराजन श्रेष्ठ, पृथ्वीनारायण, गोरखा, १९. सिमाङ सुनुवार, मैतिदेवी, २०. आयुष सुनुवार, गोठाटार, २१. सन्देश सुनुवार, जोरपाटी आदि अझै थप केही अरु खेलाडीको नाम छुट्न गएको छन् ।

आदिवासी जनजाति कोइँच (सुनुवार) को लागि यो ऐतिहासिक क्षण हो । आफ्नै व्यानर र झण्डामा यसरी खेल मैदानमा उत्रिएको यो पहिलो पटक हो ।

 

 

सबैले विगतलाई भुल्छन् तर म विगतलाई सम्झेर उर्जा प्राप्त गर्छु।कोइँच पहिचानको लागि उनले गरेको योगदान पूर्वेली कोइँचले कहिल्यै बिर्सने छैनन् ।

तर्राईमा डिडिटि (डेन्जर डोज फर थारु समाजशास्त्री डा. कृष्णबहादुर भट्टचनकानुसार) छरिएको धेरै भएको थिएन । एक जोडी तोँकुच मुलिच जिन्दगीको ठूलो सपना बोकेर २०३५ सालतिर चुप्लु खिँचि (ओखलढुङ्गा) बाट सपनाको नगरी धरान र्झछन् । आफ्नो बुबाभन्दा आठ महिनाले जेठो श्रीमानसँग धरानमा गाउँले भाउजुको निम्तोलाई स्वीकारेर झरेका ती जोडीको जिन्दगीले एक वर्ष नबित्दै ठूलो दुघटनासँग सामना गर्नु पर्छ । भर्खर २०, २२ बर्षको बाम्ना याअ-ता चेलीले लाउँ लाउँ खाउँ खाउँको चञ्चले उमेरमै आफ्नो श्रीमानसँग सदा सदाको लागि बिछोडिनुको पीडासँगै आफ्नो नाबालक छोरीलाई काखी चेपेर पूर्वी तराइमा गरेको संर्घष्ाका ती दिन र सफलताका यी दिनका मार्मिक कथा । हामी सबै कोइँचले मन-मस्टिष्क र भित्री आत्मले चित्तन मनन् गर्नु पर्ने एक पटक अनुभूत गर्नु पर्ने तपाईँ हाम्रो आफ्नै कथा । अझै पनि बास्सैबाजा, टुङ्ना, डाम्फु र ढोल झयाम्टासँग मज्जाले धित्मरुञ्जेल इत्रिन पुगेको छैन उनलाई । हजुर हामी तपाईँलाई चाँडै पस्किँदै छौं हामीलाई सम्भिmरहनु होला ।