All about Sunuwar

News

now browsing by category

 

कति माग माग्ने हो बाक्क लाग्ने गरी …

-शंकर लिम्बु
अहिले मुलूक संचालकहरु आदिवासिको अधिकार समाप्त गर्नेमात्र होइन यसको विरुद्ध आवाज उठाउनेहरुको मुख नै थुन्ने कार्यमा लागि रहेका देखिन्छन् । अहिले आदिवासिको आन्दोलन घनीभूतरुपमा उठेको पूर्ब क्षेत्रमा सेना र सुरक्षाकर्मी थुपारेको छ । कथंकदाचित अप्रिय स्थिति आए कति निर्दोषको ज्यान जाने हो ? कति मानव अधिकार उल्लंन हुने कतिको उठीवास लाग्ने हो थाहा छैन ।
२४० बर्षदेखि निरन्तर अतिजातीय साम्प्रदायिकतामा आधारित राज्य संचालन गरी आएका जातिहरुको हैसियत दिने र आदिवासिहरुको हैसियत माग्ने (मगन्ते) कै रुपमा कायम राख्न आगामि संविधानसभा आदिवासिकोलागि झन साँघुरो बनाइएको छ । राजनीतिमा आदिवासि अहिले कुनै विषय नै होइन ९ल्यल(एयष्तिष्अब िभ्लतष्तथ० भएको छ । बृहत शान्ति सम्झौता र अन्तरिम संविधानले किटान गरेको जातीय तथा बहिष्करणमा परेका आदिवासि जनजाति हुन् । राज्य पुनर्संरचनाको माध्यमबाट आदिवासिको समस्या समधान गर्ने संविधानमा नै किटान गरेको छ । तर अहिले राजनीतिमा त्यो विषय नै रहेन । यो त आदिवासि वीच कुरा गर्ने मेलो मात्र बनेको छ ।
संविधान, कानून र अन्तराष्ट्रिय कानूनले प्रत्याभूत गरेको आदिवासिको अधिकार पाउन पनि आन्दोलन नै गर्नु पर्ने भएको छ । नीति र कानूनमा नै नभएको भानू जयन्तीकोलागि १६ लाख छुट्टयाइएको छ । आदिवासिको विकास बजेट स्वात्तै घटाएको छ । बहुलभाषा शिक्षाको लागि राज्य आफू त लगानी गर्दैन दातृ राष्ट्रले सहयोग गर्छु भन्दा यो सरकार हुँदैन भन्छ । आदिवासि प्रति भएको विभेद र बहिष्करणको विषय उठाउँदा संयुक्त राष्ट्र संघ, अन्तराष्ट्रिय समूदायलाई धारे हात लगाउँछ । आदिवासिलाई विदेशिले उठायो भन्छ ।
दोस्रो तीन बर्षिय योजनामा प्रस्टसँग महासन्धि १६९ र ग्ल्म्च्क्ष्ए कार्यान्वयन गर्ने कुरा तेस्रो योजनामा हटायो अब चौथोमा पनि पर्ने छैन ।
हामी अदिवासि यत्रो भूमि तथा स्रोतको मालिक हुँदाहुँदै जलस्रोत ऐन र बन ऐन ल्याएर सरकारमा बस्ने, सीमित नेता तथा सरकारमा पुगेका ठूला भनाउदा पार्टीहरुको विर्ता बनाएको छ । भने आदिवासिहरु भोकभोकै पर्ने अवस्थामा पु¥याएको छ । हाम्रो स्रोत हस्तक्षेपकारी विकासको माध्यमबाट विदेशिको भण्डारमा पु¥याएको छ । उदाहरणको लागि खिम्ति ढल्केबर २२० के भी प्रशा।णलाईन बनाएर भारतलाई नेपालको विजुली निरन्तर र दिगोरुपमा निर्यात गर्ने उद्देश्य लिखितरुपमा नै नीति बनाएर लाँदैछ । यस्तो फेहरिस्त धेरै लामो हुन सक्छ । अबत जुनसूकै सरकार आए पनि विदेशीलाई दिएको नेपालको खोलानाला फर्कन असम्भव भएको छ ।………
हामी आदिवासि आफ्नै ठाउँमा मगन्ते बनाइएका छौं । यी सवै विषलाई लिएर माओबादि, काँग्रेश, एमाले र सरकारलाई माग्न जाने हो कि ज्ञापन पत्र लिएर । जहाँ गए पनि २४० बर्षदेखि हामिलाई शासन गर्नेहरु नै त छ नि डेरा जमाएर बसेको । हामी माग्न गएपछि उनीहरुको दिने हैसियत कायम रहन्छ । तर दिने चाहिँ केहि होइन । हात लाग्यो सुन्य कति माग्ने हो दिक्क लाग्ने गरी । बरु महासन्धि नं १६९ र ग्ल्म्च्क्ष्ए अनुरुपको आ–आफ्नो थाकथलोमा स्वशासन पो शुरु गर्ने हो कि ? सार्वभौम आदिवासिको हैसियतले ?

आउँदो शैक्षिक सत्रबाट कोइँच भाषाको पढाइ हुने

चुप-लु दाम-लोच

असार, रामेछाप । अबको शैक्षिक सत्र ०७१ देखि कोइँच भूमिमा कोइँच भाषामा पढाइ शुरु हुने भएको छ । नेपाल सरकारले कोइँच -सुनुवार) भाषाको नमूना पाठ्यपुस्तक बनाएको आधा दशक नाघेपछि कोइँच गाउँमा चहलपहल बढेको छ । शैक्षिक जनशक्ति विकास केन्द्रले कोइँच भूमिका २२ जना कोइँच शिक्षकहरुको कोइँच मातृभाषाको पाठ्यपुस्तक कसरी विद्यालयमा पढाउने भन्ने १० दिने शिक्षक प्रशिक्षण दिएपछि कोइँच शिक्षकहरु कोइँच पाठ्यपुस्तक विद्यालयमा लागु गर्न अभ्रि्रेरित भएका हुन् ।

सुनुवार सेवा समाज जिल्ला समिति रामेछापका अध्यक्ष रमेशकुमार सुनुवारले भने सबै कोइँच गाउँका शिक्षकहरु उत्सुकताका साथ शिक्षक प्रशिक्षण कार्यक्रममा सक्रिय सहभागी मात्र भएनन् । कोइँच भूमिमा यो ऐतिहासिक कार्यक्रम भएको हुँदा अबको शैक्षिक सत्रबाट पढाइ शुरु गर्ने प्रतिवद्धता समेत जाहेर गरेका छन् ।

सुनुवार सेवा समाज रामेछापको पहलमा यो शिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । विगतमा पनि रामेछाप जिल्लामा कोइँचहरुमा आइपरेको विभिन्न समस्याहरु बारे जनवाकलता गर्दै आएको समाजले अब चाँडै नयाँ कार्ययोजना सहित संविधान सभाको विषयमा जनचेतना कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

आदिवासी जनजाति कोइँचको हक अधिकार सम्बन्धि गाउँ गाउँबाट जागरण अभियान शुरु गर्ने सुनुवार सेवा समाजको कार्य योजना अनुसार रामेछाप जिल्लाले यस्तो कार्यक्रम गर्ने भएको छ ।

विगतमा केन्द्रमा मात्र सीमित सुनुवार सेवा समाजले विगत दर्ुइ तीन वर्षेखि स्थानीय तहमा आफ्नो गतिविधि अगाडि बढाएको छ । यसक्रममा स्थानीय सञ्चार माध्यममा कोइँच भाषामा पत्रकारिता सम्बन्धि प्रशिक्षणको योजना पनि रहेको जिल्ला समितिका अध्यक्ष रमेश सुनुवार ले बताउनु भयो ।

शिक्षक प्रशिक्षण सुदिप सुनुवार र नारायण सुवेदीले दिएकेा थिए भने कोइँच भाषाको महत्व र भविश्यको वारे संस्कृति तथा अनुसन्धान विभागीय प्रमुख अमृतबहादुर सुनुवारले बताउनुभएको थियो ।

कोइँच मातृभाषामा पाठ्यपुस्तक पहिल्यै बने पनि तत्कालीन अवस्थामा विद्यालय तहमा पढाइको लागि सुनुवार सेवा समाज केन्द्रीय तहबाट स्थानीय तहका समितिहरुलाई कुनै नीति निर्देशन र स्रोतको खोजी नगरीदिँदा प्रभावकारी हुन नसकेको यथार्थलाई स्वीकार गर्दै कोइँच मातृभाषा पाठ्यपुस्तकका सहलेखक तथा केन्द्रिय कोषाध्यक्ष उत्तमकुमार सुनुवारले अगाडि भन्नु भयो, ‘सुनुवार सेवा समाजलाई आदिवासी जनजाति कोइँचको आस्थाको केन्द्र बनाउन जनचेतनाको आवश्यक छ । र, यस्तो जनचेतना आफ्नै मातृभाषाको प्रयोगबाट सम्भव छ । अरुको भाषामा दिइएको प्रशिक्षण वा जनचेतनाले अरुकै आस्था, विचार र दर्शन मात्र बाँड्ने भएकोले केन्द्रीय तहबाट स्थानीय तहलाई सबल र सक्रिय बनाउन स्थानीय तहका सुनुवार सेवा समाजलाई अख्तियार प्रदान गरिएको छ । केन्द्रले नीति तथा कार्यक्रम बनाउने र आर्थिक स्रोतको खोजी गरी दिने काम गर्दै आएको छ । यही रणनीतिको निरन्तरता हो रामेछापको शिक्षक प्रशिक्षण, र्सलाहीको मातृभाषा साक्षरता कार्यक्रम, काठमाडौं जिल्लाको श्रव्य सामाग्री उत्पादन कार्यक्रम, अनलाइन कोइँच भाषा प्रशिक्षण कार्यक्रम ।’

शैक्षिक जनशक्ति विकास केन्द्र, पाठ्यपुस्तक विकास केन्द्र, अनौपचारिक शिक्षा केन्द्रसँग केन्द्रीय तहमा सहजीकरणको कार्य सुनुवार सेेवा समाज केन्द्रीय उपाध्यक्ष रणवीर सुनुवारले गर्नु भएको थियो ।

किराँत सुनुवार सेवा समाज युकेद्वारा उभौली ष्याँदर सम्पन्न

ukshyandarपैयू फुल्दा मंसिरे पूर्णिमा उधौली मान्ने र गुराँस फुल्दा वैशाखे पूर्णिमा उभौली मान्ने बेलायतबासी किराँत सुनुवारहरूले जुन २३ तारीख, २०१३ आइतबारको दिन उभौली पर्व ष्याँदर पिदारलाई बडा धुमधामले मनाएका छन् । तिथि मिति अनुसार बुद्ध पूर्णीमाको दिन किराँत धर्म र सुनुवार संस्कृति अनुसार मानिने उक्त ष्याँदर पिदार उभौलीलाई महिनौँ दिनसम्म ढोले समूह घरघरमा घुमी सलाक गाउँदै, ढोल झ्याम्टाको साथमा नाची सुरु चोतेक (लक्षण÷शह भिœयाउने) चलन विधिविधान गरेर गाउँघरमा मनाउने चलन छ । यसरी शह हुल्न आउने ढोले समूहलाई घरबेटीले नयाँ अन्नबाट बनेका सुनुवारी परिकारहरू ऐरी, हौ खमे, खट्टे, पोक्चे, सोप्ले, स्याँबु आदि खान दिएर सत्कार गर्ने परम्परा छ ।

तर प्रवासी जीवन बिताइ रहेका कोइँच सुनुवारहरूले भने आफ्नो जातीय महान पर्वलाई, धर्म र संस्कृतिलाई नमूनाको रूपमा, सम्झनाको रूपमा र संस्कृति जगेर्ना गर्ने उद्देश्यले मनाउने क्रममा सही तिथि मितिको दिन मनाउन असमर्थ छन् कतिपय अवस्थामा । आफ्नो थाँतथलोमा जस्तो खाँटी तरिकाले विधिविधानसहित मनाउन सम्भव नभए पनि महिनाको अन्ततिर प्रतिकको रूपमा किराँत सुनुवार सेवा समाज बेलायतले सम्पन्न गरेको उक्त कार्यक्रममा आदिवासी जनजाति महासंघ बेलायतका महासचिव नरेश कामनाङ राई प्रमुख अतिथि रहेका थिए । यसै गरी आदिबासी जनजाति महिला महासंघ कि अध्यक्ष कमला थापा विशेष अतिथि रहेकी थिइन् । त्यस्तै भातृ संघ संस्थाहरूबाट अध्यक्ष पदम राई (किराँत राई योयाख्खा), अध्यक्ष नगेन्द्र नेमवाङ (किराँत याकथुम चुमलुङ फार्नबोरो शाखा) बाट आतिथ्य जनाएका थिए । यसै क्रममा तमुधी संस्था बेलायतबाट उपाध्यक्ष सूर्य गुरुङ, तामाङ संस्था बेलायतबाट अध्यक्ष कविराज घिसिङ, बुद्धिस्ट एशोसिएशनबाट अध्यक्ष काजी शेर्पा, शेर्पा एशोसिएशनबाट अध्यक्ष शेर्पा, मोना युकेबाट अध्यक्ष उमेश राणा, फेडेरेशन अफ नेपलीज जोर्नलिष्ट एशोसिएशन युके तथा कान्तिपुर दैनिक युकेका करेस्पोण्डेन्ट अध्यक्ष नविन पोखरेल, युरोपका लागि नेपाली टेलिभिजनबाट विसन गुरुङ, राई यायोखाबाट रत्न राई लगायत अन्य देशी विदेशी पाहुनाहरूको उपस्थिति रहेको थियो । Read More

किरातीहरुको महान चाड उभौली कतारमा भव्यताका साथ सम्पन्न ।

doha–भानु सुनुवार

७ जून, दोहा, कतार
किरातीहरुको महानचाड “उभौली साकेला÷शाँदार पिदार÷यक्वा तङ्नामको उपलक्ष्यमा उभौली साकेला÷शाँदार पिदार÷यक्वा तङ्नाम समारोह– येले सम्वत् ५०७३ संयुक्त कार्यक्रम– २०७०” कतारमा हिजो सम्पन्न भएको छ । किरात राई यायोक्खा शाखा कतार, सुनुवार सेवा समाज दोहा, कतार तथा किरात याक्थुम चुम्लुङ दोहा, कतारद्धारा आयोजित संयुक्त कार्यक्रम ७ जून शुक्रवारका दिन कतारको दोहा शहर स्थित ब्रुस्ली होटलमा भव्यताका साथ सम्पन्न भयो ।

बिविध भाषा÷भाषी हुनु–ले केही फरक संस्कार भए पनि एउटै किरात धर्म मान्ने किरातीहरुमा एउटै संस्कृति छ भन्ने प्रतिनिधित्त्र उक्त कार्यक्रमले ग¥यो । नेपालका किरातहरुलाई बिविध समुदायमा बिभक्त एउटै सम्प्रदाय भनेर बुझाउने तथा सम्पूर्ण किरात समुदायमा एकता हुनुपर्छ भन्ने उद्देश्यले आयोजित संयुक्त कार्यक्रमका सभापतित्व किरात राई यायोक्खा शाखा कतारका— अध्यक्ष धिरज चाम्लिङ्ग राई र प्रमुख आतिथ्य नेपाल प्रवासी आदिबासी जनजाति महासंघ दोहा कतारका— उपाध्यक्ष प्रकाश आले मगरले गरेका थिए भने बिशेष अतिथिहरुमा गैर आवासिय नेपाली संघ अन्तरर्राष्ट्रिय समन्वय परिषदका— सचिव टि. बि. कार्की, गैर आवासिय नेपाली संघ अन्तरर्राष्ट्रिय समन्वय परिषद मध्यपुर्व— गल्फ संयोजक नरेन्द्र भाट, गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका—अध्यक्ष अमृत गरुङ, नेपाल प्रवासी मुस्लीम समाज कतारका— महासचिव अजिज अलि, किरात याक्थुम चुम्लुङ दोहा, कतारका— प्रमुख सल्लाहकार दिल किरण खजुम, किरात राई यायोक्खा शाखा कतारका— सल्लाहकार रकम ध्वज राई, गायक नविन राई तथा सुनुवार सेवा समाज दोहा, कतारका— सल्लाहकार भानु सुनुवार रहेका थिए । अतिथिहरुमा तमु समाज कतारका— अध्यक्ष बिमल गुरुङ्ग, नेपाल प्रवासी मगर संघ दोहा कतारका— अध्यक्ष भीम तरामु मगर, थारु कल्याणकारिणी सभा कतार च्याप्टरका— का. वा. अध्यक्ष सियाराम चौधरी, नेपाल प्रवासी तामाङ्ग सेवा समाज दोहा कतार कतारका— महासचिव दिल दोर्जे तमाङ्ग, नेपाल प्रवासी मुस्लीम सेवा समाज कतारका— अध्यक्ष मक्सुद आलम व्यवशायी, समाजसेवी तथा बुद्धिजिबीहरु बद्रि प्रसाद पाण्डे, कमल मणि गुरागाई, बिल गुरुङ्ग, रामहरि गैरे तथा राजेश दर्शन अर्याल रहेका थिए । Read More

रेडियो लिखुखिम्कु एफएम ९१.३ को टावर जडान सम्पन्न ।

Radio_likhuसुनुवार सेवा समाजको अभियान अन्र्तगत संचालन गरिन लागेको रेडियो लिखुखिम्कु एफएम ९१.३ को टावर गुप्तेश्वर, ३ रामेछापमा जडान गर्ने काम २०७० साल जेठ १८ गते सम्पन्न भयो । कोइँचसमुदायले कोइँचसमुदायहरुकै लागि चलाउन लागिएको यो रेडियो २०७० भदौ अगावै संचालनमा ल्याउन लागिएको छ ।
कोइँचसमुदायको छातासंस्था सुनुवार सेवा समाजले हामी कोइँच सुनुवारहरुकै किपट क्षेत्रमा एफएम रेडियो संचालन गरी सञ्चारमाध्यममा कोइँचसमुदायको पहुँच पुराउने कोइँचसमुदायका केही युवा जमातलाई केही हदसम्म रोजगार प्रदान गरी हामी कोइँचहरुकै भाषा संस्किृति, शिक्षा आदि क्षेत्रमा योगदानका लागि प्रेरित गर्दै उनीहरुलाई आवश्यक शिप तथा तालिम प्रदान गर्नै र मुलधारमै प्रतिस्पर्धी बनाउने यो अभियानको मुख्य उदेस्य हो ।
रेडियो संचालक समितिको तर्फबाट सुनुवार सेवा समाजका केन्द्रीय कार्यसमिति तथा चुप्लु फाउन्डेसनका अध्यक्ष मनप्रसाद सुनुवारले सुनुवार सेवा समाजको यो ठुलो अभियानलाई सफल पार्न आवश्यक आर्थिक सहयोग प्रदान गरी रेडियोको संस्थापक सल्लाहाकार, संरक्षक, आजिवन सदस्य वनी दिन देश विदेशमा रहनुहुने कोइँच सुनुवार दाजुभाई तथा दिदीवहिनीहरु आम्हान गर्नु भएको छ ।
रेडियो लिखु मुनाफा रहित सामुदयिक रेडियो हुनेछ । यो रेडियो पुर्णरुपमा कोइँचसमुदायको हितको लागि समर्पित, कोइँच समुदायबाट संचालित रेडियो हुनेछ । रेडियोको पहुँच पुग्ने जिल्ला (जस्तै रामेछाप, ओखलढुङ्गा, सिन्धुली, आदि) र गाविसहरु ((जस्तै भुजि प्रिती, कुभुँ काँस्थली, खिजी, फलाटे सिन्धुली आदि) मा वसोबास गदैै आएका कोइँचसुनुवार आदिवासीहरुको लागि मुख्यत र अन्य जातजातिका लागि रेडियो लिखु सुचना, शिक्षा, चेतना र मनोरञ्जनको भरपर्दो स्रोत र माध्यम हुने मात्र होईन, स्थानीय विकास निमार्ण, शिक्षा, स्वास्थ्य, पयर्टन पर्वद्धनको साझेदार (Partner) हुनुका साथै हामी कोइँचसुनुवाहरुको भाषा, संस्किृति परम्परा बचाईराख्ने सक्रिया माध्यम हुनेछ । रामेछाप, दोलखा, ओखलढुङ्गा, सोलुखुम्वु, सिन्धुली र दोलखा र त्यस आसपासका जिल्ला र गाविसहरुमा रेडियो लिखुको पहुँच पुग्ने छ । त्यसकारण ति क्षेत्र र वरपर बसोबास गर्नेहरु यो रेडियोको नियमित तथा आंशिक श्रोता हुनेछन् । Read More

ललितपुरमा शाँदार बुल्फे सम्पन्न

DSC0 2222चुप्लु दमलोच । सुनुवार सेवा समाज ललितपुर जिल्ला समितिले आज साँझ सुनुवारहरुको परम्परागत शाँदारपिदारको बुल्फे कार्यक्रम सम्पन्न गरेको छ । उक्त अवसरमा ललितपुर, भक्तपुर तथा काठमाडौंमा बसोबास गर्ने सुनुवारहरुको उपस्थिति रहेको थियो । साँझ ६ः१५ बजे नाःसो कान्छाराम सिकारीले शाङ पिदार गरी शुरु गरिएको पिदारमा पुख्र्यौली थलोको प्लेत्ति (प्रिती) मा गर्ने गरिएको बुल्फे विगत केही वर्षदेखि सुनुवार सेवा समाज ललितपुर जिल्ला समितिले पनि सुरु गरेको थियो । भोलि ८ः३० बजे हात्तिवन शाँदारग्योरमा पुगेर पूजाआजा गरी ११ः३० बजे नखिपोट खेल मैदानमा नाच्ने कार्यक्रम रहेको नखिपोटमा सम्पन्न भएपश्चात आउने शनिबार टुँडिखेलमा नाचिने कुरा जिल्ला समितिका सचिवले बताउनुभयो ।
यस वर्षको शाँदार पिदार देशका विभिन्न ठाउँ इलाम, झापा, पाँचथर, सुनसरी, सर्लाही, सिन्धुली, काठमाडौं, काठमाडौंकै लप्सीफेदी, ओखलढुंगाको खिँचि चण्डेश्वरी र रामेछापको प्लेत्ति (प्रिती), भुजी र बेतालीमा धेरै वर्षपछि शाँदार गरिने जानकारी प्राप्त भएको छ । यसैगरी विदेशमा युके, कतार र हङकङमा भव्य रुपले मनाउने जानकारी प्राप्त भएको छ ।

सुनुवार सेवा समाज सिरहा सम्मेलन सम्पन्न

चुप-लु दाम-लोच
जेठ, सिरहा । सिरहाली कोइँच (सुनुवार) को इतिहासमा सुनुवार सेवा समाजको तेस्रो जिल्ला सम्मेलन – २०७० सम्पन्न भएको छ । २०३९ सालमै सिरहाका कोइँचहरु संगठित भएका भए पनि कोइँच हक अधिकारको लागि चेतनाको विकास भने त्यति पुरानो भएको देखिँदैन । भर्खरै सम्पन्न सुनुवार सेवा समाज जिल्ला सम्मेलनले १) कोइँच पहिचानको लागि कोइँच भेषभूषा सम्बन्धी शिप विकास तथा प्रयोगमा जागरुकता, २) आधारभूत कोइँच मातृभाषा प्रशिक्षण, ३) जनचेतना अभिवृद्धि कार्यक्रम, ४) आर्थिक अभिवृद्धि कार्यक्रम, ५) कोइँचको मानव अधिकार सम्बन्धि जनवकालता कार्यक्रम साथै केन्द्रीय सुनुवार सेवा समाज र अन्य जातीय संगठनसँग समन्वय गर्ने प्रस्ताव पारित गर्दै पृथ्वीराज सुनुवारको अध्यक्षतामा एघार सदस्यीय नयाँ जिल्ला कार्य समिति गठन गरेका छन् । डम्बरबहादुर सुनुवारको संयोजकत्वमा हिराबहादुर सुनुवार र कमलबहादुर सुनुवार सदस्य रहेको निर्वाचन समितिले उपाध्यक्ष, सचिव, सह-सचिव, कोषाध्यक्ष तथा सदस्यहरु क्रमशः नरबहादुर सुनुवार, सन्तोषकुमार सुनुवार, कौशिल्य सुनुवार, नयन सुनुवार, सुमन सुनुवार, हिरामाया सुनुवार, कौशिल्या सुनुवार, केशव सुनुवार, दिलबहादुर सुनुवार र आशाकुमारी सुनुवार जिल्ला कार्य समितिमा रहेका छन् ।
सम्मेलनको प्रमुख अतिथि सुनुवार सेवा समाज केन्द्रीय समितिका प्रथम उपाध्यक्ष रणवीर सुनुवारले हाम्रा केही कोइँच नेताहरुलाई पार्टीले टाउको खुट्टा छोइदिए पछि मात्र चेतना आउने भएको हुँदा कोइँचको मानव अधिकारका लागि निर्वाचित नयाँ कार्य समितिले त्यस्तो भ्रमलाई चिर्ने कार्य अगाडि बढाउँदै पहिचानसहितको संघीयता र संघीयतासहितको संविधान जारी गर्न अब आउने निर्वाचनमा जुन पार्टीले कोइँचको हक अधिकारको सुनिश्चित गर्ने प्रतिवद्धता जनाउँछ त्यो पार्टीलाई सहयोग गर्न तथा वल्लो किरातको लागि आवज उठाउन पनि निर्देशन गर्नु भयो । Read More