News
now browsing by category
कोइँच लोः शेँसाइ श्रव्य मातृभाषा शिक्षण सामाग्री उत्पादन
चुप्लु दामलोच
२० वैशाख, यालाखोम । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको आर्थिक सहयोगमा सुनुवार सेवा समाज जिल्ला समिति काठमाडौंले कोइँच लोः शेँसाइ श्रव्य मातृभाषा शिक्षण सामाग्री उत्पादन गर्ने भएको छ । सुनुवार सेवा समाज काठमाडौंका अध्यक्ष गोपालबहादुर सुनुवारले भन्नु भयो – यस कोइँच लोः शेँसाइ श्रव्य मातृभाषा शिक्षण सामाग्रीमा कोइँच गाउँवस्तीको ठेट लबजमा नाटकीय शैलीमा प्रशिक्षण गरिएको हुनेछ । साथमा रमाइला चुट्किला, मिथक र लोकगीतहरु संकलित हुनेछन् । यस सामाग्रीमा आदिवासीवाद र चौथो विश्वको आन्दोलनलाई उठाइएको हुने छ । कोइँच भाषामा आदिवासी ज्ञान तथा कोइँच संस्कृतिको पर््रवर्द्धन गर्न मिथकीय विम्बहरु समेटिएका छन् । उद्घोषकले शव्दार्थ बताउने छ र अभ्यासको लागि सँगसँगै बोल्न पनि लगाइने छ । बोल्ने तौरतरिका बताइने छ । र, सजिलोको लागि अन्तमा नाटक प्रस्तुत गरिने छ ।
सुनुवार सेवा समाज केन्द्रीय समितिका कोषाध्यक्ष तथा मातृभाषा सेवी, पत्रकार तथा कोइँच पाठ्यपुस्तक लेखक उत्तमकुमार सुनुवारले कोइँच लोः शेँसाइ श्रव्य मातृभाषा शिक्षण सामाग्रीको महत्व तथा औचित्य वारे प्रकाश पार्नु भयो – लोपोन्मुख कोइँच भाषाको यो श्रव्य भाषा प्रशिक्षण सामाग्री तयार हुनु आपै+mमा पनि महत्वपर्ूण्ा विषय हो । नेपालको लागि यो नौलो सोँच हुनसक्छ लोपोन्मुख मातृभाषाको संरक्षणको लागि । किनकि यस श्रव्य संग्रहले भाषालाई बचाइराख्ने र कोइँच पहिचानलाई पर््रवर्द्धन गर्ने काम गर्ने छ । हुन त यो कार्यक्रम महँगो कार्यक्रम पनि हो । तर उपलब्धीको हिसावले हर्ेदा यो कार्यक्रक बढी फाइदाजनक छ । यसरी श्रव्य सामाग्रीहरु प्रकाशन तथा उत्पादन गरिँदा बहिस्करणमा पारिएका भाषाको बोलाई लवज तथा साहित्य सिर्जना गर्ने हौसला नयाँ पुस्ताहरुलाई मिल्ने छ । जसले गर्दा आदिवासी कोइँचको मौलिक पहिचान दिने सर्न्दर्भ स्रोत बन्ने छ । साथै आफ्नै विशिष्ट सोँचको विकास भएर जाने छ । अहिले खस, हिन्दी तथा अङ्ग्रेजी भाषिक साम्राज्यवादले आदिवासी जनजाति मातृभाषा पीँधमा परेको अवस्थामा उनीहरुको बोलाई लबज र बोल्ने तरिकासहितको अभिलेखन हुन नितान्त आवश्यक भएको हुँदा यो कार्यक्रमको महत्व र औचित्य आपै+mमा विशिष्ट रहेको छ ।
Read More
किराँत सुनुवार महिला (किसुम) समाज बेलायतको तदर्थ समिति गठन
¬–भावना परिष्कृत सुनुवार
संयोजकः– किसुम समाज बेलायत
बेलायतमा छरिएर रहेका किराँत सुनुवार महिलाहरूलाई गोलबद्ध रूपमा सङ्गठित गराई सामाजिक रूपमा सक्रिय गराउने उद्देश्यले २७ अप्रिल २०१३ शनिबारको दिन अल्डरसट स्थित भेटघाट रेष्टुरेन्टमा किसुम समाजको तदर्थ समिति गठन गरिएको थियो । किराँत सुनुवार महिला समाजको संयोजक भावना परिष्कृत सुनुवारको संयोजकत्वमा गठन गरिएको उक्त सुनुवार महिला समाज बेलायतको पदाधिकारीहरू निम्नानुसार रहेका छन्ः
१. अध्यक्ष प्रतिमा सुनुवार
२. उपाध्यक्ष विष्णु सुनुवार
३. सचिव शुभद्रा सुनुवार
४. सह–सचिव पुष्पा सुनुवार
५. कोषाध्यक्ष सान्दिरा सुनुवार
६. सह–कोषाध्यक्ष सुनिता सुनुवार
१. सदस्य मञ्जु सुनुवार
२. चुनादेवी सुनुवार
३. सावित्री सुनुवार
४. पार्वती सुनुवार
५. विष्णु सुनुवार Read More
रजत वर्ष घोषणा गर्ने निर्णय
चुप्लु दाम्लोच
१८ वैशाख, काठमाडौं । सुनुवार सेवा समाजको सचिवालयको वैठकले यही वैशाख २५ गते २५ वर्ष पुगेको उपलक्ष्यमा विधिवत् रजत वर्ष घोषणा गर्ने भएको छ । विभिन्न जिल्ला, गाउँलाई पनि सोही मुतविक कोइँच पहिचानको लागि विभिन्न कार्यक्रम गर्न गराउने निर्देशन दिने भएको छ । रजत वर्ष लोगो डिजाइनको लागि सूचना तथा सञ्चार विभागलाई जिम्मेवारी दिइएको छ भने सामाजिक सशक्तिकरण तथा परोपकार विभागले सामाजिक कल्याण कोषको लागि कल्याणकारी सहयोग संकलन गर्न शुरु गरेको छ । त्यस्तै गरी युवा तथा अतिरिक्त विभागले यही आउँदो २५ गते विधिवत्रुपमा कोइँचको धनुष वाँण खेल शुरु गर्ने पनि निर्णय भएको छ ।
आजको निर्णयमा यही वैशाख २८, २९, ३० गते हुने नेपाल आदिवासी जनजाति महासंघको राष्ट्रिय सम्मेलन प्रतिनिधिमा विमला सुनुवार र किरण सुनुवार चयन गरिएको छ । विमला सुनुवार विगतका वर्षदेखि नियामित महासंघमा प्रतिनिधि गरीरहेकी छिन् । सुनुवार सेवा समाजका अध्यक्षले अब आलोपालो गरी सुनुवार सेवा समाजको कार्यालयमा बस्ने व्यवस्था गर्न पनि अनुरोध गर्नुभयो । अहिलेसम्म नियमितरुपमा अध्यक्ष र उपाध्यक्ष कार्यालयमा उपस्थित हुनु भएको छ ।
आदिवासी जनजातीय सौर्न्दर्य चेत
कोइँचबु काःतिच
जबसम्म हाम्रो मातृभाषी लेखनमा पनि विधा र रुपमा उपनिवेशवादी संस्कृति, विचार र शैलीको आक्रामण रहन्छ तबसम्म आदिवासी जनजाति साहित्यकारको वर्तमान लेखनले साँस्कृतिक र ऐतिहासिक निरन्तरतालाई सम्बोधन गर्न सक्दैन । जसले जे भन्छ सुन्नेले त्यस्तै सुन्छ र बुझछ भन्न सकिँदैन । भन्ने र सुन्ने वीचको बुझाइको तात्विक अर्थलाई कहिल्यै पनि बर्ुर्जुवा खस-बाहुन हिन्दु तथा युरोपियन साहित्यले मान्यता दिँदैन । आदिवासी जनजातिको विकास र उन्मुक्ति भन्ने र सुन्ने वीचको सोझो बुझाइले मात्र निराकरण गर्दैन न कि एक वाक्यमा लेखिएको कुनै पनि परिभाषाले । आदिवासी जनजातिले भोगीरहेको उत्पीडन र समस्या विषेश खालको भएको हुँदा त्यस्ता विशेष परिस्थिति, समस्या र उत्पीडनलाई आदिवासी जनजाति साहित्यले मात्र सम्बोधन गर्न सक्दछ ।
वास्तवमा विश्वव्यापीकरणको घुन पिसाइमा परेका हामी आफु र आफ्नो पहिचानको वारेमा के कति सजग र सचेत छौं भन्ने चेतको विकास हुन आवश्यक देखिएको छ वाम्बुले, कोइँच लगायत आम आदिवासी जनजाति साहित्यकारहरुमा । अनुहारको भरमा पहिचान सुनिस्चित हुनसक्दैन न त कुनै पनि सरकारी दस्तावेजले । मुख्यतः म को हुँ ? म मान्छे हुँ भने के अन्य मान्छे जस्तै हुँ त ? छु त ? फरक छु भने के के कारणले फरक छु र किन फरक छु ? म नेपाली हुँ । म नेपाली हुँ भने किन अन्य नेपाली भन्दा फरक छुँ त ? यदि म फरक छु भने अन्य नेपालीहरु भन्दा के कारणले फरक छु वा फरक पार्ने विशेष तत्व वा अवश्था के के हुन् त – यी यस्ता यावत प्रश्नाको उत्तर नै आदिवासी जनजाती साहित्यहरुको विषयवस्तुहरु हुन सक्छन् । तर कनीकुथी, जबर्जस्ती फरक देखाउने गलत प्रवृतिको पनि विकास भएको तथ्यलाई भने स्वीकार गर्नु मानसिव हुँदैन । आदिवासी वाम्बुले र कोइँच साहित्यको चर्चा गर्दा अस्ट्रेलियन अबारिजनल साहित्यकार मेलिस्सा लुकासेन्काको भनाइ सम्झना उपयुक्त हुनेछ- यो क्षणमा मलाई आदिवासी लेखन एक व्रि्रोही अस्वीकृत साहित्य हो भन्ने मान्दछु र यसको केन्द्रविन्दु भनेको भूमि, सामाजिक न्याय र विभेदीत कानुन हो । लुकासेन्का जस्तै अमेरिकी महाद्वीपका आदिवासी साहित्यकारहरुको दृष्टिमा पनि नेटिभ अमेरिकन साहित्य, नेटिभ अमेरिकनमाथि भएको आक्रमण र ज्यादतीको कथाव्यथा पस्किने साहित्य हो । आक्रमणबाट घाइते बनेका मानिसहरुको साहित्य हो । यस साहित्यलाई अमेरिकन संस्कृति, इतिहास, धर्म र अनुभवसँग गाँसिएको मुद्दा हो, साहित्य हो भन्छन् उत्पीडक/मिचाह -मुलाधारका भनिएका युरोपेली गोरा साहित्यकार) हरु तर यो भूमिसँग गाँसिएको साहित्य पनि हो ।
भन्ने बेला साहित्य सामाजको ऐना हो भन्ने तर व्यवहारमा त्यो साहित्यिक ऐना पेवा बनाएर आफु मात्र सिँगारपटार गर्न खोपीमा राख्ने मुलाधारे नेपाली साहित्यिक प्रवृतिको विरुद्धमा आवाज उठाउने माध्यम पनि हो आदिवासी जनजाति साहित्य । हुन त नेपालमा वास्ताविक आदिवासी जनजाति साहित्यको भने कहिल्यै कतै व्याख्या गरेको पाइँदैन । कतै चर्चा गरिएको पाइँदैन, छैन । बरु केही वषर्ा अगाडि एक विचार गोष्ठी मार्प{mत वैरागी काइँलाले समानान्तर साहित्यको अवधारणा ल्याएका थिए भने तुलसी दिवसले इन्दे्रणर्ीर् सस्कृतिको कुरा अगाडि बढाएका थिए । तर त्यति चर्चामा भने आउन सकेन । बहुभाषी कविगोष्ठीहरु भने फाट्टाफुट्टा भएका छन् । तर त्यस्ता गोष्ठीहरुले आदिवासी जनजाति साहित्यको मर्मलाई बोक्न सक्दैन । भोगीराज चाम्लिङकानुसार जनजातीय साहित्यकलामा मुक्तिको सपना बुनिनर्ुपर्छ, जसरी उनीहरुले शताब्दीऔं पहिला तानमा कपडा बुने । जनजातीय साहित्य मुक्ति र सङ्र्घष्ाको साहित्य हो ।
कोइँच गीति एल्बमको म्यूजिक भिडियो
चुप्लु दाम्लोच
१६ वैशाख, काठमाडौं । एकातिर सुनुवारले चन्दा उठाएर नीति निर्माण तहमा पहुँच पुर्याउन सहयोग गरेकाले कोइँच पहिचानलाई चपरी मुनि पुर्न लागी परेको बेला सुनुवार डट ओआरजि र चुप्लु समाजले भने आफ्नै बलबुताले कोइँच पहिचानको सन्दर्भ स्रोत जोगाउन प्रयासरत छ । भर्खरै बजारमा आएको कोइँच मातृभाषाको गीति एल्बम ‘दोमोका दार्शो सेरेम फु’ को म्युजिक भिडियो बनाउने कार्य धमाधम शुरुआत भएको छ । शिव मुखियाले गाउनु भएको ‘गेत-थि दा कोःति थोले देम-बा’ को सम्पादन कार्य भइरहेको छ भने अन्य गीतको सुटिङ चुप्लु -ओखलढुङ्गा), कालिन्जोर -सर्लाही) मा सुटिङ हुँदै छ । तर कोइँच -सुनुवार) को कुम टेकेर राजनीति गर्छु भन्ने एक दुर्इ जना मै हुँ, कोइँच बन्न नसकेका सुनुवारहरुले कोइँच पहिचानको स्रोत (मातृभाषा, भेषभूषा, संस्कार-संस्कृति) लागी परेको विश्वास्त सुत्रबाट जानकारीमा आएको छ । विशेष गरी पहिचानको राजनीतिमा कोइँचहरुले ओल्लो किरात स्वायत्त प्रदेशको अवधारण आधिकारिकरुपमा अगाडि सारेको ७ वर्ष भइसकेको छ । यस सम्बन्धी चुप्लु समाजले आफ्नो रेडियो कार्यक्रम मार्फत निरन्तर प्रचार प्रसार तथा जनवाकलता गरी रहेको छ भने सुनुवार डट ओआरजीले पनि पहिचानको मुद्दालाई प्रथामिकीकरणमा राखेको अवस्थामा बन्न लागेको म्यूजिक भिडियोहरु म्यूजिक वृत्तचित्र शैलीको बन्ने सुरज सुनुवारले बताएका छन् । तर कोइँच जिमीभूमीको प्राप्ति र संरक्षणको कुरा गर्दा कतिपय कोइँच नै पहिचान विरोधी कार्यमा सक्रिय भएको पनि जानकारी प्राप्त भएको छ ।
सर्लाहीमा कोइँच मातृभाषा प्रशिक्षण हुँदै
चुप्लु दाम्लोच
१४ वैशाख, पारवानीपुर । मूलथलोका कोइँच बन्न नसकेका बाहुनवादी सुनुवारको हेराइमा कोइँच मातृभाषा घाँडो हो, काउसो हो । यस्तै यस्तै निस्कर्ष निकाल्न सकिन्छ, कोइँच मातृभाषाको पत्रकारितालार्इ घाँटी निमोठ्ना तम्सिएको देख्दा । एकातिर कोइँच मातृभाषाको पठन पाठन तथा सञ्चार कर्ममा अहोरात्र लागी परेका कोइँचहरु छन् भने अर्कोतिर त्यही कोइँचको पहिचानको सन्दर्भ स्रोत कोइँच मातृभाषालार्इ निमिटेन्न पार्न लागी परेका छन् । तर सर्लाहीका कोइँचहरु भने कोइँच मातृभाषालार्इ पुनःर्जीवन दिन लागी परेका छन् । यही वैशाख १५ गतेदेखि जेठ १५ गतेसम्म कोइँच मातृभाषा प्रशिक्षण कार्यक्रम सञ्चालन हुँदै छ । एक महिने प्रशिक्षणको लागि सुनुवार सेवा समाज जिल्ला समिति ललितपुरका सचिव साङ-खु बुजिच आज सर्लाही प्रस्थान गरिसकेका छन् ।
‘हाम्रो पहिचानको धेरै श्रोतहरु मध्ये मातृभाषा कोइँच पनि एक हो । मातृभाषा छैन भने हाम्रो पुर्खसँग सम्पर्क हुन सक्दैन । आदारपिदार गर्न कोइँच भाषा नै चाहिन्छ । मातृभाषा कोइँचको लागि संस्कार-संस्कृति पनि हो । हामीले विभिन्न कारणले आफ्नो मातृभाषा बिर्सेकोमा साह्रै पीडा छ । यसैले कोइँच भाषा जान्नु हाम्रो लागि महत्वपूर्ण छ । यो एक महिनाको प्रशिक्षणले हामीलाई ठूलो उपलब्धि हुने सोचेको छौं ।’ बुद्धिबहादुर सुनुवार, सुनुवार सेवा समाज जिल्ला समिति, सर्लाहीको अध्यक्षले बताउनु भयो ।
कोइँसिने कोइँसिने : होस काका पाइँसिने
-कोइँचबु काःतिच
प्लेत-ति अहिले प्रिती बनेको छ । कतिपयलाई परिवर्तन भन्ने लाग्ला । कतिपयलार्इ प्लेत-तिको अनुवाद । प्लेत-तिको खास अर्थ के हुन्छ ? खोजीको विषय त हुँदै हो । कसरी प्लेत-ति गाउँको नाम रहृयो ? हुन सक्छ प्लेत-तिचहरुको मूल थलो भएकोे हुनाले प्लेत-ति नाम रहन गएको हो । जस्तै : काःतिचको मूलथलो काःत । बुजिचको मूलथलो बुज । कोरमोचको कार-मो डाँडा । फातिचको फातगाउँ । रावाचको रावा ।
हो, यही प्लेत-ति गाउँमा यसपालीको वैशाखमा तीन दिन (९, १० र ११ गते) विताइयो । सुनुवार सेवा समाज प्लेत-तिले गएको दुर्इ बर्षहरु जस्तै यस वर्ष पनि कोइँच साँस्कृतिक महोत्सव गरेको थियो । कोइँच खाना प्रदर्शनी । कोइँच कलाकारहरुको कोइँच नृत्य र विभिन्न कलाकारको अन्य साँस्कृतिक कार्यक्रम । यस बर्ष अन्तर गाउँ विकास समिति नभइ अन्तर जिल्ला प्रतियोगितात्मक कार्यक्रम भएको हुँदा ओखलढुङ्गाबाट समेत प्रतियोगितामा सहभागी थिए।
निर्णायक मण्डलमा म (कोइँच बु काःतिच) पनि थिएँ । इमन्दारसाथ भन्नु पर्दा म नाच्न नजान्ने तर समाजले भाषा संस्कृति बचाऔं अभियान भन्ने मूल नारा बोकेको हुँदा भेषभूषा र सामाग्री -प्राप्स) प्रयोग हेर्न मलाइ निर्णायक मण्डलमा राखिएको थियो । स्थानीय तहमा महिला प्रतिनिधिको रुपमा दिपा सुनुवार र नृत्य सम्बन्धी निर्णय गर्न सुनुवार कलाकाए तथा चलचित्रकर्मी समाजका अध्यक्ष अमृतबहादुर सुनुवार निर्णायक थिए ।
साँस्कृतिक, भेषभूषा र भाषिक रुपमा सुनुवार सेवा समाज, कुँबु काँस्थली र त्रिवेणी साँस्कृतिक मञ्च रगनी ओखलढुङ्गा अब्बल थिए । तर प्रतियोगितामा प्रथम तिलौरीखोला हाइड्रोपवर प्लेत- ति ५ प्रथम भयो । जे होस् यो प्रतियोगिता थियो । चित्त बुझाउनु नै पर्ने भयो तै पनि धेरैको गुनासो रहृयो तिलौरी खोलाले कसरी प्रथम पुरस्कार र उत्कृष्ट नृत्यकारको पुरस्कार जित्यो ? यो कौतुहल हुनु स्वभाविकै हो । म दर्शक भएको भए पनि त्यसै भन्थेँ । तिलौरी खोलाले शुरुमा कोइँच भाषामा डम्फु गीतमा मौखिक नृत्य गरेको थियो भने दोस्रो राउण्डमा तामाङ सेलोमा नृत्य गरेको थियो भने तेस्रो राउण्डमा झयाउरे लोकनृत्य प्रस्तुत गरेको थियो । तर कुँबु काँस्थलीका कलाकारले शुरुमा यलम्बर बाजा, बास्सै बाजा, टुङ्ना, मादलको प्रयोग गरेर नृत्य देखाएको थियो भने दोस्रो राउण्डमा फाचेनु गैरी धारपानी बास्सै बाजाको नाच र तेश्रोमा कोइँसिने कोइँसिने । आयोजक टिमले स्वागत गीत सहित चारवटै गीत कोइँच भाषामै प्रस्तुती दिएको थियो । भेषभूषामा रगनी, ओखलढुङ्गाका कलाकारहरु अब्बल थिए भने नृत्यमा पनि अब्बल । राइनो गाइज युवा क्लबले वल्लो किरातको मुद्दा जोडतोडले उठाएको थियो भने नव सिर्जना परिवार ग्युदुले राष्ट्रियता झल्काउने गीत र नृत्य प्रस्तुत गरेको थियो । दुइ दिनसम्म भएको प्रतियोगिता अति रोमञ्चक बन्यो । बेलुकी बास्सै बाजा सिलको जुवारी कोइँच भाषामा १ बजेसम्म भएको थियो । केन्द्रीय अध्यक्ष तथा कलाकार अध्यक्ष र सुनुवार सेवा समाज प्लेत-तिका कलाकारहरु वीच यो जुवारी खेल भएको थियो ।
११ गते, सिनेमेटोग्राफर सुरज सुनुवारको दोमोका दार्शो सेरेम फु गीति एल्बमको गीत गेत-थि दा कोःति थोले देम-बाको म्युजिक भिडियो सुटिङ गरियो बेलुकी सुसेस ललितपुर कोषाध्यक्षको घरमा लिखु खोलाको असल माछासँग भात खाइयो । १२ गते विहान ३ बजे नै रामेछाप सुसेस अध्यक्ष, सामुयल सुनुवार, अमृत सुनुवार मोटरसाइकल लिएर हिँडेको हामी आठ बजे हिडेकाले क्यादलुमा भेटेउँ । सुसेस केस अध्यक्ष मनप्रसाद सुनुवारले मोटरसाइकल लिएर हिँडेपछि अमृत र हामी हिँडेर ठोसे लाग्यौं । पानी परेकोले प्लेततिमा बस आएन । हामी अस्ती आठ गते पनि ठोसेमा ओर्लेर हिड्दै प्लेत-ति डाँडागाउँ १२ बजे राती पुगेका थियौं । Read More
