All about Sunuwar

सर्लाहीमा कोइँच मातृभाषा प्रशिक्षण हुँदै

चुप्लु दाम्लोच
१४ वैशाख, पारवानीपुर । मूलथलोका कोइँच बन्न नसकेका बाहुनवादी सुनुवारको हेराइमा कोइँच मातृभाषा घाँडो हो, काउसो हो । यस्तै यस्तै निस्कर्ष निकाल्न सकिन्छ, कोइँच मातृभाषाको पत्रकारितालार्इ घाँटी निमोठ्ना तम्सिएको देख्दा । एकातिर कोइँच मातृभाषाको पठन पाठन तथा सञ्चार कर्ममा अहोरात्र लागी परेका कोइँचहरु छन् भने अर्कोतिर त्यही कोइँचको पहिचानको सन्दर्भ स्रोत कोइँच मातृभाषालार्इ निमिटेन्न पार्न लागी परेका छन् । तर सर्लाहीका कोइँचहरु भने कोइँच मातृभाषालार्इ पुनःर्जीवन दिन लागी परेका छन् । यही वैशाख १५ गतेदेखि जेठ १५ गतेसम्म कोइँच मातृभाषा प्रशिक्षण कार्यक्रम सञ्चालन हुँदै छ । एक महिने प्रशिक्षणको लागि सुनुवार सेवा समाज जिल्ला समिति ललितपुरका सचिव साङ-खु बुजिच आज सर्लाही प्रस्थान गरिसकेका छन् ।
‘हाम्रो पहिचानको धेरै श्रोतहरु मध्ये मातृभाषा कोइँच पनि एक हो । मातृभाषा छैन भने हाम्रो पुर्खसँग सम्पर्क हुन सक्दैन । आदारपिदार गर्न कोइँच भाषा नै चाहिन्छ । मातृभाषा कोइँचको लागि संस्कार-संस्कृति पनि हो । हामीले विभिन्न कारणले आफ्नो मातृभाषा बिर्सेकोमा साह्रै पीडा छ । यसैले कोइँच भाषा जान्नु हाम्रो लागि महत्वपूर्ण छ । यो एक महिनाको प्रशिक्षणले हामीलाई ठूलो उपलब्धि हुने सोचेको छौं ।’ बुद्धिबहादुर सुनुवार, सुनुवार सेवा समाज जिल्ला समिति, सर्लाहीको अध्यक्षले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *