News
now browsing by category
किरातीहरुको महान चाड उभौली कतारमा भव्यताका साथ सम्पन्न ।
७ जून, दोहा, कतार
किरातीहरुको महानचाड “उभौली साकेला÷शाँदार पिदार÷यक्वा तङ्नामको उपलक्ष्यमा उभौली साकेला÷शाँदार पिदार÷यक्वा तङ्नाम समारोह– येले सम्वत् ५०७३ संयुक्त कार्यक्रम– २०७०” कतारमा हिजो सम्पन्न भएको छ । किरात राई यायोक्खा शाखा कतार, सुनुवार सेवा समाज दोहा, कतार तथा किरात याक्थुम चुम्लुङ दोहा, कतारद्धारा आयोजित संयुक्त कार्यक्रम ७ जून शुक्रवारका दिन कतारको दोहा शहर स्थित ब्रुस्ली होटलमा भव्यताका साथ सम्पन्न भयो ।
बिविध भाषा÷भाषी हुनु–ले केही फरक संस्कार भए पनि एउटै किरात धर्म मान्ने किरातीहरुमा एउटै संस्कृति छ भन्ने प्रतिनिधित्त्र उक्त कार्यक्रमले ग¥यो । नेपालका किरातहरुलाई बिविध समुदायमा बिभक्त एउटै सम्प्रदाय भनेर बुझाउने तथा सम्पूर्ण किरात समुदायमा एकता हुनुपर्छ भन्ने उद्देश्यले आयोजित संयुक्त कार्यक्रमका सभापतित्व किरात राई यायोक्खा शाखा कतारका— अध्यक्ष धिरज चाम्लिङ्ग राई र प्रमुख आतिथ्य नेपाल प्रवासी आदिबासी जनजाति महासंघ दोहा कतारका— उपाध्यक्ष प्रकाश आले मगरले गरेका थिए भने बिशेष अतिथिहरुमा गैर आवासिय नेपाली संघ अन्तरर्राष्ट्रिय समन्वय परिषदका— सचिव टि. बि. कार्की, गैर आवासिय नेपाली संघ अन्तरर्राष्ट्रिय समन्वय परिषद मध्यपुर्व— गल्फ संयोजक नरेन्द्र भाट, गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका—अध्यक्ष अमृत गरुङ, नेपाल प्रवासी मुस्लीम समाज कतारका— महासचिव अजिज अलि, किरात याक्थुम चुम्लुङ दोहा, कतारका— प्रमुख सल्लाहकार दिल किरण खजुम, किरात राई यायोक्खा शाखा कतारका— सल्लाहकार रकम ध्वज राई, गायक नविन राई तथा सुनुवार सेवा समाज दोहा, कतारका— सल्लाहकार भानु सुनुवार रहेका थिए । अतिथिहरुमा तमु समाज कतारका— अध्यक्ष बिमल गुरुङ्ग, नेपाल प्रवासी मगर संघ दोहा कतारका— अध्यक्ष भीम तरामु मगर, थारु कल्याणकारिणी सभा कतार च्याप्टरका— का. वा. अध्यक्ष सियाराम चौधरी, नेपाल प्रवासी तामाङ्ग सेवा समाज दोहा कतार कतारका— महासचिव दिल दोर्जे तमाङ्ग, नेपाल प्रवासी मुस्लीम सेवा समाज कतारका— अध्यक्ष मक्सुद आलम व्यवशायी, समाजसेवी तथा बुद्धिजिबीहरु बद्रि प्रसाद पाण्डे, कमल मणि गुरागाई, बिल गुरुङ्ग, रामहरि गैरे तथा राजेश दर्शन अर्याल रहेका थिए । Read More
रेडियो लिखुखिम्कु एफएम ९१.३ को टावर जडान सम्पन्न ।
सुनुवार सेवा समाजको अभियान अन्र्तगत संचालन गरिन लागेको रेडियो लिखुखिम्कु एफएम ९१.३ को टावर गुप्तेश्वर, ३ रामेछापमा जडान गर्ने काम २०७० साल जेठ १८ गते सम्पन्न भयो । कोइँचसमुदायले कोइँचसमुदायहरुकै लागि चलाउन लागिएको यो रेडियो २०७० भदौ अगावै संचालनमा ल्याउन लागिएको छ ।
कोइँचसमुदायको छातासंस्था सुनुवार सेवा समाजले हामी कोइँच सुनुवारहरुकै किपट क्षेत्रमा एफएम रेडियो संचालन गरी सञ्चारमाध्यममा कोइँचसमुदायको पहुँच पुराउने कोइँचसमुदायका केही युवा जमातलाई केही हदसम्म रोजगार प्रदान गरी हामी कोइँचहरुकै भाषा संस्किृति, शिक्षा आदि क्षेत्रमा योगदानका लागि प्रेरित गर्दै उनीहरुलाई आवश्यक शिप तथा तालिम प्रदान गर्नै र मुलधारमै प्रतिस्पर्धी बनाउने यो अभियानको मुख्य उदेस्य हो ।
रेडियो संचालक समितिको तर्फबाट सुनुवार सेवा समाजका केन्द्रीय कार्यसमिति तथा चुप्लु फाउन्डेसनका अध्यक्ष मनप्रसाद सुनुवारले सुनुवार सेवा समाजको यो ठुलो अभियानलाई सफल पार्न आवश्यक आर्थिक सहयोग प्रदान गरी रेडियोको संस्थापक सल्लाहाकार, संरक्षक, आजिवन सदस्य वनी दिन देश विदेशमा रहनुहुने कोइँच सुनुवार दाजुभाई तथा दिदीवहिनीहरु आम्हान गर्नु भएको छ ।
रेडियो लिखु मुनाफा रहित सामुदयिक रेडियो हुनेछ । यो रेडियो पुर्णरुपमा कोइँचसमुदायको हितको लागि समर्पित, कोइँच समुदायबाट संचालित रेडियो हुनेछ । रेडियोको पहुँच पुग्ने जिल्ला (जस्तै रामेछाप, ओखलढुङ्गा, सिन्धुली, आदि) र गाविसहरु ((जस्तै भुजि प्रिती, कुभुँ काँस्थली, खिजी, फलाटे सिन्धुली आदि) मा वसोबास गदैै आएका कोइँचसुनुवार आदिवासीहरुको लागि मुख्यत र अन्य जातजातिका लागि रेडियो लिखु सुचना, शिक्षा, चेतना र मनोरञ्जनको भरपर्दो स्रोत र माध्यम हुने मात्र होईन, स्थानीय विकास निमार्ण, शिक्षा, स्वास्थ्य, पयर्टन पर्वद्धनको साझेदार (Partner) हुनुका साथै हामी कोइँचसुनुवाहरुको भाषा, संस्किृति परम्परा बचाईराख्ने सक्रिया माध्यम हुनेछ । रामेछाप, दोलखा, ओखलढुङ्गा, सोलुखुम्वु, सिन्धुली र दोलखा र त्यस आसपासका जिल्ला र गाविसहरुमा रेडियो लिखुको पहुँच पुग्ने छ । त्यसकारण ति क्षेत्र र वरपर बसोबास गर्नेहरु यो रेडियोको नियमित तथा आंशिक श्रोता हुनेछन् । Read More
ललितपुरमा शाँदार बुल्फे सम्पन्न
चुप्लु दमलोच । सुनुवार सेवा समाज ललितपुर जिल्ला समितिले आज साँझ सुनुवारहरुको परम्परागत शाँदारपिदारको बुल्फे कार्यक्रम सम्पन्न गरेको छ । उक्त अवसरमा ललितपुर, भक्तपुर तथा काठमाडौंमा बसोबास गर्ने सुनुवारहरुको उपस्थिति रहेको थियो । साँझ ६ः१५ बजे नाःसो कान्छाराम सिकारीले शाङ पिदार गरी शुरु गरिएको पिदारमा पुख्र्यौली थलोको प्लेत्ति (प्रिती) मा गर्ने गरिएको बुल्फे विगत केही वर्षदेखि सुनुवार सेवा समाज ललितपुर जिल्ला समितिले पनि सुरु गरेको थियो । भोलि ८ः३० बजे हात्तिवन शाँदारग्योरमा पुगेर पूजाआजा गरी ११ः३० बजे नखिपोट खेल मैदानमा नाच्ने कार्यक्रम रहेको नखिपोटमा सम्पन्न भएपश्चात आउने शनिबार टुँडिखेलमा नाचिने कुरा जिल्ला समितिका सचिवले बताउनुभयो ।
यस वर्षको शाँदार पिदार देशका विभिन्न ठाउँ इलाम, झापा, पाँचथर, सुनसरी, सर्लाही, सिन्धुली, काठमाडौं, काठमाडौंकै लप्सीफेदी, ओखलढुंगाको खिँचि चण्डेश्वरी र रामेछापको प्लेत्ति (प्रिती), भुजी र बेतालीमा धेरै वर्षपछि शाँदार गरिने जानकारी प्राप्त भएको छ । यसैगरी विदेशमा युके, कतार र हङकङमा भव्य रुपले मनाउने जानकारी प्राप्त भएको छ ।
सुनुवार सेवा समाज सिरहा सम्मेलन सम्पन्न
चुप-लु दाम-लोच
जेठ, सिरहा । सिरहाली कोइँच (सुनुवार) को इतिहासमा सुनुवार सेवा समाजको तेस्रो जिल्ला सम्मेलन – २०७० सम्पन्न भएको छ । २०३९ सालमै सिरहाका कोइँचहरु संगठित भएका भए पनि कोइँच हक अधिकारको लागि चेतनाको विकास भने त्यति पुरानो भएको देखिँदैन । भर्खरै सम्पन्न सुनुवार सेवा समाज जिल्ला सम्मेलनले १) कोइँच पहिचानको लागि कोइँच भेषभूषा सम्बन्धी शिप विकास तथा प्रयोगमा जागरुकता, २) आधारभूत कोइँच मातृभाषा प्रशिक्षण, ३) जनचेतना अभिवृद्धि कार्यक्रम, ४) आर्थिक अभिवृद्धि कार्यक्रम, ५) कोइँचको मानव अधिकार सम्बन्धि जनवकालता कार्यक्रम साथै केन्द्रीय सुनुवार सेवा समाज र अन्य जातीय संगठनसँग समन्वय गर्ने प्रस्ताव पारित गर्दै पृथ्वीराज सुनुवारको अध्यक्षतामा एघार सदस्यीय नयाँ जिल्ला कार्य समिति गठन गरेका छन् । डम्बरबहादुर सुनुवारको संयोजकत्वमा हिराबहादुर सुनुवार र कमलबहादुर सुनुवार सदस्य रहेको निर्वाचन समितिले उपाध्यक्ष, सचिव, सह-सचिव, कोषाध्यक्ष तथा सदस्यहरु क्रमशः नरबहादुर सुनुवार, सन्तोषकुमार सुनुवार, कौशिल्य सुनुवार, नयन सुनुवार, सुमन सुनुवार, हिरामाया सुनुवार, कौशिल्या सुनुवार, केशव सुनुवार, दिलबहादुर सुनुवार र आशाकुमारी सुनुवार जिल्ला कार्य समितिमा रहेका छन् ।
सम्मेलनको प्रमुख अतिथि सुनुवार सेवा समाज केन्द्रीय समितिका प्रथम उपाध्यक्ष रणवीर सुनुवारले हाम्रा केही कोइँच नेताहरुलाई पार्टीले टाउको खुट्टा छोइदिए पछि मात्र चेतना आउने भएको हुँदा कोइँचको मानव अधिकारका लागि निर्वाचित नयाँ कार्य समितिले त्यस्तो भ्रमलाई चिर्ने कार्य अगाडि बढाउँदै पहिचानसहितको संघीयता र संघीयतासहितको संविधान जारी गर्न अब आउने निर्वाचनमा जुन पार्टीले कोइँचको हक अधिकारको सुनिश्चित गर्ने प्रतिवद्धता जनाउँछ त्यो पार्टीलाई सहयोग गर्न तथा वल्लो किरातको लागि आवज उठाउन पनि निर्देशन गर्नु भयो । Read More
कोइँच (सुनुवार) को महान चाड किरात चाड शाँदार पिदार मनाइँदै
सुनुवार डट ओआरजि समाचारदाता
५ जेठ, यालाखोम । सुनुवार सेवा समाज केन्द्रीय समितिले सुनुवार सेवा समाज जिल्ला समिति, काठमाडौं, ललितपुर, भक्तपुर, रामेछाप लगायत सबै मातहतका समितिलाई यही आउँदो २०७० जेठ ११ गते भव्यरुपमा आदिवासी जनजाति कोइँचको महान चाड शाँदार पिदार मनाउन निर्देशन दिएको छ । अध्यक्ष मनप्रसाद सुनुवारद्वारा हस्ताक्षरित उक्त निर्देशन पत्रमा सबै कोइँच बन्धुहरुलाई आ–आफ्ना शाँदार मन्दिर नजिकमा गई सहभागी हुन पनि अनुरोध गरिएको छ । यस वर्ष पूर्व इलामदेखि पस्चिम काठमाडौंसम्म शाँदार पिदार गरिँदै छ भने हङकङ, बेलायत, कतारमा समेत यस दिन शाँदार पिदार गर्ने गरिन्छ ।
अनलाइन कोइँच भाषा प्रशिक्षण सुचारु हुँदै
चुप-लु दाम-लोच
३० वैशाख, यालाखोम । नेपाल अदिवासी जनजाति महासंघ जर्मनीका अध्यक्ष शेखराज सुनुवारको सहयोगमा अनलाइन कोइँच भाषा प्रशिक्षण सुचारु हुँदै छ । चुप-लु समाज र सुनुवार डट ओआरजिले कोइँच मातृभाषा नजान्ने विश्वभरि छरिएर रहेका कोइँचहरुलाई आफ्नो मातृभाषा सिकाउन अनलाइन कोइँच मातृभाषा प्रशिक्षण अभियान थालेको भए पनि आर्थिक अभावको कारण वीचमा स्थागित गरेको थियो । तर सुनुवार कलाकार तथा चलचित्रकर्मी समाजका महासचिव शिव याअता मुखियाको विशेष पहलमा अनलाइन कोइँच मातृभाषा सिकौं कार्यक्रम छिट्टै सुनुवार डट ओआरजि तथा विभिन्न सामाजिक सञ्जालबाट प्रशिक्षण सञ्चालन हुने भएको छ । यो अनलाइन कोइँच मातृभाषा प्रशिक्षण सुचारु भएपछि विश्वभरि छरिएर रहेका कोइँचहरुले त आफ्नो मातृभाषा सिक्ने अवसर पाउने नै भए । त्यति मात्र होइन यस अनलाइन मातृभाषा प्रशिक्षणबाट अमिरीकन आदिवासीहरुले चलाएको अनलाइन मातृभाषा संरक्षण अभियानका एक सदस्य बनेर मातृभाषा अभिलेखन कार्य पनि सँग सँगै हुने छ । घरमै बसी विभिन्न भाषा शास्त्री तथा भाषाप्रेमी मानवअधिकारकर्मीहरुलाई समेत सुविधा प्रदान हुने छ ।
राजनीतिक पार्टीहरुले आदिवासी जनजातिको दिमाग भुट्ने काम गरेको छ
सुनुवार डट ओआरजि समाचारदाता ।
२५ वैशाख, यालाखोम । सुनुवार सेवा समाजको पच्चीसौं वर्षगाँठमा आज विशेष कार्यक्रम गरी सम्पन्न भएको छ ।
‘एउटा खच्चड खेद्दै जाँदा खच्चड खेद्ने मान्छे बास बस्ने ठाउँमा पुगेछ । बास बस्ने ठाउँमा पुगेपछि उसको खच्चड नौ वटा रहेछ । नौ वटा खच्चडलाई बाँध्दै जाँदाखेरि आठवटा खच्चडलाई बाँध्ने चाहिँ रस्सी रहेछ । एउटा खच्चडलाई बाँध्ने रस्सी हराएछ । अनि त्यसपछि हराएपछि आठ वटा खच्चडलाई बाँध्दै बाँध्दै गयो । नौ खच्चडलाई बाँध्ने रस्सी छैन । अनि उल्ले सोच्यो अब मैले खच्चड कसरी नियन्त्रण गर्ने ? भने पछि उसले के सोच्यो भनेदेखि सधै बाँध्ने बेला यसको खुट्टा समात्थेँ । अब मैले यसको दिमाग भुट्नु पर्छ । अब यसको खुट्टा दारो गरी समातेँ भने मलाई बाँधेको छ भन्ने बुझ्छ । जसले गर्दा यो बसी राख्ला भन्ने उसले अनुमान लगायो र त्यसै गरी उ सुत्यो । रात भरि उसलाई निद्रा लागेन । कसैको बालीनाली खायो कि भोलि अर्मोल तिर्नु पर्ने पो हो कि ? अलिक एक घन्टा अगाडि पुगेर हेर्दा नौ वटै खच्चड रहेछ । अनि आठ वटा खच्चडलाई फुकाउँदै जाँदा सबै गए र नवौं खच्चडलाई त बाँधेको छैन त्यसैले त्यसै धपायो हिड्दैन । लट्ठी हान्छ जाँदैन । अनि पछि खच्चड खेद्ने मान्छेले हिजोको कुरा सम्झ्यो र खच्चडको खुटटा छोइ दियो । खच्चड बुर्कुसी मारेर उफ्रीए कुलेलाम ठोक्यो । त्यसले गर्दा त्यस्तै नै खच्चडलाई जस्तै हामी आदिवासी जनजातिलाई खुट्टा छोइ दिएको छ । दिमाग छोइ दिएको छ । जस्ले गर्दा कुनै कुनै मान्छेलाई झलनाथ जीले फुकाइ दिनु पर्छ । कुनै कुनै मान्छेलाई सुशिल कोइराला जीले छोइ दिनु पर्छ । कुनै कुनै मान्छेलाई प्रचण्ड जीले फुकाइदिनु पर्छ । त्यसैले गर्दा हाम्रो एकता भाँजिएको छ । हाम्रो एकता विग्रीएको छ । तसर्थ म यहाँहर के भन्न चहान्छु भने हाम्रो दिमागलाई भुट्ने काम गरिएको छ । विचारका आधारमा एमाले हुन सकिन्छ, काङ्ग्रेस हुन सकिन्छ, माओवादी हुन सकिन्छ । तर हाम्रो विषयमा, हाम्रो साझा सवालमा, हाम्रो अधिकारको विषयमा हामी केन्द्रीत हुने कि नहुने ? यसैले सनुवार समुदायका साथीहरुले आदिवासी जनजातिको मानव अधिकारको लागि सबै एक जुट हुनु पर्दछ न कि एमाले, काङ्ग्रेस भएर ।’ नासालमा दियोमा दिप प्रज्वलन गरेर कार्यक्रमलाई प्रमुख अतिथि झकबहादुर थापाले वर्तमान परिवेशमा आदिवासी जनजातिहरुले आफ्नो खुट्टामा आपैंmले बञ्चरो हान्न नहुने बताउनु भयो ।
आदिवासी जनजातिको आन्दोलन वहुसंख्याकले हाँक्न सक्दैन न त अल्प संख्याकले । सबैको अधिकार बराबार हुनु पर्छ । ओल्लो किरातको लागि नगेन्द्र कुमाल लडीरहने छ – आदिवासी जनजातिले पहिचान र समानताको लागि लडीरहनु पर्ने नेपाल कुमाल समाजका अध्यक्ष नगेन्द्र कुमालले बताउनु भयो । Read More

