All about Sunuwar

कोइँच लोः शेँसाइ श्रव्य मातृभाषा शिक्षण सामाग्री उत्पादन

चुप्लु दामलोच
२० वैशाख, यालाखोम । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको आर्थिक सहयोगमा सुनुवार सेवा समाज जिल्ला समिति काठमाडौंले कोइँच लोः शेँसाइ श्रव्य मातृभाषा शिक्षण सामाग्री उत्पादन गर्ने भएको छ । सुनुवार सेवा समाज काठमाडौंका अध्यक्ष गोपालबहादुर सुनुवारले भन्नु भयो – यस कोइँच लोः शेँसाइ श्रव्य मातृभाषा शिक्षण सामाग्रीमा कोइँच गाउँवस्तीको ठेट लबजमा नाटकीय शैलीमा प्रशिक्षण गरिएको हुनेछ । साथमा रमाइला चुट्किला, मिथक र लोकगीतहरु संकलित हुनेछन् । यस सामाग्रीमा आदिवासीवाद र चौथो विश्वको आन्दोलनलाई उठाइएको हुने छ । कोइँच भाषामा आदिवासी ज्ञान तथा कोइँच संस्कृतिको पर््रवर्द्धन गर्न मिथकीय विम्बहरु समेटिएका छन् । उद्घोषकले शव्दार्थ बताउने छ र अभ्यासको लागि सँगसँगै बोल्न पनि लगाइने छ । बोल्ने तौरतरिका बताइने छ । र, सजिलोको लागि अन्तमा नाटक प्रस्तुत गरिने छ ।
सुनुवार सेवा समाज केन्द्रीय समितिका कोषाध्यक्ष तथा मातृभाषा सेवी, पत्रकार तथा कोइँच पाठ्यपुस्तक लेखक उत्तमकुमार सुनुवारले कोइँच लोः शेँसाइ श्रव्य मातृभाषा शिक्षण सामाग्रीको महत्व तथा औचित्य वारे प्रकाश पार्नु भयो –     लोपोन्मुख कोइँच भाषाको यो श्रव्य भाषा प्रशिक्षण सामाग्री तयार हुनु आपै+mमा पनि महत्वपर्ूण्ा विषय हो । नेपालको लागि यो नौलो सोँच हुनसक्छ लोपोन्मुख मातृभाषाको संरक्षणको लागि । किनकि यस श्रव्य संग्रहले भाषालाई बचाइराख्ने र कोइँच पहिचानलाई पर््रवर्द्धन गर्ने काम गर्ने छ । हुन त यो कार्यक्रम महँगो कार्यक्रम पनि हो । तर उपलब्धीको हिसावले हर्ेदा यो कार्यक्रक बढी फाइदाजनक छ । यसरी श्रव्य सामाग्रीहरु प्रकाशन तथा उत्पादन गरिँदा बहिस्करणमा पारिएका भाषाको बोलाई लवज तथा साहित्य सिर्जना गर्ने हौसला नयाँ पुस्ताहरुलाई मिल्ने छ । जसले गर्दा आदिवासी कोइँचको मौलिक पहिचान दिने सर्न्दर्भ स्रोत बन्ने छ । साथै आफ्नै विशिष्ट सोँचको विकास भएर जाने छ । अहिले खस, हिन्दी तथा अङ्ग्रेजी भाषिक साम्राज्यवादले आदिवासी जनजाति मातृभाषा पीँधमा परेको अवस्थामा उनीहरुको बोलाई लबज र बोल्ने तरिकासहितको अभिलेखन हुन नितान्त आवश्यक भएको हुँदा यो कार्यक्रमको महत्व र औचित्य आपै+mमा विशिष्ट रहेको छ ।
त्यस्तैगरी आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका प्रमुख अनुसान्धन अधिकृत डा. लाल रापचाले कार्यक्रमलाई सहयोग गर्नुको उद्देश्य बुँदागत रुपमा यसरी प्रस्तुत गर्नु भयो –
१. कोइँच मातृभाषाको संरक्षण गर्नु ।
२. कोइँचहरु जहाँ जहाँ छन् तत् तत् गाउँको नजीक पर्ने एफ एम रेडियो मार्फत प्रसारण गर्ने ।
३. कोइँच मातृभाषाप्रति मायाप्रेम जगाउनु ।
४. कोइँच चिनारीको सर्न्दर्भ स्रोत बन्नु ।
५. कोइँच भाषा, संस्कृति, ज्ञानको अभिलेखन गर्नु ।
६. राज्यको भाषिक सम्पत्तिको संरक्षण गर्नु ।
७. राज्यको उद्देश्य, नीति र कार्यक्रम सफल पार्नु ।
८. आदिवासीवाद र चौथो विश्वको आन्दोलनलाई विस्तार गर्नु ।
९.कोइँच साहित्यको विकास गर्नु ।
१०. कोइँच भाषा विस्तारै विर्सदै गएका युवा पुस्तालाई आकषिर्त गर्नु ।
११. कोइँच भाषा स्रष्टाहरुलाई उत्साह र हौसला प्रदान गर्नु ।
सुनुवार सेवा समाज जिल्ला समिति काठमाडौंका कोषाध्यक्ष शोभा सुनुवारले उक्त श्रव्य सामाग्रीमा समेटिने विषयहरु वारे बताउनु भयो – हामीले कोइँच पहिचानको लागि विभिन्न चरणको वैठक बसेर निम्नानुसार विषय छानेका छौं –
१. रिमाचेमा : परिचय, अभिवादन गर्ने तौरतरिका तथा चिनजान कसरी गरिन्छ भन्ने ज्ञान हुने छ ।
२. चुप्लु : घरायसी काममा परिवारलाई सघाउने, घरभित्रको सरसामानको नाम र कोइँच संस्कृतिमा घरको महत्व के हुन्छ भन्ने ज्ञान प्राप्त हुने छ ।
३. नामसोच : कोइँच जातिमा मानसम्मान गर्दा कसरी गरिन्छ, कोशेली बोक्ने चालचलन र कोइँच वस्तीहरुको ठेट नामका साथै कोइँचमा भएको साइनो परम्परा वारे ज्ञान हुने छ ।
४. चेँगु : कोइँच संस्कार संस्कृतिमा के, कुन वस्तु किन आवश्यक छ भन्ने जानकारी प्राप्त हुने छ ।
५. मुलिच खिँ : आदिवासी कोइँचको परम्परागत संस्थाको निर्ण्र्ााप्रक्रिया, नीति, नियम वारे जानकारी प्राप्त हुने छ ।
६. मुक-दुम : लोकगीत, मिथक, परम्पराहरु तथा मुक-दुमि शब्दार्थहरुको ज्ञान प्राप्त हुने छ ।
तर काम गर्दै जाँदा के हुन्छ थाहा छैन । आर्थिक रुपमा कमजोर छौं । प्रतिष्ठानको टोकन सहयोगले हामीले सोचे जस्तो कार्यक्रम उत्पादन गर्न अप्ठेरो छ । आशा छ अहिलेसम्म नगरिएको काम भएको हुँदा हामी कोइँच दाजुभाई दिदीवहिनीहरुले सहयोग गर्नुहुन्छ भन्ने विस्वस्त छौं ।
सहसचिव आशिष वाइ सि सुनुवार, सुनुवार सेवा समाज काठमाडौं जिल्ला समितिले श्रव्य सामाग्री उत्पादनमा अप्नाइने विधि वारे वताउनु भयो –     कोइँचको जातिय तथा भाषिक, धार्मिक, साँस्कृतिक विविधतालाई समेट्न यस गीति सँगालोको अन्तरवस्तुलाई ध्यानमा राखी कोइँच वस्ती गई ठेट बोलीमा कलाकारहरुलाई अभिनय गराइने छ । साथै वातावरणको संगीत कोइँचपन झल्किने हुने छ ।
श्रव्य सामाग्रीको लागि कलाकार व्यवस्थापन सुनुवार कलाकार तथा चलचित्रकर्मीहरुको तर्फबाट अमृत सुनुवारले गर्नु हुने छ भने संगीत संयोजन शिव मुखियाले गर्नु हुने छ । कार्यक्रम यही आउँदो आषाढ पहिलो हप्ता र्सार्वजनिक हुनेे छ । श्रव्य सामाग्री उत्पादन पछि घरमै बसी कोइँच भाषा सिक्न चाहनेहरुले बढो रमाइलो साथ जुनसुकै समय कोइँच मातृभाषा सिक्न सक्ने छन् । यो सामाग्री किङलो चुपलु कोइँच मातृभाषाको पहिलो रेडियो कार्यक्रम र सुनुवार डट ओआरजि मार्फत र्सार्वजानिक गरिने सुनुवार सेवा समाज जिल्ला समिति काठमाडौंका सदस्य राजकुमार रापचाले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *