All about Sunuwar

रजत वर्ष घोषणा गर्ने निर्णय

चुप्लु दाम्लोच

१८ वैशाख, काठमाडौं । सुनुवार सेवा समाजको सचिवालयको वैठकले यही वैशाख २५ गते २५ वर्ष पुगेको उपलक्ष्यमा विधिवत् रजत वर्ष घोषणा गर्ने भएको छ । विभिन्न जिल्ला, गाउँलाई पनि सोही मुतविक कोइँच पहिचानको लागि विभिन्न कार्यक्रम गर्न गराउने निर्देशन दिने भएको छ । रजत वर्ष लोगो डिजाइनको लागि सूचना तथा सञ्चार विभागलाई जिम्मेवारी दिइएको छ भने सामाजिक सशक्तिकरण तथा परोपकार विभागले सामाजिक कल्याण कोषको लागि कल्याणकारी सहयोग संकलन गर्न शुरु गरेको छ । त्यस्तै गरी युवा तथा अतिरिक्त विभागले यही आउँदो २५ गते विधिवत्रुपमा कोइँचको धनुष वाँण खेल शुरु गर्ने पनि निर्णय भएको छ ।

आजको निर्णयमा यही वैशाख २८, २९, ३० गते हुने नेपाल आदिवासी जनजाति महासंघको राष्ट्रिय सम्मेलन प्रतिनिधिमा विमला सुनुवार र किरण सुनुवार चयन गरिएको छ । विमला सुनुवार विगतका वर्षदेखि नियामित महासंघमा प्रतिनिधि गरीरहेकी छिन् । सुनुवार सेवा समाजका अध्यक्षले अब आलोपालो गरी सुनुवार सेवा समाजको कार्यालयमा बस्ने व्यवस्था गर्न पनि अनुरोध गर्नुभयो । अहिलेसम्म नियमितरुपमा अध्यक्ष र उपाध्यक्ष कार्यालयमा उपस्थित हुनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *