News
now browsing by category
कोइँच साँस्कृतिक महोत्सव सम्पन्न
चुप्लु दाम्लोच
१३ वैशाख, प्लेतति । कोइँच साँस्कृतिक कार्यक्रम २०७० सम्पन्न भएको छ । भाषा संस्कृति बचाऔं अभियान सहित सम्पन्न प्रतियोगितात्मक साँस्कृतिक कार्यक्रममा छ समूह मध्ये तिलौरीखोला माइक्रो हाइडो पावर प्रथम, नवसिर्जना परिवार ग्युदु, दितीय, त्रिवेनि कला साँस्कृतिक मञ्च, तृतीय, सुनुवार सेवा समाज प्लेततिले सान्त्वना पुरस्कार प्राप्त गरेको छ । सुनुवार सेवा समाज कुँबुले साँस्कृतिक तथा अनुसाशन पुरस्कार र पहिचानको पुरस्कार राइनो गाइज युवा क्लबले प्राप्त गरेको थियो ।
भाषा संस्भाषा संस्कृति बचाऔं अभियानअन्तर्गत प्लेत्ति (प्रिती) साँस्कृतिक कार्यक्रम हुँदै
चुपलु दामलोच
प्लेत्ति, रामेछाप, ९ गते । भाषा संस्कृति बचाऔं अभियानअन्तर्गत सुनुवार सेवा समाज प्लेत्ति (प्रिती) गाउँ समितिले आयोजना गरेको वृहत साँस्कृति कार्यक्रम प्रतियोगिता भव्य रुपले प्रदर्शन भइरहेको छ ।
कार्यक्रम सुनुवार सेवा समाज केन्द्रिीय समितिका अध्यक्ष श्री मनप्रसाद सुनुवार तथा प्लेत्ति शाँदारका मुली नाःसो चित्रबहादुर सुनुवार तथा अन्य कोइँच पुर्खाहरुले परम्परागत कोइँच सागुन पिदार गरी उद्घाटन गर्नुभयो ।
खराब मौसमका बाबजुद पनि दर्शकहरुको भीड भएको हुनाले कार्यक्रमलाई निरन्तर दिइएको छ । उक्त प्रतियोगितामा विभिन्न जिल्ला तथा गाउँ समितिबाट आयोजकसहित ६ टिमको सहभागिता थियो । जसमा दिलौरी खोला माइक्रो हाइड्रो परिवार प्रिती ५, त्रिवेणी कला समूह रगनी, सुसेस कुबुँकास्थली गाउँ समिति, नव सिर्जना परिवार जिदु र राइनो गायज क्लब लुखिँगाउँको सहभागिता थियो । प्रतियोगितात्मक साँस्कृतिक कार्यक्रममा अहिले दोस्रो राउण्डको सेसन चलिरहेको छ । कृति बचाऔं अभियानअन्तर्गत प्लेत्ति (प्रिती) साँस्कृतिक कार्यक्रम हुँदै
चुपलु दामलोच
प्लेत्ति, रामेछाप, ९ गते । भाषा संस्कृति बचाऔं अभियानअन्तर्गत सुनुवार सेवा समाज प्लेत्ति (प्रिती) गाउँ समितिले आयोजना गरेको वृहत साँस्कृति कार्यक्रम प्रतियोगिता भव्य रुपले प्रदर्शन भइरहेको छ ।
कार्यक्रम सुनुवार सेवा समाज केन्द्रिीय समितिका अध्यक्ष श्री मनप्रसाद सुनुवार तथा प्लेत्ति शाँदारका मुली नाःसो चित्रबहादुर सुनुवार तथा अन्य कोइँच पुर्खाहरुले परम्परागत कोइँच सागुन पिदार गरी उद्घाटन गर्नुभयो ।
खराब मौसमका बाबजुद पनि दर्शकहरुको भीड भएको हुनाले कार्यक्रमलाई निरन्तर दिइएको छ । उक्त प्रतियोगितामा विभिन्न जिल्ला तथा गाउँ समितिबाट आयोजकसहित ६ टिमको सहभागिता थियो । जसमा दिलौरी खोला माइक्रो हाइड्रो परिवार प्रिती ५, त्रिवेणी कला समूह रगनी, सुसेस कुबुँकास्थली गाउँ समिति, नव सिर्जना परिवार जिदु र राइनो गायज क्लब लुखिँगाउँको सहभागिता थियो । प्रतियोगितात्मक साँस्कृतिक कार्यक्रममा अहिले दोस्रो राउण्डको सेसन चलिरहेको छ ।
कोइँच पहिचानको लागि साँस्कृतिक महोत्सव हुँदै
चुप्लु दाम्लोच
६ वैशाख, प्लेत-ति । कोइँच भाषा तथा संस्कृति संरक्षणको लागि सुनुवार सेवा समाज गाउँ समिति प्लेतति -प्रिती) रामेछापले बर्षैपिच्छै गर्दै आएको कोइँच साँस्कृतिक कार्यक्रम यस वर्ष कोइँच पहिचानको लागि साँस्कृतिक महोत्सवको रुपमा आयोजना गर्दै छ । ‘गएको वर्षहरुको कमी कमजोरीलाई सच्याउँदै, केन्द्र र जिल्लाको सल्लाह र सहयोगले यस वर्ष कोइँचभूमि (ओल्लो किरात) भरिका कोइँचहरुको सहभागीतामा यो साँस्कृतिक महोत्सव गर्दै छौं । यस वर्ष ओखलढुङ्गा, सिन्धुली जिल्लाका कलाकारहरुले पनि भाग लिँदै हुनुहुन्छ । सबै देश विदेशमा रहेका कोइँचहरुलाई पहिचान र स्वायत्तताका कुरा मात्र गरेर भएन अब आफ्नो भूमिमा पनि गतिलो कार्यक्रम गर्नु पर्ने आवश्यकता भएको हुँदा महोत्सवमा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछु ।’ सुसेस गाउँ समितिका अध्यक्ष सञ्जीव सुनुवारले सबैलाई हार्दिक अपिल गर्नु भएको छ ।
‘मैले राजनीतिमा चासो लिएको दर्ुइ दशक नाघेउ । तर हाम्रो मुक्ति खस बाहुन एकल जातिय राजनीतिक पार्टीले दिँदैन भन्ने प्रष्ट भएको छु । कोइँच पहिचानको लागि कोइँचहरु आपै+m सचेत हुनु पर्दो रहेछ र आफ्नै भूमि बलियो नभएसम्म जहाँ जतिसुकै फुर्ति गरे पनि कोइँचको शान माथि नउठ्ने भएको हुँदा मैले प्लेततिलाई माथि उठाउन र चिनाउन हरपल लागि परेको छु । सबै कोइँचलाई एक पटक प्लेतति जान अनुरोध गर्दछु ।’ कोइँच साँस्कृतिक प्रतियोगिताको नियमित सौजन्यकर्ता सविसिबानी सेकुवा कर्नर ताल्छीखेल ज्ञानचोकका प्रोप्राइटर श्याम याअता सुनुवारले पनि यस साँस्कृतिक महोत्सवमा उपस्थित हुन अनुरोध गर्नु भएको छ ।
चुप्लु समाजले महोत्सवको पोस्टर, पाम्प्लेत तथा व्यानर र अन्य प्रचार सामाग्री प्रायोजन गरेको साँस्कृतिक महोत्सवको अफिसियल मिडियाको रुपमा सुनुवार डट ओआरजि, दुरदा डट कम, किङलो चुप्लु रहेका छन् ।
कोइँचको भाषा संस्कृति अक्षुण्ण राख्न यस्ता कार्यक्रमको आवश्यकता कोइँच भूमिमा उहिल्यैदेखि भए पनि हालसम्म हुन सकेको थिएन । यो शुरुआतलाई सकरात्मकरुपमा लिन सकिन्छ ।
महोत्सव यही वैशाख ९ र १० गते प्लेत-ति गाउँ विकास समिति, वडा नं. ८, रारामा हुँदै छ । अहिले प्लेत-तिका के कोइँच, के खस बाहुन, के दलित, के अन्य आदिवासी जनजाति सबैलाई आफ्नो गाउँको चिनारी दिन पाइनेमा एक जुट भएका छन् ।
सम्मानजनक हार : समयाभावमा प्रयाप्त प्रशिक्षणको कमी
चुप्लु दाम्लोच
५ वैशाख, सानो गौचरण । “गोल गोल गोल … थुक्का । यो सानो गौचरण सुनुवारको लागि पटक्कै फापेकै भनेको । पहिला पनि यसरी नै हारियो ।’ नेपाल बैंक यू -१५ फुटबल प्रतियोगितामा सहभागी सुनुवार सेवा समाजको प्रशिक्षक सामुयल सुनुवार फन्फनी प्याराफिटमा घुमीरहेका थिए, आफ्ना खेलाडीले राम्रो खेल पर््रदर्शन गरे पनि गोल गर्न नसक्दा । मुना सुनुवार, सह-सचिव, सुनुवार विद्यार्थी समाज, चिच्चाइरहेका थिए, हान भाइ हान । होइन हौ, किन नदौडेको । ‘ठिक छ ठिक । नआत्तिकन खेल्ने ।’ श्याम सुनुवार, कोषाध्यक्ष सुनुुवार सेवा समाज ललितपुर, ले खेलाडीलाई सम्झाइरहेका थिए । ‘ओइ दौडी । यता १३ नं. लाई पास दे ।’ अतालिँदै थिए सुनुवार सेवा समाज काठमाडौं जिल्लाका सह-सचिव आशिष सुनुवार । दिउँसो दुइ बजेको टन्टलापुर घाम । पसिनै पसिना । स्याँ स्याँ फेँ फेँ । खेलाडी दौडेको दौड्याइ । दर्शक दिर्घर्ाा बेला बेलामा जाँघर त बेला बेलामा नैराश्यको खुइय्या ।
आदिवासी जनजाति कोइँच -सुुनवार) पहिचानको लागि नयाँ पुस्ताहरुलाई परिचालन गर्नु पर्ने र कोइँचलाई चिनाउने विभिन्न माध्यम मध्ये एउटा माध्यम खेलकुद पनि भएको हुँदा सुनुवार सेवा समाजले खेलकुदमा निरन्तररुपमा आफ्ना युवा सदस्यहरुलाई अन्तर सुनुवार विभिन्न खेल खेलाउँदै आए पनि बालबालिकालाई लक्षित गरेर राष्ट्रियस्तरको खेलमा भाग लिएको यो पहिलो पटक हो । कोही स्वायम्भू, कोही जोरपाटी, कोही झरुवारासी त कोही सेतीपाखा । छराछिण्डा छरिएका कोइँच बालकहरुलाई एक ठाउँमा ल्याएर यसरी प्रतियोगितामा समेट्नु आपै+mमा ठूलो चुनौति र गाह्रो काम थियो । यस कामलाई टिम मेनेजर इन्द्रबहादुर सुनुवार, गुप्तेश्वर, रामेछाप र टिम कोच सामुयल सुनुवारले सफल पार्नु भएको छ ।
‘खेलकुदमा हारजीत त भइ हाल्छ । हाम्रा खेलाडीका यत्तिको खेल राम्रो मन्नु पर्छ । सबै भन्दा महत्वपूर्ण कुरा त कोइँच -सुनुवार) को नाम अगाडि आयो । जिते पनि कोइँचको नाम लिनै पथ्र्यो हारे पनि लिनै पर्छ । कसलाई जित्यो भन्दा त सुनुवार सेवा समाजलाई भन्ने त भयो नि । त्यसरी कोइँचको नाम आए पछि अन्य जातजातिले सुनुवारलाई त चिन्ने मौका पाए । हामीले खेलको हारजितसँग होइन हाम्रो पहिचान अरुलाई देखायौं ।’ Read More
हार्दिक आमान्त्रण
सानो गौचरण, ज्ञानेश्वर, काठमाडौंमा भोलि ठिक छ २ बजे सुनुवार सेवा समाज र चिबहाल वीच फुटबल प्रतियोगिता हुँदै छ । सबै फुटबलप्रेमी महानुभाव र सम्पूर्ण सुनुवारलाई उक्त प्रतियोगितामा उपस्थित भई खेलाडीहरुलाई हौसला प्रदान गरिदिन चुप्लु समाज, सुनुवार डट ओआरजि लगायत सुनुवार सेवा समाज हार्दिक अपिल गर्दछ । अखिल नेपाल फुटबल संघको आयोजनामा हुँदै गरेको नेपाल बैंक जुनियर (यू-१५) फुटबल प्रतियोगिता २०६९ का लागि सुनुवार सेवा समाजको तर्फबाट सहभागी खेलाडीहरु :
१. रोसन सुनुवार, सिर्थौली ९, सिन्धुली, २. संगम सुनुवार, ताल्छीखेल, ललितपुर, ३. साहस सुनुवार, भूजी ८, रामेछाप, ४. विवेक सुनुवार काठमाडौं १७, ५. आशिष सुनुवार, फर्पु ८, रामेछाप, ६. एरोन सुनुवार, ७. अजय सुनुवार, खिजी चण्डेश्वरी, ओखलढुंगा, ८. एलेक्स सुनुवार, काठमाडौं, ९.सञ्जय राना मगर, बैदी १, १०. सुमन लोप्चन, कालिका ६, ११. डिबुजु र्राई, १२. प्रकाश बुढाथोकी, सिम्ली ५ रुकुम, १३. युकेश सुनुवार झरुवारासी ६, १४. सोन छिरिङ लामा, नारायणटार, १५.दिपक बुढाथोकी, १६. आशिष र्राई, बासबोटे ८, उदयपुर, १७. मोतिराज तुम्बाहाङफे, साब्ला १ तेह्रथुम, १८. निराजन श्रेष्ठ, पृथ्वीनारायण, गोरखा, १९. सिमाङ सुनुवार, मैतिदेवी, २०. आयुष सुनुवार, गोठाटार, २१. सन्देश सुनुवार, जोरपाटी आदि अझै थप केही अरु खेलाडीको नाम छुट्न गएको छन् ।
आदिवासी जनजाति कोइँच (सुनुवार) को लागि यो ऐतिहासिक क्षण हो । आफ्नै व्यानर र झण्डामा यसरी खेल मैदानमा उत्रिएको यो पहिलो पटक हो ।
सबैले विगतलाई भुल्छन् तर म विगतलाई सम्झेर उर्जा प्राप्त गर्छु।कोइँच पहिचानको लागि उनले गरेको योगदान पूर्वेली कोइँचले कहिल्यै बिर्सने छैनन् ।
तर्राईमा डिडिटि (डेन्जर डोज फर थारु समाजशास्त्री डा. कृष्णबहादुर भट्टचनकानुसार) छरिएको धेरै भएको थिएन । एक जोडी तोँकुच मुलिच जिन्दगीको ठूलो सपना बोकेर २०३५ सालतिर चुप्लु खिँचि (ओखलढुङ्गा) बाट सपनाको नगरी धरान र्झछन् । आफ्नो बुबाभन्दा आठ महिनाले जेठो श्रीमानसँग धरानमा गाउँले भाउजुको निम्तोलाई स्वीकारेर झरेका ती जोडीको जिन्दगीले एक वर्ष नबित्दै ठूलो दुघटनासँग सामना गर्नु पर्छ । भर्खर २०, २२ बर्षको बाम्ना याअ-ता चेलीले लाउँ लाउँ खाउँ खाउँको चञ्चले उमेरमै आफ्नो श्रीमानसँग सदा सदाको लागि बिछोडिनुको पीडासँगै आफ्नो नाबालक छोरीलाई काखी चेपेर पूर्वी तराइमा गरेको संर्घष्ाका ती दिन र सफलताका यी दिनका मार्मिक कथा । हामी सबै कोइँचले मन-मस्टिष्क र भित्री आत्मले चित्तन मनन् गर्नु पर्ने एक पटक अनुभूत गर्नु पर्ने तपाईँ हाम्रो आफ्नै कथा । अझै पनि बास्सैबाजा, टुङ्ना, डाम्फु र ढोल झयाम्टासँग मज्जाले धित्मरुञ्जेल इत्रिन पुगेको छैन उनलाई । हजुर हामी तपाईँलाई चाँडै पस्किँदै छौं हामीलाई सम्भिmरहनु होला ।
हामीलाई मातृभाषा नजान्नुको पीडाबोध भएको छ
चुप्लु दाम्लोच
३१ चैत्र, अनारमनी झापा । लामो समय अंग्रेजी शिक्षकको रुपमा कार्यरत जनचेतना कार्यक्रमका प्रमुख अतिथि इन्द्रबहादुर मुखियाले अंग्रेजी भाषाको विकल्प नभएको हुँदा कोइँच भाषा जान्नु नै पर्छ भन्ने छैन तर कोइँच सबैले अंग्रेजी जन्नु अति आवश्यक रहेको बताए पनि सुनुवार सेवा समाजद्वारा आयोजित एक दिवासीय कार्यक्रममा कोइँच मातृभाषा नजान्दाको पीडाबोध भने पूर्वी नेपालमा रहेका सबै कोइँचले गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि मुखियाले पहिचानको मुद्दा अहिले जोडतोडले उठे पनि पहिचान आपै+mले निर्माण गर्ने कुरा भएको हुँदा राज्यलार्इ दोष दिन नमिल्ने तर्क अगाडि सार्दै कुनै पनि देशले राज्य दिँदैन, राज्य माग्नु भनेका फाल्तु कुरा हुन्, राष्ट्रको लागि सेवा गरेको मान्छे राष्ट्रिय कुरा गर्न मात्र आउने र लामो समयसम्म त्यही राष्ट्रियताको कुरा पढाएर विताएको र आफुलाई सबैले त्यसरी नै चिन्ने हुँदा शिक्षातिर सबै कोइँचले जोड दिनु पर्ने बताउँदै अहिलेसम्म सुनुवार सेवा समाजको कार्यक्रममा सहभागी नभए पनि अब सेवानिवृत भएको हुँदा समाजलाई समय दिने बताउनु भयो ।
इलाम, मोरङ र झापाका कोइँचहरु एकै ठाउँमा जम्मा भइ आयोजित सो कार्यक्रममा आइएलओ १६९, युएनडि्रप र सुनुवार सेवा समाजले कोइँचको हक अधिकारको वारेमा गर्नु पर्ने जनवाकलता सम्बन्धि अन्तरक्रिया भएको थियो । अधिकांश शिक्षकहरुको उपस्थिति रहेको सो कार्यक्रममा संघीय लोकतान्त्रिक गण्तन्त्रमा कोइँचको प्रतिनिधित्व र कोइँचको पहिचानसहितको स्वायत्तताको बारेमा पनि बहस भयो । Read More
