News
now browsing by category
दोलखामा सुनुवार सेवा समाज तदर्थ समिति गठन गरियो।
चरिकोट, दोलखा जीवन सुनुवार किरात ।
दोलखाबासी सुनुवारहरुले आफ्नो जातीय संस्थाको महत्त्वो बुझी ढिलै भए पनि दोलखामा सुनुवार सेवा समाज तदर्थ समिति गठन गरियो। सुनुवार सेवा समाज किन्द्रिय समितिको बिधान अनुरुप सुनुवार बस्ति रहेको नेपालका विभिन्न जिल्लाहरुमा जिल्ला समिति गठन भएता पनि सुनुवारहरुको प्रमुख किपटिया बस्ति रहेको दोलखा जिल्लामा सुनुवारहरु सामाजिक, आर्थिक, राजनैतिक, बौधिक, भाषिक, धार्मिक, कला-सस्कृति आदि क्षेत्रहरुमा राम्रो दखल भएता पनि २०७० साल सम्म आइपुग्दा केन्द्रिय सस्थाले रजत महोत्सब बर्ष मनाई रहदा दोलखा जिल्लामा भने केन्द्रको बिधान अनुरुप विधिवत रुपमा समिति गठन हुन सकेको थिएन । चरिकोट निवासी श्री भुवानी बहादुर सुनुवारको घरमा मिति २०७० श्रावन ४ गतेका दिन उहाकै संयोजकोत्वमा विभिन्न गाबिसका सुनुवारहरुको भेला बोलाई सो भेलाले तदर्थ समिति गठन गरियो । समितिमा सर्बसम्मत् रुपमा अध्यक्ष : श्री भुवानी बहादुर सुनुवार उपाध्यक्ष : श्री भुपेन्द्र राज सुनुवार, सचिब : श्री टंक बहादुर सुनुवार, सह: सचिब : श्री उमा सुनुवार, कोषाध्क्ष : श्री गोपाल बहादुर सुनुवार, सदस्यहरु :श्री खुस बहादुर सुनुवार श्री सबिना सुनुवार श्री केदार सुनुवार श्री गीता सुनुवार श्री भिम बहादुर सुनुवार श्री कमल माया सुनुवार पदाधिकारीहरु चयन हुनु भएको छ । धेरै लामो समयको प्रयास पश्चात विधिवत रुपमा समिति गठन हुनसक्नु सकारात्मक र खुशीको कुरा भएको भेलामा उपस्थितहरुले बताउनु भयो ।अब चाडै नै भब्य रुपमा जिल्ला सम्मेलनद्वारा जिल्ला समिति गठन गरि सस्थालाई सक्रिय दिने उपस्थित सबैको प्रतिबद्धता सहित सो दिनको कार्यक्रमको समापन भएको थियो ।
सञ्चारकर्मी अमृत सुनुवारलाई थप उपचार गर्न काठमाडौं लगिने
चुप्लु दाम्लोच
मन्थली, साउन । चुप्लु समाजद्वारा उत्पादित कोइँच (सुनुवार) भाषाको पहिलो रेडियो कार्यक्रम किङ-लो चुप-लुका प्रस्तोता अमृत सुनुवार अस्पातालबाट डिस्चार्ज भए पनि निको हुन अझै समय लाग्ने भएको छ । अँध्यरो रातको समयमा मोटरसाइकलले ठक्कर दिएर भागेपछि शुभचिन्तक, साथीभाइ र आफन्तले मन्थली सामुदायिक अस्पतालमा भर्ना गरेर उपचार भए पनि आँखाको नसा चुँडिएको अशंका डक्टरले गरेका छन् । त्रि्रा र पाखुरामा पनि गम्भिर चोट लागेको छ ।
अझै पनि प्रहरीले ठक्कर दिने मोटरसाइकल पक्रिन सकेको छैन । भोली काठमाडौं लगेर अमृत जीको थप उपचार गरिने भएको छ । हामीले अभिलम्ब मोटरसाइकलको खोजी गरी कारवाही गराउन प्रहरीलाई भनेको छौं र हामी आफैं पनि खोजी कार्य जारी राखेका छौं ।
सुनुवार सेवा समाज रामेछाप जिल्ला समितिका अध्यक्ष रमेशकुमार सुनुवारले जानकारी गराएका छन् ।
अहिले बोल्न सक्ने भए पनि पूर्ण स्वास्थ भने छैनन् सञ्चारकर्मी सुनुवार । प्रारम्भिक उपचार मन्थलीमा भए पनि अब काठमाडौं लगेर थप उपचार गर्नु पर्ने भएको छ ।
सञ्चारकर्मी सुनुवारको स्वास्थमा क्रमशः सुधार
चुप्लु दाम्लोच
मन्थली, साउन । हिजो साँझ मन्थली बसपर्कबाट मन्थली माथिल्लो बजार आफ्नो कोठामा जानेक्रममा माथिबाट हुइँकिएर आएको मोटरसाइकलले ठक्कर दिएर गम्भिर घाइँते बनेका अमृत सुनुवारको स्वास्थमा क्रमशः सुधार आएको छ । साथीभाइ र शुभचिन्तकहरुले रामेछाप सामुदायिक अस्पताल पुराइएका सुनुवारलाइ पुनः टाउको र पाखुराको एक्स-रे गरेर स्वास्थ स्थिति बुझेपछि राम्रो भएको अवस्थामा घरमै आराम गर्न सकिने उपचारमा संलग्न डक्टरले जानकारी दिएका छन् । अहिलेसम्म ठक्कर दिएर भागेको मोटरसाइकाल कहाँ, कस्को हो पत्ता लागेको छैन ।
सञ्चारकर्मी अमृत सुनुवार गम्भीर घाइते
चुप-लु दाम-लोच
मन्थली, साउन । अरुलाई समाचार पस्किँदै हिड्ने समाचारकर्मी आफैं समाचार बन्न पुगेका छन् । भर्खरै कामको सिलसिलामा मन्थली बसपर्कबाट भञ्ज्याङ उकालो चढ्नेक्रममा चुप-लु समाजबाट उत्पादित कोइँच भाषाको पहिलो रेडियो कार्यक्रमका प्रस्तोता अमृत सुनुवार मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइँते बनेका छन् । टाउको र पाखुरामा गम्भीर चोट लागेको सुनुवारको उपचार रामेछाप सामुदायिक अस्पताल, मन्थलीमा उपचार भइरहेको छ । सुनुवार सेवा समाजका केन्द्रीय सदस्य, संस्कृति तथा अनुसन्धान विभाग प्रमुख रहेका अतृत, सुनुवार कलाकार तथा चलचित्रकर्मी समाजका अध्यक्ष हुन् । शाँदार पिदार, शेतथि खेमोर जस्ता वृत्तचित्र बनाइ राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा कोइँचको पहिचान गराउन सक्रिय सुनुवार ब्रिटिस फोर्स ब्रोडकास्टिङ सर्भिस (बिएफबिएस) का सम्बाददाता समेत हुन् ।
सुदूर पूर्वका कोइँचहरु पुनः जागरुक बने
चुप-लु दाम-लोच
साउन, इलाम । लगभग आधा दशक बढी पछि इलाम जिल्लाका कोइँचहरु एकै थलोमा भेला हुने भएका छन् । सुनुवार सेवा समाज जिल्ला समिति इलामको जिल्ला सम्मेलन यहि साउन १२ गते इलाम बजारमा हुने भएको छ । लगभग चार हजार जनसंख्या रहेको इलाम जिल्लाका कोइँचहरु भाषिक, साँस्कृतिकरुपमा विचलित छन् । इलामको जिल्ला लुम्दे, रवि गाउँका कोइँचहरुमा भने केही मात्रमा भाषा र संस्कृति जीवित रहेको छ । स्थानीय तहमा राजनीतिक पहुँच अहिलेसम्म नपुगे पनि पञ्चायतकालमा यसै जिल्लाका तर पछि झापा बसाइ सरेका प्रकाशचन्द्र मुखिया सहायक शिक्षा मन्त्री बनेका थिए । ‘अब हामी इलामका कोइँचहरु साँस्कृतिक र भाषिक रुपमा भइ सकेका छौं । अब राज्यले व्यवस्थितरुपमा लगानी गरीदिनु पर्छ । हामीले चाहेर हाम्रो भाषा, संस्कृतिबाट विमुख भएको होइनौं । राज्यले खस भाषा, संस्कृति लादेको हुँदा हाम्रो धर्म संस्कृति र मातृभाषाबाट बञ्चित हुनु परेको हुँदा यस सम्मेलनबाट पहिचानसहितको संघीयता र आदिवासी जनजाति कोइँचको मानव अधिकारको विशेष किसिमको प्रस्ताव परित गर्ने छौं ।’ सुनुवार सेवा समाज जिल्ला समिति इलामको अध्यक्ष किरण मुखियाले बताउनु भयो ।
कोइँच पहिचानको लागि कार्यालय स्थापना तथा सदस्यता वितरण
गंगा सुनुवार
साउन, सिरहा । सुनुवार सेवा समाज सिरहा जिल्ला समितिले कोइँच पहिचानको लागि आजबाट विधिवत् कार्यालय स्थापना गरी सदस्यता वितरण कार्यक्रम शुरु गरिएको छ । २०३९ सालमै सिरहाली सुनुवार उत्थान संघ खोलेर संगठित हुन खोजे पनि व्यवस्थितरुपमा संगठित हुन नसकेको कोइँच -सुनुवार) हरुलाई २०५५ सालमा सुनुवार सेवा समाजका उपाध्यक्ष महेन्द्रमान सुनुवारले सुनुवार सेवा समाजमा आवद्ध गराउनु भएको थियो । तर त्यो समितिले विधिवत्रुपमा पहिलो सम्मेलन गराए पनि २०५७ सालदेखि कुनै पनि वैठक बस्न सकेको थिएन । केही समयसम्म नाम मात्रको सुनुवार सेवा समाज रहेको थियो । यसरी पक्षघातरुपमा सुनुवार सेवा समाज जिल्ला समिति रहनुको कारण सुनुवार सेवा समाज केन्द्रीय समिति जिम्मेवार रहेको बताउँछन् तत्कालिन अध्यक्ष गंगाबहादुर गौडेली सुनुवार । २०६९ साल चैत २९ गते सुनुवार सेवा समाज केन्द्रीय समितिका उपाध्यक्ष रणवीर सुनुवार र कोषाध्यक्ष उत्तमकुमार सुनुवारको उपस्थितिमा पुनः दोस्रो सम्मेलन गर्न पृथ्वी सुनुवारको संयोजकत्वमा सम्मेलन आयोजक समिति गठन गरी २०७० साल जेठ १ र २ गते भव्यरुपमा सुनुवार सेवा समाज सिरहा जिल्ला समितिको सम्मेलन सम्पन्न गरेपछि भने सिरहा जिल्लाका कोइँचहरुमा नयाँ जोस र जाँघर जागेको झिनो आसासम्म गर्न सकिन्छ । Read More
कोइँच साँस्कृतिक कार्यक्रम २०७०को झलकहरु ।
[youtube]http://www.youtube.com/watch?v=if3WKynrQww&list=UUeedcktYM8i8ucP3sO1lnmg[/youtube]
प्लेतति, भाषा संस्कृति बचाऔं अभियान सहित सम्पन्न प्रतियोगितात्मक साँस्कृतिक कार्यक्रमको झलकहरु ।
