All about Sunuwar

News

now browsing by category

 

किरण सुनुवार पुनः इलाम जिल्ला समिति सुसेसमा निर्वाचित

चुप-लु दाम-लोच

साउन, इलाम । सूदुर पर्वका कोइँचहरु पहिचानको राजनीतिमा सचेत बनेका छन् । संविधान सभाको निर्वाचनको वहस चलीरहेको बेला आम कोइँचको भविश्यको लागि पुनः कोइँचहरु संगठित हुनु परेको छ । पूर्ण समानुपातिक प्रतिनिधिसहित पहिचानसहितको संघीयताको लागि आदिवासी जनजातिहरु सक्रिया जागरुक भइरहेको बेला कोइँचहरु मात्र कहाँ चुप लागेर बस्ने कुरै भएन यसैले सुनुवार सेवा समाज जिल्ला समिति इलामले कोइँचको हक अधिकारको लागि जिल्ला सम्मेलनबाट अगामी निर्वाचनमा सक्रिय भूमिका निर्वाह गर्नकै लागि पनि निर्वाचित नयाँ कार्य समितिको चयन गरेको छ । किरण सुनुवारको अध्यक्षतामा गठित १३ सदस्यीय कार्यसमितिमा क्रमशः उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष र सदस्यहरु देहयवमोजिम रहेका छन् : देवी सुनुवार-इलाम नगरपालिका, मदनकुमार सुनुवार-मंगलवारे, अमरदीप सुनुवार-माइमझुवा, निरुपा सुनुवार-गजुरमुखी, गंगा सुनुवार-प्याङ, गीता सुनुवार-माइपोखरी, कर्णबहादुर सुनुवार-इरौटार, टेकप्रसाद सुनुवार-लुम्दे, डेविट सुनुवार-इभाङ, लिलामाया सुनुवार-लुम्दे ।

सो सम्मेलनले सोम सुनुवारको अध्यक्षतामा कोइँच पत्रकार समाज, रत्न सुनुवारको अध्यक्षतामा महिला समिति, मुकेश सुनुवारको अध्यक्षतामा युवा कार्य समिति, पृथसिङ सुनुवारको अध्यक्षतामा नाअÞसो समिति पनि गठन गरेको जानकारी प्राप्त भएको छ ।

रामेछाप खिम्तीको पहिरोमा एक जना कोइँचको मृत्यु

चुप्लु समाचारदाता
साउन २९, खिम्ती । गएको बेलुकीको भिषण वर्षको कारण रामेछाप खिम्तीको पहिरोमा परि एक जना सुनुवार लगायत ७ जनाको मृत्यु भएको छ । पहिरोमा वेपत्ता मानिसको खोजी कार्य तिव्र रुपमा चलीरहेको छ । गत बेलुकीको भिषण वर्षको कारण खिम्ती नाङथलीकी ११ वर्षीय सिता सुनुवारको मृत्यु भएको छ भने उनको आमा किर्नेटार अस्पतालमा वेहोस अवस्थामा उपचार गरिँदै छ । उनको बहिनीको दुबै आँखा काम नलाग्ने गरी क्षती भएको र अवस्था गम्भिर भएको हुँदा पहिरोले बगाएको घरबाट उद्धार गर्न नसकिएको समाचार स्रोतले जनाएको छ । खिम्ती ४ कटुन्जेका थापा परिवारका चार जना र रश्नाइलुका तीन जना तामाङको मृत्यु भएको पुष्टी भएको छ । अन्य बेपत्ता भएकाहरुको एकिन डेटा उपलब्ध हुन सकिरहेको छैन । सुनुवार सेवा समाज रामेछाप जिल्ला समिति तथा सुनुवार सेवा समाजका केन्द्रीय समितिका प्रतिनिधि उक्त स्थलमा गइ उद्धार कार्यमा संलग्न हुनुहुन्छ ।

१९ औँ विश्व आदिवासी दिवसमा किराँत सुनुवार सेवा समाज बेलायतको सहभागिता

19th-Biswo-Aadibasi-Diwas_KSWS1१९ औँ विश्व आदिवासी दिवस अगष्ट ९ तारीखलाई विश्वका विभिन्न देशका आदिवासी जनजातिहरूले भव्यताको साथ मनाइरहेको अवस्थामा आदिवासी जनजाति महासंघ बेलायतले भने आफ्नो समय अनुकूलता अनुसार २०१३ अगष्ट १० तारीख शनिबारको दिन भव्यताको साथ मनायो ।बेलायतस्थित अक्सफोर्डमा आदिबासी जनजाति महासंघ बेलायत र आदिबासी जनजाति महिला महासंघ बेलायतले संयुक्तरूपमा एक दिवसीय कार्यक्रमको आयोजना गरेको थियो । आदिबासी जनजाति महासंघ बेलायतका अध्यक्ष श्रीप्रसाद लिम्बुको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बेलायतभरि रहेका विभिन्न आदिबासी जनजाति नेपाली संघसंस्थाहरूले आफ्नो जातीय पहिचानसहितको सांस्कृतिक कार्यक्रम लिएर सहभागिता जनाएका थिए । यसैगरी प्रत्येक जातीय संघ संस्थाबाट अतिथिहरूको उपस्थिति रहेको सो भव्य भेलामा किराँत सुनुवार सेवा समाज (किसुसेस) बेलायतका अध्यक्ष जंग सुनुवारको पनि उपस्थिति रहेको थियो । अतिथिको आसनबाट विभिन्न वक्ताहरूले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा किसुसेस बेलायतका अध्यक्ष जंग सुनुवारले आफ्नो शुभकामना मन्तव्य राख्ने क्रममा आदिबासी जनजाति (मूलबासी) को साझा मुद्दामा सम्पूर्ण प्रवासी संघ संस्था आदिबासीहरूबाट एकवद्धता जनाउने र पहिचानसहितको संघीय राज्य नबनेसम्म सम्पूर्ण मूलबासीहरूले विश्राम लिनु हुन्न भन्ने कुरामाथि जोड दिनुभएको थियो ।
यसैगरी सो अवसरमा किसुसेस बेलायतले ष्याँदर ढोल शीललाई प्रस्तुत गरेर कोइँच सुनुवारहरूको भेषभुषा तथा संस्कृतिको परिचय दिएको थियो ।

सिरहाका कोइँचहरु संगठित हुँदै

चुप्लु दाम्लोच

साउन, सिरहा । सुनुवार सेवा समाज जिल्ला समिति सिरहाले आदिवासी जनजातिको दिवसको अवसरमा अन्तरक्रिया सम्पन्न गरेको छ । सुनुवार सेवा समाजका केन्द्रीय सदस्य बुद्धिबहादुर सुनुवारको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा सिरहा जिल्लाको ७ वटा गा.वि.स.मा सुनुवार सेवा समाज गाउँ समिति गठन भएको पनि जानकारी गरिएको थियो । फुलबरिया, चन्द्रउदयपुर, असनपुर, लालपुर, जमदह, पुलक् कट्टी र मक्सार गा.वि.समा सुनुवार सेवा समाज गाउँ समिति गठन भएको छ ।

सो अन्तरक्रियमा सुनुवार सेवा समाजको आर्थिक तथा प्रगति प्रतिवेदन पनि प्रस्तुत गरिएको थियो ।

वल्लो किरात जिन्दावाद : मोटरसाइकल र्‍याली सम्पन्न

1011499_4555509904270_376308510_nसुनुवार डट ओआरजि समाचारदाता
२२ साउन, यालाखोम । विश्व आदिवासी दिवासको उपलक्ष्यमा मोटरसाइकल र्‍याली सम्पन्न भयो । उक्त र्‍यालीमा कोइँच -सुनुवार) हरु पनि सुनुवार सेवा समाजको नेतृत्वमा ३० वटा मोटरसाइकलमा ‘वल्लो किरात प्रदेश जिन्दावाद, सुनुवार सेवा समाज जिन्दावाद’ नारा लेखिएको प्लेकार्ड साथै सुनुवार सेवा समाज र वल्लो किरातको झण्डा सहित सहभागी भएका थिए । नेपालका सूचीकृत ५९ मध्ये ५६ आदिवासी जनजाति र सूचीकृत हुन वाँकी आदिवासी जनजातिको १००० भन्दा बढी सहभागी सो मोटरसाइकल र्‍यालीमा विश्वको आदिवासी जनजाति एक हौं, पहिचानसहितको संघियता, संघीयतासहितको संविधान सुनिस्चित गर लगायत विभिन्न संघिय प्रदेशको नाम उल्लेखित प्लेकार्ड र परर््चा प्रत्येक मोटरसाइकलमा टाँसिएको थियो । Read More

मातृभाषा कोइँचको पहिचान हो, जीवन हो ।

matrivasaसुनुवार डट ओआरजि समाचारदाता ।
१९ साउन, काठमाडौं । ‘मातृभाषा आदिवासी जनजाति कोइँच (सुनुवार) को लागि पहिचान हो, जीवन हो र विविधता हो । हामी कोइँच हुँ भन्छौं भने मातृभाषा जान्नु आवश्यक छ, बुझनु आवश्यक छ । विभिन्न कारणले कोइँच दाजुभाई दिदीबहिनीहरुले आफ्नो मातृभाषा बोल्न छाडेको छौं । यो राज्यको उत्पीडन र बहिस्करणको कारणले भएको हुँदा सबै कोइँच सचेत भएर पहिचानको लागि ऐक्यवद्ध हुन नितान्त आवश्यक छ । तपाइँहरुले मातृभाषाको प्रशिक्षणमा सहभागी हुनु भनेको आफ्नो अधिकारको उपयोग गर्न तत्पर हुनु हो । यहाँहरु स्वःस्फूर्तसाथ आफ्नु मातृभाषा सिक्न उपस्थित हुनु भएको छ । यहाँहरुले आफ्नो मातृभाषा सिकेर राज्यको भाषिक विभेदको विरुद्धमा सचेत भइ भाषिक आन्दोलनमा सरिक हुनुहोस् । राज्यले खस र संस्कृत भाषामा उहिलेदेखि लगानी गरिरहेको छ । हाम्रो पहिचान दिने मातृभाषामा लगानी गर्न अझै तयार छैन । यसको लागि पनि तपाईँहरुको जागरुकताले नयाँ आशा प्रदान गरेको छ । यो अति आवश्यक र उपयुक्त काम भएको छ । भर्खरै श्रव्य सामाग्री पनि विमोचन भएको छ यसले पनि विश्वभरि छरिएर रहेको कोइँचहरुलाई आफ्नो पहिचानको सन्दर्भ सामाग्री बचाउन मद्दत गर्ने छ ।’ सुनुवार सेवा समाज, जिल्ला समिति काठमाडौंले उत्पादन गरेको कोइँच लोः शेँसाइ रेडियो भाषा प्रशिक्षण तथा मातृभाषा प्रशिक्षण उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रमुख अतिथि सुनुवार सेवा समाजका केन्द्रीय अध्यक्ष मनप्रसाद सुनुवारले कार्यक्रमलाई बताउनु भयो । Read More

खुशीको खबर : कोइँच मातृभाषा शिक्षण शुरु हुने

सुनुवार डट ओआरजि दाम्लोच
साउन, काठमाडौं । पटक पटक कोइँच -सुनुवार) दाजु भाई दिदी बहिनीले आफ्नो मातृभाषा सिक्ने इच्छा व्यक्त गरेको हुँदा यही शनिवार -साउन १९ गते) देखि सुनुवार सेवा समाजको भवन कोटेश्वरमा नियमितरुपमा कोइँच मातृभाषा शिक्षण सुचरु हुने भएको छ । सुनुवार सेवा समाज जिल्ला समिति काठमाडौंले कोइँच लोः शेँसाइ श्रव्य सामाग्री उत्पादन गरेपछि मातृभाषा शिक्षण कार्यक्रमलाई अगाडि बढाउन थालेको हो । सुनुवार सेवा समाज केन्द्रीय समितिले प्रोढ शिक्षाको लागि प्रकाशनमा ल्याएको पाठ्यपुस्तक र अनौपचारिक शिक्षा केन्द्रद्वारा उत्पादित शिक्षण सामाग्रीलाई आधार मानेर यो मातृभाषा शिक्षण कार्यक्रम सञ्चालन गरिने भएको छ ।
सुनुवार सेवा समाजबाट प्रेसित सूचनामा भनिएको छ ‘वर्षौं अघि देखि कोइँच पहिचानको लागि समाज लागी परे पनि दिन दिनै भाषा संस्कृति क्षय हुँदै गएको हुँदा पहिचानको लागि मातृभाषा प्रशिक्षणलाई तीव्रता दिने निर्णय लिएको हो ।’ अब सुनुवार सेवा समाज काठमाडौंले आफ्नो निर्णय पुस्तिकामा समेत कोइँच मातृभाषामै अभिलेखन गर्ने निर्णय गरेको बताउँदै अगाडि उल्लेख गरिएको छ ।
कोइँच लोः शेँसाइ : मातृभाषा शिक्षण कार्यक्रम
स्थान : सुनुवार सेवा समाजको भवन, कोटेश्वर
मिति : २०७० साउन १९ गते देखि प्रत्येक शनिवार
समय : विहान ७.०० बजेदेखि ९.०० बजेसम्म
थप आकर्षा : प्रत्येक कक्षा प्रायोगात्मक तथा संस्कार संस्कृतिमा आधारित हुने छ । साथै शाँदार सिल नाच्न, गीत गाउन, ढोल बजाउन पनि सिकाइने छ ।