News
now browsing by category
सिरहाका कोइँचहरु संगठित हुँदै
चुप्लु दाम्लोच
साउन, सिरहा । सुनुवार सेवा समाज जिल्ला समिति सिरहाले आदिवासी जनजातिको दिवसको अवसरमा अन्तरक्रिया सम्पन्न गरेको छ । सुनुवार सेवा समाजका केन्द्रीय सदस्य बुद्धिबहादुर सुनुवारको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा सिरहा जिल्लाको ७ वटा गा.वि.स.मा सुनुवार सेवा समाज गाउँ समिति गठन भएको पनि जानकारी गरिएको थियो । फुलबरिया, चन्द्रउदयपुर, असनपुर, लालपुर, जमदह, पुलक् कट्टी र मक्सार गा.वि.समा सुनुवार सेवा समाज गाउँ समिति गठन भएको छ ।
सो अन्तरक्रियमा सुनुवार सेवा समाजको आर्थिक तथा प्रगति प्रतिवेदन पनि प्रस्तुत गरिएको थियो ।
वल्लो किरात जिन्दावाद : मोटरसाइकल र्याली सम्पन्न
सुनुवार डट ओआरजि समाचारदाता
२२ साउन, यालाखोम । विश्व आदिवासी दिवासको उपलक्ष्यमा मोटरसाइकल र्याली सम्पन्न भयो । उक्त र्यालीमा कोइँच -सुनुवार) हरु पनि सुनुवार सेवा समाजको नेतृत्वमा ३० वटा मोटरसाइकलमा ‘वल्लो किरात प्रदेश जिन्दावाद, सुनुवार सेवा समाज जिन्दावाद’ नारा लेखिएको प्लेकार्ड साथै सुनुवार सेवा समाज र वल्लो किरातको झण्डा सहित सहभागी भएका थिए । नेपालका सूचीकृत ५९ मध्ये ५६ आदिवासी जनजाति र सूचीकृत हुन वाँकी आदिवासी जनजातिको १००० भन्दा बढी सहभागी सो मोटरसाइकल र्यालीमा विश्वको आदिवासी जनजाति एक हौं, पहिचानसहितको संघियता, संघीयतासहितको संविधान सुनिस्चित गर लगायत विभिन्न संघिय प्रदेशको नाम उल्लेखित प्लेकार्ड र परर््चा प्रत्येक मोटरसाइकलमा टाँसिएको थियो । Read More
मातृभाषा कोइँचको पहिचान हो, जीवन हो ।
सुनुवार डट ओआरजि समाचारदाता ।
१९ साउन, काठमाडौं । ‘मातृभाषा आदिवासी जनजाति कोइँच (सुनुवार) को लागि पहिचान हो, जीवन हो र विविधता हो । हामी कोइँच हुँ भन्छौं भने मातृभाषा जान्नु आवश्यक छ, बुझनु आवश्यक छ । विभिन्न कारणले कोइँच दाजुभाई दिदीबहिनीहरुले आफ्नो मातृभाषा बोल्न छाडेको छौं । यो राज्यको उत्पीडन र बहिस्करणको कारणले भएको हुँदा सबै कोइँच सचेत भएर पहिचानको लागि ऐक्यवद्ध हुन नितान्त आवश्यक छ । तपाइँहरुले मातृभाषाको प्रशिक्षणमा सहभागी हुनु भनेको आफ्नो अधिकारको उपयोग गर्न तत्पर हुनु हो । यहाँहरु स्वःस्फूर्तसाथ आफ्नु मातृभाषा सिक्न उपस्थित हुनु भएको छ । यहाँहरुले आफ्नो मातृभाषा सिकेर राज्यको भाषिक विभेदको विरुद्धमा सचेत भइ भाषिक आन्दोलनमा सरिक हुनुहोस् । राज्यले खस र संस्कृत भाषामा उहिलेदेखि लगानी गरिरहेको छ । हाम्रो पहिचान दिने मातृभाषामा लगानी गर्न अझै तयार छैन । यसको लागि पनि तपाईँहरुको जागरुकताले नयाँ आशा प्रदान गरेको छ । यो अति आवश्यक र उपयुक्त काम भएको छ । भर्खरै श्रव्य सामाग्री पनि विमोचन भएको छ यसले पनि विश्वभरि छरिएर रहेको कोइँचहरुलाई आफ्नो पहिचानको सन्दर्भ सामाग्री बचाउन मद्दत गर्ने छ ।’ सुनुवार सेवा समाज, जिल्ला समिति काठमाडौंले उत्पादन गरेको कोइँच लोः शेँसाइ रेडियो भाषा प्रशिक्षण तथा मातृभाषा प्रशिक्षण उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रमुख अतिथि सुनुवार सेवा समाजका केन्द्रीय अध्यक्ष मनप्रसाद सुनुवारले कार्यक्रमलाई बताउनु भयो । Read More
खुशीको खबर : कोइँच मातृभाषा शिक्षण शुरु हुने
सुनुवार डट ओआरजि दाम्लोच
साउन, काठमाडौं । पटक पटक कोइँच -सुनुवार) दाजु भाई दिदी बहिनीले आफ्नो मातृभाषा सिक्ने इच्छा व्यक्त गरेको हुँदा यही शनिवार -साउन १९ गते) देखि सुनुवार सेवा समाजको भवन कोटेश्वरमा नियमितरुपमा कोइँच मातृभाषा शिक्षण सुचरु हुने भएको छ । सुनुवार सेवा समाज जिल्ला समिति काठमाडौंले कोइँच लोः शेँसाइ श्रव्य सामाग्री उत्पादन गरेपछि मातृभाषा शिक्षण कार्यक्रमलाई अगाडि बढाउन थालेको हो । सुनुवार सेवा समाज केन्द्रीय समितिले प्रोढ शिक्षाको लागि प्रकाशनमा ल्याएको पाठ्यपुस्तक र अनौपचारिक शिक्षा केन्द्रद्वारा उत्पादित शिक्षण सामाग्रीलाई आधार मानेर यो मातृभाषा शिक्षण कार्यक्रम सञ्चालन गरिने भएको छ ।
सुनुवार सेवा समाजबाट प्रेसित सूचनामा भनिएको छ ‘वर्षौं अघि देखि कोइँच पहिचानको लागि समाज लागी परे पनि दिन दिनै भाषा संस्कृति क्षय हुँदै गएको हुँदा पहिचानको लागि मातृभाषा प्रशिक्षणलाई तीव्रता दिने निर्णय लिएको हो ।’ अब सुनुवार सेवा समाज काठमाडौंले आफ्नो निर्णय पुस्तिकामा समेत कोइँच मातृभाषामै अभिलेखन गर्ने निर्णय गरेको बताउँदै अगाडि उल्लेख गरिएको छ ।
कोइँच लोः शेँसाइ : मातृभाषा शिक्षण कार्यक्रम
स्थान : सुनुवार सेवा समाजको भवन, कोटेश्वर
मिति : २०७० साउन १९ गते देखि प्रत्येक शनिवार
समय : विहान ७.०० बजेदेखि ९.०० बजेसम्म
थप आकर्षा : प्रत्येक कक्षा प्रायोगात्मक तथा संस्कार संस्कृतिमा आधारित हुने छ । साथै शाँदार सिल नाच्न, गीत गाउन, ढोल बजाउन पनि सिकाइने छ ।
दोलखामा सुनुवार सेवा समाज तदर्थ समिति गठन गरियो।
चरिकोट, दोलखा जीवन सुनुवार किरात ।
दोलखाबासी सुनुवारहरुले आफ्नो जातीय संस्थाको महत्त्वो बुझी ढिलै भए पनि दोलखामा सुनुवार सेवा समाज तदर्थ समिति गठन गरियो। सुनुवार सेवा समाज किन्द्रिय समितिको बिधान अनुरुप सुनुवार बस्ति रहेको नेपालका विभिन्न जिल्लाहरुमा जिल्ला समिति गठन भएता पनि सुनुवारहरुको प्रमुख किपटिया बस्ति रहेको दोलखा जिल्लामा सुनुवारहरु सामाजिक, आर्थिक, राजनैतिक, बौधिक, भाषिक, धार्मिक, कला-सस्कृति आदि क्षेत्रहरुमा राम्रो दखल भएता पनि २०७० साल सम्म आइपुग्दा केन्द्रिय सस्थाले रजत महोत्सब बर्ष मनाई रहदा दोलखा जिल्लामा भने केन्द्रको बिधान अनुरुप विधिवत रुपमा समिति गठन हुन सकेको थिएन । चरिकोट निवासी श्री भुवानी बहादुर सुनुवारको घरमा मिति २०७० श्रावन ४ गतेका दिन उहाकै संयोजकोत्वमा विभिन्न गाबिसका सुनुवारहरुको भेला बोलाई सो भेलाले तदर्थ समिति गठन गरियो । समितिमा सर्बसम्मत् रुपमा अध्यक्ष : श्री भुवानी बहादुर सुनुवार उपाध्यक्ष : श्री भुपेन्द्र राज सुनुवार, सचिब : श्री टंक बहादुर सुनुवार, सह: सचिब : श्री उमा सुनुवार, कोषाध्क्ष : श्री गोपाल बहादुर सुनुवार, सदस्यहरु :श्री खुस बहादुर सुनुवार श्री सबिना सुनुवार श्री केदार सुनुवार श्री गीता सुनुवार श्री भिम बहादुर सुनुवार श्री कमल माया सुनुवार पदाधिकारीहरु चयन हुनु भएको छ । धेरै लामो समयको प्रयास पश्चात विधिवत रुपमा समिति गठन हुनसक्नु सकारात्मक र खुशीको कुरा भएको भेलामा उपस्थितहरुले बताउनु भयो ।अब चाडै नै भब्य रुपमा जिल्ला सम्मेलनद्वारा जिल्ला समिति गठन गरि सस्थालाई सक्रिय दिने उपस्थित सबैको प्रतिबद्धता सहित सो दिनको कार्यक्रमको समापन भएको थियो ।
सञ्चारकर्मी अमृत सुनुवारलाई थप उपचार गर्न काठमाडौं लगिने
चुप्लु दाम्लोच
मन्थली, साउन । चुप्लु समाजद्वारा उत्पादित कोइँच (सुनुवार) भाषाको पहिलो रेडियो कार्यक्रम किङ-लो चुप-लुका प्रस्तोता अमृत सुनुवार अस्पातालबाट डिस्चार्ज भए पनि निको हुन अझै समय लाग्ने भएको छ । अँध्यरो रातको समयमा मोटरसाइकलले ठक्कर दिएर भागेपछि शुभचिन्तक, साथीभाइ र आफन्तले मन्थली सामुदायिक अस्पतालमा भर्ना गरेर उपचार भए पनि आँखाको नसा चुँडिएको अशंका डक्टरले गरेका छन् । त्रि्रा र पाखुरामा पनि गम्भिर चोट लागेको छ ।
अझै पनि प्रहरीले ठक्कर दिने मोटरसाइकल पक्रिन सकेको छैन । भोली काठमाडौं लगेर अमृत जीको थप उपचार गरिने भएको छ । हामीले अभिलम्ब मोटरसाइकलको खोजी गरी कारवाही गराउन प्रहरीलाई भनेको छौं र हामी आफैं पनि खोजी कार्य जारी राखेका छौं ।
सुनुवार सेवा समाज रामेछाप जिल्ला समितिका अध्यक्ष रमेशकुमार सुनुवारले जानकारी गराएका छन् ।
अहिले बोल्न सक्ने भए पनि पूर्ण स्वास्थ भने छैनन् सञ्चारकर्मी सुनुवार । प्रारम्भिक उपचार मन्थलीमा भए पनि अब काठमाडौं लगेर थप उपचार गर्नु पर्ने भएको छ ।
सञ्चारकर्मी सुनुवारको स्वास्थमा क्रमशः सुधार
चुप्लु दाम्लोच
मन्थली, साउन । हिजो साँझ मन्थली बसपर्कबाट मन्थली माथिल्लो बजार आफ्नो कोठामा जानेक्रममा माथिबाट हुइँकिएर आएको मोटरसाइकलले ठक्कर दिएर गम्भिर घाइँते बनेका अमृत सुनुवारको स्वास्थमा क्रमशः सुधार आएको छ । साथीभाइ र शुभचिन्तकहरुले रामेछाप सामुदायिक अस्पताल पुराइएका सुनुवारलाइ पुनः टाउको र पाखुराको एक्स-रे गरेर स्वास्थ स्थिति बुझेपछि राम्रो भएको अवस्थामा घरमै आराम गर्न सकिने उपचारमा संलग्न डक्टरले जानकारी दिएका छन् । अहिलेसम्म ठक्कर दिएर भागेको मोटरसाइकाल कहाँ, कस्को हो पत्ता लागेको छैन ।
