All about Sunuwar

बिचल्लीमा बाढी पीडित कोइँच (सुनुवार) परिवार : सहयोगको अब्हान

ramechhapचुप्लु दाम-लोच ।
साउन, रामेछाप । शहर बजारको कुनै पनि सामान्य भन्दा सामान्य घरका लागि पनि एउटा पलाङ, सिरक, डस्ना, सिरानी साधारण कुरा हो । तर पलाङ, सिरक, डस्ना, सिरानीको कुरा पर छाडौं रामेछाप जिल्ला खिम्ती ३ को नाङ्थलीको पाँच जनाको एक कोइँच (सुनुवार) परिवारलाई झर्झर् झरी परिरहेको गिज्गिजीे हिलोमा टाँगिएको पालभित्र बस्नु पर्ने बाध्येता छ । त्यो कल्पना गर्नुहोस् मस्त निन्द्रमा निदाएको हुनुहुन्छ । चकमन्न अँध्यारो रात छ । मुसलधारे वर्षा बर्सीरहेको छ । एक्कासी घर लाक्लाक हल्लिँदै बग्यो । पहिरोले बगाउँदै छ । के गर्नु हुन्छ ? अवश्य तपाईँले आफ्नु वचाउ गर्नु हुन्छ ।
चकामन्न रात छ । घरको मुली खिम्ती बजारमा काम विशेषले गएका छन् । घरमा आमा, छोराछोरी मात्र छन् । मुसलधारे वर्षा वर्सेको छ । आमा, दुइ छोरा र दुइ छोरी सुतीरहेको अवस्थामा घर लग्लगी काम्न थाल्छ । अत्तालिएर आमा दुइ छोरा र छोरी लिएर घर बाहिर निस्किन्छिन् । तर ठूली छोरीको न्रि्रा खुलेको छैन । उनी घर भित्र सुतीरहेकी छिन् । नानीहरुलाई बाहिर निकालेर अलिपर पुराएर फर्किएर ठूली छोरी लिन घर हेर्छिन् घर पहिरोमा बगीरहेको हुन्छ । मानौं तपाइँ आमा हुनुहुन्छ, तपाइँ दाजुभाई, दिदीबहिनी, बुबा, बाजेबजु हुनुहुन्छ भने तपाइँको मनमा कस्तो पीडा हुन्छ, वा तपाइँमा होसहवास् के कसरी उड्ला ?
हो, त्यस्तै भयो खिम्ती नाङथलीको शेरबहादुर सुनुवार तथा प्रेमकुमारी सुनुवारको घरमा ।
प्रेमकुमारी सुनुवार आफ्नो छोरा कृष्ण, देबकुमार सुनुवार र छोरी निर्मलालाई बचाउन सके पनि ठूली छोरी सिता सुनुवार, वर्ष१२ लाई सदासदाको लागि गुमाउन पुगिन् । शेरबहादुर खिम्तीबजारबाट घरमा स्याँस्याँ फ्याँफ्याँ गरेर पुग्दा न घर पाए न त छोरी ! छोरीलाई खिम्ती भन्दा माथिको खोल्सामा मृत फेला पारे ।
एकातिर छोरीको वियोग, अर्कोतिर वर्षको बेला ओत लाग्ने बास छैन । यो विचल्लीको खवर मन नलागी नलागी सुन्नु, देख्नु र अनुभूत गर्नु परेको छ ।
सुनुवार सेवा समाज जिल्ला समिति रामेछापका अध्यक्ष रमेशकुमार सुनुवारकानुसार अहिले यस परिवारलाई रामेछाप जिल्लाको राहत समितिबाट मानव मृत्यु भएकोले ४० हजार र घर बगाएको हुँदा २० हजार सहित ६० हजार नगद राहत र रेडक्रसबाट एक थान पाल, केही भाँडाकुँडा प्राप्त भएको छ ।
सुनुवार अगाडि भन्छन्, ‘बडी पिडीत परिवारको जीवन गुजारा साह्रै दयानिया अवस्थामा छ । ठूला ठूला गफ राजनीतिक नेता भनौदा मैले यति पैसा भाँडाकुँडा राहत वितरण गरेँ भनेर खोक्न थालेको छन् । ती सबै राज्यले स्वाभाविकरुपमा दिने राहत नै हो । तर बडीपीडितको नाममा चुनावी लिना खोज्नेको होडबाजी छ । ती नेताले वास्ताविक सहयोग हामीलाई न पहिले गरेका थिए न अहिले गर्छन् । त्यसैले सबै कोइँच दाजुभाई दिदीबहिनीहरुले ती परिवारलाई आफ्नो गच्छे अनुसार सहयोग गरिदिन अपिल गर्दछु । तपाइँले दिनुभएको सहयोगलाई सुनुवार सेवा समाजले सम्बन्धित व्यक्तिसम्म पुराइदिने काम गर्ने छ ।’
सेवा नै धर्म हो, दान नै पुण्य हो । आदरणीय सबै कोइँच दाजुभाई दिदीबहिनीहरु खिम्ती ३ नाङथलीको शेरबहादुर सुनुवारलाई सहयोग गरिदिनहुन सुनुवार सेवा समाज, चुप्लु समाज, सुनुवार डट ओआरजि परिवार हार्दिक अनुरोध गर्दछ । विचल्ली परिवारको जीवन रक्षाको लागि तपाइँको थोरै सहयोग पनि अमूल्य हुने छ ।

12 Comments to बिचल्लीमा बाढी पीडित कोइँच (सुनुवार) परिवार : सहयोगको अब्हान

  1. आफ्नो सुनुवार जातिको भाषा ,धर्म ,संस्कार संस्कृति लगायत अधिकार र पहिचानको बिशय को साथ् साथमा सुनुवार सेवा समाजले आफ्नो जातिमा जस्तो सुकै आपतविपत पर्दा साथ् सहयोगको आदानप्रदान गर्ने गराउने गर्दै आएकोले कृपया माथि उल्लिखित पिडित परिवारलाई साथ् सहायो गर्न सम्पूर्ण सुनुवार बन्धुहरुमा हार्दिक अनुरोध गर्नुका साथै मेरो व्यक्तिगत तर्फबाट रु १,१५० सहयोग रकम सुनुवार सेवा समाजको खातामा भोलिनै जम्मा गर्नेछु साथै सहयोग गर्न इच्छुक महानुभावहरुले पनि सुनुवार सेवा समाज मार्फत सहयोग गर्न सक्नुहुनेछ धन्नेबाद

    मन प्रसाद सुनुवार
    सुनुवार सेवा समाज केन्द्रिय समिति परिवार
    काठमाडौँ.

  2. आफ्नो सुनुवार जातिको भाषा ,धर्म ,संस्कार संस्कृति लगायत अधिकार र पहिचानको बिशय को साथ् साथमा सुनुवार सेवा समाजले आफ्नो जातिमा जस्तो सुकै आपतविपत पर्दा साथ् सहयोगको आदानप्रदान गर्ने गराउने गर्दै आएकोले कृपया माथि उल्लिखित पिडित परिवारलाई साथ् सहायो गर्न सम्पूर्ण सुनुवार बन्धुहरुमा हार्दिक अनुरोध गर्नुका साथै मेरो व्यक्तिगत तर्फबाट रु १,१५० सहयोग रकम सुनुवार सेवा समाजको खातामा भोलिनै जम्मा गर्नेछु साथै सहयोग गर्न इच्छुक महानुभावहरुले पनि सुनुवार सेवा समाज मार्फत सहयोग गर्न सक्नुहुनेछ धन्नेबाद

    मन प्रसाद सुनुवार
    सुनुवार सेवा समाज केन्द्रिय समिति परिवार
    काठमाडौँ.

  3. सुनुवार एक हुनु पर्छ, सुनुवारको उत्थान गर्नु पर्छ भन्ने कुरा चाही फेसबुकको भित्ताहरुमा र कहिँ बोल्ने अवसर पाइहाल्यो भने आदर्श छाट्ने कुरोमात्र रहेछ जस्तो लग्न थाल्यो कारण किन भने एक सुनुवार परिवार पहिरोको कारण बिचाल्निमा परिरहेको अबस्थाछ र उक्त पिडित परिवारलाई सहयोग गरि एउटा सुनुवार परिवारको उद्दर गरौ भन्ने बिचारले सहयोगको आभ्वन गरेको तर कुनै सुनुवार बन्धुहरुले सहयोग गर्ने चासो नदेखाएकोमा दुख लागिरहेकोछ हाल सम्म म आफैले रु १,२०० जम्मा गरेको थिए त्यतिमै सिमित छ र त्यो १,२०० ले के सहयोग गर्न सकियेलाता ? सबै सुनुवार बन्धुहरुले अलि अलि सहयोग गरेको भए ति पिडित परिवारलाई केहि राहत हुन्थ्यो कि र एक थुकी सुकी सय थुकी नदि भन्ने भनाइको सहि अर्थ लग्न सक्थ्यो होला .
    जेहोस जो जसले सहयोग गर्ने विचार गर्नु भएकोछ र गर्नुभएकोछ यान्हाहरुलाई धन्नेबाद.

  4. सुनुवार एक हुनु पर्छ, सुनुवारको उत्थान गर्नु पर्छ भन्ने कुरा चाही फेसबुकको भित्ताहरुमा र कहिँ बोल्ने अवसर पाइहाल्यो भने आदर्श छाट्ने कुरोमात्र रहेछ जस्तो लग्न थाल्यो कारण किन भने एक सुनुवार परिवार पहिरोको कारण बिचाल्निमा परिरहेको अबस्थाछ र उक्त पिडित परिवारलाई सहयोग गरि एउटा सुनुवार परिवारको उद्दर गरौ भन्ने बिचारले सहयोगको आभ्वन गरेको तर कुनै सुनुवार बन्धुहरुले सहयोग गर्ने चासो नदेखाएकोमा दुख लागिरहेकोछ हाल सम्म म आफैले रु १,२०० जम्मा गरेको थिए त्यतिमै सिमित छ र त्यो १,२०० ले के सहयोग गर्न सकियेलाता ? सबै सुनुवार बन्धुहरुले अलि अलि सहयोग गरेको भए ति पिडित परिवारलाई केहि राहत हुन्थ्यो कि र एक थुकी सुकी सय थुकी नदि भन्ने भनाइको सहि अर्थ लग्न सक्थ्यो होला .
    जेहोस जो जसले सहयोग गर्ने विचार गर्नु भएकोछ र गर्नुभएकोछ यान्हाहरुलाई धन्नेबाद.

  5. rajendra sunuwar says:

    एस्तो हालत देख्दा मन्नै चुडेरा आयो. कता मरे मोइहु भन्ने सुनुवार का अदाचेहरु (जंग सुनुवार युके अनि नरेश सुनुवार होंग कोङ्ग) यसै बाट थाहा हुन्छकी यिनीहरु सुनुवारहरुको सेवा हैन भक्तिगत स्वार्थमा लुप्त छन् होसियार | महां कंगाल दुइ भिकरिहरु (लोकप्रिय सुनुवार र टिकाराम मुलिचा) कता मरे? मोइहुन भन्ने सुनुवार डाक्टर हरु कता हराए? अनि बुद्धि नभएका गुलाम गरेर अलि अलि पैसा कमाएका लाहुरेहरु कहाँ मरे? मन प्रसाद सुनुवारले एक हजार रुपिया दिएर के जिस्किन खोजेको तेस्ले के सहयोग हुन्छ? धिक्कार छ अदाम्बरी सुनुवारहरु. ति दुक्खामा परेका सुनुवारहरु आज इसाई धर्ममा लागेको भए यो हालत हुनेथियेना | प्रभुको घरमा धोका संधै खुल्ला छ पल्नुहोला. सहयोगको को लागि नेपालको (सलेमन चुर्च्मा) सोधपुछ गर्नु होला हामी पनि युके र इस्रेल्का सुनुवारहरु सल्ला गर्नेछौ. बाइबल सोसिएटी युके.

  6. rajendra sunuwar says:

  7. अरुलाई गालि र बेइजत गरेर समय खेरफल्नुभंदा आफु पनि सुनुवार भएको नाताले खुरुक सहयोग गर्दा भैहाल्थ्यो होला , तर सहयोग गर्नु पर्लभनेर इसाई धर्मलाई अघि सारेर धर्म गोरु बन्नुभएकोमा सलाम छ राजेन्द्रजीलाई.अनि राजेन्द्र जी कुनै समय तपाई हिन्दु देवदेवातालाई भाकेर ब्रिटिश सैनिकमा भर्ति हुनुभएको मैले नदेखेको होइन र जसरि अरुलाई गुलाम गरेर पैसा कमाएका लाहुरे काह मरे भन्ने सब्द तपैआफ़ैलाइ पनि भन्नुभएको हो भने मेरो भन्नुकेही छैन तर मलाई कसैले चिन्दैनन् जे लेखेपनि हुन्छ मलाई कसैले चिन्दैन भन्ने सोचबाट लेख्नु भएको हो भने भ्रमम्मा नपार्नुहोला .मन प्रसादले १,००० हैन यस्तो सहयोग १,०००देखि ५०,००० सम्म सहयोग गरेकोछु ,तपाईलाई जिस्केको जस्तो लग्योभाने जिस्केकै सहि.

  8. अरुलाई गालि र बेइजत गरेर समय खेरफल्नुभंदा आफु पनि सुनुवार भएको नाताले खुरुक सहयोग गर्दा भैहाल्थ्यो होला , तर सहयोग गर्नु पर्लभनेर इसाई धर्मलाई अघि सारेर धर्म गोरु बन्नुभएकोमा सलाम छ राजेन्द्रजीलाई.अनि राजेन्द्र जी कुनै समय तपाई हिन्दु देवदेवातालाई भाकेर ब्रिटिश सैनिकमा भर्ति हुनुभएको मैले नदेखेको होइन र जसरि अरुलाई गुलाम गरेर पैसा कमाएका लाहुरे काह मरे भन्ने सब्द तपैआफ़ैलाइ पनि भन्नुभएको हो भने मेरो भन्नुकेही छैन तर मलाई कसैले चिन्दैनन् जे लेखेपनि हुन्छ मलाई कसैले चिन्दैन भन्ने सोचबाट लेख्नु भएको हो भने भ्रमम्मा नपार्नुहोला .मन प्रसादले १,००० हैन यस्तो सहयोग १,०००देखि ५०,००० सम्म सहयोग गरेकोछु ,तपाईलाई जिस्केको जस्तो लग्योभाने जिस्केकै सहि.

  9. प्रकाश जिजिचा says:

    राजेन्द्र जी तपाईले कस्तो अमिलो कुरो गर्नु भो – जब जब हामीलाई दुख आइलाग्छ तपाईहरुलाई चाई हामी माथि धर्म परिबर्तन गराउन हतार पर्छ है ! सक्नु हुन्छ सहयोग गर्नुस, सक्नु हुन्न भने सहानुभूति सम्म लेख्नुस धन्नेबाद

  10. प्रकाश जिजिचा says:

    राजेन्द्र जी तपाईले कस्तो अमिलो कुरो गर्नु भो – जब जब हामीलाई दुख आइलाग्छ तपाईहरुलाई चाई हामी माथि धर्म परिबर्तन गराउन हतार पर्छ है ! सक्नु हुन्छ सहयोग गर्नुस, सक्नु हुन्न भने सहानुभूति सम्म लेख्नुस धन्नेबाद

  11. ओह !
    राजेन्द्र ब्रो नमस्ते,
    तिम्रो भुकाई भुस्या कुकुरको जस्तो भएनर ? भुक्कने मात्रा टोक्न चाहीँ नटोक्ने, तिम्रो लेखमा हेरत -( सुनुवारहरु आज इसाई धर्ममा लागेको भए यो हालत हुनेथियेना | प्रभुको घरमा धोका संधै खुल्ला छ पल्नुहोला) हो तिम्रो प्रभु को घरको ढेाका हैन धोका सधै खुला देखाछु म ,दिन दुखि लई, सान्तोना दिनुता कता हो कता तिमीलाई भने धर्म परिबर्तन गराउन कै चटारो नि ब्रो ? जोकोही जुनसुकै धर्म लिन सक्छ , त्याग्न सक्छ , तर यत्ति सरो चै हैन ल ब्रो, तिम्रो कुन कुन पुस्त इसाई थिए भनत मलाई त लाज पो लागो तिमी आफै पनि लाहुरे हुनु भन्दा पैले विभिन्न शक्ति पिठा घुमी भाकाला
    गर्थेउ बिर्सेउनि ? सहयोग हुनेले गर्छन् , करकाप कसैले गरेन होला नै ,अनि नामै लिएर तल्लोएसतर को गाली गर्ने ? ब्रो इसाई हुदा यसो पनि गर्न पाइन्छ र ? छिछि छि आफुले टेकेको धराताल बिर्से पछि यस्तै होला, भो पर्दैन तिम्रो मरे पछि को स्वर्ग हेर्नु ,परेको छैन परेका छैन इसाई हुन , जन्म जातै इसाई हु जस्तो गर्छ यार !!!

  12. ओह !

Leave a Reply

Your email address will not be published. Required fields are marked *