News
now browsing by category
पाँचथर र झापाका कोइँचहरु जागे
-कोइँचबु काःतिच
पाँचथरका कोइँच (सुनुवार) हरु फिदीमको नाम्दुखोलामा जम्मा भएर कोइँचको मानव अधिकार संरक्षणको लागि जुटेका छन् । सुनुवार सेवा समाज केन्द्रीय सदस्य, संस्कृति तथा अनुसन्धान विभाग प्रमुख अमृत सुनुवारको प्रमुख आतिथ्यतामा सुनुवार सेवा समाज, पाँचथर जिल्ला समितिको आज सातौं जिल्ला सम्मेलन सम्पन्न भएको छ । सो सम्मेलनले फिदीमका शान्तबहादुर सुनुवारको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति समेत गठन गरेको छ । उपाध्यक्ष, सचिव, सह-सचिव, कोषाध्यक्ष र सदस्यहरुमा क्रमशः रामबहादुर सुनुवार (जयकृष्ण)-ओलने, हरिकृष्ण सुनुवार-रानीटार, गोपाल सुनुवार-फिदीम, रत्नबहादुर सुनुवार-रबी, कमला सुनुवार-आरुबोटे, कुमारी सुनुवार-आरुबोटे, असिम सुनुवार-नागी, उदय सुनुवार-इम्बुङ, जंगबहादुर सुनुवार-सिवा, तारावती सुनुवार-फिदीम रहेका छन् । जिल्ला सम्मेलनका अध्यक्षता शेरबहादुर सुनुवारले गर्नुभएको थियो ।
झापा जिल्लाका कोइँचहरुले पनि आज जिल्ला सम्मेलन सम्पन्न गरेका छन् । सुनुवार सेवा समाज इलाम जिल्ला अध्यक्ष -नेपाल आदिवासी जनजाति महासंघ इलाम जिल्ला समन्वय परिषदका पूव अध्यक्ष) किरण सुनुवारले प्रमुख अतिथिको आतिथ्यता ग्रहण गर्नु भएको छ । (आदरणीय पाठक वर्ग, कार्य समितिको नामवली प्राप्त हुने वितिक्कै प्रेसित गर्ने छ ।)
किवी कृषक आर्थिक संकटमा
सोम सुनुवार, इलाम, चैत १ । इलाम जिल्लाकै सबैभन्दा धेरै किवी खेती शुरु गरेका एक किसान अहिले आर्थिक संकटमा परेका छन् । किवीले आम्दानी दिन शुरु गरी नहालेको अवस्थामा जिल्लाको पश्चिमी गाविस–लुम्देका ४२ बर्षिय जङ्गबहादुर सुनुवारलाई आर्थिक संकट परेको हो ।
‘दुरगम भनेर सदरमुकाम केन्द्रीत बैंकहरुले लोन दिन मानेन्, गाउा घरमा सयकडा पााच व्याजदरले रिन काडेर किवी लगाएं । अहिले मलाई रिन तिर्न र अरु काम गर्न समस्या भएको छ । सबै किवीले उत्पादन दिने समय पनि भएको छैन ।’ सुनुवारले भने–‘किवीलाई माच हाल्न पिलर उठाउन, पोल राख्न र अरु व्यवस्थापन गर्नकालागि मलाई अहिले गाह्रो परेको छ ।’
उनले २०६७ सालदेखि थालेको किवी खेती अहिले ५० रोपनी क्षेत्रफलमा बिस्तार गरिसकेका छन् । अहिले उनको बारीमा पााचसय बढी किवी हुर्किरहेका छन् । यसपालि पनि उनले कलमी बिरुवा ५० थान थप लगाएको वताए । किवी खेतीमा उनी यति लागिपरेका छन् की, गाउंलेहरु भन्छन्–‘जङ्गबहादुर किवी खेतीमा लागेर बिहेसमेत गर्न भ्याएका छैनन् ।’
त्यसो त सुनुवारका किवीले उत्पादन दिन थालेको छ । गएको सिजनमा दुइसय किलो किवी उत्पादन गरेका सुनुवारले झापाको दमकतिर साडे तीनसय रुपैंया प्रति किलोका दरले बिक्री गरेको बताए ।
झण्डै एक दशक अघितिर त्यस्तै १०/१२ मन अलैंची फलाउने गरेका सुनुवार रोगले अलैंची मासिएपछि किवीतिर आकर्षित भएका रहेछन् । अहिले किवी बालिभित्र जुनार, सुन्तला र ग्राउण्ड एप्पल जस्ता फलफूलहरु लगाएको उनले जानकारी दिए ।
किवीलाई गोठे मल फाइदाकारी हुने भएर पशु पालन एक जरुरी बिषय भएको सुनुवारको भनाइ छ ।
उनका भाइ लोकबहादुर सुनुवार पनि साथसाथै किवी खेतीमा लागेका छन् । स्थानीय सिाहदेबी निमाविमा अध्यापन गर्नुको साथै उनले पनि झण्डै दुईसयको हाराहारीमा किवी विरुवा लगाएको बताए । दाइको र आफ्नो एकै खाले व्यथा रहेको बताउदै उनी भन्छन्–‘वैंकहरुले लोन दिने काममा दुरगम भनेर नपन्छियोस् । हामी गाउंको चर्को व्याजको मारमा परेका छौं ।’
किवी एक भरपर्दो बैकल्पिक वालि हो भन्ने बुझेका यी सुनुवार बन्धूहरुले अबका पााच बर्षभित्र एक सय रोपनी क्षेत्रफलमा खेती विस्तार गर्ने तथा उत्पादित किवीबाट वाइन, जाम, जेली तयार गर्ने साथै वजारीकरणकालागि काम गर्ने योजना बनाएका बताए ।
सुनुवार वन्धूले किवी खेती गरेको लुम्देको माल्टेनीे रांके–रवि–दमक सडक खण्डको रवि नजिकै पर्दछ । सडकको स्तर उन्नति गरिनुका साथै सो क्षेत्रमा पनि नेपाल बैंक, कृषि विकास बैंकलगायतका बित्तीय संस्थाले उनीहरुजस्ता व्यवसायिक खेतीमा लागेका जांगरिला किसानलाई सहुलियत व्याज दरमा लोन प्रबाह गर्न सके एकातिर लाभ प्राप्त हुने र अर्कोतिर सान्दर्भिकतासमेत झल्किने देखिन्छ ।
जिल्लामा सुलुबुङ्गका तारामणी खतिवडा र सांखेजुङ्गका टेकबहादुर विष्ट यसअघि किवी लगाएका अगुवा किसान हुन् । उनीहरुसित अहिले अडाइ–तीनसयको हाराहारीमा किवी बिरुवा छन् ।
समयको महत्व
१.बाह्रवर्षो महत्व थाहा पाउन – मकरमेला भर्ने प्रतिक्षा तर्ीथयात्रीहरुलाई सोध्नु ।
२. पाँच वर्षो महत्व थाहा पाउन – आम निर्वाचनमा पराजित नेताहरुलाई सोध्नु ।
३. एक वर्षो महत्व थाहा पाउन – अन्तिम परिक्षामा सफल हुने विद्यार्थीहरुलाई सोध्नु ।
४. एक महिनाको महत्व थाहा पाउन – महिना नपुग्दै पैसा सकिने कर्मचारीहरुलाई सोध्नु ।
५. एक हप्ताको महत्व थाहा पाउन – पत्रिकाको सम्पादकहरुलाई सोध्नु ।
६. एक दिनको महत्व थाहा पाउन – एक दर्जन वच्चा जन्माइ पाल्ने ज्यामीहरुलाई सोध्नु ।
७. एक घण्टाको महत्व थाहा पाउन – आपसमा भेट्न पर्खी बसेका विशेष व्यक्तिहरुलाई सोध्नु ।
८. एक मिनेटको महत्व थाहा पाउन – रेल, बस, जहाजको यात्रा छुटाउने यात्रुहरुलाई सोध्नु ।
९. एक सेकेण्डको महत्व थाहा पाउन – दर्ुघटनामा परी बाँच्न सफल यात्रुहरुलाई सोध्नु ।
१०. एक निमेसको महत्व थाहा पाउन – रजत पदक पाउने खेलाडीहरुलाई सोध्नु ।
– संकलक ः केवलमान शुशुच सुनुवार, भक्तपुर । हाल धापासी, काठमाडौं ।
निःशूल्क आँखा तथा नाक, कान, घाँटी परिक्षण हुँदै
सुनुवार डट ओआरजि समाचारदाता ।
२८ फागुन, सुनुवार सेवा समाज भवन कोटेश्वर । आज विहान १० बजेदेखि सुनुवार सेवा समाज भवन कोटेश्वरमा निःशूल्क आँखा तथा नाक, कान, घाँटी परिक्षण हुँदै छ । सुनुवार सेवा समाज केन्द्रीय समिति कोटेश्वर र बाल नाक, कान आस्पताल र पुनःस्थापना सेवाको संयुक्त रुपमा आँखा तथा नाक, कान, घाँटी सम्बन्धि स्वस्थ परिक्षण शिविर आयोजना गरिएको हो । अहिले २ बजेसम्म उक्त शिविर सञ्चालन हुने छ ।
कोँइच ल्वो–रेमुब्लेमुकलि श्यामदार
गोरखापत्र श्योल्वो ———————————

तस्कुलः दिलिप बास्के
पेरालाः दा. तारालाल सेरेस्ठ, प्रा. दा. नोवल किशोर राई थुँगा रिलिस पनपन काथन दा दोरते बोरचरस
‘इन्टरनेसनल मदर टङ्ग दे’ २०१४ फेब्रुअरी २१ पितिमि आदिवासी जनजाति उत्थान रास्ट्रिय (आजउरा) प्रतिष्ठानमि गेरापेन्मा पाप्तु । हाश्नाःत दुम्शो मेको गेरापेन्मामि ‘थुँगा’ शारिरेशो एन्थोलोजीके रिलिस प्रा. दा. नोवल किशोर राई नु दा. तारालाल सेरेस्ठ निम्फामि पचा दुम्त ।
तस्कुलः दिलिप बास्के पेरालाः दा. तारालाल सेरेस्ठ, प्रा. दा. नोवल किशोर राई थुँगा रिलिस पनपन काथन दा दोरते बोरचरस ‘थुँगा—४’ शारिरेशोके रिलिस काथन सइसाप्थोचेला आम ममाल्वोमि ब्लेब लिटराटी आनकलि यो ‘रास्ट्र मातृभासा सेवा पुरस्कार’ (१५ दक) गेशा श्यामदार पतिक ताँःगे गोशो बा । साप्थोचे तामाङ मातृभासामि अमृत ह्योन्जन, उराँवमि बेचन उराँव, किराँती–वाम्बुलेमि गनेस द्वारोङचा नु थारु भासामि किस्नराज सरबहारीकलि श्यामदार पशोमि एँको थोचे किराँती–याक्थुङ पाःनला अमर तुम्याहाङ, किराँती–कोँइचला अतीत क्युँइतिचा, मगरला जीत सिन्जाली, किराँती–रोदुङ (चाम्लिङ) ला बयानसिं यालुङछा, किराँती–किरावा (बान्तावा) ला पदम वालाहाङ नु दिमाल भासाला सोम चातेलाकलि मेको पुरस्कारला श्यामदार पाइँसाव । गेरापेन्मामि बुअÞसु जक थापा मगरमि रेल्फु रेल्शा मुनु चिफ गेस्टमि प्लाक नु केटोस गेशा मेको श्यामदार पाम्तेमे । एँको श्यामदार

तस्कुलः दिलिप बास्के पेरालाः अमर तुम्याहाङ, अतीत क्युँइतिचा, जीत सिन्जाली, बयानसिं यालुङछा, पदम वालाहाङ नु सोम चातेला
मुरु काःकलिला मदुम्थु नेल्लेन लो नु रेमुब्लेमुकेन मे । मोपतिकेम नेल्लेन ल्वो अÞवातिकपिकिम आम ममाल्वोकलि ब्लेशा नमपचा देँःशो आम रिमाचेमाकलि गेत्थी बारपाइच्चा मे । किराँती–कोँइच ल्वो नु रेमुब्लेमुकलि गेत्थी बारपाइत्तिक लिटराटीपिकमि अतीत क्युँइतिचा काः नमी । सेस्सेब्लेसे पतिक गेमि नु शारिरेशोमि लिटराटी क्युँइतिचाके ने कोँइच मुर बासलिःशोसम लिःब दुम्शोपतिकेम नेल्लेन किराँतीकोँइच लो नु रेमुब्लेमुकलि श्याम्दार पशो तुइँसिब ।
समाबेशी वनाउने प्रयासमा पत्रकार महासंघ, इलाम
फागुन २६, इलाम । कार्य समितिका लागि समाबेशी ढङ्गबाट पदाधिकारी निर्बाचित गर्दै नेपाल पत्रकार महासंघ, इलामको नवौं अधिबेशन गएराति इलाम सदरमुकाममा सम्पन्न भएको छ ।
सर्बसम्मत नभएपछि निर्बाचनबाट रोहितचन्द्र भट्टराईको अध्यक्षतामा ११ सदस्यीय समितिकालागि पदाधिकारी चयन गरिएको छ ।
जसका उपाध्यक्ष राजकुमार दाहाल, सचिव बुद्धबीर राई, सह–सचिव सोम सुनुवार र कोषाध्यक्ष ख्याम भुजेल रहेका छन् ।
त्यस्तै सदस्यहरुमा वलराम बराईली, रिता राराहाङ राई, सुदीप श्रेष्ठ, कुमार गुरुङ, जयकुमार राई र राजेश पराजुली चुनिएका छन् । वराइली भने दलित कोटाबाट निर्बिरोध चयन भएका हुन् ।
यसै गरी केन्द्रीय पार्शदहरुमा उमेश गुरुङ्ग, सटेन्द्र जवेगु, रोशन सांवा, कोकिला ढकाल, लोकेन थेबे, डिल्ली चापागाईं, बुद्धि खनाल, बिमल प्रधान, प्रभाकर प्रधान, वेनुपराज भट्टराई, सोम सुसेली, युवराज पिसी, युवराज गौतम, भिम चापागाईं र माधव घिमिरे निर्बाचित भएका छन् ।
म कोइँच -सुनुवार) को शिर झुकाउने काम गर्ने छुइन ः सभासद यज्ञराजको वचनवद्धता
सुनुवार डट ओआरजि समाचारदाता
२४ फागुन, बज्र बाराही । सुनुवार सेवा समाजको २५ औं वर्षगाँठ, रजत वर्षो उपलक्ष्यमा आयोजित वनभोज कार्यक्रम बज्रबाराही मन्दिर परिसर, ललितपुरमा विभिन्न मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रमसहित सम्पन्न भयो ।
काठमाडौं उपत्यकामा रहेका नेपालभरिका कोइँच सम्मेलित वनभोज कार्यक्रममा वल्लो किरात भूमि रामेछाप र ओखलढुंगाबाट निर्वाचित सभासद् यज्ञराज सुनुवार र आङ टावा शर्ेपालाई वधाई ज्ञापन गर्दै आदिवासी जनजाति कोइँचको मानव अधिकार सुनिस्चित हुने गरी संविधान लेख्न सक्नुस् भनि कलम र डाइरी हस्तान्तरण गर्दै र्सवमान्य संविधान लेखनको लागि सुनुवार सेवा समाजका अध्यक्ष मनप्रसाद सुनुवारले शुभ-कामना अर्पण गर्नु भएको थियो ।
कार्यक्रममा सभासद आङ टावा शेर्पाले कोइँच र शेर्पामा कुनै अन्तर नभएको वताउँदै आदिवासी जनजाति कोइँचले सडकमा उठाएको कुरा सभासद् यज्ञराज सुनुवारसँग मिलेर संविधान सभामा उठाउने प्रतिवद्धता जाहेर गर्नुभयो । सभासद यज्ञराज सुनुवारले भने यो देश खसबाहुन एकल जातिको पेवा भएको जिकीर गर्दै बहुपहिचानसहितको संघीयता आवश्यभएको बताउनु भयो । उहाँले आदिवासी जनजातिले घर बसेर गाली गर्ने चलनलाई त्याग्नु पर्ने बताउँदै आम आदिवासी जनजाति कोइँच र सुनुवार सेवा समाजले उठाएको कुरालाई अक्षरस संविधानसभामा उठाउने प्रतिवद्धता जाहेर गर्दै भन्नुभयो, – म आदिवासी जनजाति कोइँचको शिर ढल्ने खालको काम गर्ने छैन । मेरो राजनीतिको कखरा मेरो आमाबुबा घर परिवार मात्र नभएर सबै कोइँचको योगदान रहेको हुँदा पनि मैले त्यो पुरानो ऋण तिर्नु छ । सुनुवार सेवा समाजले संविधानसभामा उठाउनु पर्ने कुरालाई निर्ण्र्ाागरेर दिओस् । त्यो मुद्दालाई संविधान सभामा यज्ञराज सुनुवार एक्लो कोइँच भए पनि आदिवासी जनजाति कोइँच मानव अधिकार सुनिस्चितताको लागि लडीरहने छ भन्ने विश्वास दिलाउन चहन्छु ।
काठमाठौं, भक्तपुर र ललितपुरबाट तीन वस कोइँचहरुको वनभोजस्थलमा पुगेका थिए भने धेरै कोइँचहरु व्यक्तिगतरुपमा निजी यातायातबाट कार्यक्रमस्थल पुगेका थिए । आदिवासी जनजाति कोइँचको ऐतिहासिक थलो सोलु, दोलखा, ओखलढुंगा, सिन्धुली, उदयपुरलाई वल्लो किरात स्वायत्त प्रदेश घोषणा गर्दै २०६३ सालदेखि सुनुवार सेवा समाजले सदन र सडकमा निरन्तर दबाबमूलक कार्यक्रम गर्दै आएको छ ।
