All about Sunuwar

News

now browsing by category

 

भव्यरुपमा प्रथम जिल्ला सम्मेलन सम्पन्न

चुप्लु दाम्लोच
सिन्धुली । वल्लो किरात चाहिन्छ, कोइँचभूमि फिर्ता ल्याइन्छ, हा हा हाँसाल हाँसाल । परम्परागत वाद्यवादनको साथमा गीत गाउँदै परम्परागत भेषभूषामा सजिएका सिन्धुलीवासी कोइँचहरुले जिल्ला सदरमुकाम माडी बजार परिक्रम गरे । लामवद्ध भएर रमितेहरु सडकको दर्ुइ किनार थिए । कोही मोबाइलमा फोटो खिचीरहेका थिए । कोही र्‍यालीमा पसेर नाच्दै थिए । शनिवारे हाटको दिन माडी बजार एक तमासले हर्षोल्लास मनाइरहेको थियो ।
आजभन्दा लगभग १५ वर्ष अगाडि सुनुवार सेवा समाज सिन्धुली गठन भए पनि यसरी जिल्लामा कार्यक्रम भएको थिएन । जिविस सभाहलको प्राङ्गणबाट शुरु भएको झाँकी परिक्रम पुनः सभाहलमै आएर सभामा परिवर्तन भएको थियो । विभिन्न राजनीतिक पार्टी आदिवासी जनजाति संघसंस्थाहरुको उपस्थितिमा सुनुवार सेवा समाज जिल्ला समिति, सिन्धुलीको प्रथम जिल्ला सम्मेलनले महेन्द्र बसुको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्य समिति निर्विरोध निर्वाचित गरेको छ । उपाध्यक्षमा रामबहादुर सुनुवार सचिव र्सर्ूयवहादुर सुनुवार कोषाध्यक्षमा पवित्रा सुनुवार र लालबहादुर सुनुवार, छत्रबहादुर सुनुवार, रश्मिला सुनुवार सदस्य रहेका छन् ।

प्रथम जिल्ला सम्मेलन

सुनुवार डट ओआरजि समाचारदाता ।
सिन्धुली, १९ चैत्र । सुनुवार सेवा समाज जिल्ला समिति सिन्धुुलीको प्रथम जिल्ला सम्मेलन यही चैत्र २२ गते शनिवार कमलामाई नगरपालिका सिन्धुलीमाडीमा हुँदै छ भने सुनुवार सेवा समाज केन्द्रीय समितिले २३ गते आदिवासी जनजाति कोइँचको कुलपुरोहित नाअसोहरुको राष्ट्रिया भेला गर्ने भएको छ । सुनुवार सेवा समाजको इतिहासमा राष्ट्रियस्तरको कार्यक्रम मोफासलमा गरेको यो पहिलो हो ।

सुधारिएको चूलो अभियानमा धमिराको योगदान

सोम सुनुवार
इलाम, चैत १६/मानिसभित्रको उत्सुकताले हामीलाई धेरै कुराहरु दिलाएको छ । असहज र निकम्मा जस्ता लाग्ने बिषय पनि उसभित्रको सृजनशिलताले उपयोगी वनाएको हुन्छ । मानिस प्रकृतिमा भएका कतिपय यस्ता चिजवस्तुलाई प्रयोग योग्य वनाई छाड्छ । जसको उपयोगिता अनि महत्व पनि उत्तिकै वढी हुने गर्दछ ।
त्यस्तै हेर्दा सामान्य लाग्ने एक प्राकृतिक वस्तुको प्रयोग गरेर फाइदा लिइरहेका छन् इलाम, नामसालिङ, सोयाकलगायत गाविसका बासिन्दाले । त्यो हो–धमिराको देवल । हो, धेरैले झरि परेका बेला उम्रिएको मिठो देवले च्याउ खान पाइने भएकाले त्यसलाई उपयोगी ठान्दथे होलान् । तर, अहिले सुधारिएको चूलो वनाउने अभियान चलेकै बेला धमिराले उठाएको देवलको माटो प्रभावकारीसिद्ध भएको छ ।
‘नरम हुने भएर सुधारिएको चूलो बनाउन धमिराको देवलको माटो प्रयोग गऱ्यौं’–नामसालिङ–६ की गृहिणी सिता सुवेदी भन्छिन्–‘अनि, चुलो लिप्न पनि हामी त यही प्रयोग गर्छौं ।’
गाउमा धेरैले यसको प्रयोग गरिरहेका छन्’–नामसालिङ–८ की शर्मिला देवान अगाडि भन्छिन्–‘यहां त देवल पनि प्रसस्तै पाइन्छ । चूलो र भान्सा घर दुबैमा लिप्न साह्रै राम्रो छ देवलको माटो ।’
यता गाविसकै वडा नम्बर–४ की टङ्ककुमारी घिमिरे पनि देवले माटोकै प्रयोग गरी सुधारिएको चूलोको पुन: निर्माण गर्ने पक्षमा छिन् ।
त्यस्तै जिल्लाको सोयाक–७ निवासी प्रेम सुनुवारले पनि यसको प्रयोग बारे सुनेका वताए । साथै उनले गाउमा छिमेकीहरु धमिराको देवलको माटोबाट सुधारिएको चूलो वनाउने योजना बनाइरहेकासमेत बताए ।
नामसालिङ, सोयाक, दानाबारीलगायत दर्जनौ गाविस तुलनात्मक रुपमा गर्मी क्षेत्रमा पर्दछन् । यहां धमिराको प्रकोप निकै रहेको स्थानीय बताउछन् । धमिराको पर्याप्ततासंगै देवलको संख्या पनि अनगिन्ती पाइन्छ । त्यसैले गाविसका धेरैले देवलको माटो प्रयोग गर्न थालेका स्थानीयको भनाई छ । त्यही प्राकृतिक वस्तुको प्रयोगले आज एउटा महत्वपूर्ण अभियानलाई नै सघाउ पुगेको छ ।
सन २०१७ सम्म नेपाललाई भान्सा घरभित्रको धुवां प्रदुषण मुक्त देश वनाउन सरकारले चलाएको अभियानलाई सफल पार्न धमिराकोसमेत योगदान उल्लेख गर्न पाउदा हामीलाई गर्ब लाग्नु स्वभाविकै हो ।
जिल्लाका बिभिन्न गाविसका वासिन्दा यतिखेर सो अभियान सफल पार्न लागिपरेका छन् । इलाममा अपनाइएको यस्तो प्रबिधि देशका बिभिन्न भागमा किन नअपनाउने ? अभियान चलेका सबै भागमा मानिसका लागि समेत यो सनदेश लाभकारी हुन सक्तछ ।

गाउलेहरुलाई अधिकारका कुरा सिकाउन पाउदा दङ्ग छन् पृथसिंह

सोम सुनुवार
इलाम, चैत १०/आफूले सिकेका कुरा गाउंघरमा गई अरुलाई सिकाउन पाउदा पुवामझुवा–३ का पृथसिंह सुनुवार दङ्ग परेका छन् । गाविस कार्यालयको सहयोगमा स्थानीय मानव अधिकार तथा मेलमिलाप समितिले आयोजना गरेको मानव अधिकार मेलमिलाप जानकारी तथा सचेतना कार्यक्रम सफलतापूर्बक सम्पन्न गरेपछि उनले आफू निकै उत्साहितसमेत भएको बताएका छन् ।
सुनुवारले मानव अधिकार मञ्च नेपाल इलामले २०६८/६९ मा बर्ष दिनभरि बिभिन्न चरणमा सञ्चालन गरेको प्रशिक्षक प्रशिक्षण (टिओटी) तालिममा प्राप्त ज्ञान, शिपलाई आफ्नै गाउलेहरुबिच वाडेका हुन् । त्यसो त उनी एक्लैले सबै तालिम सम्पन्न गरेका भने होइनन् । साथमा थिए मानव अधिकार मञ्च नेपाल, इलामका गायत्रा रेग्मी र पुवामझुवा गाविस कार्यालयकी सामाजिक परिचालक शान्ति गुरुङ पनि ।
गाविस कार्यालयको ३३ हजार रुपैंयाको आर्थिक सहयोगमा समितिले बिभिन्न चार स्थानमा कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा गाविसका ८७ महिलासहित एकसय ४५ जनाले भाग लिएका थिए । पुवामझुवाको वडानम्बर–१ स्थित लक्ष्मी दुग्ध सहकारी संस्थामा सञ्चालित कार्यक्रममा ४२ जनाको सहभागिता थियो । वडानम्बर–४ स्थित शिद्धार्थ प्राविमा भएको तालिममा ३८ ले भाग लिएका थिए । त्यस्तै पुवामझुवा–५ को वालमिकी निमाविको कार्यक्रममा ३६ जनाको सहभागिता थियो भने वडा नम्बर–८ को बाघखोर स्थित जनहित दुग्ध सहकारी भवनमा भएको कार्यक्रममा २९ जनाले भाग लिएका समितिले जनाएको छ ।
मानव अधिकार र अधिकारभित्र के कस्ता कुराहरु पर्छन्, न्यायिक र अर्धन्यायिक मुद्धा के के हुन्, स्थानीय स्तरमा कस्ता मुद्धा मात्रै जिम्मा लिएर मिलाउन सकिन्छ आदि जस्ता बिषयको जानकारी दिलाउने उद्धेश्यले कार्यक्रमको आयोजना गरेको समिति अध्यक्षसमेत रहेका सुनुवारले जानकारी दिए ।

सुनुवार समाज हङकङद्वारा सहयोग प्रदान

hongkongसुनुवार डट ओआरजी समाचारदाता ।
काठमाडौ, चैत्र ९- सुनुवार समाज हङकङद्वारा स्व. गोपाल सुनुवारका छोरी रुबी सुनुवारलाई समाजको सहयोग कोषबाट सहयोग दिने प्रावधान अनुसार रु ५३,००० प्रदान गरिएको छ । उक्त अवसरमा सुनुवार समाज हङकङका निवर्तमान अध्यक्ष नरेश सुनुवारले हङकङका सुनुवारहरुको बारेमा प्रस्टाउदै समाजको उपलब्धीबारे जानकारी गराउनुका साथै उक्त रकम सुनुवार सेवा समाज केन्द्रीय समितिका अध्यक्ष श्री मनप्रसाद सुनुवार मार्फत हस्तान्तरण गरियो ।

हार्दिक समावेदना

हाम्रा परममित्र तथा नेपाली काँग्रेस ओखलढुंगा जिल्ला सभापति प्रदिपकुमार सुनुवारको पूजनीय बुबा पूव प्रधानपञ्च तथा जिल्ला विकास समिति सदस्य सन्तबहादुर सुनुवारको आज विहान उपचारको क्रममा ओम अस्पताल, चावहिलमा असमायिक स्वर्गारोहण हुनु भएको हुँदा उहाँको आत्मले बुइश-शि लाँ प्राप्त गरोस् भनी इँगिहोपोसँग पर््रार्थना गर्दै यस दुःखद घडीमा शोक सन्तप्त सम्पर्ूण्ा आफन्त तथा परिवारजनलाई परमप्रभू देयिलिकि, शाँदार देयि, इँगिहोपो, याब्लेगुब्लेले सहनशक्ति प्रदान गरुन् भन्ने कामनासहित हार्दिक समावेदना प्रकट गर्दछौं ।
-सुनुवार डट ओआरजि, दुर्दा डट कम, चुप्लु समाज, क्युइँतबु कल्याण कोष परिवार ।

कोइँच मातृभाषाको पठनपाठनको लागि वहस पैरवी शुरु हुने

सुनुवार डट ओआरजि समाचारदाता ।
३ चैत्र, यालाखोम । प्रत्येक कोइँच गाउँमा कोइँच (सुनुवार) मातृभाषाको पठनपाठन गराउन सुनुवार सेवा समाज केन्द्रीय समितिले सबै गाउँ, जिल्ला समितिलाई निर्देशन गरेको छ । कोइँच भाषामा पाँच कक्षासम्म विद्यालय पाठ्यपुस्तक निर्माण गरेको सात वर्ष कटे पनि अहिलेसम्ममा पठनपाठन हुन सकेको छैन । तर कोइँच पाठ्यपुस्तक पढाउनका लागि रामेछाप, ओखलढुङ्गा, इलामा, पाँचथरमा शिक्षक प्रशिक्षण भने सम्पन्न भइसकेको छ । यसर्थ सरकारले आफ्नो मातृभाषामा पठनपाठन गर्न पाउने अधिकर सुनिस्चित गरे पनि कोइँचहरु आँपै+m कोइँच भाषामा पठनपाठन गर्न हच्किएको हुँदा गाउँ गाउँबाट मातृभाषामा शिक्षाको लागि जागरण ल्याउन सुनुवार सेवा समाजले मातहतको स्थानिय समितिलाई निर्देशन गरेको छ ।
मातृभाषा पठनपाठन गर्नको लागि विद्यालय व्यवस्थापन समितिले शैक्षिक सत्रको अन्तिममा आगामि वर्षो लागि बजेट तयार गरी जिल्ला शिक्षा कार्यालयमा पेश गर्ने बैठकमा निर्णय गर्नु पर्ने हुन्छ । अहिले प्रत्येक विद्यालयमा अन्तिम विद्यालय व्यवस्थापन समितिको बजेट पारित वैठक बसीरहेको हुँदा कोइँच मातृभाषा पठनपाठनको लागि वहस पैरबी गर्न समाजले निर्देशन दिएको समाजका उपाध्यक्ष रणवीर सुनुवारले बताउनु भयो ।