News
now browsing by category
वल्लो किरात स्वायत्त प्रदेशको माग गर्दै प्रदर्शनी : गाउँ गाउँबाट आन्दोलनको तयारी
कोइँचबु काःतिच
दोलखा सदरमुकाममा परम्परागत हातहतियार, विभिन्न घरेलु सामाग्री, परम्परागत आदिवासी जनजातिय भेषभूषामा सजिएर ढोल झयाम्टा बजाउँदै आदिवासी जनजाति कोइँचहरुले वल्लो किरात स्वायत्त प्रदेशको माग गरेका छन् । के वृद्ध, के बालबालिका, के विकलङ्गा सबै कोइँचहरु दोलखा जिल्ला सदरमुकाममा जम्मा भएर झाँकीसहित पर््रदर्शनीले बजार परिक्रम गर्दा चरिकोट सातदोबाटोमा अरनिको राजमार्गमा चल्ने यातायात, एक घण्टाभन्दा बढी समय बन्दा भएको थियो ।
गत साउनमा सुनुवार सेवा समाज दोलखा जिल्ला तदर्थ समिति गठन भएपछि दोलखा जिल्ला सदरमुकाममा पहिलो पटक कोइँचहरुले यसरी आफ्नो भूमि र हकअधिकारको लागि पर््रदर्शनी गरेको हुन् । इइँ आम लोः पाइ, इइँ आम ओलो, मुलकेम राइताइ, वल्लो किरात स्वायत्त प्रदेश सुनिस्चित गर, वल्लो किरात जिन्दावाद, सुनुवार सेवा समाज जिन्दावाद, आदिवासी जनजाति कोइँचको मानव अधिकार सुनिस्चित गर, जस्ता विभिन्न नारा लेखिएको प्लेकार्ड प्रत्येक कोइँचको हात-हातमा थियो । विगतमा जस्तो लाज, धक र आत्मग्लानी कुनै पनि कोइँचको अनुहारमा देखिँदैन थ्यो । सबै हाँसीखुशी, ढोलझयाम्टाको तालमा गीत गाउँदै रमाइलो गरिरहेका थिए भने सडकपेटी वरपर, घरको छत, झयाल, ढोका, वार्दलीमा मानिसहरु लामवद्ध भएर रमिता हेरिरहेका थिए । प्रहरीले अगाडि पछाडि स्कर्टिङ गरिरहेको थियो । चरिकोट सातदोबाटोबाट जिल्ला विकास समिति, जिल्ला प्रशासन कार्यालय जस्ता महत्वपर्ूण्ा कार्यालयतिर झाँकीसहितको र्यालीलाई जान दिइएन । Read More
भव्यरुपमा दोलखा सुनुवार सेवा समाजको प्रथम सम्मेलन हुँदै पहिचानको संकट
“हामीलाई कामी भनियो । डि.एस.पि, सि.डि.यो.अरुमा अनुरोध, हामीलाई कामी भन्नेलाई कारवाही गरियोस् ।”– ठूलो पाताल जिल्लाका अध्यक्ष लालबहादुर सुनुवारले आप्mनो पहिचान संकटमा परेको सन्दर्भमा आज सुनुवार सेवा समाज प्रथम जिल्ला अधिवेशनको अवसरमा प्रशासनलाई जानकारी गराउनु भयो । दोलखा जिल्लाका कोइँचहरु पहिलो पटक सुनुवार सेवा समाज, जिल्ला तदर्थ समिति गठन गरि प्रथम जिल्ला सम्मेलन आयोजना गरेको छ ।
भर्खरै प्रमुख अतिथि सुनुवार सेवा समाज केन्द्रीय समितिका अध्यक्ष मनप्रसाद सुनुवारले व्यानर अनवरण तथा नाअसो खुसबहादुर सुनुवार, ग्याँमि नरमाया सुनुवारहरुले जोर सागुन राखेर पिदार गरी कार्यक्रम उद्घाटन गर्नु भएको छ ।
अहिले दोलखाभरिका कोइँचहरु जिल्ला सदरमुकाम चरिकोट, चरिघेङको ए वान पार्टी प्यालेसमा जम्मा भएका छन् । यहाँ धुमधाम मलिन वातावरण छ । लोडसेडिङबाट यहाँ पनि अछुतो रहन सकेको छैन । पुरै चरिकोट कोइँचमय बनेको छ । ठूलो पातल तथा हाँवाबाट पाँच वस गाडीमा रिजार्भ सदरमुकाम आएर बजार परिक्रम गर्दा सडकको वरिपरि लामबद्ध भएर रमिता हेरेका थिए । अहिले नेपाल आदिवासी जनजाति महासंघ दोलखाका जिल्ला अध्यक्ष जंगबहादुर गुरुङ बोली रहनु भएको छ । उहाँले राजनीतिक पार्टीले अनुरोध गर्नु भयो, राजनीतिक पार्टीहरुले आदिवासी जनजातिको कार्यक्रमलाई जुहारी खेल्ने फोरम नगरी दिनुहोला ।
भव्यरुपमा साँस्कृतिक कार्यक्रम सम्पन्न : तर उठाउनु पर्ने पहिचानको मुद्दा ज्यूँका त्यूँ
काठमाडौं । साँस्कृतिक कार्यक्रम भनिए ता पनि आधा समय आशनग्रहण तथा मन्तव्यको औपचारिक र आधा गीत, संगीत, नृत्यको मनोरञ्जनात्मक कार्यक्रम सहित साँढे तीन घण्ट सुनुवार सेवा समाजको भवन कोटेश्वरमा उपस्थित कोइँच दर्शकलाई भर्पूर मनोरञ्जन दिँदै सुनुवार कलाकार तथा चलचित्रकर्मी समाजको दोस्रो विविध साँस्कृतिक कार्यक्रम सफलताका साथ सम्पन्न भएको छ । कार्यक्रम उद्घाटनको क्रममा प्रमुख अतिति सभासद यज्ञराज सुनुवारले अबको संविधान सभामा कोइँचको संस्कार संस्कृतिका बारेका बोल्ने छु भन्ने प्रतिवद्धता जाहेर गरेका छन् । यसको लागि सुनुवार सेवा समाजले उहाँलाई निर्देश गर्नु पर्ने कुरा पनि कार्यक्रममा राख्नु भयो । Read More
हिउं–पानी पर्दा स्थानीयमा खुशी
सोम सुनुवार (काःतिच)
सुनुवार डट ओआरजी, इलाम प्रतिनिधी, ६ फागुन ।
मेची मार्ग अन्तर्गत पाँचथरकोे पौवा भञ्ज्याङ खण्डमा गएको आइतबारदेखि बर्षातसँगै हिमपात भएपछि स्थानीय हर्षित भएका छन् । यसै पनि पौवामा हिउं परेको सुन्नासाथ मेचीका धेरै भागबाट चिप्लेटी खेल्न मानिसहरु ओइरिने गर्छन् । ‘हिउं पर्यो, रिम्स्योन दुम्त (राम्रै भयो)’ स्थानीय रुद्र सुनुवार भन्छन्–‘मानिस आउनु भनेको यहां दमी (रुपैंयां) फल्नु हो ।’ अधिकांश कोइंच र केही मात्रामा शेर्पालगायतको समुदायका मानिसहरुको वसोबासो रहेको छ सो स्थानमा । उनीहरुले होटल अनि व्यापार चलाएका छन् ।
होटल व्यवसाय गर्नेकालागि त राम्रो भयो नै । खेतीपाति गर्ने किसानकालागि पनि हिउं–पानीले अझ खुशी थपेको छ । ‘हिउं पर्यो, यो बर्ष वालिनाली सप्रिन्छ’ पाँचथरकै नाम्दु–मजुवाकी कर्णमाया सुनुवार खुशी व्यक्त गर्दै भन्छिन्,‘ यस भेगमा लगाइएको आलु बालीलाई फाइदा पुगेको छ ।’
यता इलामको बाघखोर, चैते, जौवारी, चनाउटे, नयाँ बजार, माइमझुवालगायत लेकाली भागमा समेत हिउ परेको छ । केही कष्टकर जनजीवनका बाबजुद यहाँका मानिस पनि हिमपातका कारण हर्षित छन् ।
पुवामझुवा–८ का धनबहादुर सुनुवारका अनुसार चैतेमा आलु बालीकालागि राम्रो भएको छ । त्यस्तै सोही गाविस वडा नम्बर–९ की डिल्लीमाया सुनुवारले बिभिन्न थरिका कोपीको नर्सरी गुम्मजमै भएकाले समस्या नभएको बरु अव तत्कालैदेखि वेमौशमी कोपी लगाउन मिल्ने गरी जग्गा भिजेको छ ।
‘लेकतिर हिउ खेल्ने मानिसहरुको आवतजावतले ग्रामीण वजारहरुमा अहिले साना होटलहरु राम्ररी चलेका छन्’ इलाम, बाघखोरकी लालमाया सुनुवार भन्छिन्–‘हिउं पर्दा रमाइलो पनि छ ।’
चिसोमा लाउने अनि खाने र पिउनेको उचित व्यवस्थापन गर्न सके यस्ता व्यापारीक केन्द्रमा बसोवास गर्ने कोइंचले मात्रै नभई सबैले राम्रो आर्थिक लाभ लिन सक्ने सम्भावना छ । यस्तो मौकामा पाहुनालाई ‘फाल्गी’ (सुनुवारी खाना¬¬) खुवाउन सके कति माज्जा आउंथ्यो होला ? तत् क्षेत्रका कोइंचह्ररुले पहिचानसहित यस्ता खाद्य तथा पेय पदार्थ प्रस्तुत गर्नेतिर ध्यान पुर्याउन् ।
नसुध्रिएको आदिवासी जनजाति चरित्र
-कोइँचबु काःतिच
पस्चिमा सोचाइ, तौरतरिकाको लगातर प्रयोगलाई हामीले हाम्रो बुझाइ, सोचाइबाट अलग गर्नु पर्छ । यदि हामीले हाम्रो खोज तलासमा, हामी आदिवासी जनजातिको आफ्नो विशिष्ट भिन्न छाप, चिन्ह वा पन मौजुद राख्न सकेनौ भने हाम्रो जीवन भोगाइमा बाहिरी ज्ञान एकिकृत हुनु भन्दा हाम्रो सोचाइशैली उल्टो बाहिरीया भै दिन्छ । – आदिवासी लाकोटा समुदायका विद्वान चेरिल क्रेजी बुलले भने जस्तै हिजोआज नेपालका आदिवासी जनजातिको सोचाइ शैलीको उल्टो दिशामा कुदीरकेको छ ।(जन पोर्सर्ाार) साँच्चीकै हाम्रा नेपालका आदिवासी जनजातिको सोच्ने तौरतरिका कि त हिन्दु दर्शनमा आधारित छ कि त क्रिस्चियन । खोइ त हामी आदिवासी जनजाति कोइँच, रादु, याक्थुङ, तमु, मगर, तामाङ, थारु, शर्ेपापानको सोचाइ ?
फेरि पनि आदिवासी जनजातिको नाममा खसबाहुन र उत्पीडक समुदायको पर््रवर्द्धन । भन्नेबेला आदिवासी जनजातिको सामुहिक अधिकार खोक्ने गर्ने र भन्ने बेला उही खसीकरण र वाहुनवाद । नेपाल आदिवासी जनजाति महासंघको संघीय परिषद्को वैठकमा त्यस्ता केही घटनाहरु देखा परे । केही संघीय परिषद सदस्यले आदिवासी जनजातिको परम्परागत वा प्रतिनिधिमूलक संस्थाको प्रतिनिधित्वलाई लात मारेर महिला र ठूलो जनसंख्या भएकाहरुलाई समानुपातिक प्रतिनिधित्वको व्यवस्था महासंघमा गर्नु पर्ने जिकिर गरे । Read More
ल हेर्नुहोस्, तपाईँ कहाँ हुनुहुन्छ : कोइँच सम्बन्धि मिथ्याङ्कट्ट विभागको तथ्याङ्क
ल हेर्नुहोस्, तपाईँ कहाँ हुनुहुन्छ ः कोइँच सम्बन्धि मिथ्याङ्कट्ट विभागको तथ्याङ्क
हिजो मैले पोस्ट गरेको वाल पोस्टमा कोइँचको उपस्थिति ५५ भनेको थेँ तर आज त ५३ पो देखि पठाएँ । कि के हो सिकारीको छोरा गुलिलीले सिस् राम्ररी ताक्न सकेना कि । आँफै पनि हेर्नु होला ।
२०५८ २०५८ २०६८
जिल्ला जनसंख्या भाषा जनसंख्या पुरुष महिला
पर्ूवाञ्चल
ताप्लेजुङ १३०३ ७९५ १३८२ ६२० ७६२
संखुवासभा ११२ ४ ५५ २६ २९
सोलुखुम्बु २६२ १६३ ३२३ १४५ १७८
पाँचथर १९८५ १४९१ १९२७ ९७२ १०१५
इलाम ३६०४ २२१५ ३८७३ १८६९ २००४
धनकुटा ७८ १ ९२ ४९ ४३
तेह्रथुम ९७ ४३ १०३ ४३ ६०
भोजपुर १६१ ५० २२९ १०७ १२२
ओखलढुंगा ५५९८ ४०४६ ४४१४ २०७६ २६६२
खोटाङ ६२७ ६९२ ५४२ २५३ २८९
उदयपुर २२३० ४१२ २७९५ १३३४ १४६१
झापा १९०० ८५५ २३९० ११५५ १२३५
मोरङ १०१९ २१९ २०११ १०४१ ९७०
सुनसरी १४२६ ५५८ १२८८ ६२७ ६६१
सप्तरी १७०६ ३ १५८३ ७५८ ८२५
सिरहा २७०६ ८७ १५०७ ७३८ ७६९
Read More

