News
now browsing by category
काँकडभित्ताका सुनुवारहरु संस्कारका लागि जागे
ओआरजी सम्वाददाता ।
काँकडभित्ता, झापा, बैशाख २८ । सुनुवार सेवा समाज काँकडभित्ता नगर समितिद्वारा शाँदारसिल प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । उक्त प्रशिक्षण कार्यक्रम बैशाख २२–२६ गतेसम्म भव्य रुपमा सम्पन्न भएको थियो ।
सुनुवारहरुको मौलिक संस्कृति जगेर्ना गर्नका लागि काँकडभित्ताका सुनुवारहरुको विशेष पहलमा आयोजना गरिएको उक्त कार्यक्रममा सुनुवारहरुको प्रगतिका लागि भाषा, संस्कृतिको विकासमा कसरी जोड दिने भन्ने कुरामा वृहत छलफल भएको थियो । छलफल कार्यक्रममा जिल्ला समितिसँग समन्वय गरेर केन्द्रीय समितिसँग संस्कृति संस्कार जगेर्नाका लागि अगाडि बढ्ने कुरा नगर समितिका सचिव तीर्थ सुनुवारले बताए ।
सुनुवारहरुको संस्कार र संस्कृति कसरी जगेर्ना गर्न सकिन्छ भनेर नगर समितिका पदाधिकारीहरुबीच वृहत छलफल भएपछि प्रशिक्षक झिकाएर प्रशिक्षण दिने निधो गरेको र यसलाई आगामी दिनमा निरन्तर दिने कुरा नगर समितिका संयोजक गोपाल सुनुवारले बताए । साँच्चै संस्कृतिको जगेर्ना गर्ने जाँगर सुनुवारहरुमा भए आफ्नो भेषभूषा र संस्कारलाई जोगाउनुपर्ने अति जरुरी रहेको र यसैले नै सबै सुनुवारहरुलाई एउटै घेरामा बाँधेर अगाडि बढेको खण्डमा विकास हुने कुरा प्रशिक्षक तथा सुनुवार सेवा समाज ललितपुर जिल्ला समितिका कोषाध्यक्ष श्याम सुनुवारले बताए ।
कार्यक्रममा काँकडभित्ता नगर समितिका सुनुवारहरुको वृहत उपस्थिति रहेको र आगामी शाँदारपिदारमा शनिश्चरेस्थित हुने शाँदारपिदारमा भव्य रुपमा उपस्थिति जनाउने कुरा नगर समितिका अध्यक्षले बताए । कार्यक्रमको संयोजन गोपाल सुनुवारले गरेका थिए भने प्रमुख प्रशिक्षक सुनुवार सेवा समाज ललितपुर जिल्ला समितिका कोषाध्यक्ष श्री श्याम सुनुवारको आतिथ्यमा सम्पन्न भएको थियो ।
सुनुवार सेवा समाजको रजत वर्ष कार्यक्रम समापन
सुनुवार डट ओआरजि समाचारदाता
२५ वैशाख, कोटेश्वर । पहिचान र समानताको लागि प्रतिवद्धता नारा सहित सुनुवार सेवा समाज रजत वर्ष समापन भएको छ । यस अवसरमा सुनुवार सेवा समाजका संस्थापक, सुनुवार सेवा समाजलाई योगदान पुराउनु हुने महानुभावहरु कल्याण कुमार कार्की, डा. दोर्ते ब्लोचर्स, डा.लाल रापचा, चम्पक सुनुवार लगायत व्यक्तिहरुलाई सम्मान गरियो । साथै किरण मुखिया, बुद्धिबहादुर सुनुवार, जंगबहादुर सुनुवार युके लगायत सुनुवार समाज हङकङ, किरात सुनुवार सेवा समाज युके, सुनुवार सेवा समाज कतारलाई कोइँच पहिचानको वारेमा अमुल्य योगदान दिनु भएको हुँदा सम्मान गरियो ।
यसै अवसरमा जुरिच युनिभर्सिटीका एसोसियत प्रोफेसर डा. वर्नर एग्लीलाई मानर्थ सदस्यबाट सम्मान गरियो ।
साथै सुनुवार सेवा समाजको वार्षिक साधारण सभा पनि १३ जिल्लाको प्रतिनिधिको समुपस्थितिमा सम्पन्न गरियो ।
सुनुवार सेवा समाजको २५ औं बर्षको उपलक्ष्यमा आयोजना गरेको फूटबल प्रतीयोगीताको आज समापन ।
सुनुवार डट ओआरजी सम्वाददाता ।
काठमाडौं, बैशाख १८ । किरात कोइँच स्पोर्टस क्लबले सुनुवार सेवा समाजको २५ औं बर्ष (रजत वर्ष ) उपलक्ष्यमा आयोजना गरेको फूटबल प्रतीयोगीता आज जावलाखेलको खेल मैदानमा समापन भएको छ । जसमा जनजाति चलचित्रकर्मी तथा पत्रकार टिमले ल.पू सुनुवार सेवा समाज टिमलाई ३ – २ ले पराजित गरेको छ । उक्त प्रतियोगीतामा तेस्रो आदिवासी जनजाति बुद्घिजीवि तथा राजनितिज्ञ भएको छ । फेएर टिमको उपाधी आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले प्राप्त गरेको छ त्यस्तै बेस्ट गोल किपर बल बहादुर सुनुवार, बेस्ट डिफेन्स शोम राज लिम्बू, बेस्ट मिड फिल्डर प्रशान्त सुनुवार, बेस्ट फरवार्ड संगम पुलामी मगर, बेस्ट पिल्यर बिकाश थापा र हाई स्कोर छोटु मगरले प्राप्त गरेको छ । कर्यक्रमको अध्यक्षता कोइँच स्पोर्टस क्लबका अध्यक्ष श्री समीर मुखीया सुनुवार र प्रमुख अथिति नेपाल आदिवासी जनजाति माहासंघका अध्यक्ष श्री नगेन्द्र कुमार कुमाल ज्यूले गर्नु भएको थियो ।
सुनुवार सेवा समाजको २५ औं बर्षको उपलक्ष्यमा आजबाट फूटबल खेल शुरु
सुनुवार डट ओआरजी सम्वाददाता ।
काठमाडौं, बैशाख ११ । कोइँच (सुनुवार) हरुको खेलकुद विकासमा सहयोग पु¥याउन स्थापना भएको किरात कोइँच स्पोर्टस क्लबले सुनुवार सेवा समाजको २५ औं बर्ष (रजत वर्ष ) उपलक्ष्यमा आजबाट फूटबल खेल शुरु गरेको थियो । प्री क्वाटरको ए साइडमा आदिवासी जनजाति चलचित्रकर्मी तथा पत्रकार र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान खेलेका थिए जसमा आदिवासी जनजाति चलचित्रकर्मी तथा पत्रकारले पेनाल्टीमा जित हसील गरेको थियो त्यसै गरी बी साइडमा आदिवासी जनजाति महासंघले लिखू भूजी यूथ कल्बलाई पेनाल्टीमा हराएको थियो । क्वाटर फाइनल खेलको ए साइडमा आदिवासी जनजाति बुद्घिजीवि र केन्द्रिय सुनुवार सेवा समाज बिच खेल भएको थियो जसमा आदिवासी जनजाति बुद्घिजीविले जित हात पारेको थियो त्यसै गरी साइड बी मा पेनाल्टीमा ल.पू सुनुवार सेवा समाजले आयोजक टिम कोइँच स्पिोर्टस क्लबलाई हराएको थियो । त्यसै गरी दोस्रो क्वाटर फाइनलको ए साइडमा फेरी पनि प्री क्वाटरको बिजेता आदिवासी जनजाति चलचित्रकर्मी तथा पत्रकारले सैबू सुनुवार सेवा समाज भैसेपाटीलाई हराएको थियो अबको खेल दोस्रो क्वाटर फाइनलको बी साइडका प्री क्वाटर बिजेता आदिवासी जनजाति महासंघ र स्काई सोसाइटी बिच र सेमी फाइनल हुनेछ ।
खेलहरु एकदमै प्रतिस्पर्धात्मक हुनुको सथै रोमान्चक पनि थियो त्यसै गरी खेल खेल्ने क्रममा केन्द्रिय सुनुवार सेवा समाजका खेलाडी नारायण सुनुवारको घाटी निरको हड्डी भाचेको छ । उहाँको अल्का २ मा उपचार भैरहेको छ । डक्टरका अनुसार उहाको भोली अपरेसन गर्नुपर्ने हुनसक्ने छ ।
बढ्दैछ सुनुवारी पोशाक मोह
सुनुवार डट ओआरजीकालागि इलाम प्रतिनिधी
कोइंच प्रतिज्ञा दिदी प्रतिष्ठा सुनुवारका साथ परम्परागत भेषभुषामा
उत्तरी इलाम, पुवामझुवा–३ का महिला अहिले सुनुवारी पोशाक तयार गर्ने काममा व्यस्त छन् । संस्कृति र परम्परा संरक्षणप्रति चासो राख्दै स्थानीय गङ्गा कुलुङ (सुनुवार) र गोमा सुनुवार एक महिनादेखि सुनुवारी पोशाक तयार पार्ने काममा व्यस्त छन् ।
उनीहरुले किशोरी, युवति तथा अन्य महिलाकालागि फेने, गुने–चोली, लुजेवासलगायका पोशाक तयार पारेका हुन् । त्यस्तै पुरुषकालागि कम्मरी र जालीरुमाल जस्ता पोशाक वनाउन उनीहरुले समय दिइरहेका छन् ।
उनीहरुले पहिले आफ्ना नानीहरु र परिवारकालागि पोशाक तयार पारेका छन् । अव माग बमोजिम सुनुवार सेवा समाजले निर्धारण गरे अनुसारका पोशाक तयार पार्न आफुहरु लाग्ने उनीहरुको भनाई छ ।
गङ्गा कुलुङ्ग भेषभुषाको रङ्ग संयोजनमा बिशेष ध्यान दिनुपर्ने बताउछिन् । पुवामझुवाली कोइचहरु पोशाक एकरुप वनाउनुपर्ने खाचो महसुस गर्न थांलेका छन् । अहिले गाउंमा महिलाकालागि आकाशे निलो कुचिनको चोली, रातो टिक्टिके गुने, पहेंलो पटुकी, आकाशे निलो फेने वनाएर लगाउने भएका छन् ।
धनुषा जिल्लाको दोस्रो सम्मेलन तथा सचेतना कार्यक्रम सम्मन्न ।
धनुषा, २९ चैत्र शनिबार । सुनुवार सेवा समाज जिल्ला समिति धनुषाको दोस्रो सम्मेलन यज्ञभूमी गाविसमा गम बहादुर सुनुवारको अध्यक्षतामा सम्पन्न भएको थियो जसका प्रमुख अतिथि केन्द्रिय सुनुवार सेवा समाजका अध्यक्ष श्री मान प्रसाद सुनुवार हुनुहुन्थ्यो । समेलनमा श्री शिव सुनुवारको अध्यक्षतामा १३ सदस्य निर्वाचित हुनुभएको थियो साथै कोइँच (सुनुवार) जातिको परम्परा संस्कार जन्म, मृत्यू, विवाह तथा भाषा सम्वन्धी एक दिने.सचेतना कार्यक्रम पनि संचालन गरेको थियो । कार्यक्रम आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानको सहयोगमा र सुनुवार सेवा समाज केन्द्रिय समितिको आयोजनमा सम्पन्न भएको थियो । कार्यक्रमको प्रक्षिक्षण भाष तथा संस्कृती विभाग प्रमुख श्री अमृत सुनुवारले दिनु भएको थियो ।
कोइँच कुल पुरोहित नाअ्सो पोइब राष्ट्रिय भेला सम्पन्न
सुनुवार डट ओआरजी सम्वाददाता ।
सिन्धुलीमाडी, चैत २४ । सुनुवार सेवा समाज केन्द्रिय समिति संस्कति तथा अनुसन्धान विभागको आयोजना तथा सुनुवार सेवा समाज सिन्धुली जिल्ला समितिको संयोजनमा प्रथम कोइँच (सुनुवार) कुल पुरोहित नाअ्सो पोइबको राष्ट्रिय भेला सिन्धुली सदरमुकामस्थित सिन्धुलमिाडीमा सम्पन्न भयो । उक्त सम्मेलनमा देशभरका बाह्र जिल्लाबाट ४९ जनाभन्दा बढी नाअ्सो पोइबको सहभागिता रहेको थियो ।
कार्यक्रममा सम्पूर्ण नाअ्सो पोइबले निकालेको निष्कर्षमा देश तथा विदेशमा रहेका कोइँच (सुनुवार) कुल पुरोहितहरुको संगठनका रुपमा नाअ्सो पोइब ग्यामी समाजको नामाकरण गरी सुनुवार सेवा समाज अन्तर्गत रहेर काम गर्ने निष्कर्ष निकालिएको छ । कार्यक्रममा होपो अलंकारिता पद सुनुवार सेवा समाजका अध्यक्ष मुलिच कार्यकारी प्रमुख संस्कृति विभाग ङावाच, गाउरोच आदि रहने समिति बनाउने घोषणा गरियो ।
उक्त भेलाका प्रमुख सुनुवार सेवा समाजका पूर्व अध्यक्ष ईश्वरकिरण सुनुवारले कोइँचको हरेक संस्कार र परम्परामा नाअ्सोको मुख्य भूमिका रहेको हुन्छ जसले हरेक संस्कार जन्म, मृत्यु, विवाह आदि कार्यमा प्रमुख भूमिका निर्वाह गर्छन् । त्यसैले आजको परिवेशमा हाम्रो समाजलाई पश्चिमा संस्कृतिको प्रकोपा गाँज्दै ल्याएको अवस्थामा नाअ्सोको भूमिका अपरिहार्य रहेको कुरा बताए ।
कार्यक्रममा सुनुवार सेवा समाजका केन्द्रीय अध्यक्ष मनप्रसाद सुनुवारले कोइँच सुनुवारहरुको आफ्नो मौलिक संस्कार र संस्कृतिलाई समयसापेक्ष परिमार्जन गर्दै लैजानुपर्ने भएकोले आजको आवश्यकता भनेको नाअ्सो पोइबहरुको संगठनात्मक संरचनाको जरुरी रहेका कारण यो भेला आयोजना गरिएको बताए ।
सो भेला कार्यक्रमका सहजकर्ता सुनुवार सेवा समाजका कामु सचिव तथा कोषाध्यक्ष उत्तमकुमार सुनुवार तथा अतीत मुखिया रहेका थिए भने सुसेस केन्द्रय समितिका अध्यक्ष मनप्रसाद सुनुवारको सभापतित्वमा सम्पन्न भएको थियो ।
