All about Sunuwar

News

now browsing by category

 

आदिवासी जनजाति चलचित्र महासंघको दोस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न ।

chalchitra_mahasangसुनुवार डट ओआरजि समाचारदाता ।
१२ श्रावण, काठमाडौं । आदिवासी जनजाति चलचित्र महासंघको दोस्रो राष्ट्रिय महाधिवेशन कोटेश्वर स्थित सुनुवार सेवा समाजको सभाहलमा सम्पन्न भएको थियो । प्रमुख अथितीमा सूचना तथा संचार मन्त्री डा. मिनेन्द्र रिजाल र सभाअध्यक्षमा प्रती माया पुन हुनुहुन्थ्यो । कार्यक्रममा निम्न पदादिकारीहरु चयन भएको थियो ।
अध्यक्ष : अमृत बहादुर सुनुवार
उपाध्यक्ष : टोमा लामा
उपाध्यक्ष : परशुराम चौधरी
उपाध्यक्ष : सुकुमाया मोक्तान
महासचिव : पुर्खाजित राई
सचिव : सृजना सुब्बा
सचिव : बिविश कुमार मगर
कोषाध्यक्ष : युग बहादरु गुरुङ
सहकोषाध्यक्ष :

इलाम, पाँचथर सुसेस सम्पर्क तथा षाँदरग्योर व्यवस्थापन समितिको साधारणसभा हुंदै

सोम सुनुवार (काःतिचा)
इलाम प्रतिनिधी, असार मसान्त । इलाम, पाँचथरको सिमावर्ती गाउँ विकास समितिका किरात सुनुवार (कोइंच) सम्मिलित संस्था सुनुवार सेवा समाज (सुसेस) सम्पर्क एबं ष्याँदर ग्योर व्यवस्थापन तथा विकास समिति, लुम्देको नवउं बाषिर्क साधारण सभा भव्य रूपमा अयोजना गरिने भएको छ ।

समितिका अधयक्ष बुद्ध सुनुवारका अनुसार यही साउन ९ गते रबी बजारस्थित गाविस भवनमा इलाम, पाँचथरका १० गाविसका कोइंच सदस्यहरूको सहभिगतामा साधारण सभा गिरंदैछ ।

सभामा सुसेस इलामका अध्यक्ष किरण मुखिया, पाँचथरका सन्तबहादुर सुनुवारलगायतका अगुवा तथा अथितिहरूको उपस्थिती रहनेछ ।

सो अवसरमा कोइंच शिललगायतका परम्परागत साँस्कृतिक बान्कीहरूसिहत रबी बजार परिकरमा गरिने कायकरमसमेत रहेको
समितिले जनाएको छ ।

सभामा मुख्य गरी अथिर्क छलफल गिरने छ भने काय योजनासमेत तय गरिनेछ ।

सो षाँदर ग्योर दुइ जिल्लाका तीनसय घरधूरीका करीव एक हजार पाँचसय कोइंच्हरूको अश्थाको केन्द्र हो । सो केन्द्रमा इलामका लुम्दे, जगुरमुखी, इभाङ, फुयँतप्पा गरी चार र पाँचथरका हांगुम, वलने, सराङडाँडा, अरूबोटे, लिम्बा र रबी गरी छ गरी जम्मा १० गाविसका कोइंच (सुनुवार) हरू अबद्ध छन् ।

लुम्देको माल्टेनीस्थित ष्याँदर ग्योर २०६१ सालमा स्थापना भएको हो । जसको उद्घाटन तत्कालीन सुसेस केन्द्रिय उपाध्यक्ष महेन्द्र मान सुनुवारले गरेका थिए ।

वल्लो किरात स्वायत्त प्रदेशको लागि तात्तिन लाग कोइँचहरु

सुनुवार डट ओआरजि समाचारदाता ।
३० जेठ, नयाँ बानेश्वर । करिब करिब निरास भएका आदिवासी जनजातिहरु आजको धर्ना कार्यक्रमले केही आशाको सञ्चार गरेको छ । नेपाल आदिवासी जनजाति महासंघको आयोजनामा २०७१ साल जेठ ३० गते शुक्रवार वृहत् रुपमा धर्ना कार्यक्रम सफल भएको छ । सो कार्यक्रमलाई सम्बोधन गर्दै सुनुवार सेवा समाज तथा वल्लो किरात संघीय राज्य परिषद्का अध्यक्ष मनप्रसाद सुनुवारले धर्ना कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिँदै अगामी आन्दोलन सशक्त बनाउन सहयोग पनि अपिल गर्नु भयो ।
५० भन्दा बढी कोइँच सुनुवारहरुको उपस्थिति रहेको महासंघको सदस्य संगठन सुनुवार सेवा समाज जत्तिकै अन्य सदस्य संगठनको सहभागिता न्यून देखिन्थ्यो । तर सुनुवार सेवा समाजको कार्य समिति तथा विभागमा पदासिन हुन जति खिचातानी गरिन्छ त्यत्तिकै कोइँचको मानवाधिकार सुनिस्चित गर्ने आन्दोलनमा सरिक भएको भने देखिएन । सुनुवार सेवा समाजकका सबैलाई फोन तथा मेसेज गरे पनि केन्द्रीय समितिका अध्यक्ष मनप्रसाद सुनुवार, प्रथम उपाध्यक्ष रणवीर सुनुवार, महासचिव समीर मुखिया सुनुवार, कोषाध्यक्ष उत्तमकुमार सुनुवार, सदस्य तथा संस्कृति तथा अनुसन्धान प्रमुख अमृत सुनुवार, सदस्य मोहन सुनुवार बाहेक अन्य सदस्यको उपस्थित नभएको गुनासो संस्थाका तर्पmबाट सूचना प्रवाह गर्ने कर्मचारीले बताएका छन् । टंककुमारी सुनुवार, बुद्धिबहादुर सुनुवार बाहेक अन्य सदस्य तथा पदाधिकारी उपत्यका भित्र भए पनि उपस्थिति भएको देखिएन ।
सुनुवार सेवा समाजका अध्यक्ष मनप्रसाद सुनुवारले अबको आन्दोलन सशक्त बनाउन सबैलाई सहयोग गर्न तथा समाजले आव्हान गरेको आन्दोलनमा सरिक हुन अनुरोध गर्नु भएको छ ।
सुनुवार विद्यार्थी समाजका कोषाध्यक्ष छविराज सुनुवारले अब आदिवासी जनजातिको आरक्षणको कोटामा पाउने सुविधाको लागि सुनुवार सेवा समाजले गर्ने सिफारिसमा पहिचान विरोधीहरुलाई सिफारिस नगर्न तथा सुनुवार सेवा समाजको सिफारिस वेगर कतै पनि आदिवासी जनजातिको कोटामा सुविधा उपाभोग गरिएको भेटिए रद्द गर्नु पर्ने विचार पनि राख्नु भयो ।
हुन पनि समाज अन्य कोइँचले आन्दोलनको सहयोग गर्न आव्हान विभिन्न सञ्चार माध्यममा नकरात्मक टिप्पणी गर्नेहरुका अभिलेख राखी सामाजिक बहिस्कार तथा आदिवासी जनजातिको सिफारिसमा कढाइ गर्न जिल्ला तथा गाउँ समितिहरुलाई निर्देशन दिन आन्दोलनकर्मीहरुले सुनुवार सेवा समाजलाई माग गरेका छन् ।
आन्दोलनमा सहभागी कोइँचहरु
मनप्रसाद सुनुवार, रणवीर सुनुवार, समीर मुखिया सुनुवार, उत्तमकुमार सुनुवार, अमृत सुनुवार, मोहनकुमार सुनुवार, गोपाल सुनुुवार, आशिस सुनुवार, शोभा सुनुवार, सागर सुनुवार, हेम सुनुवार, सुवास सुनुवार, विवेक सुनुवार, रमिला सुनुवार, मुना सुनुवार, सामुयल सुनुवार, चन्द्रप्रकाश सुनुवार, रमेश सुनुवार, असोक सुनुवार, तिलक सुनुवार, मनबहादुर सुनुवार, छविराज सुनुवार, कृष्ण सुनुवार, कान्छाराम सुनुवार, सरिता सुनुवार, जंगमाया सुनुवार, फत्तमाया सुनुवार, प्रविन सुनुवार, सविता सुनुवार, सूर्यप्रकाश सुनुवार आदि …

कतारमा किरातीहरुले उभौली चाड भव्यताका साथ मनाएँ

Dohaभानु सुनुवार, १७ मे, दोहा ।

किरातीहरुको महान चाड “सालिवा शाँदार पिदार÷साकेला उभौली÷यक्वा तङनाम, येले सम्वत्–५०७४ लाई तीन किरातीहरुले कतारमा शुक्रवारका दिन सुख, समृद्धि तथा शान्तिको कामना गर्दै भव्यताका साथ मनाएँ ।
कार्यक्रम मूल आयोजक समितिका संयोजक तथा सुनुवार सेवा समाज कतारका का.बा. अध्यक्ष नर बहादुर सुनुवारको सभापतित्व र नेपाल प्रवासी आदिबासी जनजाति महासंघ कतारका अध्यक्ष बिनेश तमाङ्गको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमा दोहामा स्थापित राजनीतिक, साजिक तथा जातिय संघ÷संस्थाका प्रतिनिधी, बुद्धिजिवी, समाज सेवी र व्यवसायिकहरुको आतिथ्य रहेको थियो ।
ब्यानर उद्घाटन तथा दिप प्रज्वोलन पश्चात उपस्थित सबैले सामुहिक राष्ट्रियगान गाएपछि कार्यक्रमले गति लिएको थियो । मूल समितिका उप– संयोजक तथा किरात राई यायोक्खा कतार शाखाका अध्यक्ष धिरज चाम्लिङ्ग राईले स्वागत मन्तव्य सहित यस चाडका बारेमा प्रकाश पारेका थिए । मूल समितिका उप– संयोजक तथा किरात याक्थुम चुम्लुङ कतारका अध्यक्ष लोकेन्द्र तुम्रुकले कार्यक्रममा सहभागी तथा कार्यक्रम सफल पार्न अहोरात्र खट्ने सबै किरातीहरुमा हार्दिक आभार तथा धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा उपस्थित अतिथी वक्ताहरुले कार्यक्रम सफलताको कामना सहित किरातहरुको महान चाड उभौलीका वारेमा आ–आफ्ना भनाईहरु राख्दै शुभकामना व्यक्त गरेका थिए । Read More

सुख, समृद्धि तथा शान्तिको कामना गर्दै शाँदार पिदारको शुभारम्भ

कोइँचबु काःतिच

बहुधार्मिक, बहुसाँस्कृतिक, बहुजातिय मुलुक नेपालका आदिवासी जनजाति किरात कोइँचहरुले सुुख, समृद्धि तथा शान्तिको कामना गर्दै किरातीहरुको महान चाड शाँदार पिदारको शुभारम्भ गरेका छन् । के बालक, के युवा, के वृद्ध सबै शाँदार पिदार गर्न उत्साहित र अल्हादित देखिन्थे आप्mनो महान चाड मनाउन पाउँदा । कुनै समय लिखु, खिम्ती नदी वरपरका भूभागमा मात्र मनाइने यो आदिवासी चाड अहिले विश्वव्यापी बनेको छ । हङकङदेखि बेलायतसम्म यस चाडको रौनक समानरुपमा चढेको छ । शाँदार पिदारको उपलक्ष्यमा कोइँच पुख्र्यौली भूमिमा मात्र होइन कोइँच बसोबास गरेको अन्य भूमिमा पनि विभिन्न कार्यक्रम गरिएको थियो । यस बर्ष पनि पाँचथर, इलाम, झापा, सर्लाही, सिन्धुली, ललितपुर, दोलखा, रामेछाप, सोलु, ओखलढुंगामा भव्यरुपमा शाँदार पिदार गरिएको छ । सुनुवार सेवा समाजका महासचिव समीर मुखिया सुनुवार, सुनुवार डट ओआरजिका पाम सुनुवार र सुनुवार सेवा समाज ललितपुरको सामुहिक नेतृत्वमा ललितपुर, हात्तिवनको शाँदार ग्योरमा पिदार गर्दै घर घर सुरो चोअतेक कार्यक्रम जारी राखिएको छ पुख्र्यौली भूमिमा जस्तै । अन्य स्थानमा भने सरकारले दिएको विदाको उपयोग गर्दै एक दिन शाँदार ग्योरमा पूजा आराधना गरी शाँदार पिदार मनाइएको छ । पाँचथर, इलाम, सर्लाहीमा भने शाँदार पिदार गर्नको साथै अन्य कार्यक्रम पनि गरियो । सुनुवार सेवा समाजका कोषाध्यक्ष उत्तमकुमार सुनुवारबाट सुनुवार सेवा समाज, जिल्ला समिति, पाँचथरको भवन उद्घाटन गरियो । सुनुवार सेवा समाजका अध्यक्ष मनप्रसाद सुनुवारको प्रमुख आतिथ्यमा सुनुवार सेवा समाज पुवा मझुवा इलाममा विभिन्न खेलकुद प्रतियोगिता तथा नृत्य प्रस्तुत् गर्नको साथै कोइँच संस्कार र संस्कृतिको संरक्षण तथा विकासका उपय र सुधार वारे अन्तरक्रिय समेत गरियो । सर्लाहीमा जिल्लाको विभिन्न आदिवासी जनजातिहरुको समुपस्थितिमा साँस्कृतिक कार्यक्रम प्रस्तुत् गरियो । किरातीहरुको प्रतिनिधिमूलक संस्था किरात सामन्वय समितिको विशेष पहलमा नेपाल सरकारले २०५८ साल देखि किरात चाड मनाउनेहरुका लागि मंसिरे पूर्णिमालाई विदा घोषणा गरेपछि देश विदेशमा किरात चाडको विस्तार भएको हो ।

इलाम–पााचथरमा धुमधामसित मनाइयो सालिवा षांदर पिदार

सोम सुनुवार
इलाम, १ जेठ/सुनुवार सेवा समाज (सुसेस) केन्द्रीय समितिका अध्यक्ष मनप्रसाद सुनुवारले पहिचानलाई प्रमुखता दिइनु पर्ने बताएका छन् । इलामको पुवामझुवामा आयोजित किरात सुनुवारहरुको उभौली पर्ब ‘सालिवा ष्यांदर पिदार तथा ष्यांदर सिल’ कार्यक्रममा बोल्दै उनले सुनुवारको मौलिक भाषा, संस्कृति, रीति र परम्पराको संरक्षण र संबद्र्धन गर्नु आजको प्रमुख काम भएको बताएका हुन् ।
इलाम, पांचथर, सिराहा र सुनुवारी थलो घर भई काठमाडौ कर्मथलो भएका सुनुवारहरुको बाक्लो उपस्थिती रहेको कार्यक्रममा सुसेस केन्द्रका उत्तम का:तिचाको पनि उपस्थिती थियो । उनी पांचथरको नाम्दुस्थित ष्यांदर ग्योरमा आयोजित कार्यक्रममा भाग लिएर पर्किने क्रममा यहां पनि निक्लिएका थिए । उनले पनि भाषा तथा संस्कृतिलाई जीवन्त राख्न सबैले सचेत र सक्रिय भई लाग्नु पर्ने बताए ।
सालिवा षांदर पिदार मूल आयोजक सतिती र सुसेस गाउ समितीले संयुक्त रुपमा आयोजना गरेको सो कार्यक्रममा हजारौंको उपस्थिती थियो ।
पिदार कार्जे गरी धुमधामसंग ष्यांदर सिल प्रदर्शन गर्नुको साथै शुभकामना समेत आदान प्रदान गरिएको थियो ।
जग्गनदाता र प्रमुख अतिथी सुनुवारलाई सम्मान गरियो भने त्यहां व्याडमिण्टनलगायत खेल पनि खेलाइएको थियो ।

किरात उभौली पर्ब एक, नाम र मनाउने तरीका अनेक

सोम सुनुवार
इलाम, बैशाख ३०/बैशाख पूर्णिमा बुद्ध जयन्ति अनि किरातहरुको उभौली पर्ब पनि । उभौली पर्ब बिभिन्न किरात समुदायले फरक फरक तरिकाले मनाउने गरेका छन् । राई समुदायले ‘साकेला,’ सुनुवार समुदायले ‘स:लिवा–ष्यांदर पिदार’, लिम्बू समुदायले ‘यक्वा तङ्नाम’ र याक्खा/देवान समुदायले ‘चसुवा’ नामले यो पर्ब मनाउदै आएका छन् । त्यस्तै भुजेल समुदायले यस पर्बलाई ‘भुजेली पर्ब’ नामले मनाउने गर्दछन् ।
खेती वालि लगाउने तथा सोको व्यवस्थापन कार्य गर्ने मुख्य र उपयुक्त सिजन हो यो । त्यस्तै जनावर, पंक्षीहरुको प्रजनन समय पनि हो । अथवा भनौ–न्यानो र उपयुक्त भएका कारण सबै खाले जैविक बिबिधताको अश्थित्वकालागि प्रकृतिको बरदान सरह छ यो उभौली सिजन ।
यस्तो अनुकुल समयमा जोकोही हर्षित हुनु स्वभाविक हो । मुख्य गरी आदिवासी किरातहरु परम्परादेखि खेती बालि र पशु पंक्षीसित नजिकको सम्बन्ध राख्दै आएका हुन् । त्यसैले खेतीवालि अनि पशु पंक्षी आदिको बिभिन्न अवस्थाका बारेमा अभिनयात्मक नाच तथा कलाहरु प्रस्तुत गर्दै आएका छन् । जसलाई हामी फरक फरक नामबाट पहिचान गर्दछौं । तर सबै किरातहरुले मनाउने उभौली पर्बको सार भने समग्रमा एकै किसिमको हुन्छ ।
यस पर्बमा किरातहरु प्रकृतिको पूजा गर्दछन् । त्यस्तै कृषि कर्मका बिभिन्न अवस्था र पशु पंक्षीहरुको अभिनयसहितको नाच गानहरुसमेत प्रस्तुत गर्दछन् । उभौली पर्बमा किरातहरुको यो नै मुख्य बिशेषता हो ।
सो अवसरमा आआफ्नो समुदायको निर्धारित धार्मिक थानहरुमा जम्मा भएर एकार्कामा शुभकामना आदानप्रदानसमेत गर्दछन् ।
इलामको सनदर्भमा किरात–सुनुवारहरुले पुवामझुवा–८ को चैतेस्थित ष्यांदर थानमा भव्य रुपमा ‘स:लिवा–ष्यांदर पिदार’ तथा ‘कोइंच सिल’ कार्यक्रमको आयोजना गरेका छन् । सो कार्यक्रमलाई सम्बोधन गर्न सुनुवार सेवा समाज केन्द्रीय समितिका अध्यक्ष मनप्रसाद सुनुवार मङ्गलबार बिहानै इलाम पुगिसकेका छन् । आयोजकका पृथसिंह सुनुवारका अनुसार सुसेस केन्द्रीय समितिका महासचिव उत्तम का:तिचा पनि इलाम आउदै छन् । मेचीको इलाम, पााचथरका बिभिन्न गाउ तथा इकाइहरुबाट सो पर्बमा कोइंचहरुको उल्लेख्य उपस्थिती रहने आयोजकले जनाएको छ ।
उभौली (यक्वा तङ्नाम) को अवसरमा लिम्बूहरुले सदरमुकामको बालान गाउास्थित थानमा मुख्य र अन्य बिभिन्न भागमा पूजाआजा तथा शुभकामना कार्यक्रम गर्दैछन् । किरातको अर्को समुदाय–राईहरुले सदरमुकामको ओपी धारास्थित साकेला थानमा मुख्य र अन्य बिभिन्न गाउहरुमा साकेला पर्ब मनाउछन् । साथमा शाकेला नाच प्रतियोगिता तथा सम्मान कार्यक्रम पनि आयोजना गर्ने यायोक्खा केन्द्रका कृष्ण खालिङले जानकारी दिए ।