News
now browsing by category
सिंहदरबार भत्काएर नयाँ बनाउनुपर्छ : कुमार लिङदेन
संघीय लिम्बुवान पार्टीका अध्यक्ष कुमार लिङदेनले सिंहदरबार र नेपाल प्रज्ञा प्रतिष्ठान भत्काउनुपर्ने बताएका छन् । प्रज्ञा प्रतिष्ठानलाई भत्काउनुपर्छ’ शुक्रबार काठमाडौंको खुल्ला मञ्चमा आयोजित २२ दलको विरोधसभामा लिङदेनले भने-‘ताप्लेजुङका जनताको समस्या नसुन्ने र अलैंचीको करमात्रै उठाउने सिंहदरबार भत्काएर नयाँ सिंहदरबार बनाउनुपर्छ ।’ अरुण पूर्व लिम्बुवान स्वायत्त राज्य नभए आन्दोलन गर्ने लिङदेनले बताए । लिम्बुवान दिँदा देश नटुक्रिने दाबी गर्दै उनले भने, ‘लिम्बुवान सदा सदा नेपालमा रहन्छौं । हामीले बनाउने लिम्बुवान सबै जातजातिको साझा लिम्बुवान हुनेछ ।’ सिंहदरवारले लिम्बुवानलाई अस्वीकार गरे आफूहरुले पनि सिंहदरवारलाई नमान्ने उनले बताए ।
कांग्रेस र एमालेले समानुपातिक निर्वाचन प्रणालीलाई अस्वीकार गरेकोमा लिङदेनले आपत्ति जनाए । ‘कांग्रेस र एमालेले समानुपातिक काटेर जान्छ भने यो देशमा विद्रोह हुनेछ,’उनले भने, ‘त्यो विद्रोह लिम्बुवानबाटै द्वन्द्व सुरु हुन्छ ।’ एमाओवादी, मधेसवादी र जनजाति पार्टीहरुको सहभागितामा आयोजित विरोधसभामा लिङदेनभन्दा पहिले बोलेका परशुराम तामाङले संविधानसभाभित्र मात्रै होइन, बाहिरका शक्तिको पनि सहमति लिनुपर्ने बताए । तामाङले संसद छाडेर सडकमा आउन मोर्चाका नेताहरुलाई आग्रह गरे । Read More
सुनुवार सेवा समाज कतारको तेश्रो साधारण सभा सम्पन्न
भानु सुनुवार
दोहा, कतार । सुनुवार सेवा समाज कतारको तेश्रो साधारण सभा १७ अक्टोवर शुक्रबारका दिन इस्लामिक संग्राहल कर्निस दोहामा सम्पन्न भएको छ । “सम्पूर्ण कोइँच सुनुवारहरुको चाहना, जाति धर्म भाषा र संस्कृतिको संरचना” भन्ने मूल नाराका साथ कतारमा स्थापित सुनुवार सेवा समाज कतारको तेश्रो साधारण सभाले नर बहादुर सुनुवारको अध्यक्षताका ११ सदस्यीय कार्य समितिको चयन गरेको छ । जस अन्र्तगत प्रथम उपाध्यक्ष सायमुल सुनुवार, द्धितीय उपाध्यक्ष हेम सुनुवार, महासचिव निर बहादुर सुनुवार, सचिव अर्जुन सुनुवार, कोषाध्यक्ष राजु मुखिया, सह–कोषाध्यक्ष बिर बहादुर सुनुवार, सदस्यहरुमा पदम बहादुर सुनुवार, लालमाया सुनुवार, अनिता सुनुवार र तोरण सुनुवार निर्विरोध निर्वाचित भएकाछन् ।
नर बहादुर सुनुवारको सभापत्विमा आयोजित कार्यक्रयमा नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारका द्धितीय उपाध्यक्ष सियाराम चौधरीको प्रमुख आतित्थ्य, सुसेस कतारका प्रमुख सल्लाहाकार पुरुषोक्तम सुनुवार, सुसेस पूर्व अध्यक्ष किशोर सुनुवार, किरात याक्थुङ्ग चुम्लुङ्गका अध्यक्ष लोकेन्द्र तुम्रोक र किरात राई यायोक्खा शाखा कतारका अध्यक्ष अमृत राईको विशेष आतित्थ्य, महिला समाज कतारका अध्यक्ष रेखा राई, किरात राई यायोक्खाका प्रमुख सल्लाहाकार धीरज चाम्लिङ्ग, संघिय लिम्बुवान समाज कतारका उप–महासचिव डम्वर लिवाङ्ग र पत्रकार तिल बिक्रम थेवेको आतित्थ्यमा सम्पन्न भएको थियो ।
कार्यक्रममा बिभिन्न समयमा समाजलाई योदान दिनुहुने कोइँच सुनुवारहरुलाई कदर पत्र प्रदान गरेर सम्मान गरिएको थियो । उपस्थित अतिथि, विशेष अतिथि र प्रमुख अतिथिहरुले कार्यक्रमको सफलताका लागि शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमका सभापति नर बहादुर सुनुवारले कार्यक्रम सफल बनाउन अहोरात्र परिश्रम गर्ने समाजका सदस्य लगाएत उपस्थित सबैमा आभार सहित धन्यवाद ज्ञापन गरे । कार्यक्रम समाजको महासचिव निर बहादुर सुनुवारले संचालन गरेका थिए ।
सुनुवार सेवा समाज जिल्ला समिति ललितपुरको बार्षिक साधारण सभा सम्पन्न भयो ।
सुनुवार डट ओआरजी समाचारदाता ।
२१ भदौ, काठमाडौं । सुनुवार सेवा समाज जिल्ला समिति ललितपुरको बार्षिक साधारण सभा सम्पन्न भयो । सभाको सभाअध्यक्ष सुनुवार सेवा समाज जिल्ला समितिका अध्यक्ष श्री चन्द्र प्रकाश सुनुवारले गर्नु भयो । कार्यक्रममा प्रमुख अतिथि सुनुवार सेवा समाज केन्द्रिय समितिका अध्यक्ष श्री मन प्रसाद सुनुवार हुनुहुन्थ्यो । कार्यक्रममा सुनुवार सेवा समाज जिल्ला समितिका सचिव देव कुमारी सुनुवारले संस्थाको प्रगती प्रतिबेदन तथा भावी योजनाबारे बताउनु भएको थियो भने सोही समितिका कोषाध्यक्ष श्याम सुनुवार “खिम”ले समितिको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भयो । कार्यक्रममा विभिन्न बक्ताहरुले मन्तव्य दिएका थिए भने प्रमुख अतिथी केन्द्रिय अध्यक्ष श्री मन प्रसाद सुनुवारले सम्पुर्ण सुनुवार बन्धुहरु एक भएर पहिचान सहितको संघीयता र संघीयता सहितको संविधानको लागि संघर्ष गर्न छोड्न नहुने बताउनु भयो । कार्यक्रममा जिल्ला समितिको गतिविधिमा साथ सहयोग गनेुहुने महानुभावहरुलाई प्रमुख खतिथि श्री मन प्रसाद सुनुवारले कदर पत्र वितरण गर्नु भयो ।
ध्यानाकार्षण पत्र बुझाइयो ।
विवेक सुनुवार
भदौ ५, काठमाडौं । आदिवासी जनजाति कोइँच सुनुवारको हक अधिकार संरक्षण गर्न नेपालका आदिवासी जनजातिहरु सक्रियरुपमा सरकारलाई दबाब सिर्जना गर्न नसकेको विषयमा सुनुवार सेवा समाजले नेपाल आदिवासी जनजाति महासंघलाई ध्यानाकार्षण पत्र बुझायो । सुनुवार सेवा समाजका अध्यक्ष मनप्रसाद सुनुवारले आदिवासी जनजाति महासंघका अध्यक्ष नगेन्द्र कुमाललाई महासंघको कार्यकक्षामा ११ बुँदे ध्यानाकार्षण पत्र बुझाउँदै भन्नु भयो ः अहिले बहुसंख्याक आदिवासी जनजातिको संस्था जी एट ले अल्पसंख्याक आदिवासी जनजातिको हक अधिकार सुनिस्चित गर्न नसकेको आरोप लगाइरहेको अवस्थामा नेपाल आदिवासी जनजाति महासंघले तत्काल सुनुवार सेवा समाजको ११ बुँदे ध्यानाकार्षणलाई कार्यान्वयन गरि ठूला र साना वीचको शीत युद्धलाई अन्त गर्नु पहिलो प्रथामिकतामा राख्न अनुरोध छ । Read More
छुचुन्दरके सरमे चमेलीके तेल : विश्व आदिवासी जनजाति दिवस सम्पन्न
सुनुवार डट ओ आर जी समाचारदाता ।
आदिवासी दिवस, खुलामञ्च । ब्रिजीङ द ग्याप : इम्प्लीमेन्टेशन अफ राइट्स अफ इण्डिजीनअस पिपल्स नारासहित विश्वभरी मनाइएको आदिवासी दिवस नेपालमा पनि विभिन्न परम्परागत झाँकी सहित आदिवासी जनजाति दिवस मनाइयो । नेपाल आदिवासी जनजाति महासंघको आयोजनामा प्रत्येक वर्ष नेपालमा आदिवासी दिवास भव्य रुपमा मनाउँदै आउने गरिए अनुसार आजको आदिवासी दिवसको उपलक्ष्यमा आयोजित विशेष कार्यक्रमको उद्घाटन उपप्रधान तथा संघीय मामिला तथा स्थानीय मन्त्री प्रकाशमानसिंहले चार जात छत्तीस वर्णको साझा पूmलवारी भएको हुँदा सोही अनुसार अव बन्ने संविधान एक वर्षमा बन्ने बताउनु भयो ।
नेकपा एमालेका प्रतिनिधिले नेपाल वहुल जाति, भाषा, धर्मको राज्य भएको हुँदा वहुल पहिचान हुने संविधान आउने बताए भने फोरम अध्यक्ष उपेन्द्र यादवले आदिवासी जनजाति र मधेशीहरुको पहिचान सहितको संविधान नआए देशमा शान्ति स्थापना हुन नसक्ने र पुनः एक पटक राज्य ¬¬¬द्वन्द्वमा फस्ने बताउनु भयो । विभिन्न अन्य पार्टी, सभासद तथा सदस्य र सम्बन्धन प्राप्त संस्थाहरुको प्रतिनिधिहरु उपस्थीमा विभिन्न आदिवासी जनजातिको परम्परागत नृत्य समेत प्रस्तुत गरिएको थियो ।
वल्लो किरात ः जिन्दावाद, आदिवासी जनजाति ंएक हौं । पहिचान सहितको संविधान जारी गर जस्ता नारासहितको झाँकी दिउँसो १२ बजे शान्ति बाटिका हुँदै पुतली सडक, सहिदगेट भएर खुलामञ्चमा पुगी सभामा परिणत भयो । सो कार्याक्रममा सुनुवारहरुको उल्लेख्य उपस्थति रहेकको छ ।
संविधानसभामा आदिवासी जनजातिको हक अधिकार वाहुन क्षेत्रीहरुले सुनिस्चित गर्न तयार नभएको हुँदा आन्दोलनको विकल्पा नभएको भन्दै पूर्वआदिवासी सभासद ककसका अध्यक्ष्य श्री इन्द्रबहादुर गुरुङले खस बाहुन छुचन्द्र जस्तो रहेको टिप्पणी गर्नुभयो । जुनसुकै पार्टीमा क्षेत्री वाहुनको एक छत्र शासन भएको भन्दै क्षेत्री बाहुनलाई जतिसुकै उपकार र माया दया गरे पनि नसुध्रिने बताउनुु भयो । ‘छुचुन्दरके शिरपे चमेलीके तेल’ हिन्दी उखान उद्घृत गर्दै खस बाहुन रिजाउनतिर कुनै पनि आदिवासी जनजाति नलाग्न पनि अनुरोध गर्नु भयो ।
आदिवासी जनजातिको आडान पहिचानसहितको संघीय संविधान मूल नारा सहित सप्ताहव्यापी कार्यक्रम आज सकिएको छ । कार्यक्रममा विभिन्न आदिवासी जनजातिको ३ मिनेट नृत्य देखाइनुको साथै आदिवासी खेलकुद तथा अन्य कार्यक्रमका सहभागी तथा खेलाडीहरुलाई प्रमाण पत्र वितरण समेत गरियो ।
२०औं विश्व आदिबासी दिवस २०१४ को अवसरमा मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता सम्पन्न ।
सुनुवार डट ओआरजि समाचारदाता ।
२१ श्रावण, ललितपुर । आदिवासी जनजातिको अडान । पहिचान सहितको संघीय संविधान ।। मुल नारा सहितको २०औं विश्व आदिबासी दिवस २०१४ को अवसरमा श्रावण २०–२१ गते सम्म मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता नेपाल स्पोर्टस साइन्स एकेडेमी, सातदोबाटो, ललितपुरमा नेपाल आदिवासी जनजनति महासंघको आयोजनामा सम्पन्न भएको थियो । कार्यक्रमको उदघाटन नेपाल आदिवासी जनजनति महासंघका अध्यक्ष नगेन्द्र कुमार कुमालले गर्नु भएको थियो । कार्यक्रममा १६ टिमले आफनो संस्थाको प्रितिनिधित्व गर्नु भएको थियो जसमा प्रथम छन्त्याल समाजका गणेश छन्त्याल र तिलक छन्त्याल, दोस्रो तोपकेगोला समाजका पासाङ्ग शेर्पा र मिङ्गमा कामी शेर्पा त्यसैगरि तेस्रोमा सुनुवार सेवा समाजका टक सुनुवार, किशोर सुनुवार, मन प्रसाद सुनुवार र पाम बहादुर सुनुवार हुनुभएको थियो ।
कथाकार भावना परिष्कृत सुनुवारको कथाकृति “उन्मुक्त यात्रा” लोकार्पण ।
सुनुवार डट ओआरजि समाचारदाता ।
१५ श्रावण, काठमाडौं । भावना परिष्कृत सुनुवारको पहिलो कथाकृति “उन्मुक्त यात्रा”को लोकार्पण होटेल हार्दिक, बागबजार, काठमाडौंमा भएको थियो । लोकार्पण कृतिमाथि मन्तव्य साहित्यकार तथा समालोचक डा. सुधा त्रिपाठी र वरिष्ठ साहित्यकार अतीत मुखियाले दिनु भएको थियो भने शुभकामना तथा मन्तव्य उपाध्यक्ष तथा प्रकाशन विभागका प्रमुख, नेप्रप्र बेलायतका गणेश राईले दिनु भएको थियो । कार्यक्रमको सभापति श्रावण मुकारुङ र प्रमुख अतिथिमा निवर्तमान कुलपति नेपाल प्रज्ञा प्रतिष्ठानका बैरागी काइँलाले गर्नुभएको थियो ।
