All about Sunuwar

News

now browsing by category

 

साउदी आरेबियमा सुनुवार सेवा समाज गठन हुदै

swssसुनुवार डट ओआरजी सम्वाददाता
साउदी अरेबिया, ५ डिसेम्बर । खाडी मुलुक साउदी अरेबियामा सुनुवार सेवा समाज गठन हुने भएको छ । संस्था गठनका लागि हिजो साउदी अरेबियाका विभिन्न शहरमा छुट्टाछुट्टै शहरमा भेटघाट कार्यक्रम राखिएको थियो । जसअनुसार दमाममा देव सुनुवार संयोजकमा नौ सदस्यीय समिति, रियादबाट बुद्धिराज सुनुवार सहसंयोजक र प्रचारप्रसार संयोजक गणेशकुमार सुनुवार रहेका छन् । सोही भेलाबाट आगामी दिनमा औपचारिक रुपमा संस्था गठनसम्बन्धी छलफल गरिएको कुरा संयोजक देव सुनुवारले बताए । सो अवसरमा साउदी अरेबिया निकै ठूलो देश भएकोले यहाँ कार्यरत सुनुवारहरु निकै टाढा टाढा बस्ने र एकठाउँमा आउन कठिन भएको बताउँदै आआफ्नो कार्यक्षेत्रबाट सहयोग गर्न समेत अपिल गरे ।
सुनुवार सेवा समाज साउदी अरेबिया गठनका सुरुवात भएकोमा सम्पूर्ण सुनुवार बन्धुहरुले सहयोग गर्नुभएको खुशी व्यक्त गर्दै प्रवासमा रहेर विभिन्न देशमा सुनुवार सेवा समाज गठन गर्न संयोजन गरिरहेका किशोर सुनुवारले बताए । साउदी अरेबियास्थित सबै जिल्लाबाट नेतृत्व हुने विश्वास र सहयोग गर्न अनुरोध गर्दै ऐतिहासिक भेटघाट भएकोमा जिम्मेवारी पाउने मित्रहरुका साथै साउदीका कार्यरत कोइँचहरुलाई धन्यवाद तथा कार्य समिति गठनका लागि शुभकामना समेत दिए ।

सारा टुनिचालाई आर्थिक सहयोग ।

sara tunichaकिरात सुनुवार समाज बेलायतका सचिप श्री भक्तमान सुनुवार ज्युले सारा टुनिचा ज्युलाइ रु १५,०००  आर्थिक सहयोग गर्नु भएको रक्म मङ्सिर १५ गतेका दिन सुनुवार सेवा समाज केन्द्रीय समितिको अध्यक्ष मन प्रसाद सुनुवार ज्युले सु से स भवान कोटेस्वर काठमाण्डौमा हस्तन्तरन गर्नु भयो ।

भूपू माननीय चम्पक सुनुवार बेलायतमा सम्मानित ।

champakभावना परिष्कृत,बेलायत । किरात सुनुवार सेवा समाज बेलायतले २८ नोभेम्बर सन् २०१५ शनिबारको दिन एक महत्वपूर्ण कार्यक्रमको आयोजना गरि भूपू माननीय साम्सस चम्पक सुनुवार तथा उहाकी धर्म पत्नी शोभा सुनुवारलाई सम्मान सहित अन्तरक्रिया गरेको छ । लामो समयदेखि राजनीति क्षेत्रमा आफ्नो दरिलो पहिचान बनाइ सक्नु भएका चम्पक सुनुवार ज्युको सम्मानमा बेलायत स्थित फाम्ब्रोरोमा, बेलायतबासी जागरुक कोइंचहरुको उपस्थिति रहेको थियो । उहा श्रीमतीको साथमा केहि समय अगाडी बेलायत भ्रमणको निम्ति आइपुग्नु भएको थियो । संस्थाका अध्यक्ष मोति सुनुवार लगायत सम्पूर्ण पदाधिकारीहरु ,सल्लाहकारहरु तथा उपस्थित कोइञ्चहरु दुवारा सम्मान गरिएपछि भूपू साम्सदले आफ्नो राजनीतिक अनुभवहरु बताउनुको साथै बर्तमान कोइंच राजनितिज्ञहरुलाई आवस्यक सल्लाह र सुझाव पस्कनु भएको थियो । असल राजनीतिकज्ञमा कुटनीतिक खेल्न सक्ने खुवी र कला हुन जरुरि छ भन्दै नेत्तृत्व सम्बन्धि चर्चा समेत गर्नु भएको थियो । राजनीति आफैमा सर्व्श्रेष्ट कला हो जसलाई इख्छुकले गर्न र सबैले अनिबार्य बुझ्न जरुरि छ । यदि राजनीति नबुझ्ने हो भने आफु भन्दा नजान्नेले हामीमाथि राजनीति गर्नेछन भन्दै हाल नेपालको बर्तमान राजनीतिक अवस्था ,कोइंच जातिहरुको उपस्थिति ,स्थिति र समस्याको बारेमा चर्चा परिचर्चा गर्नु भएको थियो । यसै गरि बेलायतबासी कोइंचहरुको आफ्नो भाषा ,धर्म ,संस्कृति प्रति भूमिका, दायित्व र राजनीतिक चेतनाको ब्रिद्दि र व्यापकता तथा अन्य बिभिद बिषयलाई लिएर बिशेष अन्तरक्रिया भएको थियो । सोहि क्रममा किरात सुनुवार सेवा समाज बेलायत एक बिसुद्द सामाजिक संस्था भएकोले राजनीति गर्दैन तर , राजनीतिक चेतना र ज्ञान बिना व्यक्ति र समाजको बिकास असम्भव छ त्यसर्थ , राजनीतिक चेतना र ज्ञान दिने कार्यक्रमहरु संस्थाको लागि बर्तमान परिपेक्षमा अपरिहार्य रहेको कुरामाथि जोड दिदै निबर्तमान अध्यक्ष तथा सल्लाहकार जंग सुनुवारले बोल्नु भएको थियो । अन्तमा राज्य संग जोडिएका नागरिक अधिकारको सम्बन्धमा सम्बाद र सम्बोधनको निम्ति राजनीतिले अहम भूमिका खेल्ने रहस्यलाई चिर्न सक्दो प्रयासरत रहनु पर्ने बिषय उपर बहस र छलफल गरिएको थियो ।

 दक्षिण कोरियाका सुनुवार सेवा समाजका अध्यक्षलाई व्याडमिन्टन उपाधि

12312279_1232648003418169_1980954085_n-किशोर सुनुवार

नेपाल कोरिया न्युज डट.कम द्रारा यहीँ नोमेम्बर २९दिन आयोजित ब्याडमिन्टन दक्षिण कोरिया को जुङ्गु स्पोर्ट्स मा सम्पन्न भएको छ उक्त कार्यक्रम को नेपाल कोरिया न्युज डट.कमका सन्चालक पुरु जोशिको सभापतित्वमा भएको थियो भने प्रमुख आतिथी एन आर एन ए को राजु क्षेत्री रहनु भएको थियो नेपाली हरु रोजगारि शिला शिला मा पुगेर पनि खेल प्रति देखाएको चासो निकै उदाहरणी छ जम्मा ३६ जना खेलाडी सभागिता रहेकोे मध्य सिङल मेन्स मा १६ जना थिए भने डबल मा १० जना थिए फाईल खेलमा डबल को इन्छन ए ले कन्चनजघा लाई हराउँदै एन्छन ए को हुसेन सिङ सुनुवार र नरेन्द्र ले प्रथम उपाधी हात परे प्रमाण पत्र सहित पाँच लाख वन दोस्रो उपाधी कन्चनजघा ले २ लाख वन जिते भने सिङल तर्फ राजु लामा लाई हराउदै रोहन सुब्बा ले ३ लाख हात परे बिदेश रहे पनि खेल प्रति देखाएको चासो ले नेपाली हरु ले हरेक छेत्र मा पसिना सग सगै आफ्नु प्रगति गर्नु राम्रो पक्ष हो

 दक्षिण कोरियाका सुनुवार सेवा समाजका अध्यक्षलाई व्याडमिन्टन उपाधि

12312279_1232648003418169_1980954085_n-किशोर सुनुवार

नेपाल कोरिया न्युज डट.कम द्रारा यहीँ नोमेम्बर २९दिन आयोजित ब्याडमिन्टन दक्षिण कोरिया को जुङ्गु स्पोर्ट्स मा सम्पन्न भएको छ उक्त कार्यक्रम को नेपाल कोरिया न्युज डट.कमका सन्चालक पुरु जोशिको सभापतित्वमा भएको थियो भने प्रमुख आतिथी एन आर एन ए को राजु क्षेत्री रहनु भएको थियो नेपाली हरु रोजगारि शिला शिला मा पुगेर पनि खेल प्रति देखाएको चासो निकै उदाहरणी छ जम्मा ३६ जना खेलाडी सभागिता रहेकोे मध्य सिङल मेन्स मा १६ जना थिए भने डबल मा १० जना थिए फाईल खेलमा डबल को इन्छन ए ले कन्चनजघा लाई हराउँदै एन्छन ए को हुसेन सिङ सुनुवार र नरेन्द्र ले प्रथम उपाधी हात परे प्रमाण पत्र सहित पाँच लाख वन दोस्रो उपाधी कन्चनजघा ले २ लाख वन जिते भने सिङल तर्फ राजु लामा लाई हराउदै रोहन सुब्बा ले ३ लाख हात परे बिदेश रहे पनि खेल प्रति देखाएको चासो ले नेपाली हरु ले हरेक छेत्र मा पसिना सग सगै आफ्नु प्रगति गर्नु राम्रो पक्ष हो

नेपालआदिबासी जनजाति महासंघको बिशेष भेला सम्पन्न ।

ukगत ११ अक्टोबर आइतबार सन् (२०१५ ) का दिन बेलायतको अल्डर्सट स्थित भेटघाट रेस्टुरेन्टमा नेपाल आदिबासी जनजाति महासंघ बेलायतको आयोजनामा एक बृहत बिशेष भेला सम्पन्न भएको छ ! नेपालमा हाले जारि भएको २०७२ को संबिधानमा आदिबासी जनजाति ,महिला ,मधिसी ,मुश्लिम र अन्य उत्पीडित ,उपेक्षित ,सिमान्तकृत बर्गको पहिचान र अधिकारलाई कुण्ठित पार्नुको साथै संबिधान साझा दस्ताबेज बन्न नसकेको , साथै गोर्खालीहरुको बम्शजको आधारमा प्राप्त नेपाली नागरिकता जस्तो नैसर्गिक अधिकारलाई समेत अहिलेको अलोकतान्त्रिक राज्य सतता दुवारा खोस्ने घिनलाग्दो षडयन्त्र भएकोले, बेलायतबासी सम्पूर्ण नेपालीहरुको जातिय संघ संथा ,राजनीतिक संघ संस्था , गोर्खाजहरुको आधिकारको लागि काम गरिरहेका बिजी डब्लु एस ,गेसो ,बिगेसो ,सिगेसो सत्याग्रह जस्तो सामाजिक संघ संथाहरु ,पत्रकार,संचारकर्मी ,बुद्दिजिवि तथा मानव अधिकाराबादिहरुलाई आमन्त्रण गरि, अध्यक्ष तुल छन्त्यालको अध्यक्षतामा सम्पन्न उक्त भेलामा, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति आयमेली कवि तथा साहित्यकार बैरागी काइलाको प्रमुख आतित्थ रहेको थियो ! यसै गरि सिर्जनशील आरजकताका एक अभियन्ता, मदन पुरस्कार बिजेता (दमिनी भीर ) कवि तथा आख्यानकार राजन मुकारुङ्ग र पत्रकार तथा साहित्यकार राजकुमार दिक्पालको बिशेष आतिथ्य रहेको थियो । Read More

सुनुवार बिद्यार्थी समाजको पाचौं राष्ट्रिय महाधिबेसन सम्पन्न।

sunuwar student२४ असोज, काठमाडौं । सुनुवार बिद्यार्थी समाजको पाचौं राष्ट्रिय महाधिबेसन सफलतापुर्बक सुनुवार सेवा समाज भवनमा सुसम्पन्न भएको थियो । दोलखा, रामेछाप, ओखल्ढुङ्गा, झापा, इलाम, पाचथर,सिन्धुली, काठमाडौं, भक्तपुर, ललितपुर लगायतका जिल्लाका सुबिसका बिद्यार्थीहरुको सहभागिता रहेको थियो। नब निर्बाचित पदाधिकारीहरु महीला उपध्यक्ष र कोषाध्यक्ष निर्वाचनबाट र अरु पदमा निर्बीरोध चयन भएको थियो ।
नब निर्बाचित पदाधिकारी नामावलीहरु
अध्यक्ष -मान बहादुर सुनुवार (दोलखा)
बरिष्ठ उपाध्यक्ष -सागर सुनुवार (रामेछाप)
उपाध्क्ष्य-अनुप सुनुवार (ओखलढुंगा)
उपाध्क्ष्य-तृष्णा सुनुवार (पाँचथर)
महासचिब -वीर बहादुर सुनुवार (सिन्धुली)
सचिब- -बिबेक सुनुवार (रामेछाप)
-शान्ति सुनुवार (रामेछाप)
कोषाध्यक्ष -अर्जुन सुजुवार (ओखलढुंगा)
सदस्य- -प्रचण्ड सुनुवार (रामेछाप)
-रिजन सुनुवार (दोलखा)
-भिमसेन सुनुवार (झापा)
-दीपक सुनुवार (ओखलढुंगा)
-आश्बिन सुनुवार (भक्तपुर)
-रन्जीता सुनुवार (ओखलढुंगा)
-सन्तोष सुनुवार (ललितपुर)
-निर्जला सुनुवार (दोलखा)
-फणिन्द्र सुनुवार (सिन्धुली