News
now browsing by category
सुसेसा शाखा दोहा, कतारद्वारा बिधाई कार्यक्रम ।
सामुयल / भानु सुनुवार समाचारदाता, दोहा, कतार ।
दोहा, कतार, जैद्द स्थित ट्पफर्म होटेलको हलमा प्रमुख अथिति सुसेसा शाखा दोहा कतारका प्रमुख सल्लाकार भानु सुनुवारको अथित्य र विशेष सल्लकार पुरुषोतम सुनुवार, पुर्ब अध्यक्ष किशोर सुनुवार अथिती र सुसेसा शाखा दोहा कतारका अध्यक्ष नर बहादुर सुनुवार(सोम)को सभापतित्वमा बिगत दुई बर्षदेखि बैदेशिक रोजगारिको शिलशिलामा दोहा,कतारलाई आफ्नो कर्मभूमी बनाउँदै आउनुभएका सुनुवार सेवा समाज शाखा कतारका पूर्व कोषाध्यक्ष श्री अर्जुन सुनुवार तथा सचिव श्री रुपक सुनुवार आफ्नो कतार बसाईलाई बिट मार्दै जन्मभूमी नेपाल फर्किनु लाग्नु भएको हुँदा उहाँहरुलाई सुसेस शाखा दोहा कतारले औपाचरिक कार्यक्रम गरि बिधाई गर्यो ।
सो कार्यक्रममा उपस्थीत सबैलाई सुसेसा शाखा दोहा कतारका उपाध्यक्ष सामुयल सुनुवारले स्वागत मन्तब्य राख्नु हुँदै प्रबासमा रहेर पनि आफ्नो जाती, भाषा र समाज प्रति कठिन परिस्थिमा पनि साथ सहयोग हौसला दिनुभएकोमा उहाहरु प्रति आभार प्रकट ब्यक्त गर्नु हुँदै जहाँ रहे, जस्तो परिस्थिमा रहे, पनि सुनुवारहरुको एकतामा उहाहरुको ठूलो भुमिका रहनेछ, भन्दै सफल यात्रा साथै अग्रेजी नव बर्ष २०१६ को सबैमा शुभकामना ब्यक्त गर्नु भयो । त्यसै गरि सुसेसा शाखा दोहा कतारका पुर्ब आध्यक्ष किशोर सुनुवारले उहाहरु दोहा कतारमा रहुन्जेल जसरि समाजलाई खुलेर साथ सहयोग गर्नु भयो यसमा जति प्रशंसा गरे पनि कमि नै हुनेछ । सुनुवार एकताको लागि सुसेसा शाखा दोहा कतार एउटा उदाहरण मात्र हो । अहिले बिश्वमा सुनुवार समाज गठन र एकता पहल भईरहेको अवस्था छ सबै सुनुवारको योगदान र एकता हुनुपर्छ सबैले आफ्नो ठाउबाट पहल गर्न आनुरोध गर्नुभयो । Read More
किरातीहरुका प्रकृति र पितृको पूजा दोहामा सम्पन्न ।
भानु/सामुयल सुनुवार समाचारदाता, दोहा, कतार । किरातीहरुका महान चाड तथा राष्ट्रिय पर्व ,रापवा श्याँदर पिदार, चासोक तङनाम, साकेला उधौली– ५०७५ लाई किराती तथा गैरकिरातीहरुले कतारमा २५ डिसेम्वर शुक्रवारका दिन भव्यताका साथ मनाए ।
आदिम युगमा शिकारीका रुपमा परिचित किरातहरुमा शिकार नपाउदाका अवस्थामा कन्दमुल खान सिकेका र काँचो कन्दमुल खाँदा बिरामीपरी अन्नबाली लगाएर खेतीगर्न उत्प्रेरित भएको सम्वन्धमा किरात मुन्धुम÷मुक्दुममा बिभिन्न मिथकहरु रहेको पाइन्छ । खेतीगर्न थाले पश्चात् किरातहरूले उधौली र उभौली गरेर वर्षको २ पटक प्रकृति तथा पूर्खा पुजा गर्ने एक सुनिश्चित परम्पराको थालनी गरे । सुरुमा अन्नबाली लगाउने याममा तथा आफूले लगाएको अन्नबाली पाकपेछि नयाँ अन्न पितृहरूलाई अपर्ण गररे मात्र खाने परम्परा विकास गर्दै गए ।
यसरी मनाइने चाड किरात समुदायहरुमा गुराँस वा आरु फुलेको याम, जुनबेला चराहरु तथा खोलाका माछाहरु उत्तरतिर लाग्छन् यो यामलाई बाली लगाउने याम मानेर अन्नबाली सप्रियोस् सहकाल होस् भन्ने कामना गर्दै उभौली र पैयँु फुलेको याममा जुन समय चराहरु र खोलाका माछाहरु दक्षिणतिर लाग्छन् यो यामलाई अन्नबाली भित्राउने याम मानेर नयाँ अन्नबाली प्रकृति र पूर्खालाई चढाएर सुःख, समृद्घिको कामना गर्दै उधौली चार्ड मनाइन्छ । Read More
कालीमायालाई सहयोग रकम हस्तान्तरण
समीर मुखिया सुनुवार
ओखलढुंगा, २६ मंसिर । लामो समयदेखि ओढारमा बस्दै आएकी कालमिाया सुनुवारलाई सुनुवार सेवा समाजले नगद सहयोग प्रदान गरेको छ । बैदेशिक रोजगारमा रहेका सुनुवारहरुबाट प्राप्त ३२ हजार ८ सय ८० रुपैयाँ सुनुवार सेवा समाज केन्द्रीय प्रथम उपाध्यक्ष रणवीर सुनुवारको उपस्थितिमा सुनुवार सेवा समाज ओखलढुंगा जिल्ला समितिका सचिव देवीध्वज सुनुवारमार्फत सुनुवार सेवा समाज पात्ले गाउँ समितिका सचिव खड्गबहादुर सुनुवारद्वारा ‘कालीमाया संरक्षण सरोकार समिति’का अध्यक्ष शारदा सुनुवारलाई हस्तारण गरियो ।
‘नासम’ मासिक वर्ष २, अंक ७, २०६८ भाद्र महिनाको अंकमा पहिलोपटक कालीमायाको अवस्थाबारे प्रकाशन भएको थियो । त्यसपछि सुनुवार सेवा समाजका केन्द्रीय प्रथम उपाध्यक्ष रणवीर सुनुवार र केन्द्रीय सदस्य उत्तमकुमार सुनुवार पुगी निरीक्षण गरेका थिए । २०७१ चैत ६ गते कान्तिपुर दैनिकमा कुम्भराज राईले पुनः समाचार प्रकाशन गरेपछि विभिन्न संघसंस्था तथा व्यक्तिहरुको चासोको विषय बन्न थालेपछि सहयोग जुट्न थालेको हो । कान्तिपुरलगायत विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशनपश्चात् जिल्लाका राजनीतिक नेता, स्थानीय बुद्धिजिवीको सहयोगलगायत गाउँ विकास समितिबाट पनि आर्थिक सहयोग प्राप्त हुनका साथै स्थानीय संघसंस्था तथा जनश्रमदानबाट आवास निर्माण गरिएको छ । कालीमाया सुनुवार आफैं नगद व्यवस्थापन गर्न नसक्ने भएकाले स्थानीय संघसंस्था तथा बुद्धिजिविहरु मिलेर कालीमाया संरक्षण समिति गठन गरि सो समितिबाट खर्च व्यवस्थापन गर्ने कुरा समितिका कोषाध्यक्ष काजी तामाङले बताए ।
ओखलढुंगा जिल्लाको पात्ले गाविस लप्सेडाँडामा वि.सं. २००५ मा वर्जमान सुनुवारसँग विवाह गरेपछि ८ जना सन्तान भए पनि हाल जिवित रहेका दुई जनाले पनि नहेरेको स्थानीयबासीको भनाइ छ । पति बर्जमानको क्षयरोगले मृत्यु भएपछि आफूसँग भएको थोरै जग्गा जमिन पनि कान्छो छोराले बेचेर सिध्याइ आमाको पैसा चोरेर हिँडेपछि हालसम्म नफर्केको स्थानीयले बताए । आफूले जन्म दिएको छोराले विष ख्वाएर मार्ने प्रयास गरेपछि कालीमायाको मानसिक सन्तुलन गुमाएकी छिन् ।
कुलदीप सुनुवारको आठौं स्मृति दिवस सम्पन्न
समीर मुखिया सुनुवार
ललितपुर, २६ मंसिर । स्व. कुलदीप सुनुवारको सम्झनामा आठौं स्मृति दिवस सम्पन्न भएको छ । कुलदीप सुनुवार स्मृति कोष समितिको कार्यालय धापाखेलस्थित कोषका अध्यक्ष टीकाराम मुलिचाले दीप प्रज्ज्वलन तथा स्व. सुनुवारको तस्विरमा माल्र्यापण गर्नुका साथै सुनुवार परम्परानुसार कुलपुरोहित नाःसोले जोर सगुन राखी पिदार गरी आरम्भ गरियो । ‘शुरुका केही वर्ष विभिन्न साहित्यिक प्रतियोगिता गर्दै आए पनि विगत वर्षदेखि गतिविधि शून्यजस्तै भएको बताउँदै स्थानीय जेहन्दार विद्यार्थीहरुलाई छात्रवृत्तिसमेत प्रदान गर्दै आएकोमा सो कार्यलाई निरन्तरता दिन नसकिएको’ कुरा कोष अध्यक्ष मुलिचाले बताए ।
आठौं स्मृति दिवसको अवसरमा कोषले खिजीकातीस्थित प्रस्तावित कुलदीप स्मृति भवन निर्माण गर्ने निर्णय गर्दै उक्त भवन निर्माणका लागि समिति बनाएर प्रारम्भिक कार्य अगाडि बढाउने कुरा बताउँदै विगत केही वर्षदेखि स्थगित रहेको छात्रवृत्ति वितरणलाई यो वर्षदेखि निरन्तरता दिने कुरा कोषका उपाध्यक्ष राजन सुनुवारले बताए । सो स्मृति भवन निर्माणपश्चात् स्थानीयस्तरका विभिन्न कार्यक्रम सञ्चालन गर्न सहज होस भन्ने उद्देश्य रहेको कुरा पनि प्रष्टयाए ।
विगतमा राम्रो कार्यक्रम गरिए पनि कोषको उद्देश्य परिपूर्तिका लागि केही वर्षदेखि कार्यगति अगाडि बढाउन नसकिएको कुरा कोषका सल्लाहकार तथा सुनुवार सेवा समाजका प्रथम उपाध्यक्ष रणवीर सुनुवारले बताए । साथसाथै कार्यक्रमलाई निरन्तरता दिन सम्पूर्ण मुलिच दाजुभाइको सहयोग तथा गुठीको आवश्यक रहेको र समन्वय गरेर अगाडि बढ्नुपर्ने कुरा कोषका सल्लाहकार ओमबहादुर सुनुवारले बताए ।
ओखलढुंगा जिल्ला खिजीकाती गाविस फोतीमा जन्मिएका सुनुवार सामाजिक तथा साहित्यिक क्षेत्रमा विशेष रुचि राख्ने स्व. सुनुवारको २०६४ मंसिर २६ गते असामयिक निधन भएको थियो ।
आजिबन सदस्यता र खुरिन दाखिन कतार सुनुवार कोईचहरुको हातमा ।
सामुयल सुनुवार/ समचारदाता, दोहा, कतार । जैद्द टावर, दोहा कतार स्थित सुनुवार सेवा समाज शाखा दोहा कतारको नियमिती भेलामा सुनुवार सेवा समाज काठमाण्डौका कोषध्यक्ष तथा सुनुवार कोईच तमि कवियात्रीको शोभा सुनुवार (जुलियट) को कोईच लो: कबिता सङग्रह “खुरिन दाखिन” सुनुवार सेवा समाज शाखा, दोहा कतारमा आबद्ध सम्पुर्ण सुनुवार सद्स्यहरु लगायत भेलामा पाल्नु हुने पहुनाहरुको हात-हातमा पर्यो । उक्त कबिता सग्रह भित्र कवियात्री शोभा सुनुवारको पोखिएका मनका भाबहरु पढेर प्रतिकियाहरु अबश्य दिनुहुनेछ्न र सुनुवार सेवा समाज शाखा दोहा, कतारमा आबद्ध सुनुवारहरुलाई आजिवन सदस्यता प्रदान गरिएको छ ।
राजन मुकारुङलाई सम्मान ।
भावना परिष्कृत बेलायत । सिर्जनसील अराजकताका अभियन्ता, पहिचानवादी लेखक मदन पुरस्कार विजेता आख्यानकार कवि राजन मुकारुङ युकेमा सम्मानित हुनु भएको छ । नेपाल आदिवासी जनजाति महिला महासंघ बेलायतको आयोजनामा डिसम्बर ४ का दिन आयोजना गरिएको कार्यक्रमममा मुकारुङलाई सम्मान गरिएको हो ।
साउदी आरेबियमा सुनुवार सेवा समाज गठन हुदै
सुनुवार डट ओआरजी सम्वाददाता
साउदी अरेबिया, ५ डिसेम्बर । खाडी मुलुक साउदी अरेबियामा सुनुवार सेवा समाज गठन हुने भएको छ । संस्था गठनका लागि हिजो साउदी अरेबियाका विभिन्न शहरमा छुट्टाछुट्टै शहरमा भेटघाट कार्यक्रम राखिएको थियो । जसअनुसार दमाममा देव सुनुवार संयोजकमा नौ सदस्यीय समिति, रियादबाट बुद्धिराज सुनुवार सहसंयोजक र प्रचारप्रसार संयोजक गणेशकुमार सुनुवार रहेका छन् । सोही भेलाबाट आगामी दिनमा औपचारिक रुपमा संस्था गठनसम्बन्धी छलफल गरिएको कुरा संयोजक देव सुनुवारले बताए । सो अवसरमा साउदी अरेबिया निकै ठूलो देश भएकोले यहाँ कार्यरत सुनुवारहरु निकै टाढा टाढा बस्ने र एकठाउँमा आउन कठिन भएको बताउँदै आआफ्नो कार्यक्षेत्रबाट सहयोग गर्न समेत अपिल गरे ।
सुनुवार सेवा समाज साउदी अरेबिया गठनका सुरुवात भएकोमा सम्पूर्ण सुनुवार बन्धुहरुले सहयोग गर्नुभएको खुशी व्यक्त गर्दै प्रवासमा रहेर विभिन्न देशमा सुनुवार सेवा समाज गठन गर्न संयोजन गरिरहेका किशोर सुनुवारले बताए । साउदी अरेबियास्थित सबै जिल्लाबाट नेतृत्व हुने विश्वास र सहयोग गर्न अनुरोध गर्दै ऐतिहासिक भेटघाट भएकोमा जिम्मेवारी पाउने मित्रहरुका साथै साउदीका कार्यरत कोइँचहरुलाई धन्यवाद तथा कार्य समिति गठनका लागि शुभकामना समेत दिए ।
