News
now browsing by category
सारा (दुर्गा) सुनुवारले विएफए प्रथम वर्षको परिक्षा दिइन ।
ललितकला पढ्ने धनुषा बेङ्गा डाबारका प्रथम कोइँच तामि सारा तुनिच (दुर्गा सुनुवार)ले विएफए प्रथम वर्षको परिक्षा दिएकी छिन् । उनको अध्ययनको लागि देश विदेशमा रहनु भएका सबै सुनुवारहरुले नियामित सौजन्य गरिरहनु भएकोमा हार्दिक कृतज्ञता प्रकट गरेकी छिन् । उनको प्रयोगात्मक परिक्षा भने तिहार पछि हुने भएको छ । कला क्षेत्रमा कोइँच महिलाको अनुपस्थिति रहेका बेला उनले पुरा गर्ने वचन वद्धता जाहेर गरेकी छिन् । अब उनले तीन वर्ष कडा मिहिनेत गर्नु पर्ने छ । पहिलो वर्ष प्रिन्ट आर्ट तथा विश्व कला इतिहास सम्बन्धि पढेकी छिन् । अबका दिनमा प्रथम वर्षमा भन्दा बढी खर्च पनि बढ्ने छ । विशेषगरी ललितकला पढाईमा क्याम्पस शुल्क भन्दा पनि पढाईको लागि चाहिने सामाग्री खरिदमा बढी खर्च हुन्छ । उनले अब क्यानभास र ओइल कलर किन्न बढी खर्च चाहिने छ । उनका कलाले कोइँच पहिचान पस्किनेमा हामी विश्वास्त छौं । उनको सहयोगमा संयोजनकारी भूमिका निर्वाह गर्ने कतार निवासी किशोर सुनुवार बताउनु हुन्छ । अहिले बेलायतबाट जंग सुनुवार, भक्तमान सुनुवार, किरात सुनुवार सेवा समाज बेलायत, सुनुवार समाज हङकङ, मिनकुमारी सुनुवार नेपाल, मिनबहादुर सुनुवार, सुनुवार सेवा समाज मलेशियाले सहयोग गर्नु भएको छ । हाल उनी बसन्तपुरमा कोठा भाडामा लिएर किर्तीपुर पढ्न धाउँछिन् । ललितकला क्याम्पसलाई भुकम्पले क्षति पुराएपछि किर्तीपुरमा क्याम्पस सरेको हुँदा पहिला बेँशी गाउँ जोरपाटीमा कोठा लिएर बसेकी सारा तुनिच अहिले बसन्तपुर सरेकी हुन् ।
पुस्पा (दालकुमारी) सुनुवारलाई सुनुवार सेवा समाज मलेशियाको आर्थिक सहयोग ।
सेवा नै धर्म हो । कोही करोड अरबपति भएर आप्mनै दाजुभाई दिदीबहिनीलाई घरको प्रवेशद्वारबाट भित्र छिर्न दिँदैनन् । कोही एक एक पैसा सहयोग गरेर इतिहासमा दानी व्यक्ति बन्छन् । यस्तै उदाहरणीय सहयोगी हात बढाइरहेका छन् हाम्रा परदेशमा रातदिन पसिना बगाइरहेका कोइँच दाजुभाईहरुले । कहिले ख्लिनुले गाउँ तहसनहस गरेउ भनेर सहयोग गर्छन् त कहिले बाढी पीडितहरुका लागि कहिले अध्ययन सहयोगका लागि, कहिले विरामीका लागि । सुनुवार सेवा समाज मलेशियाले रामेछाप जिल्ला कुँबुकाँस्थली गा.वि.स वडा नं. ८ निवासी शारीरिक रुपले दुबै गोडा नचल्ने दालकुमारी (पुस्पा) सुनुवारलाई उपचारको लागि रु. पन्ध्र हजार छ सय छयासी रुपैंया उपचार खर्च वापत सहयोग गर्नु भएको छ । विगत २० वर्षदेखि काठमाडौं आपाङ्ग केन्द्रमा आश्रय लिइरहेकी छिन् । उहाँ अहिले तिलगंगा शान्ति सेवा गृहमा आश्रय लिई रहेकी छिन् । बुबा पोन कन्छा पोइँबो रणबहादुर जेस्पुच सुनुवारको गत वर्ष मात्र निधन भएको हो । सुनुवार सेवा समाज मलेशियाले पठाएको सहयोग सुनुवार सेवा समाज केन्द्रीय समितिले हिजो उहाँले आश्रय लिने आश्रममा सहयोग प्रदान गरेको छ ।
नेपाल संविधानमा आदिवासी जनजाति सुनुवारको मानव अधिकार सम्बन्धि अनुशिक्षण
सुनुवार डट ओआरजि समाचारदाता । सुनुवार सेवा समाजका कार्यसमिति तथा मातहतका कार्यसमितिलाई अनुशिक्षण दिइएको थियो । अनुशिक्षण असोज ११ गते लाहर्ुर्निप शंकर लिम्बु, असोज १६ गते निवर्तमान नेपाल आदिवासी जनजाति महासंघका निवर्तमान अध्यक्ष राजकुमार लेखी, महासचिव आङकाजी शर्ेपा, भाषाशास्त्री अमृत योञ्जन र किरात इतिहासकार टंकबहादुर र्राईले अनुशिक्षण दिनु भएको थियो । अनुशिक्षण कार्यक्रममा सुनुवार सेवा समाज झापाका उपाध्यक्ष राजेन्द्र याअÞता, सुनुवार सेवा समाज रामेछापका अध्यक्ष रमेशकुमार सुनुवार लगायत सुनुवार सेवा समाज भक्तपुर, ललितपुर, काठमाडौं का कार्यसमिति, सुनुवार विद्यार्थी समाज केन्द्रीय समिति, सुनुवार कलाकार तथा चललिचत्रकर्मी समाजका कार्यसमितिका सम्पर्ूण्ा सदस्यहरु सहभागी हुनु हुन्थ्यो । तर सुनुवार सेवा समाजकै केही केन्द्रीय समितिका सदस्य तथा पदाधिकारीहरु भने अनुपस्थित थिए ।



सुनुवार सेवा समाज कोरिया शाखा गठन
सुनुवार डट ओआरजि सम्वाददाता
सिओल, सेप्टेम्बर २७ । दक्षिण कोरियामा कार्यरत सुनुवारहरुले सुनुवार सेवा समाज शाखा गठन भएको छ । दक्षिण कोरियामा कार्यरत सुनुवारहरुको एक भेलाले कुमारी रेष्टुरेन्टमा आयोजना गरिएको सुनुवार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा हुसन सुनुवारको अध्यक्षतामा १३ सदस्यीय समिति गठन भएको छ । जसमा उपाध्यक्ष तोरण सुनुवार, सचिव हर्क सुनुवार, कोषाध्यक्ष सुवास सुनुवार र सदस्यहरुमा सपना सुनुवार, तृशा सुनुवार, सुशिल सुनुवार, राम सुनुवार, सन्देश सुनुवार, विवेक सुनुवार, कृष्ण सुनुवार, बेद सुनुवार रहेका छन् । जसमा बालकृष्ण सुनुवार र सुमन सुनुवार सल्लाहकार रहेका छन् ।
कोरियामा रहेका सम्पूर्ण सुनुवारहरु आफ्नो कार्य व्यवस्ताले एक ठाउँमा भेला हुन नसके पनि आगामी दिनमा सकेसम्म सम्पूर्णलाई भेला गरी अगाडि बढ्ने कुरा सल्लाहकार बालकृष्ण सुनुवारले बताए । सुनुवारहरुलाई एकबद्ध गरी संगठित गर्न निकै जटिल भए पनि पहिलो प्रयासमा उत्साहजनक रुपमा उपस्थिति रहेको सचिव हर्क सुनुवारले खुशी व्यक्त गर्दै बताए ।
विभिन्न देशमा छरिएर रहेका सुनुवारहरुको एकताका लागि चलाउँदै आएको अभियान अन्तर्गत सो दक्षिण कोरिया शाखा गठन गरिएको छ । जस अन्तर्गत दक्षिण कोरियामा रहेका सुनुवारहरुको एक अर्कामा हातेमालो गर्दै आफ्नो भेषभूषा र संस्कृतिलाई जिवन्त राख्न अभियान चलाएको कुरा अध्यक्ष सुनुवारले बताए । यसैक्रममा एनआरएनए सदस्य तथा सुसेस कतार शाखाका भू.पू. अध्यक्ष किशोर सुनुवारले सुनुवारहरुको एकआपसमा सहयोग गर्ने थलोका रुपमा संस्थालाई विकास गर्नुपर्ने कुरा बताउँदै केही महिनाभित्र जापानस्थित शाखा गठन गर्ने योजना रहेको कुरा पनि बताए ।
बेलायत आदिबासी महासंघका अध्यक्ष तुल छन्त्याल !
गत ३१ मे आइतबार नेपाल आदिबासी जनजाति महा संघ बेलायतको दोस्रो महाधिबेशनले बेलायत छन्त्याल संघका तुल छन्त्याललाई अध्यक्ष पदमा चयन गरेको छ ! यसै गरि बरिष्ठ उपाध्क्षमा किरात सुनुवार सेवा समाजका पुर्व अध्यक्ष तथा बर्तमान सल्लाहकार जंग सुनुवार ,उपाध्क्षमा देबीमाया पुन र लोकेन्द्र लिम्बु ,महा सचिव कर्म शेर्पा ,सचिव जगत गुरुङ ,कोषाध्यक्ष पेम्बा शेर्पा र सह कोषाध्यक्ष पूर्ण दुरा चयन भएका छन् भने बेलायतमा रहेको ११ वटा जातिय संस्थाबाट एक एक जना कार्य समितिका लागि महा संघका सदस्य रहनेछन !
बेलायतमा श्यादर पिदार सम्पन्न !
किरातहरुको महान साझा राष्ट्रिय पर्व उभौली बैशाखे पूर्णिमा बुद्द जयन्तिको दिनमा पर्ने गर्दछ ! प्रतेक बर्ष धुमधामले हर्ष उल्लास सहित घरदेश देखि परदेश सम्म ,सुनुवार ,राई ,याक्खा,लिम्बु,जिरेल ,सुरेल ,हायू ,थामी आदि किरातीहरुले उक्त पर्वलाई परापुर्वकालदेखि मनाउदै आइ रहेका छन् ! पितृ र प्रकृति पूजक किरातहरु उभौली पर्वलाई ,सुनुवारहरुले श्यादर पिदार,सालिवा ,राइहरुले साकेला,,चसुवा ,तोसी ,लिम्बुहरुले चासोकताङ्गनाम आदि नामले मनाउने गर्दछन ! नया बाली लगाउने बेला र नया अन्न भित्राउने बेलामा पितृ ,इष्ट देवहरुको आरधना संग संगै प्रकृति शक्तिको पूजा गर्दै , नया बालीहरु सप्रियोस ,बिश्व भरि साकाल रहोस ,शान्ति छावस ,दैविक प्रकोप ,प्राकृतिक प्रकोप नहोस , ,बन पाखामा सदा हरियाली कायम रहोस, रोग भेद नहोस ,अकाल मृत्यु नहोस ,सबै कुरामा सुब्य फाब्य रहोस आदि जस्तो सामाजिक कल्यानार्थ कामना गर्दै ,नया अन्नबाट बनेको खान्कीको परिकार पितृ र देवलाई अर्पण गरेर नौगी खादै मानिने उभौली पर्वको सार सबै किरातहरुको एकै पाइन्छ ! Read More
किरातीहरुले दोहामा प्रकृति र पितृ पूजा गर्ने
–भानु सुनुवार
सुनुवार डट ओआरजी
दोहा कतार, २४ अप्रिल । किरातीहरुको महान चाड तथा राष्ट्रिय पर्व उभौली यक्वा तङनाम, साकेला उभौली र शाँदारपिदार–५०७५ कतारमा भव्यताका साथ मनाउने भएका छन् ।
किरात समुदाय सुनुवार, राई, लिम्बू र याक्खाले उधौली र उभौली गरेर वर्षको २ पटक प्रकृति तथा पूर्खा पुजा गर्ने परम्परालाई घरदेशदेखि परदेशसम्म निरन्तरता दिदैँ आएका छन् । यसरी मनाइने चाडहरु विशेष गरी अन्नबाली सप्रियोस, सहकाल होस् भन्ने कामना गर्दै यो पर्व मनाइन्छ ।
किराती बस्तिहरुमा धुमधामसाथ उभौली चाड मनाउँने प्रचलनलाई निरन्तरता दिन कतारमा स्थापित तीन किराती संस्थाहरु किरात याक्थुङ चुम्लुङ कतार, किरात राई यायोक्खा शाखा कतार र सुनुवार सेवा समाज शाखा कतारको संयुक्त आयोजनामा भव्याताका साथ सफल पार्न किरात याक्थुङ चुम्लुङ कतारका अध्यक्ष मनकुमार आङ्बोको संयोजकत्वमा मूल कमिटीसहित विभिन्न समिति गठन गरीएको छ ।
आगामी ८ मे शुक्रवारका दिन हुने कार्यक्रममा तीनवटै संस्थाहरुले आ–आफ्नो परम्पराअनुसार प्रकृति र पितृ पूजा गर्ने तथा विविध झाँकीसहितको साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेर मनाउने भएका छन् ।

