All about Sunuwar

News

now browsing by category

 

प्रवासी सुनुवारहरुले संकलन गरि पठाइएको राहत बितरण हुँदै।

rahatसुनुवार डट ओआरजि समाचारदाता ।
१४  माघ, रामेछाप ।  मिति २०७२ बैशाख ११,१२ र २९ गते गएको महा बिनासकारी भुकम्पमा परि दोलखा र रामेछापका सुनुवार समुदायमा मृत्यु भएका मृतकका परिवारजनलाई र अन्य भुकम्प पीडितहरुलाई प्रवासी सुनुवारहरुले संकलन गरि पठाइएको राहत रकम सुसेस केन्द्रिय अध्यक्ष ज्युबाट दोलखाको हाबाँ र रामेछापको रस्नालुमा बितरण कार्यक्रम सम्पन्न गरियो।

रामेछापको पुरानो फुटबल खेलाडी सुतेका ओच्छ्यानमै मृत

सुनुवार डट ओआरजि समाचारदाता ।
१२ माघ, काठमाडौं । रामेछापका प्रितिका फुटबल प्रेमी तथा खेलाडी जगत बहादुर सुनुवार हिजो बेलुकी आफन्टको (भक्तपुर) मा पाहुन जाँदा सुतेकै ठाउँमा सुतेको सुत्यै हुनुभए पछि अहिले त्रि.वि.वि. शिक्षण अस्पताल, महाराज गञ्जमा पोष्ट मार्टम भइरहेको छ ।
रामेछाप प्रिती लुँखी गाउँका टंक लुुँखिच र प्रिती ग्युदुका प्रेम सुनुवार लगयत उहाँको परिवार शिक्षण अस्पतालमा पोष्टमार्टम गराउँदै हुनुहुन्छ । जगत सुनुवार पहिलो पटक लिखुबेल्टमा गोल्डकप आयोजना गराउने व्यक्तित्व हुनुहुन्छ ।

रमिता

–कोइँचबु काःतिच
एक जना जान्ने मान्ने गान्ने कोइँच बन्न नसकेको सुनुवार । भुइँमा एक वचन खस्न दिँदैन । एक दिन एक जना बाहुनले उसलाई भने छ, हौ मुखिया जि, यस्तो जान्ने मान्ने गान्ने मान्छे के त्यसै डुकु लट्ठाक बस्नु भएको ? आउनोहोस् सँगै काम गरौं ।
अझसम्म कोइँचहरुले उसलाई माया गरेर अग्रज मानीरहेका थिए । मञ्च दिएकै थिए र उ ठूला ठूला कुरा गरेर त्यही मञ्चबाट आयोजकलाई नै गाली गरेर हैरान पाथ्र्यो । कोइँचको भाषा संस्कृतिको ठेकेदार सम्झन्थ्यो । पाँच पाँच मिनेटमा प्रत्येक शब्दको पर्यावाची शब्द जन्माउँथ्यो । साँच्चिकै उ माहिर विद्वान थियो ।
एक दिन कोइँच युवाहरुले ति विद्वान महोदयलाई काठमाडौंमा बाहुनको धोति स्याहार्दै गरेको भेटे छन् । शायद बाहुनको कुराले चाँडै राज्यको मालिक बन्ने सपना देखेछन् क्यारे ति विद्वान महोदयले । व्यक्तिगत स्वार्थमा ती विद्वान महोदयले आप्mनो पहिचानलाई बाहुनको हजुरीमा खुसुक्क चढाएको देख्दा कोइँच युवाहरु उद्देलित भएको देखियो । प्रत्येक कोइँच पहिचानको अभियान जान्ने मान्ने गान्नेहरुले आफुलाई सिँडी चढ्ने भरेङ बनाएको देख्दा औधि मुर्मुरिएर उचाक्ली चौ उठाए । र, उनीहरु स्खलित सपना पोको पारेर कालो इतिहासको पात्रको चरित्र विश्लेषण गर्न लागीरहेको देखियो । तिनै विद्वान महोदय जस्ताका धेरै विद्वानहरुको सूची भ्याई नभ्याई तयार गरीरहेको देखियो । गुजिल्टीएर लागीपरेका ती युवाहरुको सपना अव के हुन्छ ? के निस्कर्ष निकाल्छन् कुन्नि ? सोच्दै सोच्दै म भने रमिता हेरीरहेको छु ती अग्रगामी युवाहरुको, उग्रावादी, र प्रतिगामीहरुको हर्कत ।

खोटो संविधानको विरुद्धमा पुतलीसडकमा विरोध प्रद्र्शन

–कोइँचबु काःतिच
संसारकै उत्कृष्ट संविधान भनेर खोक्न लाज नमान्ने नेताहरुको अगाडि मौन जुलुस र धर्नाको के औचित्य ? धेरैलाई यस्तै प्रश्नले गिदीमा विचारको ख्यु12583761_1050837848271658_368624087_nरा रयालिनु स्वभाविक हो । ता पनि आदिवासी जनजाति नेपालको इतिहा मा मानव अधिकारको लागि सडकमा उत्रिन भने छाडेका छैनन् । आन्दोलन कहिले उत्कर्षमा पुगेको महुशूस गराउँछन् त कहिले आन्दोलन शेम्शा गएको भान पार्छन् । जे होस् युद्धमा अनेक रणनीतिको प्रयोग हुन्छ । यस्तै यस्तै धेरै आन्दोलन, अभियान र विरोधको ढाँचालाई पच्छाउँदै गएका आदिवासीहरुले आज पुतलीसडकमा मौन धर्ना सहित विरोध प्रदर्शन गरेका छन् ।
सो विरोध प्रदर्शनमा सुनुवार सेवा समाजको अध्यक्ष मनप्रसाद सुनुवारको नेतृत्वमा कोइँच सुनुवारहरु पनि प्रदर्शनमा उभिएका छन् । नेपालका आदिवासी जनजतिहरुको अधिकार सम्बन्धि वकिल समूह –लाहुर्निप) को अगुवाईमा केही महिनादेखि आयोजित यस्तो विरोध कार्यक्रमले नेपाल सरकारलाई राष्ट्रिय अन्तराष्ट्रिय रुपमा दबाब सिर्जना भएको जानकारी पनि प्राप्त भएको आन्दोलनका सहभागीहरुले बताएका छन् ।
राजधानीको मुख्य मुख्य चोकमा आदिवासी जनजातिको मानव अधिकारसम्बन्धिका विभिन्न प्लेकार्ड सहित उपस्थित भएका आदिवासी जनजातिहरुको यो अभियानलाई बुद्धिजीवि वर्गले प्रशंसानीय आन्दोलनको अभियान भनेका छन् । “यस्तो विरोध प्रदर्शनले हामी काम गरेर खानेलाई राम्रै गरेको छ । कुन दिन कहाँ यस्तो कार्यक्रम गर्ने भन्ने जानकारी सामाजिक सञ्जलमा शेयर भए एक दिन फुर्सद मिलाएर म पनि सहभागी हुने थिए”ँ, एक ट्याक्सी चालकले आफ्नो धारणा राखेका थिए । Read More

जयकृष्ण सुनुवार परिवारलाई सुनुवार सेवा समाज शाखा साउदी अरेबियाको सहयोग।

11111-MohanMilan Jeromi सुसेस शाखा

साउदी अरेबिया 24 जनवरी 2016। आगलागी बाट पीडित पाचथर ओलने दशमी बजार निवासी जयकृष्ण सुनुवार परिवार लाई सहयोग स्वरुप सुसेस साउदी अरेबिया को तर्फबाट 40,000 रुपैया र रोजगारी को सिलसिला मा रहनु हुने सहयोगी टिक बहादुर सुनुवारबाट 11,500 गरि 51,500 रुपैया सम्बन्धि त स्थान मा हस्तान्तरण गरिएको छ। सुसेस शाखा साउदी का संयोजक देव सुनुवार को संयोजकत्वमा सुसेस साउदी को कार्यसमिति का पदाधिकारीहरु को विशेष पहलमा सुनुवार सेवा समाज केन्द्रिय कार्यलय काठमाडौ को माध्यम बाट सो रकम हस्तान्तरण गरिएको हो। सुनुवार सेवा समाज केन्द्रिय अध्यक्ष श्री मन प्रसाद सुनुवार ज्यु ले सो कार्य सुनुवार एकता को कारण सम्भव भएको र समस्त सुनुवारहरु को दुख,सुख को साथी सुसेस यस कार्य प्रती आभारी रहेको बताउनु भयो। गत हप्ता पीडित जयकृष्ण सुनुवार को घर उक्त घटना घटेको थियो। भौतिक सम्पत्ती को व्यापक क्षेती भए पनि परिवार सुरक्षीत रहेको र पीडित जयकृष्ण सुनुवार लाई साधारण चोट लागेको थियो। उक्त आगालागी बाट करोडौं को क्षति भएको सूचना प्राप्त भएको छ।

थोरै आदिवासी जनजातिहरु मानवाधिकारको लागि एक जुट हुँदै

–कोइँचबु काःतिच
माघ १०, काठमाडौं । संसारको उत्कृष्ट भनि दाबी गरिएको संविधानसभाबाट जारी संविधानले थोरै जनसंख्या भएका आदिवासी जनजातिहरुको मानवाधिकार कुण्ठित गरेको हुँदा एक जुट भएका छन् । २०४७ सालमा संविधान जारी गर्दा पछि उत्पपिडक शासक वर्गले सन्सारकै उत्कृष्ट संविधान भनि सार्वजानिक रुपमा बोलेका थिए । आखिर ४ वर्षमा जनयुद्ध निम्तायो । अहिले पनि लाजै नमानी खसबाहुन शासक र खसबाहुनको ढोके, हुक्के, सुसारेले संसारकै उत्कृष्ट संविधान भन्ने गरेका छन् तर नेपालको इतिहासमा संविधान जारी भएपछि कित्ता काट गरेर स्कर्टिङमा राती सवारी चलाउनु पने, महँङ्गीको मार जनताले खेप्नु पर्ने र आफ्नै भूमिमा संविधान जारी गर्ने सभासद्ले पाइला राख्न नसकेको अवस्था सिर्जना गर्ने र कार्यन्वयन नभै जारी भएको चार महिनामै संविधान जारी गर्नु पर्ने संविधान चाहिँ संसारमा नेपालकै हो । यस्तो विषम् परिस्थितिमा थोरै जनसंख्या भएका आदिवासी जनजातिको मानवाधिकार कुण्ठित भएको हुँदा निरन्तर संघर्षको लागि संगठित भएका हुन् । आज धुमबराही एस आए क्याटरिङमा आदिवासी जनजातिको ऐन २०५८ अनुसार सुचीकृत आदिवासी जनजातिमा ४८ आदिवासी जनजातिहरु थोरै जनसंख्यामा छन् । भर्खरै नेपाल सरकार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले २३ अल्पसंख्याकहरुको स्वायत्त क्षेत्र जारी गरेपछि सोही विषयमा पनि छलफल गरिएको थियो । उक्त स्वायत्त क्षेत्र भनेको गाउँपालिका जस्तो अधिकार विहीन स्वायत्त क्षेत्र हुनसक्ने पनि सहभागीहरुले छलफलमा वहस उठाएका थिए । आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष पासाङ शेर्पाको अगुवाईमा भएको सो भेलामा २५ भन्दा बढी आदिवासी जनजातिको उपस्थिति रहेको थियो । सुनुवार सेवा समाजका अध्यक्ष मनप्रसाद सुनुवारले अबका दिनमा आन्दोलन भने पनि अभियान भने पनि एजेण्डा प्रस्तुत गरेर आगामि दिनमा कसरी अगाडि बढ्ने र को को सँग सहकार्य गर्ने कार्य योजना बनाउनु पर्ने छलफलमा प्रस्ताव राख्नु भयो ।

कुबेतबाट पनि सहयोग प्राप्त

kubetसुनुवार डट ओआरजि समाचारदाता
९ माघ, काठमाडौं । दशमी बजार पाँचथरमा रामबहादुर मुखिया (जयकृष्ण सुनुवार) को घरमा आगलागी भएर करोडौं नष्ट भइ आपतकालीन अवस्था भएको हुँदा कुवेतबाट पनि सहयोग उपलब्ध भएको छ । कुबेतमा कार्यरत सुरेश सुनुवार –Suresh Dhabs Sunuwar) ले रु. ३९१८.४८ पैसा हिमाल रिमिट मनिट्रान्फरबाट आपतकालिन सहयोग पठाउनु भएको छ । उहाँले व्यक्तिगत रुपमा उपलब्ध गराएको सो रकम सुनुवार सेवा समाज केन्द्रीय समितिले जयकृष्णको नाममा मनिट्रान्सफर मार्पmत उपलब्ध गराइने जानकारी कोषाध्यक्ष उत्तमकुमार सुनुवारले जानकारी गराउनु भएको छ । यसैगरी सुनुवार सेवा समाज साउदी अरबबाट उहाँको लागि सहयोग उपलब्ध गराउन सहयोग संकलन भएको जानकारी अमर सुनुवार र देव ङावाच जानकारी दिनु भएको छ । त्यस्तै गरी सुनुवार सेवा समाज मलेसियाले पनि सहयोग गर्ने जानकारी प्राप्त भएको छ ।