News
now browsing by category
इमान्दार यात्रुको कारण भेटियो बस : मृतकको भोलि दाहसंस्कार
–कोइँचबु काःतिच ।
धुलिखेल, ८ फागुन । राजन सुवेदी बेहोसीमै बसले ठक्कर दिएपछि सडकमुनि घारीबाट निस्केर हारगुहार गरी विनोद सुनुवारलाई फोन गरिदिन अनुरोध गर्न भ्याए । रक्ताम्मे सुवेदीलाई यात्रु र ड्राइभरले गाडीमा राखेर अस्पताल लैजाँदै गर्दा मेरो साथी कहाँ छ भन्दै विनोद सुनुवारलाई फोन गरिदिन गोजीबाट मोबाइल झिक्दाझिक्दै उनी बेहोस् भए । त्यसपछि के भयो उनलाई केही थाहा भएन ।
हिजो करिव ३ बजे धुलिखेलनजिकै जङ्गलमा मोटरसाइकललाई ठक्कर दिएर भागेको बसको हुलिया बसका यात्रु, ड्राइभर र खलाँसीबाहेक कसैलाई थाहा थिएन । यस्तै अन्यौलमा प्रहरीले नवराज सुनुवारलाई घटनास्थलबाट धुलिखेल अस्पताल ल्याए पनि उनको प्राणपखेरु उडिसकेको थियो । राजन सुवेदीको होस् आए पनि सेतो गाडी देखेको बाहेक अन्य हुलिया बताउन सकिरहेका थिएनन् । संयोगवश इमान्दार एक जोडी यात्रुका कारण ठक्कर दिइ भाग्ने बस चालक र खलाँसीलाई प्रहरीले हिरासतमा लिन सफल भए तापनि कारवाही अगाडि बढाउन मुस्किल भएको थियो ।
कसरी ठक्कर दियो बसले मोटरसाइकललाई ?
रामेछाप फुलासीबाट काठमाडौं आउँदै गरेको बस नवराज सुनुवारले हाँकेको मोटरसाइकल पछाडि आइरहेको थियो । काभ्रे भञ्ज्याङबाट धुलिखेलतिर आउँदै गर्दा धुलिखेल नजिकै जङ्गलको घुम्तीमा भकुन्डेबेँसीतिर जाँदै गरेको बसलाई साइड दिँदै मोटरसाइकललाई उछिन्न खोज्यो । बसले च्यापेको हुँदा मोटरसाइकल रोड छाडेर ग्राबेलमा गुड्न पुग्यो । करिबकरिब यु टर्न जस्तो घुम्ती भएको हुँदा बस घुम्दा नवराजले हाँकेको मोटरसाइकलको ह्याण्डीललाई ठक्कर दियो । यसरी ठक्कर दिँदा मोटरसाइकल घुम्न पुग्यो र पछाडिको ब्रेक लाइटको भागलाई धक्क दियो र मोटरसाइकल चालक नवराज र सहयात्री राजन उछिट्टिएर नजिकैको रुखमा ठोक्किएर सडकमुनि झाडीमा पछारिन पुगे । Read More
बसले ठक्कर दिँदा घटनास्थलमै नवराज सुनुवारको मृत्यु : अभैm गाडी पत्ता लागेन ।
–कोइँच बु काःतिच
८ फागुन, काठमाडौं । काठमाडौं आउँदै गर्दा धुलिखेल नजिर्क जंगलमा गाडीले ठक्कर दिँदा मोटरसाइकल चालक नवराज सुनुवारको घटनास्थलमै मृत्यु भएको छ । हिजो दिउँसो करिब ३ बजे रामेछाप जिल्ला, भुजि गा. वि. स. वडा नं. तीन ठिन्केपु नि. मा. वि. पिपलडाँडाका शिक्षकद्वय नवराज सुनुवार र रामेछाप कठजोरका राजन सुवेदी काम विशेषले काठमाडौं आउँदै गर्दा धुलीखेल नजिकै जंगलको घुम्तीमा सेतो रङ्गको बसले ठक्कर दिँदा नवराज सुनुवारको मृत्यु भएको हो । अहिलेसम्म सो सेतो बसलाई प्रहरीले समातेको छैन । राजन सुवेदीको काठमाडौंमा काम भएको हुँदा साथीभाई काठमाडौं घुम्ने पनि काम पनि गर्ने भनेर आउँदा यस्तो अप्रिय घटना घट्न पुगेको हो ।
एकान्त जङ्गलमा घटेको घटना भएकोले प्रत्यक्षदर्शी हालसम्म भेटिएको छैन । मोटरसाइकलमा आएका सहयात्री राजन सुवेदीको होस खुलेपछि नवराजको बहिनी शोभालाई बताए अनुसार उनीहरु भकुण्डेबेँसीमा कार र मोटरसाइकल ठक्कर खाएर दुर्घटना भएको देखेपछि डराएर विस्तारै जाने भन्दै चिया खाजा खाएर प्रति घण्टा १५, २० को गतिमा आएका थिए । धुलिखेल आइपुग्न लाग्दा जङ्गलको घुमाउरो बाटोमा अति तिव्र गतिमा आएको सेतो रङ्गको बसले मोटरसाइकलको अगाडिको भागमा ठक्कर दिएपछि उनीहरु सडकमुनि खस्न पुगे । त्यसपछि उठेर सडकमा आइ हारगुहार मागेपछि गाडिमा राखिएको र गाडिमा राख्दा मेरो साथी छ, खोइ भनेर सोधेको र विनोद सुनुवार लगाएत अन्यको नाम मोबाइलमा हेरेर खबर गरिदिन भनेकोसम्म याद भएको त्यसपछि थाहा नभएको जानकारी दिएका छन् । प्रहरीले एउटा बसलाई समातेको तर त्यो बस हो कि होइन एकिन नभएको पनि जानकारी प्राप्त भएको छ । Read More
सुसेस मलेशियाको प्रथम सम्मेलन सम्पन्न
सुनुवार डट ओआरजी संवाददाता ।
क्वालालम्पुर, २६ माघ । सुनुवार सेवा समाज मलेशिया शाखाको प्रथम सम्मेलन सम्पन्न भएको छ । चिनिया नयाँ वर्षको अवसरमा जोहोरबारुस्थित ठूलो शहरमा अवस्थित आमन्सरी होटलमा सम्पन्न सम्मेलनले गंगाबहादुर सुनुवारको अध्यक्षतामा ११ सदस्यीय समिति चयन गरेको छ । मलेशियास्थित विभिन्न पेशामा आवद्ध रहेका सुनुवारहरु भेला भएर आफ्नो समुदयको हितका लागि गत वर्ष देवराज सुनुवारको संयोजकत्वमा संगठित भएका थिए ।
सम्मेलनमा शुभकामना मन्तव्यको क्रममा नेपाल मगर संघ मलेशियाका सल्लाहकार गोपाल रानामगरले आदिवासी जनजातिहरुका लागि राज्यले छुट्याएको बजेटको सक्दो उपयोग गर्नुपर्ने कुरा बताए । शुभकामना मन्तव्यको क्रममा संघीय लिम्बुवान मलेशियाका अध्यक्ष मातृका धिमालले राज्यको विभेदकारी राजनीतिका कारण आदिवासी जनजातिको विकास हुन नसकेको कुरा बताउँदै आविासी जनजातिलाई राष्ट्रिय राजनीतिमा समावेश नगरिएकै कारण पछाडि परेको जिकिर गरे ।
त्यस्तै आदिवासी जनजाति महासंघ मलेशियाका उपसचिव मिना तामाङ, हेभन्ली निर्वाणा पाथका अध्यक्ष एन्जेल सुनुवारले शुभकामना मन्तव्य दिएका थिए भने मलेशिया शाखा उपाध्यक्ष लालविर सुनुवारले स्वागत भाषण तथा गोकर्ण सुनुवार सुनुवार इतिहासको बारेमा चर्चा गरेका थिए । त्यस्तै समाजका संस्थापक टेकबहादुर सुनुवार (जोहन)ले आदिवासी जनजातिहरुको एकताको खाँचो रहेको कुरा बताउँदै साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने सम्पूर्ण कलाकारहरुलाई धन्यवाद दिए ।
सम्मेलनका प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ मलेशियाका सदस्य भिम तामाङले मलेशियामा रहेका जुनसुकै संघसंस्थाहरु आपसी सहयोगका लागि सक्रिय रहनुपर्ने कुरा जोड दिँदै यहाँको राजनीतिमा हामी सजकता अपनाएर काम गर्नुपर्ने बताए ।
सम्मेलनका सभापति देवराज सुनुवारले पहिचान र समानताका लागि प्रतिबद्धता नारालाई सार्थक बनाउन देश विदेशमा रहेका सम्पूर्ण सुनुवारहरु जागरुक हुनुपर्ने कुरा बताए । सम्मेलनमा मलेशियास्थित विभिन्न जातीय संघसंस्थाका ३० भन्दा बढी प्रतिनिधिहरुको उपस्थिति रहेको थियो भने विविध साँस्कृतिक कार्यक्रम तथा नृत्य पनि प्रस्तुत गरिएको थियो ।
सुसेस दक्षिण कोरियाको साधारणसभा सम्पन्न
सिउल, २६ माघ । सुनुवार सेवा समाज दक्षिण कोरिया शाखाको प्रथम साधारणसभा सम्पन्न भएको छ । सालनाल कोरियन चाड विदाको अवसरमा राजधानी सऊलको तोङ्देमुनमा सम्पन्न भएको छ। साधारणसभाले कार्यसमितिमा केही हेरफेर गरी हुसन सुनुवारको अध्यक्षतामा १३ सदस्यीय समिति तथा २ जना सल्लाहकार चयन गरिएको कुरा सचिव हर्क सुनुवारले बताए ।
दक्षिण कोरियामा विभिन्न व्यवसाय, अध्ययन र रोजगारीको सिलसिलामा बसोबास गर्दै आएका सुनुवारहरु भेलामा उपस्थित भएका थिए ।
कोरिया रहेका सुनुवारहरुको हित एकताका लागि कोइँच सुनुवार भेषभूषा, कला संस्कृतिलाई त्यहाँका समुदायमाझ पहिचान बनाउन तथा विभिन्न संघ संस्थाहरुसँग हातेमालो गर्दै अघि बढ्नुपर्ने सल्लाहकार बालकृष्ण सुनुवारले बताए । संस्थाको प्रतिवेदन प्रस्तुत गर्दै सचिव हर्क सुनुवारले स्थापनाको छोटो अबधिमा नै साधारणसभा गर्नुपरेकोले सोचेअनुरूप काम गर्न नसके पनि संस्थाको आन्तरिक मजबुतका लागि सुनुवारहरूको सहभागिता बढाउन जोड दिनुपर्ने बताए । संस्थाको कोषाध्यक्ष सुवास सुनुवारले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
देशमै सिमान्कृत समूहमा रहेका सुनुवारहरु दक्षिण कोरियाजस्तो मुलुकमा सुनुवार सेवा समाजको स्थापना गर्नु निकै चुनौतिपूर्ण भए पनि उत्साहका साथ हातेमालो गरेर अगाडि बढ्ने कुरा सुनुवार महिला सहभागिले पनि बताए ।
ेकार्यक्रमका सभापति तथा संस्थाका अध्यक्ष हुसन सुनुवारले विभिन्न पेशा, व्यावसाय तथा अध्ययनमा रहेका सुनुवारहरुले कार्यव्यस्तताका बाबजुत पनि अमूल्य समय दिइ उत्साहजनक उपस्थित भएकोमा धन्यवाद दिए ।
मह जोडीलाई साम्दे शेर्पा स्मृति पुरस्कार
समीर मुखिया सुनुवार, सुनुवार डट ओआरजी
काठमाडौं, २३ माघ । साम्द शेर्पा स्मृति पुरस्कार वरिष्ठ हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई प्रदान गरिएको छ । त्यसैगरी साम्दे शेर्पा प्रतिभा पुरस्कार हास्यव्यंग्य कलाकार मनोज गजुरेल तथा साम्दे शेर्पा स्मृति पुरस्कार हास्य कलाकार पासाङ टी शेर्पालाई प्रदान गरिएको छ । शेर्पाको स्मृतिमा हास्य विधाका कलाकारद्वय मह जोडीलाई नगद रु. ३१,००० हजार तथा ट्रफी, मनोज गजुरेललाई नगद रु. १०,१११ तथा ट्रफी तथा पासाङ टी शेर्पालाई नगद रु. १०,१११ तथा ट्रफी प्रदान गरिएको छ ।
हिमालयन शेर्पा सांस्कृतिक केन्द्रद्वारा आयोजित कार्यक्रममा पुरस्कार छनौट समितिका संयोजक वरिष्ठ चलचित्र निर्देशक तथा निर्माता यादव खरेलले पुरस्कार छनौट प्रक्रियालाई सबै क्षेत्रबाट सूक्ष्म अध्ययन गरेको बताए । यो पुरस्कार राष्ट्रियस्तरका कलाकारलाई मात्र प्रदान गर्नुभन्दा पनि सिमान्कृत समुदय शेर्पाका प्रतिभाशाली व्यक्तिलाई प्रदान गर्दा अझ प्रोत्साहन कुरा पनि बताए ।
पुरस्कार वितरण समारोहमा कला क्षेत्रका निकट मित्र राजाराम पौडेलले अमेरिकामा पछिल्लोपटक भेट हुँदाका स्मरण गर्दै लामो समयसम्म फोन वार्ता हुने गरेको कुरा बताए । कलाकार दिनेश डिसीले साम्दे शेर्पासँग क्याम्पस पढ्दा निकटतम मित्र रहेको स्मरण गराउँदै कला क्षेत्रमा पनि सँगसँगै प्रवेश गरेको बताए ।
पुरस्कार वितरण समारोहका प्रमुख अतिथि संस्कृतिविद् सत्यमोहन जोशीले हास्यव्यंग्य क्षेत्रलाई राजा महाराजा खुशी पार्न डबलीबाट सुरु गरेर अहिले व्यावसायिक बनेकोमा खुशी व्यक्त गरे । सो कार्यक्रममा हास्य कलाकार वसुन्धरा भुषाल, लोकनाथ ढकाल, नेपाल शेर्पा संघका अध्यक्ष ए.डी. लामा, पूर्व सभासद वाङछे शेर्पा, नेपाल शेर्पा महिला संघका अध्यक्ष निमी शेर्पालगायत शेर्पा संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सभापति हिमालयन शेर्पा सांस्कृतिक केन्द्रका अध्यक्ष लाक्पा शेर्पाले साम्दे शेर्पाका नामा विभिन्न किसिमका गतिविधि सञ्चालन गर्दै कुरा बताए ।
भावना सुनुवारलाई खेलकुद सामग्री प्रदान
समीर मुखिया सुनुवार, सुनुवार डट ओआरजी ।
काठमाडौं, १७ माघ । सुनुवार सेवा समाज कतार शाखाद्वारा स्क्वास खेलाडी भावना सुनुवारलाई खेल सामग्री प्रदान गरियो । ट्रयाकसेट, टिसर्ट, किट्स र स्क्वास जुत्ता प्रदान गर्दै सुनुवार सेवा समाज केन्द्रीय अध्यक्ष मनप्रसाद सुनुवारले नेपाल र सुनुवार समुदयको नाम राख्न सफलताको शुभकामना दिए । सुनुवार सेवा समाज कतार शाखाका सचिव रुपक सुनुवार र कोषाध्यक्ष अर्जुन सुनुवारको सहभागितामा उक्त खेल सामग्री प्रदान गरिएको थियो ।
नेपाल स्क्वास र्याकेट्स संघद्वारा आगामी साता भारतको गुहाटी र सिलोङमा हुन गइरहेको १२औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) खेलका लागि सुनुवार छनौट भएका हुन् । सुनुवार यस अगाडि दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) खेलमा कास्य पदक विजेता हुन् ।
भावना सुनुवारलाई खेलकुद सामग्री प्रदान
समीर मुखिया सुनुवार, सुनुवार डट ओआरजी ।
काठमाडौं, १७ माघ । सुनुवार सेवा समाज कतार शाखाद्वारा स्क्वास खेलाडी भावना सुनुवारलाई खेल सामग्री प्रदान गरियो । ट्रयाकसेट, टिसर्ट, किट्स र स्क्वास जुत्ता प्रदान गर्दै सुनुवार सेवा समाज केन्द्रीय अध्यक्ष मनप्रसाद सुनुवारले नेपाल र सुनुवार समुदयको नाम राख्न सफलताको शुभकामना दिए । सुनुवार सेवा समाज कतार शाखाका सचिव रुपक सुनुवार र कोषाध्यक्ष अर्जुन सुनुवारको सहभागितामा उक्त खेल सामग्री प्रदान गरिएको थियो ।
नेपाल स्क्वास र्याकेट्स संघद्वारा आगामी साता भारतको गुहाटी र सिलोङमा हुन गइरहेको १२औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) खेलका लागि सुनुवार छनौट भएका हुन् । सुनुवार यस अगाडि दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) खेलमा कास्य पदक विजेता हुन् ।

