All about Sunuwar

Archives

now browsing by author

 

सर्वोच्चा अदालतले संविधान सभामा आदिवासी जनजातिको स्वतन्त्र प्रतिनिधित्व गर्न आदेश

-कोइँचबु काःतिच
आदिवासी जनजातिको स्वतन्त्र प्रतिनिधित्व संविधान सभामा सुनिस्चि गर्न सर्वोच्च अदालतले आदेश जारी गरेको छ । विधिको शासन भन्दै सुगा रटान गर्ने पहिचान विरोधी राजनीतिक पार्टी र आदिवासी जनजातिको प्रतिनिधिमूलक संस्थालाई गैर-सरकारी संस्था भन्ने कोइँच बन्न नसकेको सुनुवारलाई यो आदेश सम्भवतः मुटुको किला बने पनि कानुन उत्पीडकहरुका लागि मात्र हुन्छ भन्ने आम आदिवासी जनजातिमा उब्जेको शंकलाई केहीहदसम्म मलमपट्टीको काम गरेको छ ।
सुनुवार सेवा समाज,आदिवासी जनजातिको मानव अधिकार सम्बन्धि वकिल समूह, नेपाल लगायत वीसभन्दा बढी आदिवासी जनजातिहरुको प्रतिनिधिमूलक संस्थाले गत वर्ष २०६९ साल जेठ १४ गते मृत संविधान सभामा आदिवासी जनजातिको स्वातन्त्र प्रतिनिधित्व नभएको हुँदा उनीहरुको प्रतिनिधिमूलक संस्थाले छनोट गरी पठाएको प्रतिनिधिले मात्र आदिवासी जनजातिको लागि जनवाकलता गर्ने र पार्टीको सिफारिसमा प्रतिनिधिले पार्टीकै पच्छेमा बोल्ने जिकिर सहित आदिवासी जनजातिको हक अधिकार हनन् भएको भनि दयार रिट माथिको सुनुवाइ सर्वोच्च अदालतले भर्खर गरेको छ । तत्कालिन अवस्थामा सरकार र संविधान सभालाई विपक्षी बनाइ दयार सो रिटमागिको सुनुवाइ पछि गरिएको आदेशले कनुनतः अबको संविधानसभामा आदिवासी जनजातिको स्वतन्त्र प्रतिनिधित्व सुनिस्चित भएको छ ।
आदिवासी जनजातिको अधिकार सम्बन्धि Read More

कस्ट गरि दिनु भए मा सारै आभारी हुने थिए

सुनुवार बिधार्थी समाज मार्फाद प्रदान गरिन लागेको छात्रवृति साथै अक्षय कोष सस्थापक सम्मान तथा करियर गाइडेंस कार्यक्रम यहि मिति २०७०/०५/२९ गते शनिबार ११.०० बजे सु से स भवन कोटेश्वोर मा हुन गैरहेकोले पदाधिकारी साथै सदस्य महानुभाब हरु एट लिस्ट उपस्थिति सम्म भैदिने कस्ट गरि दिनु भए मा सारै आभारी हुने थिए |
Co-Secretary – Ckangyab Namade Yata

‘किनार’

‘किनार’ By निराकार

खोलामा बग्ने स्वतन्त्र पानीलाई
दिशानिर्देश गर्छ किनार
पानीको वहकाईसंगै
पलपल आफु काटिइंदै, खिइंदै
खोला/ नदि इत्यादिलाई आकार दिन्छ
समुन्द्र सम्मको यात्रा तय गरिदिन्छ
हरेक पल तिरस्कृत नयाँ छालहरुसित चुम्वन गर्छ
उनीहरुको नुनिलो बेदनालाई आफुमा समाहित गर्छ
स्वागत गर्छ, विदाई गर्छ । Read More

रेडियो लिखु ९१.३ मेगाहर्ज स्थापनार्थको लागि सहयोग ।

रेडियो लिखुको टावर जडान भैसकेको सम्पूर्ण कोइँच बन्धुहरुमा अवगतनै छ । यस रेडियोको सम्पूर्ण कार्य असोजमा र मोनिटर कार्तीक सम्ममा गरिसक्नुपर्ने छ यदि यसो गर्न नसकेको खण्डामा यो रेडियो खरेज हुनुको साथै फेरीपनि हामीले रेडियो दर्ता बन्दको कारण यस्तो मौक पाउने छैनौं । यस रेडियोले दिने फाइदा र यसको बारेमा जान्न चाहनु हुन्छ भने यसमा थिच्नुहोस् या info@sunuwarमा  ईमेल गर्नुहोस् ।
२०७० भदौ २३मा

क्र.सं.   नाम ठेगान रु
मन प्रसाद सुनुवार गुप्तेश्वर २,०७,०००
२ . डा. लाल श्याँकारेलु रापचा कटुन्जे  १०,०००
सुर्य प्रकाश सुनुवार निभारे  १०,०००
देव कुमार सुनुवार कुँवँु कास्थेल  १०,०००
पाम ब. सुनुवार (सुरज) खिँची चण्डेश्वरी  १०,०००

६. लेखबहादुर सुनुवार हाँवा, दोलखा, हाल : मकाउ रु. १०,०००।-

हजुरहरुको सहयोगले नै यो कार्य सफल हुने भएकोले सम्पूर्ण कोइँच बन्धुहरुमा सहयोगको अपेक्षा गर्दछौं ।
समपर्क:

 मन प्रसाद सुनुवार सु.से.स केन्द्रिय   अध्यक्ष ९८५१०७९९३३
 चन्द्र प्रकाश सुनुवार सु.से.स ल.पु      अध्यक्ष ९७४१०८३८८७
 देव कुमार सुनुवार ९८४१६६६८३१
 सुर्य प्रकाश सुनुवार ९८५१०१७७२२
 पाम ब. सुनुवार ९७५१०७७६९५

 

 

Vent out mechanism

Bikram Subba
तीज: तीज समान्तवादी हिन्दु सामाजिक व्यवस्थाको उपज हो । अर्थात, सामन्ती (हिन्दु) समाजमा महिलाहरूलाई सासुहरूले अत्यन्तै थिचोमिचो गरेर राख्ने गर्दथे । वर्षभरि थिचोमोचो र अन्याय सहेर बसेपछि तीजमा घर गएर वर्षभरिको व्यथा र कुण्ठालाई गीतमा विलौना गाएर मनोवैज्ञानिक उपचार गर्ने । यस किसिमको सामाजिक व्यवस्थालाई Vent out mechanism भनिन्छ । अर्थात, कसैले कसैलाई अन्याय गर्छ तर सामजिक मुल्य अनुसार त्यो सहनु पर्छ । सहनेलाई भित्र भित्र खपीनसक्नु हुन्छ । त्यही खप्न नसकेको मानसिक कुण्ठालाई बाहिर निकाल्न दिने सामाजिक व्यवस्था नै Vent out mechanism हो ।

जापानको उदाहरण: जापान पनि उचनिचले भरिएको (Hierarchical) समाज हो । उचि जातीलाई वा हाकिमलाई मुख फर्काउँन नहुने सामाजिक मुल्य (Value) रहेको छ । तर चित्त नबुझेपछि भित्रभित्र मानिस त मुर्मुरिन्छ । यो मुर्मुर्‍याइँलाई बाहिर निकाल्ने Vent out mechanism का रुपमा कार्यालयको १४-१५ औँ तलातिर एउटा कोठामा छालाको मानिस झुण्ड्याएको हुन्छ र त्यहाँ एउटा मजाको लट्ठी पनि राखिएको हुन्छ । हाकिमसंगको रिसले सिमाना नाघेपछि कर्मचारी त्यहाँ जान्छ, त्यो छालाको मानिसलाई हाकिम कल्पना गरेर लट्ठीले बेस्सरी गोद्छ….गोद्छ….गोद्छ… र थाकुन्जेल गोद्छ । अनि नुहाउँछ । लुगा लगाउँछ । अनि कार्यालयमा फर्केर फेरि मुसुक्क हाँस्दै हाकिमको सामु ज्ञानी भएर काम गर्छ । यो एउटा Vent out mechanism हो । Read More

मातृभाषा पहिचानको मूल आधार हो

IMG_7069सुनुवार डट ओआरजि समाचारदाता
२२ भदौ, यालाखोम । ‘भाषा मरे संस्कृति मर्छ । संस्कृति मरे जाति मर्छ । यो चलनचल्तीको बोली भइ सकेको छ । वास्तवमा यो धु्रवसत्य पनि हो । हाम्रो भाषा मरेमा हामीले गर्ने संस्कार संस्कृतिको कुनै अर्थ रहँदैन । अहिले मूल वस्तीबाट बाध्येतावाश वा करबलले टाढा रहेको कोइँचमा यसको प्रभाव जटिल देखिएको छ । यसैले क्युइँतबु कल्याण कोषलेअ आफ्नो आठौं वर्षको उपलक्ष्यमा आफ्नो मुखपत्र जत्नमुइलिलाई कोइँच साहित्य विशेषङ्क प्रकाशन गरेर कोइँच पहिचान अक्षुण्ण राख्ने काम गरेर स्तुतियोग्य कार्य गरेको छ । अहिले देश पहिचानको संकटमा छ । यसैले हरेक कोइँच थरिकुटिहरु यसरी नै पहिचानको पक्षमा एकजुट हुनु परेको छ । यहाँ केही कोइँच हुन नसकेकाहरुले कोइँच पहिचानलाई पुनः दाउमा राखेर नामोनिसाना नमेट गर्ने चलखेल पनि भइरहेको पाइएको छ । यसैले अबको संविधान सभामा सबै कोइँच पहिचानको पक्षमा एक जुट भएर उभिनु पर्छ अनि मात्र हाम्रो असली मुक्ति हुन्छ ।’ प्रमुख अतिथि सुनुवार सेवा समाजका

अध्यक्ष मनप्रसाद सुनुवारले क्युइँतबु कल्याण कोषको आठौं वार्षिकोत्सवलाई सम्बोधनको क्रममा सबै कोइँचहरुलाई आव्हान गर्नु भयो ।

विगतको वर्षमा जस्तै यस वर्षमा पनि क्युइँतिचहरुको कार्यक्रम गर्ने दिन उपत्यका बन्द भएको हुँदा निर्धारित समयभन्दा एक घण्ट पछिबाट शुरु भए पनि कार्यक्रम उद्घाटन कोइँच परम्परानुसार जोर सागुन राखेर पिदार गरी दुमो गुइँगुइँ बजाएर गरिएको थियो । Read More

सुनुवार सेवा समाज ललितपुरमा नयाँ कार्य समिति निर्वाचित

DSC02276सुनुवार डट ओआरजि समाचारदाता
१९ भदौ, यालाखोम । सुनुवार सेवा समाज ललितपुर जिल्ला समितिको चौथो जिल्ला सम्मेलनले चन्द्रप्रकाश सुनुवारको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समितिमा गठन भएको छ । सुनुवार सेवा समाजको विधानानुसार प्रत्येक दुइ दुइ वर्षमा जिल्ला सम्मेलन गरेर नयाँ कार्य समिति चयन गर्ने प्रावधान भए पनि विशेष कारण सुनुवार सेवा समाज ललितपुर जिल्ला समितिको जिल्ला सम्मेलन एक वर्ष ढिला गरी सम्पन्न भएको छ । सो सम्मेलनबाट उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष र सदस्यहरुमा क्रमशः नेत्रबहादुर सुनुवार, देविका सुनुवार, रुपक सुनुवार, श्याम सुनुवार, भुबानि सुनुवार, दिपा सुनुवार, फत्तामाया सुनुवार, प्रेमा सुनुवार, मदन सुनुवार, खजेन्द्रविक्रम सुनुवार, किशोर सुनुवार, शिवराज सुनुवार रहेका छन् ।
सम्मेलनको उद्घाटन गर्दै प्रमुख अतिथि सुनुवार सेवा समाजका अध्यक्ष मनप्रसाद सुनुवारले पहिचानको लागि सबै कोइँच एक हुनु पर्ने बताउँदै नयाँ कार्य समितिले सुनुवार सेवा समाजले अगाडि सारेको वल्लो किरात स्वायत्त प्रदेशको वारेमा तदारुकताका साथ अगाडि बढ्ने आशा व्यक्त गर्नु भएको थियो । क्युइँतबु कल्याण कोष, सुनुवार विद्यार्थी समाज, किरात र्राई यायोक्खा, किरात याक्थुङ चुम्लुङका अध्यक्षले पनि भाषा, धर्म, कला संस्कृति कोइँचको पहिचान भएको हुँदा बालबालिकाहरुलाई आकर्षण हुने कार्यक्रम सुनुवार सेवा समाजले ल्याउनु पर्ने बताएका थिए र्।र्
इश्वरकिरण सुनुवार, इन्द्रकुमार सुनुवार, मुना मुखिया सम्मिलित निर्वाचन समितिले ललितपुर जिल्ला सम्मेलनमा नयाँ कार्य समिति चयन गराउने जिम्मेवारी लिएको सो सम्मेलनमा ललितपुर सुनुवार सेवा समाजले शव वहान सेवा सञ्चालन गरेर देशको सबैतिर कोइँचको पहिचान पस्किन सकेकोमा गर्व गर्दै हाल संस्थामा पन्चनब्बे हजार तीन सय सताइस रुपैंया अठासी पैंसा वचत रहेको संस्थाको प्रगति तथा आर्थिक प्रतिवेदनमा उल्लेख गरिएको थियो ।

सो सम्मेलनमा संस्थाको मुखपत्र शाक-कार-पोः पनि सार्वजानिक गरिएको थियो ।