All about Sunuwar

Archives

now browsing by author

 

लोःलाआ माल-सि (शालिन जवाफको खोजी)

मुना मुखिया (बोख याअता)

हो म,
चोटहरुमा पनि आनन्द मनाउन सक्छु
शोकहरुमा पनि तढ्पदै रमाउन सक्छु
धर्तीलाई निःसन्देह आकाशले शोषे जस्तै
हिमश्रृङ्खलाहरुलाई र्सर्ूयले रापे जस्तै
पाइतलामुनि संसार दबाउन खोज्ने तिमी
इश्वरको सृष्टिमा उत्कृष्ट मानिएका तिमी
तिमीलाई स्वभिमान मिान्छे ठानेर नै मैले प्रेम गरेँ ।

तर, त्यो
मात्र मेरो भ्रम रहेछ
समय अन्तरालसँगै
कहरका श्रृङ्खलाहरुमा
जून हेर्दै घाम पिउन खोज्ने तिमी
के थाहा तिमीलाई प्रकृति र प्रेमको उर्ज ?

आफुलाई अजर, अमर ठान्ने ए मान्छे,
दबिएर, शोषिएर, रापिएर पनि
हरेक व्यवधानका प्रतिकार गर्ने बानी परेकी छु
त्रि्रा अन्याय विरुद्ध क्रुर र निर्भिक हुन जानीसकेकी छु
विषाक्त राज गोमनहरुको टाउको किचोल्न सक्ने भएकी छु ।

सुन ए मान्छे, यो ध्रुव सत्य कुरा
प्रकृतिलाई अधिकार जमाए पनि जित्न सकिँदैन ।
हो, म त्यही शाक्तिशाली प्रकृति बनीसकेकी छु
के तिमी यो वास्ताविकतालाई अब स्वीकार्दैनौ !

लोःलाआ माल-सि
मुना मुखिया (बाख याअता)

आँ गो
खाइच-चिपुकिमि यो रिन-ने चाब-नुङ
शेति फुअबुरमि यो प्लाप-साला पा गेर-ने चाब-नुङ
सुबुरागिकालि गिच-चा काः सारिङमि युप-शो बुदि
फुरेलुआनकालि नाःमि चो-शो बुदि
दिम-ला गाः सुबुतेइतेइ दिप-चा माल-बा गोइ
देयिलिकिआ चेल-माचेल-सिमि साप-पा रिम-शो दाब-सिशो गोइ ।
इँकालि रिम-शो मुरु दाप-शान गोमि नाम पाःता ।

शेङ-ना, मेको
आँके जेल-दाग्याम-दा बाअमाता
नाःखेम एरोनक्याम काःथकाःथा
शात-खातआ चुइँचिचेँगापुकिमि
तास-ला कोना कोन नाः तुःचा माल-बा गोइ
मार तुइमातुइसि इँकालि जोला-पुँखि/खादिमुदि नु नामआ सोअति ?

आमकालि सुइमि माग्लाअÞबा, गेनाइ माबेअÞबा सुइब-बा ए मुरु
दिब-सिशा, युप-सिशा, होःसिशा यो
मुल दा
नेल-लि तेकारचोअÞकारकालि फार-तेक तेअÞतेक देब्ला दाइँने चाब-बा दुम-शो नुङ
इः नेल-लि खिक्यो ताम-क्यो ओराइ आर-सिआला काइयो माहिँब दुम-शो नुङ
खार-दुसि दुअÞचि पाइश-शो बुसुपुकिआन पिया क्लिःकिल पा दिम-ने चाब-बा दुम-शो नुङ ।

नेनो एँ मुरु, थामा लोः काः
जोला-पुँखि, खादिमुदिकालि राइच-चि मुम-ने जाम-साउ ङाना यो ग्लोःने माजाम-सिबा ।
आँ शाँ गो मेको सोःतिच खादिमुदि दुम-शो नुङ
मार गोइ एका थामाकालि मुल थामा मादाब-शा मासुइने –

सतासीधाम, झापा . कोइँच लोःमा अनुवाद : कोइँचबु काःतिच (उत्तम)

हार्दिक निमन्त्रणा

आदरणीय कोइँच दाजुभाई दिदी वहिनीहरु, कोइँच बन्न नसकेका सुनुवार भनौदाले जब जब चुनाव नजिकिँदै जान्छ तब तब कोइँचको उत्थान तथा विकासको कुरा चर्को हुँदै जान्छ र राजनीतिक उम्मेदवारहरुलाई चन्दा सहयोग क्याम्पियन गरिन्छ । तर यथार्थमा जुन जुन कोइँच बन्न नसकेका उम्मेदवारहरु छन् तिनीहरुले अहिलेसम्म कोइँचको लागि सदनमा एक शब्द पनि बोलेको इतिहास छैन । त्यस्ता उम्मेदवारहरुलाई कोइँच भनेर मत दिनु र सहयोग गर्नुको के अर्थ हुन्छ । उनीहरुले कोइँचको लागि राजनीति गर्छन् कि पार्टी लागि – कोइँचको राजनीतिक, सामाजिक, साँस्कृतिक, भाषिक विकासको लागि कुन कुन पार्टी के कस्तो नीति र कार्यक्रम ल्याउने प्रतिवद्धता जाहेर गरेका छन् ? हजुर सबै आदिवासी जनजाति कोइँच दाजुभाई दिदीबहिनीहरुलाई ‘आदिवासी जनजाति कोइँचहरुको राजनीति, सामाजिक, भाषिक, साँस्कृतिक विकास सम्बन्धी एक दिवासीय कार्यशाला गोष्ठी – २०७०’ का लागि हार्दिक निमन्त्रणा । समय : १२.१० दिउँसो स्थान : सुनुवार सेवा समाजको भवन कोटेश्वर । मिति : २०७० असोज १२ गते शनिवार आयोजक सुनुवार सेवा समाज, काठमाडौं जिल्ला समिति लगायत परिवर्तनकामी कोइँच युवायुवतिहरु । सर्म्पर्क ः ०१४१५४०५०

गरिबको व्यथा

-रापचा आँ:मिना (१४)

जन्म त दियौ हे कालिमामा मलाई
धनीको गाउँमा एउटा गरिब र दुःखी बनाई ।

जीउन त खोज्छु म सबैको सामु
आफ्नो हृदयमा भएको पिँडा लुकाई ।

डर लाग्छ तर कतै मलाई मन मनै भित्र
म गरिबको हाँसोले पोल्छ कि कसैलाई ।।

काक-नि, कटुञ्जे – ४, चुप्लु (ओखलढुङ्गा) हाल : कान्तिपुर एकेडेमी हाइ स्कूल, जोरपाटी ३ काठमाडौं ।

कोइँच लोःमा अनुवाद
सोचा बोचा दा गेप-ति एँ कालिमामा आँकालि
शोँःफिचआन देलतेलमि काः पुइँलारि नु शेतिच सेल-शा ।

ब्लोइँचा दा माल-नुङ गो नेल-लिआन ङोइँति
आम लुङ-गिरमि जोल-शो खाइकार ख्लुइश-शा ।

हिँःचा लाअÞनुङ शेङ-ना तेइ आँ थुँ गाःला
गो पुइँलारिके रिच-चा गेर-चामि चोइब-बा कोँ सुइकालि ।।

(कोइँच लोः अनुवाद : कोइँच बु काःतिच)

इच्छा

-कोइँच बु काःतिच (उत्तम)
चुप-लु होपोको कसम
मेसेल-मि,
तिमीसँग मैले अमर जीवन मागेको छैन
तिमी आस्थाको देवी
तिमीसँग मैले न त रोमान्स जीवन नै मागेको हो
तिमी मेरो जीवनमा
तायामा खियामा भएर बस
म खाक-चिलिपा काक-तिसोला
किरातीको साम्यो ओलो भएर बाँची रहुँ ।

गिच-चाका काःतिच म
किक-बÞाकुमा प्राण आहुति दिन नपरोस्
किन कि
तुबी भएर जिन्दगी भरि मेरो सन्तानले बाँच्नु नपरोस्
देश रोएर थाकेको बेला
तिमी मेरो जीवनमा
फुपु बिन-तामि बनेर बाँच्नु
म बिनिच होपो ब्यूँझेर
किराती मर्चा संविधानसभा र राज्यपुनःसंरचनामा र्छर्दै जाने छु ।

चुप-लु होपोको कसम
मेसेल-मि,
तिमीसँग मैले अमर जीवन मागेको छैन
तिमी आस्थाको देवी
तिमीसँग मैले न त रोमान्स जीवन नै मागेको हो
तिमी मेरो जीवनमा
लिलोत-ति पालोत-ति भएर आउनु
म ख्योम-पातिच,
पुख्र्यौली थलो एर-माअकु सिरुवामा पुनः बाँचीरहुँ ।

(यो कविताको खेस्रा २०६३ साल भदौ ३ गते शनिवार तदानुसार २००६ अगस्त १९ मा मेरो दैनिकीमा लेखेको रहेछु । अहिले फर्केर हर्ेदा ठिकठिकै लाग्यो । र, यसो साथीहरुसँग शेयर गरेको नि !)

केही किराती कोइँच शब्दार्थ
चुप-लु होपो – आगो तथा अगेनाको देवता
मेसेल-मि – ओखलढुङ्गा खिँजिमा मूल थान रहेको कोइँचहरुको देवी
तायामा खियामा – किराती मिथकको चेली
खाक-चिलिपा/काक-तिसोला – किराती मिथकको पर्ुखा मानव
साम्यो ओलो – किराती धर्म दर्शन र संस्कृति
गिच-चाका काःतिच – उहिले एक जना मात्र सन्तान भएकोले काःतिच थर रहेको एक्लो सहराविहीन कोइँचको एक थरि

किक-बाकु – काःतिचको पर्ुखा आफ्ना ससुराली क्याःबले पासो थापेको जालमा परेर मृत्यु वरण गरेको ठाउँ जुन ओखलढुङ्ग खिँजि काःतिमा पर्छ ।
तुबी – दिदीले भाइलाई पानी माग्दा नदिएकोले मरेपछि खोलाको पानी खाना नमिल्ने चरा ।
फुपु बिन-तामि – कोइँच मिथकमा आफ्नो राजा बनेको भदैलाई बचाउन गोप्य सूचना प्रवाह गर्ने स्वच्छा पन भएकी पात्र ।
बिनिच होपो – कोइँच मिथकमा जाँड रक्सीले मातेर बेहोसी किसिमले राज्य सञ्चालन गर्ने राजा ।
लिलोत-ति पालोत-ति – कोइँच मिथकमा भाइको लागि खाना खोज्ना हिँड्दा भाइ हराएर बैरागि भएर हिँडेको कोइँच चेलीहरु ।
ख्योम-पातिच – मालेपार-तेनको धर्मग्रन्थमा लुकाइएको लिलोत-ति पालोत-तिको भाइ ।
एर-माकु सिरुवा – ख्योमपतिचहरुको पुख्र्यौलि थालो सोलुखुमबुको चौलार्इखर्क र गोली गाविसमा पर्ने ठाउँ ।

उत्कृष्ट विद्यार्थी सम्मान तथा छात्रवृद्धि वितरण

studentसुनुवार डट ओआरजि समाचारदाता
५ असोज, काठमाडौं । सुनुवार विद्यार्थी समाज केन्द्रीय समितिले आज उत्कृष्ट विद्यार्थी सम्मान तथा छात्रवृद्धि वितरण कार्यक्रम आयोजना गरी उत्कृष्ट विद्यार्थी सम्मान तथा छात्रवृद्धि वितरण गरियो । प्रमुख अतिथि नगेन्द्र कुमालले उत्कृष्ट विद्यार्थी निर्जला मुखिया, इलाम तथा उत्कृष्ट विद्यार्थी मनिस सुनुवारलाई २०६९ को उत्कृष्ट विद्यार्थी ट्रफी प्रमाण पत्र सहित विशिष्ट श्रेणीमा उत्तिर्ण ३१ अन्य विद्यार्थीलाई सम्मान गरियो भने २०६९ को छात्रवृद्धि महिला तर्पm मोरङका शिला मुखिया (रु.७,०००) र पुरुषतर्पm सन्दिप सुनुवार (रु. ७,०००) दोलखा र विशेष छात्रवृद्धि सकुन रापचा (रु. ७,०००) लाई प्रदान गरियो ।
सुनुवारहरु सबै पहिचानको लागि कोइँच एक हुनु पर्ने सुनुवार सेवा समाजको अध्यक्ष मनप्रसाद सुनुवारले बताउनु भयो । मानवीर सुनुवारको अध्यक्षतामा आयोजित सो कार्यक्रम मुना मुखियाले सन्चालन गर्नु भएको थियो ।

उदाहरणसहित व्याख्या मलाई चाहियो

–कोइँच बु काःतिच
(एक जना भविश्यवेत्ता कोइँच बन्न नसकेका सुनुवार मित्रले यही कुमारी सन्सारमा एक जना प्राकृतिक प्रकोपमा परेपछि आर्थिक सहयोगका लागि आव्हान गरेपछि बढो तर्कपूर्ण र मर्मस्पर्शी आफ्नो विचार टाँसेपछि मनमा उठेको मनोबातहरु ।)

ओः होःहोः
तेल’पो
रोल’पो
ओः होःहोः
दुमा होपोः
शाक–कार’पो
ओः होःहोः
सारिङ मु’लि
खारिङ मु’लि
ओः होःहोः
गुँपोः
खुँपोः
ओः होःहोः
शाँदार (शाक–कार) पिदार गर्नु अगाडि बेलुकी देवदेवीलाई आव्हान गर्दाको मन्त्रोच्चारण हुन् यी ।

कुनै पनि धर्मले कसैको धर्म परिवर्तन गर्नु भनेर धर्मादेश गरेको छैन । त्यसैले कसैको धर्म परिवर्तन गर्न यो मन्त्र यहाँ टाँसेको नठान्नु होला । प्रभु, महापुरुष वा धर्म प्रवर्तकहरुको सुसमाचार सुनाउनु सबैको मानव अधिकार हो र सुन्न पाउनु, व्यवहारमा उतार्न चाहनु पनि मानव अधिकार हो । र, हाम्रा महापुरुष, धार्मिक नेताहरुले पनि कहिल्यै कतै देखावटी र हचुवा लफडा, लहैलहैमा लाग्नु त्यसैमा मोक्ष प्राप्ति, निर्वाण प्राप्ति, मुक्ति सम्भव छ भनेका छैनन् । Read More

अनुत्तरित प्रश्न

-शोभा सुनुवार

माटो यही हो हिजो पनि स्वच्छ देशभक्त जन्माउने
किन आज विदेशी मनमस्तिस्कले आक्रान्त बन्दैछ ?
हिमाल यही हो हिजो पनि मन्द मुस्कान जन्माउने
किन आज नेपालआमा चित्कारले आक्रान्त बन्दैछ ?
हजुर,
गुराँस फुल्ने पखेरा
उजाड उजाड फुङ्गिएको छ किन ?
Read More