Archives
now browsing by author
कोइँच साहित्य अब श्रव्यदृश्यमा
चुप्लु दाम्लोच
भदौ, यालाखोम । चुप्लु समाजले भाषाको लागि साहित्य अभियानसहित हालसम्म कोइँच मातृभाषामा कविता, गीत, गजल, यात्रा संस्मरण, कथा, लोककथा, हाँस्यव्याङ्ग्य, निबन्ध र उपन्यास प्रकाशन गरिसकेको छ । ती साहित्यहरुमा एक दुइ वटा कविताको श्रव्यदृश्य दुदा भिडीयो म्यागेजिन र सुनुवार डट ओआरजिसँगको सहकार्यमा उत्पादन गरिसकेको छ । अब चुप्लु समाजले सुसेस काठमाडौं जिल्ला समितिले सञ्चालन गरेको कोइँच लोः सिकौं भाषा प्रशिक्षणका प्रशिक्षार्थीहरुसँग मिलेर कोइँच मातृभाषाको साहित्यलाई श्रव्यदृश्यमा उतार्ने भएको छ । यो कार्यक्रममा क्युइँतबु कल्याण कोष, सुनुवार सेवा समाज संस्कृति तथा अनुशन्धान विभाग, सुनुवार सेवा समाज, ललितपुर, सुनुवार डट ओआरजि र दुरदा सञ्चार गृहको सहभागिता रहने छ । साथै भाषा संस्कृति प्रेमी कोइँचहरुलाई उक्त कार्यमा सहयोग गर्न चुप्लु समाजले हार्दिक अपिल गरेको छ ।
Read More
किराँत सुनुवार सेवा समाज युकेका अध्य्क्ष पर्यवेक्षकमा छनौट
भवना परिस्कृत
लण्डन, भदौ l
यतिखेर बेलायतमा गैर आवासीय नेपाली संघ युके को निर्वाचनको बिषयलाई लिएर युके बासी नेपालीहरु बीच चर्चा परिचर्चाले ब्यापकता लिएको छ l आगामी १५ सेप्टेम्बर २०१३ मा हुन गैरहेको पुरानो निर्बाचन समितिलाई भंग गर्दै २५ अगस्त २०१३ आइतबारको दिन एन आर एन यु के का बर्तमान बरिष्ठ उपाध्यक्ष महेन्द्र कंडेलको अध्यक्षतामा एक बिशेष सभा बसेको थियो l उक्त सभाले पुरानो निर्बाचन समितिप्रति विभिन्न कारणले आफ्नो असहमति जनाउँदै नया निर्बाचन समितिको गठन गरेको छ, यसै क्रममा ९ जना निर्वाचन पर्यवेक्षक समिति समेत सभाले गठन गरेको छ l जसमा किसुसेस युके का अध्यक्ष जंग सुनुवार पनि पर्यवेक्षकमा छनौट हुनु भएको छ l
सुसेस हाँवा गाउँ समिति गठन : काम, कर्तव्य वारे स्पष्टता
चुप्लु दाम्लोच
सुनुवार सेवा समाज जिल्ला तदर्थ समिति दोलखाले हाँवा गाउँ सम्मेलन सम्पन्न गरेको छ । लगभग सुनुवार सेवा समाज स्थापनाकालकै समयमा हाँवा गाउँ समिति गठन गरे पनि त्यसले सोचे अनुसार द्रुत गतिमा आफ्नो कार्य अगाडि बढाउन सकिरहेको थिएन । भर्खरै जिल्ला तदर्थ समितिले गाउँ सम्मेलन सम्पन्न गरी सुनिलकुमार सुनुवारको अध्यक्षतामा ११ सदस्यीय गाउँ समितिको गठन गरेको छ । उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष र सदस्यहरुमा क्रमशः रजिना, गंगा, नरध्वज, अमृत, केदारराज, अन्जु, भिमकुमार, सन्तोषी, भोजराज र तिलकबहादुर सुनुवार रहेका छन् । Read More
काठमाडौं कोइँच श्रव्यदृश्य स्त्रिmनिङ
सुनुवार डट ओआरजी समाचारदाता ।
यालाखोम, ९ भदौ । सुनुवार सेवा समाज काठमाडौं जिल्ला समितिले चुप्लु समाज, सुनुवार डट ओआरजिसँग सहकार्य गर्र्दै काठमाडौं कोइँच श्रव्यदृश्य स्त्रिmनिङ गरियो । सुनुवार सेवा समाजको भवन कोटेश्वरमा सुनुवार सेवा समाज काठमाडौं जिल्ला समितिले रजत वर्षो उपलक्ष्यमा प्रत्येक शनिवार साप्ताहिक भाषा प्रशिक्षणसँगसँगै २०६४ मा तयार गरिएको अमृत सुनुवारको “शाँदार पिदार” वृत्तचित्र, पाम सुनुवारको म्युजिक भिडियो “चुइँचिमा” र “थोलेदेम्बा” र आशिष सुनुवारको “क्योङ” देखाइएको थियो । सो कार्यक्रमलार्इ सम्बोधन गर्ने क्रममा सुनुवार सेवा समाजका अध्यक्ष मनप्रसाद सुनुवारले भन्नु भयो, “हिजो हाम्रो पुर्खाले यो गरेनन् त्यो गरेनन् भनेर टिकाटिप्पणी गर्नु भन्दा पनि हामीले हाम्रो पछिल्लो पुस्तालाई के छाडेर जाँदै छौं भन्ने कुरा युवा पुस्ताले सोच्नु पर्छ । हिजो हामीलाई हाम्रो भाषा संस्कृतिको वारेमा लेख्न, भन्न प्रतिवन्ध थियो । अहिले हाम्रो भाषा संस्कृतिको बारेमा भन्न लेख्न स्वतन्त्रता त छ तर हाम्रो संस्कार संस्कृति हराइसकेको छ । त्यसैले हामी हाम्रो पहिचान अक्षुण्ण राख्न सबै जाग्नु परेको छ । सबैले आफ्नो भाषा संस्कृति जानी राख्नु परेको छ । भाषा संस्कृति हरायो भने हामी हराउँछौं । हामी कोइँच हौं भन्ने कुनै आधार रहँदैन । पहिचान गुमाएर उत्पीडनमा बसेर राष्ट्रियता दिगो रहँदैन यसैले हामी आदिवासी जनजातिलाई आत्मनिर्णयको अधिकार आवश्यकता छ । कुनै पनि व्यक्ति उत्पीडन सहेर बस्न रुचाउँदैन । पहिचान पहिलो कुरा हो । पहिचान हराएर हामी नेपाली बन्न सक्दैनौं । Read More
संविधानसभा र राजनीतिक शक्तिको त्रिकोणात्मक लडाईं
पहिलो संविधानसभाले नेपालमा तीन प्रकारको राजनीतिक शक्ति स्थापना ग¥यो । (१) पहिलो शक्ति पहिचानसँग जोडिएको अधिकार बोक्ने आदिवासी जनजाति (२) दोस्रो शक्ति प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा पहिचान विरोधी वा बर्गीय मुद्दामात्र ठीक भन्ने तर २५० बर्षे एक जातीय साम्प्रदायिक कायम राख्न चाहाने केहि पुराना र दोस्रो जनआन्दोलन पछि राज्य शक्तिमा आएका नया राजनीतिक पार्टी जस्लाई केही संकीर्ण जातीबादी बाहुन र क्षेत्रीले नियन्त्रण गर्छ । (३) तेस्रो शक्ति मधेशी पहिचानको राजनीति गर्ने ।
त्रिकोणात्मक शक्तिको लडाईं
पहिलो संविधानसभाको त्रिकोणात्मक लडाईमा पहिलो शक्ति र तेस्रो शक्ति वीच केहि विषयमा मतभिन्नता भएपनि गठबन्धन गरे किनकि दुवै पहिचानवालाको साझा शत्रु एकलजातीय हैकम चलाउने दोस्रो शक्ति थियो । अब दोस्रो संविधानसभामा पनि मिल्ने पहिलो र तेस्रो नै हुन् । राज्य पुनर्संरचना र जातीय मुक्तिका लागि दोस्रो शक्ति समाप्त हुन अपरिहार्य छ ।
दोस्रो शक्तिले पहिलो (पहिचान वा आदिवासी जनजाति) शक्तिलाई किन आक्रमण गर्दैछ ?
दोस्रो शक्तिको राजनीतिकमात्र होइन उनीहरुको घरबास नै छाडेर भाग्ने अवस्थासम्म मधेश आन्दोलनले पु¥याए पछि उस्को एकमात्र सुरक्षित स्थान पहाड नै हो जहाँ धेरै आदिवासी छन् र उस्ले भोट बैंकको रुपमा प्रयोग गर्दै आएको छ । पहिलो शक्तिले संविधानसभामा धेरै सीट जित्यो वा उस्को मुद्दा अहिले जस्तै राजनीतिमा प्रमुख (CORE ISSUE) भइरहेमा पनि दोस्रो शक्ति धराशयी हुने र २५० बर्षे सत्ता र शक्तिबाट पाखा परिने भयले उ पहिचानलाई समाप्त पार्ने वा बहुपहिचान वा साझा पहिचान भनि विकृत पार्ने रणनीतिमा लागेको छ ।
त्रिकोणात्मक लडाईमा के होला ?
डा. कृष्ण भट्टचनका अनुसार बाहुन क्षेत्री सक्ता र शक्तिको चुचुरोमा पुगेको हुनाले उस्को अब ओरालो झर्ने बाटो मात्र छ । आदिवासी जनजातिले भएका सबैकुरा गुमाएको र गुमाउन केहि बाँकी नभएकोले लिनमात्र बाँकी भएको कारण शक्ति र सक्ता जसरी पनि पाउने अवस्थामा छ ।
www.facebook.com/shankar limbu
बिचल्लीमा बाढी पीडित कोइँच (सुनुवार) परिवार : सहयोगको अब्हान
चुप्लु दाम-लोच ।
साउन, रामेछाप । शहर बजारको कुनै पनि सामान्य भन्दा सामान्य घरका लागि पनि एउटा पलाङ, सिरक, डस्ना, सिरानी साधारण कुरा हो । तर पलाङ, सिरक, डस्ना, सिरानीको कुरा पर छाडौं रामेछाप जिल्ला खिम्ती ३ को नाङ्थलीको पाँच जनाको एक कोइँच (सुनुवार) परिवारलाई झर्झर् झरी परिरहेको गिज्गिजीे हिलोमा टाँगिएको पालभित्र बस्नु पर्ने बाध्येता छ । त्यो कल्पना गर्नुहोस् मस्त निन्द्रमा निदाएको हुनुहुन्छ । चकमन्न अँध्यारो रात छ । मुसलधारे वर्षा बर्सीरहेको छ । एक्कासी घर लाक्लाक हल्लिँदै बग्यो । पहिरोले बगाउँदै छ । के गर्नु हुन्छ ? अवश्य तपाईँले आफ्नु वचाउ गर्नु हुन्छ ।
चकामन्न रात छ । घरको मुली खिम्ती बजारमा काम विशेषले गएका छन् । घरमा आमा, छोराछोरी मात्र छन् । मुसलधारे वर्षा वर्सेको छ । आमा, दुइ छोरा र दुइ छोरी सुतीरहेको अवस्थामा घर लग्लगी काम्न थाल्छ । अत्तालिएर आमा दुइ छोरा र छोरी लिएर घर बाहिर निस्किन्छिन् । तर ठूली छोरीको न्रि्रा खुलेको छैन । उनी घर भित्र सुतीरहेकी छिन् । नानीहरुलाई बाहिर निकालेर अलिपर पुराएर फर्किएर ठूली छोरी लिन घर हेर्छिन् घर पहिरोमा बगीरहेको हुन्छ । मानौं तपाइँ आमा हुनुहुन्छ, तपाइँ दाजुभाई, दिदीबहिनी, बुबा, बाजेबजु हुनुहुन्छ भने तपाइँको मनमा कस्तो पीडा हुन्छ, वा तपाइँमा होसहवास् के कसरी उड्ला ?
हो, त्यस्तै भयो खिम्ती नाङथलीको शेरबहादुर सुनुवार तथा प्रेमकुमारी सुनुवारको घरमा ।
प्रेमकुमारी सुनुवार आफ्नो छोरा कृष्ण, देबकुमार सुनुवार र छोरी निर्मलालाई बचाउन सके पनि ठूली छोरी सिता सुनुवार, वर्ष१२ लाई सदासदाको लागि गुमाउन पुगिन् । शेरबहादुर खिम्तीबजारबाट घरमा स्याँस्याँ फ्याँफ्याँ गरेर पुग्दा न घर पाए न त छोरी ! छोरीलाई खिम्ती भन्दा माथिको खोल्सामा मृत फेला पारे ।
एकातिर छोरीको वियोग, अर्कोतिर वर्षको बेला ओत लाग्ने बास छैन । यो विचल्लीको खवर मन नलागी नलागी सुन्नु, देख्नु र अनुभूत गर्नु परेको छ ।
सुनुवार सेवा समाज जिल्ला समिति रामेछापका अध्यक्ष रमेशकुमार सुनुवारकानुसार अहिले यस परिवारलाई रामेछाप जिल्लाको राहत समितिबाट मानव मृत्यु भएकोले ४० हजार र घर बगाएको हुँदा २० हजार सहित ६० हजार नगद राहत र रेडक्रसबाट एक थान पाल, केही भाँडाकुँडा प्राप्त भएको छ ।
सुनुवार अगाडि भन्छन्, ‘बडी पिडीत परिवारको जीवन गुजारा साह्रै दयानिया अवस्थामा छ । ठूला ठूला गफ राजनीतिक नेता भनौदा मैले यति पैसा भाँडाकुँडा राहत वितरण गरेँ भनेर खोक्न थालेको छन् । ती सबै राज्यले स्वाभाविकरुपमा दिने राहत नै हो । तर बडीपीडितको नाममा चुनावी लिना खोज्नेको होडबाजी छ । ती नेताले वास्ताविक सहयोग हामीलाई न पहिले गरेका थिए न अहिले गर्छन् । त्यसैले सबै कोइँच दाजुभाई दिदीबहिनीहरुले ती परिवारलाई आफ्नो गच्छे अनुसार सहयोग गरिदिन अपिल गर्दछु । तपाइँले दिनुभएको सहयोगलाई सुनुवार सेवा समाजले सम्बन्धित व्यक्तिसम्म पुराइदिने काम गर्ने छ ।’
सेवा नै धर्म हो, दान नै पुण्य हो । आदरणीय सबै कोइँच दाजुभाई दिदीबहिनीहरु खिम्ती ३ नाङथलीको शेरबहादुर सुनुवारलाई सहयोग गरिदिनहुन सुनुवार सेवा समाज, चुप्लु समाज, सुनुवार डट ओआरजि परिवार हार्दिक अनुरोध गर्दछ । विचल्ली परिवारको जीवन रक्षाको लागि तपाइँको थोरै सहयोग पनि अमूल्य हुने छ ।
कोही छ सहासी कोइँच सामिबु ? रिखी तर्पणीमा सम्मिलित कोइँच चाड : जुन अहिले खोज्दा बेनामी भै दियो ।
-कोइँचबु काःतिच
दुध कुण्डा गयौं
सुनपाति ल्यायौं
सै बाम्बु सै सै
सै बाम्बु सै सै
हिजो विहानैदेखि रक्षा बन्धनको शुभकामना लिइयो । तर मैले उहाँहरुलाई सेम टु यू भन्न बाहेक अरु केही सकिन । मलाई रक्षा बन्धन होइन रिखी तार्पनिको याद आइरहेको थियो । यो समय हिमाली तिर्थको समय हो । कोइँचहरु यसलाई सिदी लाचा भन्छन् । र, दुध कुण्ड, पाँचपोखरी जान्छन्, दुध, मकै, फर्सि, काँक्रा, जाँड, रक्सी चढाउँछन् । नाच्छन् । त्यसको बदलामा सुःरो वापत सुनपाति, धुपी लिएर फर्किन्छन् ।
कोइँच मात्र होइन मंगोलियन मूलका आम आदिवासी जनजातिहरुको तीर्थव्रतको दिन हो खसबाहुनको हिन्दू ज्योतिषशास्त्र अनुसार सबैले शुभकामना आदानप्रदान गरीरहेको रक्षबन्धनको दिन । ऋषिलाई तर्पण दिने दिन भएकोले यस दिनलाई ऋषि तर्पणी पनि भनिन्छ हिन्दू धर्ममा ।
हामी आदिवासी जनजाति कोइँचहरु यस दिन आफ्नो गाउँघरमा जे जे प्राप्त हुन्छ तिनै खानेकुराहरु बोकेर लेकाली तिर्थमा निस्कीन्छौं । पोइँबो, ग्याँमिहरु जामा पगरी लगाएर ढ्याङ्ग्रो ठोक्दै उकालो लाग्छन् । नुहाउँछन् र आफ्ना गुरुको शिर उठाउँछन् । कोइँचहरु यस दिन पोइँबो, ग्याँमी र नाअÞसोको घर घरमा नाअसो, पोइँबो, ग्याँमी भाग लिएर आदारसम्मान प्रकट गर्छन् । जो जो तिर्थाब्रतमा निस्किँदैनन् उनीहरु आ-आफ्नै घरमा एक जोर सागुन राखेर पिदार नाम-दार गर्छन् । लागामा चेनचेन पाति र निक बÞाकु फेर्छन् । Read More
