All about Sunuwar

रेडियो लिखुखिम्कु एफएम ९१.३ को टावर जडान सम्पन्न ।

Radio_likhuसुनुवार सेवा समाजको अभियान अन्र्तगत संचालन गरिन लागेको रेडियो लिखुखिम्कु एफएम ९१.३ को टावर गुप्तेश्वर, ३ रामेछापमा जडान गर्ने काम २०७० साल जेठ १८ गते सम्पन्न भयो । कोइँचसमुदायले कोइँचसमुदायहरुकै लागि चलाउन लागिएको यो रेडियो २०७० भदौ अगावै संचालनमा ल्याउन लागिएको छ ।
कोइँचसमुदायको छातासंस्था सुनुवार सेवा समाजले हामी कोइँच सुनुवारहरुकै किपट क्षेत्रमा एफएम रेडियो संचालन गरी सञ्चारमाध्यममा कोइँचसमुदायको पहुँच पुराउने कोइँचसमुदायका केही युवा जमातलाई केही हदसम्म रोजगार प्रदान गरी हामी कोइँचहरुकै भाषा संस्किृति, शिक्षा आदि क्षेत्रमा योगदानका लागि प्रेरित गर्दै उनीहरुलाई आवश्यक शिप तथा तालिम प्रदान गर्नै र मुलधारमै प्रतिस्पर्धी बनाउने यो अभियानको मुख्य उदेस्य हो ।
रेडियो संचालक समितिको तर्फबाट सुनुवार सेवा समाजका केन्द्रीय कार्यसमिति तथा चुप्लु फाउन्डेसनका अध्यक्ष मनप्रसाद सुनुवारले सुनुवार सेवा समाजको यो ठुलो अभियानलाई सफल पार्न आवश्यक आर्थिक सहयोग प्रदान गरी रेडियोको संस्थापक सल्लाहाकार, संरक्षक, आजिवन सदस्य वनी दिन देश विदेशमा रहनुहुने कोइँच सुनुवार दाजुभाई तथा दिदीवहिनीहरु आम्हान गर्नु भएको छ ।
रेडियो लिखु मुनाफा रहित सामुदयिक रेडियो हुनेछ । यो रेडियो पुर्णरुपमा कोइँचसमुदायको हितको लागि समर्पित, कोइँच समुदायबाट संचालित रेडियो हुनेछ । रेडियोको पहुँच पुग्ने जिल्ला (जस्तै रामेछाप, ओखलढुङ्गा, सिन्धुली, आदि) र गाविसहरु ((जस्तै भुजि प्रिती, कुभुँ काँस्थली, खिजी, फलाटे सिन्धुली आदि) मा वसोबास गदैै आएका कोइँचसुनुवार आदिवासीहरुको लागि मुख्यत र अन्य जातजातिका लागि रेडियो लिखु सुचना, शिक्षा, चेतना र मनोरञ्जनको भरपर्दो स्रोत र माध्यम हुने मात्र होईन, स्थानीय विकास निमार्ण, शिक्षा, स्वास्थ्य, पयर्टन पर्वद्धनको साझेदार (Partner) हुनुका साथै हामी कोइँचसुनुवाहरुको भाषा, संस्किृति परम्परा बचाईराख्ने सक्रिया माध्यम हुनेछ । रामेछाप, दोलखा, ओखलढुङ्गा, सोलुखुम्वु, सिन्धुली र दोलखा र त्यस आसपासका जिल्ला र गाविसहरुमा रेडियो लिखुको पहुँच पुग्ने छ । त्यसकारण ति क्षेत्र र वरपर बसोबास गर्नेहरु यो रेडियोको नियमित तथा आंशिक श्रोता हुनेछन् ।
रेडियो लिखु सुनुवार कोँइचहरुको किपटमा यस्को स्टेशन रहनेगरी सम्पुर्ण कोँइच सुनुवारहरुलाई लक्षित गरी देश र विदेशका विभिन्न कुनामा रहेका सुनुवारहरुलाई सञ्चारको माध्यमबाट सञ्चार गराउने, सुनुवार कोँइँचहरुलाई सुसुचित र सशक्तिकरण गराउदै राष्टिय मुलप्रवाहमा सक्षम वनाउने अभिप्रायले सुनुवार सेवा समाज अन्र्तगत नै सञ्चालन हुने सामुदायिक रेडियो हो । सुनुवार सेवा समाजको विद्यानमा रेडियो सञ्चालन गर्ने उदेश्य नभएको कारण लाईसेन्स प्राप्त गर्न गार्न गा¥हो भएको कारण सुनुवार सेवा समाज अन्र्तगत नै रहनेगरी चुप्लु फाउन्डेसन नामक गैरनाफामुखी संस्था दर्ता गरी नाममा लाईसेन्स प्रप्त गरी रेडियोको टावर जडान गरिसकेको र हाल रेडियोको लागि आवश्यक ट्रान्समिटर, कम्प्युटर, रेकर्डर जस्ता आवश्यक उपकरणहरु खरिद गर्ने र रेडियोको भवन निर्माण गर्ने काम गरिरहेकोले सवै कोँइँच सुनुवार समुदायहरुबाट आफ्नो गक्ष अनुसार आवश्यक रकम प्रदान गरी सहयोग गर्नुहुनेछ भन्ने आशा राखिएको छ ।
रेडियो लिखुको लागि आर्थिक सहयोग गर्नेका लागि रेडियोले प्रदान गर्ने सेवा सुविधा ।
संस्थापक वरिष्ठ संरक्षक सल्लाहकार जस्ले रु २,००,००० (दुईलाख) न्युनतम सहयोग गर्नेछन । सहयोग गरेवापत पाउने सेवा सुविधा :
> प्रत्येक संस्थापक वरिष्ठ संरक्षक सल्लाहकारहरुको फोटो र सहयोग गरेको रकम सहित सवैले देख्ने गरि रेडियोको भवन अगाडी शिलालेख वा ताम्रा पत्रमा राखिनेछ ।
> रेडियोले आयोजना गनर््े प्रत्येक सार्वजानिक गतिविधी तथा कार्यक्रमहरुमा मञ्च दिने, रेडियोलाई योगदान गरेवापत ताम्रपत्र सहित सम्मान गरिनेछ ।
> प्रत्येक संस्थापक वरिष्ठ संरक्षक सल्लाहकारहरुको रेडियोमा, वेवसाईट र रेडियोको प्रकासनहरुमा जिवनी प्रकासन तथा प्रशारण गरिनेछ ।
> वडादशै, लोसार, चण्डी, नयाँ वर्ष लगायतका महत्वपुर्ण चाडपर्वको नियमित रुपमा वार्षिक १५० पटक सम्म आजिवन रुपमा प्रशासन गरिनेछ । जसको रेडियो विज्ञापन दर एक पटकको रु ३०० को दरले हिसाव गर्दा वार्षिक ४५,००० योगदान गरेको रकम उठ्नेछ ।
> भने, व्यवसायीक विज्ञापन ५०० पटक सम्म निशुल्क प्रशारण गरिनेछ । रेडियोको विज्ञापन एक पटकको रु ३०० को दरले पनि रु. १,५०,००० हुनेछ ।
> सहयोग गरेको रकम, जेथा, उपकरण या अन्य सरसहयोग रेडियोको वेवसाईटमा फोटोसहित राखिने ( www.radiolikhu.com)
संस्थापक संरक्षक सल्लाहकार जस्ले रु १,००,००० (एकलाख) न्युनतम सहयोग सहयोग गर्नेछन । सहयोग गरेवापत पाउने सेवा सुविधा :
> प्रत्येक संस्थापक संरक्षक सल्लाहकारहरुको फोटो र सहयोग गरेको रकम सहित सवैले देख्ने गरि रेडियोको भवन अगाडी शिलालेख वा ताम्रा पत्रमा राखिनेछ ।
> रेडियोले आयोजना गनर््े प्रत्येक सार्वजानिक गतिविधी तथा कार्यक्रमहरुमा मञ्च दिने, रेडियोलाई योगदान गरेवापत ताम्रपत्र सहित सम्मान गरिनेछ ।
> प्रत्येक संस्थापक संंरक्षक सल्लाहकारहरुको रेडियोमा, वेवसाईट र रेडियोको प्रकासनहरुमा जिवनी प्रकासन तथा प्रशारण गरिनेछ ।
> वडादशै, लोसार, चण्डी, नयाँ वर्ष लगायतका महत्वपुर्ण चाडपर्वको नियमित रुपमा वार्षिक १०० पटक सम्म आजिवन रुपमा प्रशासन गरिनेछ । जसको रेडियो विज्ञापन दर एक पटकको रु ३०० को दरले हिसाव गर्दा वार्षिक ३०,००० योगदान गरेको रकम उठ्नेछ ।
> भने, व्यवसायीक विज्ञापन ४०० पटक सम्म निशुल्क प्रशारण गरिनेछ । रेडियोको विज्ञापन एक पटकको रु ३०० को दरले पनि रु. १,२०,००० हुनेछ ।
> सहयोग गरेको रकम, जेथा, उपकरण या अन्य सरसहयोग रेडियोको वेवसाईटमा फोटोसहित राखिने ( www.radiolikhu.com)

संस्थापक संरक्षक रु. ५०,००० (पचासहजार) न्युनतम सहयोग गर्नेछन । सहयोग गरेवापत पाउने सेवा सुविधा :
> प्रत्येक संस्थापक संरक्षकहरुको फोटो र सहयोग गरेको रकम सहित सवैले देख्ने गरि रेडियोको भवन अगाडी शिलालेख वा ताम्रा पत्रमा राखिनेछ ।
> रेडियोले आयोजना गनर््े प्रत्येक सार्वजानिक गतिविधी तथा कार्यक्रमहरुमा मञ्च दिने, रेडियोलाई योगदान गरेवापत ताम्रपत्र सहित सम्मान गरिनेछ ।
> प्रत्येक संस्थापक संरक्षकहरुको रेडियोमा, वेवसाईट र रेडियोको प्रकासनहरुमा जिवनी प्रकासन तथा प्रशारण गरिनेछ ।
> वडादशै, लोसार, चण्डी, नयाँ वर्ष लगायतका महत्वपुर्ण चाडपर्वको नियमित रुपमा वार्षिक ५० पटक सम्म आजिवन रुपमा प्रशासन गरिनेछ । जसको रेडियो विज्ञापन दर एक पटकको रु ३०० को दरले हिसाव गर्दा वार्षिक १५,००० योगदान गरेको रकम उठ्नेछ ।
> भने, व्यवसायीक विज्ञापन २०० पटक सम्म निशुल्क प्रशारण गरिनेछ । रेडियोको विज्ञापन एक पटकको रु ३०० को दरले पनि रु. ६०,००० हुनेछ ।
> रेडियो लिखुको धधध।चबमष्यष्पिजग।अयm मा सहयोग गरेको रकम, या अन्य जायजेथा अनलाईन राखिनेछ ।
संस्थापक आजिवन सदस्य रु २५,००० (पच्चीसहजार) वा न्युनतम
> प्रत्येक सदस्यहरुको फोटो र सहयोग गरेको रकम सहित सवैले देख्ने गरि रेडियोको भवन अगाडी शिलालेख वा ताम्रा पत्रमा राखिनेछ ।
> रेडियोले आयोजना गनर््े प्रत्येक सार्वजानिक गतिविधी तथा कार्यक्रमहरुमा मञ्च दिने, रेडियोलाई योगदान गरेवापत ताम्रपत्र सहित सम्मान गरिनेछ ।
> प्रत्येक सदस्यहरुको रेडियोमा, वेवसाईट र रेडियोको प्रकासनहरुमा सहयोग गरेको रकम र सहयोग रकम र जिवनी प्रकासन तथा प्रशारण गरिनेछ ।
> वडादशै, लोसार, चण्डी, नयाँ वर्ष लगायतका महत्वपुर्ण चाडपर्वको नियमित रुपमा वार्षिक १० पटक सम्म वार्षिक विज्ञापन आजिवन रुपमा प्रशासन गरिनेछ । जसको रेडियो विज्ञापन दर एक पटकको रु ३०० को दरले हिसाव गर्दा वार्षिक ३,००० रकम उठ्नेछ ।
> भने, व्यवसायीक विज्ञापन २५ पटक सम्म निशुल्क प्रशारण गरिनेछ । रेडियोको विज्ञापन एक पटकको रु ३०० को दरले पनि रु. ७,५०० हुनेछ ।
> रेडियो लिखुको www.radiolikhu.com मा सहयोग गरेको रकम, या अन्य जायजेथा अनलाईन राखिनेछ ।

आर्थिक सहयोग पारदर्शिताको लागि
१) रेडियो लिखुको वेवसाईट : www.radiolikhu.com मा सहयोग गर्नेको नाम, रकम, या अन्य जायजेथा को साथै खर्च भएको विवरण अनलाईनमा सार्वजानिकिकरण गरि राखिने छ ।
सो विवरण इन्टरनेट उपलब्ध भएको जुनसुकै ठाउँबाट सवैले हेर्न सकिनेछन ।
२)  रेडियो प्रशारण भएपश्चात कस्ले कति, के के सहयोग गरयो त्यो विवरण प्रशारण गरिनेछ ।
३) रकम निकासाका लागि सहयोगीहरु मध्येवाट एकजना र रेडियोको तर्फबाट एकजनाको सही चल्नेगरी वैकमा खाता खोलिनेछ । रेडियो स्थापना भएको निश्चित समयमा प्राप्त सहयोग र खर्च वा प्रगति विवरण प्रत्येक सहयोगीलाई विभिन्न माध्यममार्फत प्राप्त गराईनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *