All about Sunuwar

Archives

now browsing by author

 

www.sunuwar.orgको प्रभावले पंखा राखियो

समाचारदाता,
काठमाडौं, साउन १३ । ‘मलाई लागेको थियो म पनि केही सहयोग गरौं कि भन्ने । बल्ल बाटो खुले जस्तो लाग्यो । यो क्रम जारी रहोस ।’ न्यू साकुरा चस्म पसल, कमलपोखरीका गोपाल बहादुर सुनुवारले सुनुवार सेवा समाजको हलमा पंख राखेको एक दिन नबित्दै थप पंख राखेपछि सबि शिवानी सेकुवा कर्नर, ज्ञानचोक ताल्छीखेलका श्याम सुनुवारले अगाडि आफ्नो भावना यसरी पोखे, ‘सबैले यति हजार दिएँ उति दिएँ भन्छन् । हामी भनेको दुखजिलो गरेर कमाइ खाने मान्छे पहुँचवाला र धनीहरुसँग दाँजेर संस्थालाई ठूलो रकम सहयोग गर्न सक्ने कुरा भएन । तर धनीमानीको सहयोगले छाडेको राँटोमा बाँजो मार्ने काम चाहिँ भयो । सकेसम्म छेउकुना खनीखोस्री मलिलो पार्ने खेतलाको काम गर्ने मौका भने पाएँ भन्ने लागेको छ । बाँजा पाटाहरु धेरै रहेको त देखियो । खेतला जान सधै त कहाँ सकिन्छ र हाउ । यसो अर्मापर्मा चलाउन पाइयो भने त राम्ररी बाली थन्काउन पाइन्छ कि भन्ने लोभ हो क्या, वारचाइ । तोज मापाइ हाइः । यो मौका पनि के भन्छन् यो क्या मोरा सरोज (उन्मुक्त हाँसोमा) को डब्ल्यु डब्ल्यु डब्ल्यु डट सुनुवार डट ओआरजिले पो दियो त । बच्चाहरुले वेबसाइड हेरेर आएछन् कुरा गरिहाले, ‘बुबा सुसेसमा पंखा राखेछन् नि ।’ मैले हत्तार हत्तार अध्यक्ष (वल्लो किरात) सँग फोनमा कुरा गरेँ र बधाइ दिएँ । ‘होइन हौ अभैm बाँकी पो छ त हौ’ अध्यक्षले जवाफ फर्काइ पठाए । त्यसपछि त मलाई पनि जोस चल्यो । भनिदिएँ, ‘ल त्यो बाँकी पंखा म राखी दिने भएँ ।’

झण्डै पाँच बर्षपछि पंखा जडान भयो

समाचारदाता, साउन १२ काठमाडौं । गर्मीले बसी नसक्नु भएको छ । मानिसहरु उफ उफ गरिरहेका छन् । बाहिर घाम टन्टलापुर लागेको छ । तै पनि मानिसहरुले हल छाड्न सकिरहेका छैनन् । उनीहरुको लगाव छ कोइँच भाषा संस्कृति प्रति । मञ्चमा उद्घोषक कोइँच  भाषामा भनीरहेका छन् ‘एकेरे सापपा हुपशो बा । मोबाअ्तङाना यो आइँ गेरापेनमाकालि नाम पा बाअ्शो निनि । एकोन खेम इनकालि गोः कोइँचके तामिसामि एचचिङा चारचित गायिका रेसमा सुनुवारकालि ब्लेतनुङ कुमसो काः नेपाइचा ।’ यो दृश्य थियो सुनुवार कलाकार तथा चलचित्रकर्मी समाजको कोइँच कल्चरल सो २०१० को । अहिले यो समस्याबाट सुनुवार सेवा समाजको भवनले मुक्ति पाएको छ एक जना उदार मनको कोइँचको सहयोगबाट । Read More

विशेष निमन्त्रणा

श्री ……………………………
………………………………..

विषय : विशेष निमन्त्रणा

उपरोक्त सम्बन्धमा चुप्लु समाजद्वारा उत्पादित कोइँच (सुनुवार) भाषाको पहिलो रेडियो कार्यक्रम ‘किङलो चुपलु’ को वार्षिकोत्सव तथा कोइँच भाषामा लेखिएको पुस्तकहरु ‘गो काः आँ गिचचा गजल सङ्ग्रह, चाइँदा कविता सङ्ग्रह, खोमि ग्युरग्युर कविता सङ्ग्रह, शाःला नु बÞाकि पोइँबो लोककथा सङ्ग्रह’ पुस्तक विमोचन तथा www.durdaa.com,  www.sunuwar.org सार्वजानिकीकरण कार्यक्रममा तपाईको गरिमामय उपस्थितिको लागि समाज हार्दिक अनुरोध गर्दछ ।

मिति : २०६५ साउन १४ गते
समय : १.१५ बजे
स्थान : सुनुवार सेवा समाजको भवन, कोइँचनगर, कोटेश्वर, काठमाडौं ।
सम्पर्क : ९८५१०५०३७१, ९८४१२३९३५२, ९८५१०८१८५४

एसोसियट
क्युइँतबु कल्याण कोष, रगिन चुप्लु ।
विनीत
……………..
समीर मुखिया सुनुवार

Sunuwar bhasa Radio 2067-3-30

[audio:http://www.sunuwar.org/radio/Sunuwar radio 2067-3-30.mp3]

Click on play icon to play koinch ( sunuwar ) radio

वल्लो किरात संघीय राज्य परिषदको विधान छलफल

समाचारदाताकाठमाडौं, ८ साउन । सुनुवार सेवा समाजको भवन कोटेश्वरमा सुनुवार सेवा समाजद्वारा आयोजित कार्यक्रममा  छलफल गर्दै चण्डेश्वरी उच्चा मा.वि रगनीका शिक्षक चित्रबहादुर पौडेल, टंकराम सुनुवार, गुञ्जबहादुर सुनुवार, उदयबहादुर सुनुवार, भागत सुनुवारले वल्लो किरात संघीय राज्य परिषदको विधान सार्वजानिक कार्यक्रममा आफ्नो विचार राख्नु भयो । उक्ता कार्यक्रममा किरत जातिलाईमात्र होइनकी  अन्य जातिको बारेमा पनि स्पष्टा कुरा विधानम उल्लेख हुनु पर्छ भन्ने खालको कुरा छलफलमा उठ्यो । Read More

कोइँच भुमिको उपभोगको लागि कोइँच (सुनुवार) एक हुनु पर्दछ ।

समाचारदाता काठमाडौं, ८ साउन । ‘मुआब्जा र अधिकार बेग्लै कुरा हुन् । यसमा सचेत हुनु पर्छ । अभैम् पनि कुलेखानीका जनताले मुआब्जा पाएका छैनन् । हामीले अधिकारको लागि काम गर्नु पर्दछ । हुन त समग्र लिखुका जनताको लागि अधिकार कुरा उठाउनु चुनौतीपूर्ण छ । तर हामी सबैले सोचेको र देखेको कुरा तत्कालका हुन । तत्काल देखिने कुरा भनेको संस्कृति र समाजिक विचलन मात्र हुन् । हामीले दीर्घकालीन असरमा हामी सचेत हुनुपर्छ । त्यस क्षेत्रको भविश्य के हो भन्ने कुरामा ख्याल राख्नु पर्दछ । त्यहाँको सुनुवारको मात्र होइन अन्य जातजातिको फाइदाको कुरालाई पनि विचार गर्नु पर्छ । त्यसैले मुआब्जा पाइहाले नि भनेर आम सुनुवारको पक्षमा लड्छु भनेर उफ्रिनेहरु चुप लागे भने आम कोइँच लगायत नेपाली जनताको लागि अभिसाप हुने छ ।’ लिखु ४ जलविद्युत परियोजना सम्बन्धि कोइँचको अधिकार बारे अध्ययन प्रतिवेदन सम्बन्धि विचार आदनप्रदान कार्यक्रममा पूर्व आदिवासी विद्यार्थी समाजका सचिव तथा सुनुवार विद्यार्थी समाजका सदस्य सूर्यप्रकाश सुनवारको अभिमत हो यो ।तोकेको समय भन्दा झण्डै एक घण्टा आधा समय ढिलो शुरु भएको सो कार्यक्रममा सुनुवार सेवा समाजका सल्लाहकार संयोजक ।ले। मानबहादुर सुनुवार, गुञ्जबहादुर, मनप्रसाद, दालकुमारी, शेर बहादुर सुनुवार, अतीत मुखिया, चन्द्रप्रकाश सुनुवारले जिज्ञासा राख्नु भएको थियो । अधिवक्त भिम राई, कोषाध्यक्ष लाहुर्निपले विकासको नाममा कसरी आदिवासी जनजातिको विनास गरिँदै छ भन्ने सन्दर्भमा हामीले काम गरेका छौं । Read More

तोज

खुव्बम खुब्बनिम कोँ
रुब्बम रुब्बनिम कोँ
मरुब्बम मार खुप्चा
हेँथे कोसङा कोस
ग्याँमिआ ख्लिँख्लिँ नाअ्सोआ नोस
मजोबआन होइँति जोबआन तोज ।