All about Sunuwar

Archives

now browsing by author

 

हाम्रो एउटा दाइ

हाम्रो एउटा दाइ

कोही थाहा नपाई बाँचेर पनि मर्छन्
कोही थाहा नपाई मरेर पनि बाँच्छन्
कोही बाँचेर पनि मरेको थाहा पाउँदा पाउँदै
लाज पचाएरै जिउँदो भएको प्रमाण पेश गरि टोपल्छन्
हो, हाम्रो पनि एउटा दाइ छ
साथी हो
उनी त्यसै क्याटगोरीमा पर्छन् । Read More

वल्लो किरातका किरातीहरुले आन्दोलन गर्ने

समाचारदाता
काठमाडौं, साउन १५ । ‘कुनै पनि पार्टीले जातीय तथा क्षेत्रीय स्वायत्त राज्य दिन चाहदैनन् । न त हाम्रा बाहुनवादी आदिवासी नेता नै त्यस पक्षमा छन् । अहिलेको प्रधानमन्त्री चुनाव त्यसैको प्रतिफल हो । कंग्रेस संघीयतामा जानै चाहँदैन । एमालेले संघीयताका लागि बोल्न दाँतबाट पसिना निकाल्छ । त्यै एउटा माओवादी हो जातिय र क्षेत्रीय स्वायत्तको कुरा उठाउने । उसलाई पनि जातीय र क्षेत्रीय स्वायत्तता दिने मुद्दा छाड्नु पर्ने सर्तमा दुई पार्टीले असहयोग गरिरहेका छन् । बाहिर जेसुकै भने पनि भित्री गाँठी कुरा यही हो ।’ वल्लो किरात संघीय राज्य परिषदको विधानमाथि छलफल गर्दै बाहिङ मुलुखिमका महासचिब धिरेन खाटलीले अगाडि भन्नु भयो ‘अब हामी वल्लो किरातको किरातीहरु सशक्तरुपमा आन्दोलनमा जानु पर्ने भएको छ । ऐतिहासिक पहिचानको आधारमा वल्लो किरात स्वायत्त प्रदेशको प्राप्ति नभएसम्म यो आन्दोलन जारी राख्नु पर्दछ ।’ Read More

पुस्तक लोकार्पण तथा वेभसाइज सार्वजानिकीरण

चुप्लु दामलोच, काठमाडौं । चुप्लु समाजद्धारा सुनुवार भाषाको पुस्तक सार्वजनिक गरियो । खोमिग्युग्युर, गो काः आँ गिचचा, चाइँदा र शाला नु बाइकि पोइब एक समारोहकाबीच विशिष्ट अतिथि सभासद दालकुमारी, आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानका सदस्य सचिव लोकबहादुर थापामगर र सुनुवार सेवा समाजका अध्यक्ष टंकराम सुनुवारद्धारा उक्त पुस्तक तथा सुनुवारसम्बन्धी जानकारीमूलक तथा सूचनामूलक वेभसाइट www.sunuwar.org र www.durdaa.com को सामुहिक रुपमा लोकार्पण तथा सार्वजानिकीरण गरियो ।
रेडियो उपत्यकाका कार्यक्रम प्रमुखज्यूले राष्ट्रमा पहिचानको लागि लडिरहेका आदिवासी जनजातिका लोपोन्मुख भाषाहरुलाई बचाउनका लागि हामीलाई जतिसक्दो सहयोग गर्न तयार रहेको बताउनुभयो ।

ीवशिष्ट अतिति तथा सुनुवार सेवा समाजका अध्यक्ष टंकराम सुनुवारज्यूले साँच्चै मैले पनि आंकलन गर्न नसकेको यो रेडियो कार्यक्रम एक वर्ष पुगेकोमा मेरो शंका पूर्ण रुपमा निवारण भएको जनाउनु भयो ।ीवशिष्ट अतिथि लोक थापामगरज्यूले जातिको मात्र नभएर आज सारा आदिवासी जनजातिहरु भषाको लडाइ पनि अगाडि बढ्दै गएको कुरामा जोड दिदै अबका दिनमा नेपालमा पनि बहुभाषिक नीति लागु गरेर राज्यले पिछडिएका आदिबासी जनजातिलाई अगाडि बढाउनु पर्ने कुरामा जोड दिनुभयो । अर्का विशिष्ट अतिथि वक्ता सभासद दालकुमारी सुनुवारज्यूले भाषा र संस्कृतिलाई संरक्षण गर्न हामीले सकेसम्म यस्ता पुस्तक प्रकाशन तथा मिडियामा प्रचारप्रसार गरेर लैजानु पर्ने कुरा बताउनुभयो ।

धन्यवाद दिने क्रम्मा मनप्रसाद सुनुवारले विद्रोह गरेर आप्mनो हक अधिकारका लागि प्रत्यक्ष योगदान पुरयाए त्यसैगरी नेपालका आदिवासी जनजातिले पनि यस किसिमको चेतना जगाएर अगाडि बढ्नु पर्ने कुरा बताउनुभयो । साथमा कार्यक्रमा सहयोग गर्नुहुने सम्पूर्ण सहयोगीलाई धन्यवाद दिनुभयो ।

कार्यक्रम समापन गर्दै हाम्रो लक्ष्यलाई सबैलाई काँधमा काँध मिलाएर अगाडि बढाइ अझ प्रगतिको बाटोमा पुरयाउनुहुन्छ भन्ने विश्वास लिएको भन्दै कार्यक्रम समापन गर्नुभयो ।

भाषाको साहित्य र सञ्चारको सोच बोकेर अघि बढेको चुप्लु समाजसँग अन्य सुनुवार संघ संस्थाहरु एसोसियट्स भइ सहकार्य गर्दै आएका छन् ।

www.sunuwar.orgको प्रभावले पंखा राखियो

समाचारदाता,
काठमाडौं, साउन १३ । ‘मलाई लागेको थियो म पनि केही सहयोग गरौं कि भन्ने । बल्ल बाटो खुले जस्तो लाग्यो । यो क्रम जारी रहोस ।’ न्यू साकुरा चस्म पसल, कमलपोखरीका गोपाल बहादुर सुनुवारले सुनुवार सेवा समाजको हलमा पंख राखेको एक दिन नबित्दै थप पंख राखेपछि सबि शिवानी सेकुवा कर्नर, ज्ञानचोक ताल्छीखेलका श्याम सुनुवारले अगाडि आफ्नो भावना यसरी पोखे, ‘सबैले यति हजार दिएँ उति दिएँ भन्छन् । हामी भनेको दुखजिलो गरेर कमाइ खाने मान्छे पहुँचवाला र धनीहरुसँग दाँजेर संस्थालाई ठूलो रकम सहयोग गर्न सक्ने कुरा भएन । तर धनीमानीको सहयोगले छाडेको राँटोमा बाँजो मार्ने काम चाहिँ भयो । सकेसम्म छेउकुना खनीखोस्री मलिलो पार्ने खेतलाको काम गर्ने मौका भने पाएँ भन्ने लागेको छ । बाँजा पाटाहरु धेरै रहेको त देखियो । खेतला जान सधै त कहाँ सकिन्छ र हाउ । यसो अर्मापर्मा चलाउन पाइयो भने त राम्ररी बाली थन्काउन पाइन्छ कि भन्ने लोभ हो क्या, वारचाइ । तोज मापाइ हाइः । यो मौका पनि के भन्छन् यो क्या मोरा सरोज (उन्मुक्त हाँसोमा) को डब्ल्यु डब्ल्यु डब्ल्यु डट सुनुवार डट ओआरजिले पो दियो त । बच्चाहरुले वेबसाइड हेरेर आएछन् कुरा गरिहाले, ‘बुबा सुसेसमा पंखा राखेछन् नि ।’ मैले हत्तार हत्तार अध्यक्ष (वल्लो किरात) सँग फोनमा कुरा गरेँ र बधाइ दिएँ । ‘होइन हौ अभैm बाँकी पो छ त हौ’ अध्यक्षले जवाफ फर्काइ पठाए । त्यसपछि त मलाई पनि जोस चल्यो । भनिदिएँ, ‘ल त्यो बाँकी पंखा म राखी दिने भएँ ।’

झण्डै पाँच बर्षपछि पंखा जडान भयो

समाचारदाता, साउन १२ काठमाडौं । गर्मीले बसी नसक्नु भएको छ । मानिसहरु उफ उफ गरिरहेका छन् । बाहिर घाम टन्टलापुर लागेको छ । तै पनि मानिसहरुले हल छाड्न सकिरहेका छैनन् । उनीहरुको लगाव छ कोइँच भाषा संस्कृति प्रति । मञ्चमा उद्घोषक कोइँच  भाषामा भनीरहेका छन् ‘एकेरे सापपा हुपशो बा । मोबाअ्तङाना यो आइँ गेरापेनमाकालि नाम पा बाअ्शो निनि । एकोन खेम इनकालि गोः कोइँचके तामिसामि एचचिङा चारचित गायिका रेसमा सुनुवारकालि ब्लेतनुङ कुमसो काः नेपाइचा ।’ यो दृश्य थियो सुनुवार कलाकार तथा चलचित्रकर्मी समाजको कोइँच कल्चरल सो २०१० को । अहिले यो समस्याबाट सुनुवार सेवा समाजको भवनले मुक्ति पाएको छ एक जना उदार मनको कोइँचको सहयोगबाट । Read More

विशेष निमन्त्रणा

श्री ……………………………
………………………………..

विषय : विशेष निमन्त्रणा

उपरोक्त सम्बन्धमा चुप्लु समाजद्वारा उत्पादित कोइँच (सुनुवार) भाषाको पहिलो रेडियो कार्यक्रम ‘किङलो चुपलु’ को वार्षिकोत्सव तथा कोइँच भाषामा लेखिएको पुस्तकहरु ‘गो काः आँ गिचचा गजल सङ्ग्रह, चाइँदा कविता सङ्ग्रह, खोमि ग्युरग्युर कविता सङ्ग्रह, शाःला नु बÞाकि पोइँबो लोककथा सङ्ग्रह’ पुस्तक विमोचन तथा www.durdaa.com,  www.sunuwar.org सार्वजानिकीकरण कार्यक्रममा तपाईको गरिमामय उपस्थितिको लागि समाज हार्दिक अनुरोध गर्दछ ।

मिति : २०६५ साउन १४ गते
समय : १.१५ बजे
स्थान : सुनुवार सेवा समाजको भवन, कोइँचनगर, कोटेश्वर, काठमाडौं ।
सम्पर्क : ९८५१०५०३७१, ९८४१२३९३५२, ९८५१०८१८५४

एसोसियट
क्युइँतबु कल्याण कोष, रगिन चुप्लु ।
विनीत
……………..
समीर मुखिया सुनुवार

Sunuwar bhasa Radio 2067-3-30

[audio:http://www.sunuwar.org/radio/Sunuwar radio 2067-3-30.mp3]

Click on play icon to play koinch ( sunuwar ) radio