All about Sunuwar

कोइँच भुमिको उपभोगको लागि कोइँच (सुनुवार) एक हुनु पर्दछ ।

समाचारदाता काठमाडौं, ८ साउन । ‘मुआब्जा र अधिकार बेग्लै कुरा हुन् । यसमा सचेत हुनु पर्छ । अभैम् पनि कुलेखानीका जनताले मुआब्जा पाएका छैनन् । हामीले अधिकारको लागि काम गर्नु पर्दछ । हुन त समग्र लिखुका जनताको लागि अधिकार कुरा उठाउनु चुनौतीपूर्ण छ । तर हामी सबैले सोचेको र देखेको कुरा तत्कालका हुन । तत्काल देखिने कुरा भनेको संस्कृति र समाजिक विचलन मात्र हुन् । हामीले दीर्घकालीन असरमा हामी सचेत हुनुपर्छ । त्यस क्षेत्रको भविश्य के हो भन्ने कुरामा ख्याल राख्नु पर्दछ । त्यहाँको सुनुवारको मात्र होइन अन्य जातजातिको फाइदाको कुरालाई पनि विचार गर्नु पर्छ । त्यसैले मुआब्जा पाइहाले नि भनेर आम सुनुवारको पक्षमा लड्छु भनेर उफ्रिनेहरु चुप लागे भने आम कोइँच लगायत नेपाली जनताको लागि अभिसाप हुने छ ।’ लिखु ४ जलविद्युत परियोजना सम्बन्धि कोइँचको अधिकार बारे अध्ययन प्रतिवेदन सम्बन्धि विचार आदनप्रदान कार्यक्रममा पूर्व आदिवासी विद्यार्थी समाजका सचिव तथा सुनुवार विद्यार्थी समाजका सदस्य सूर्यप्रकाश सुनवारको अभिमत हो यो ।तोकेको समय भन्दा झण्डै एक घण्टा आधा समय ढिलो शुरु भएको सो कार्यक्रममा सुनुवार सेवा समाजका सल्लाहकार संयोजक ।ले। मानबहादुर सुनुवार, गुञ्जबहादुर, मनप्रसाद, दालकुमारी, शेर बहादुर सुनुवार, अतीत मुखिया, चन्द्रप्रकाश सुनुवारले जिज्ञासा राख्नु भएको थियो । अधिवक्त भिम राई, कोषाध्यक्ष लाहुर्निपले विकासको नाममा कसरी आदिवासी जनजातिको विनास गरिँदै छ भन्ने सन्दर्भमा हामीले काम गरेका छौं । भूमि, प्राकृतिक स्रोत साधानमा के अधिकार छ? र कानुनी उपचारको लागि हाम्रो आन्दोलनले के कस्तो रुप लिन्छ भन्ने कुरामा विस्तृतरुपमा बताउँदै अगाडि थप्नु भयो ‘हामीले उठाएको कुरामा हक अधिकार हनन भयो भने मुद्दा हाल्दा पनि हुन्छ । तर त्यसो गर्दा अन्य दबाब कार्यक्रम अगाडि सार्न सक्दैनौ । न्यायिकरुपमा मात्र जाँदा हाम्रो उद्देश्य पूर्ण हुँदैन । यसैले स्थानीय जनताको सहभागितामा जनदबाब सिर्जन गर्नु नै पहिलो आवश्यकता हो आदिवासी जनजातिको हकाधिकार प्राप्तका लागि । कोइँचहरुको आवाज जतिसक्दो एक बनाउन सक्यौं अधिकार प्राप्त गर्ने समय नजिकीयो भनेर बुझ्दा हुन्छ ।’सुनुवार सेवा समाजका अध्यक्ष टंकराम सुनुवारले अन्तरक्रियमा उठेका विवदित कुराहरु प्रति प्रष्ट पार्नु भयो । साथै पुनः सबैको सल्लाह सूझबलाई समेटेर पूर्ण अध्ययन प्रतिवेदन तयार पार्ने जानकारी गराउनु भयो ।

1.Click here to download लिखु ४ जलविद्युत परियोजना आदिवासी कोइँच (सुनुवार) को अधिकार अध्ययन प्रतिवेदन–२०१० (nepali)
2.Click here to download The study report-2010 on Likhu-4, Hydropower Project and Koinch Indigenous Peoples’ Right (English)

Note: यहाँहरुलाई पनि यसमा केहि कुराहरु थप घट गर्नु पर्ने जस्तो लग्छ या कुनै सुझाप सल्हा भएमा comment वा email  गर्नु सक्नुहुने छ।
[ad][ad]

5 Comments to कोइँच भुमिको उपभोगको लागि कोइँच (सुनुवार) एक हुनु पर्दछ ।

  1. koich says:

    good report but both report in one title. separate 2 news

  2. kormoch says:

    thumbsup!

  3. admin says:

    sorry for that koich, i will separate it :d

  4. kormoch says:

    “लिखु ४ जलविद्युत परियोजना आदिवासी कोइँच (सुनुवार) को अधिकार अध्ययन प्रतिवेदन–२०१०” पढियो । अधिकार, पहुँच र संरक्षण सम्बन्धि बुंदाहरु धेरै नै मनन् योग्य छन् । उपभोग को अधिकार को बारेमा चर्को बहस गर्नु त ठिकै हो तर भविष्यको सुरक्षित गर्नको लागि पुन-उत्पादन को बारेमा पनि सोच्नै पर्ने बेला आएको छ ।

  5. mulich says:

    malai pani testai lagyo kormoch g.

Leave a Reply

Your email address will not be published. Required fields are marked *