All about Sunuwar

www.sunuwar.orgको प्रभावले पंखा राखियो

समाचारदाता,
काठमाडौं, साउन १३ । ‘मलाई लागेको थियो म पनि केही सहयोग गरौं कि भन्ने । बल्ल बाटो खुले जस्तो लाग्यो । यो क्रम जारी रहोस ।’ न्यू साकुरा चस्म पसल, कमलपोखरीका गोपाल बहादुर सुनुवारले सुनुवार सेवा समाजको हलमा पंख राखेको एक दिन नबित्दै थप पंख राखेपछि सबि शिवानी सेकुवा कर्नर, ज्ञानचोक ताल्छीखेलका श्याम सुनुवारले अगाडि आफ्नो भावना यसरी पोखे, ‘सबैले यति हजार दिएँ उति दिएँ भन्छन् । हामी भनेको दुखजिलो गरेर कमाइ खाने मान्छे पहुँचवाला र धनीहरुसँग दाँजेर संस्थालाई ठूलो रकम सहयोग गर्न सक्ने कुरा भएन । तर धनीमानीको सहयोगले छाडेको राँटोमा बाँजो मार्ने काम चाहिँ भयो । सकेसम्म छेउकुना खनीखोस्री मलिलो पार्ने खेतलाको काम गर्ने मौका भने पाएँ भन्ने लागेको छ । बाँजा पाटाहरु धेरै रहेको त देखियो । खेतला जान सधै त कहाँ सकिन्छ र हाउ । यसो अर्मापर्मा चलाउन पाइयो भने त राम्ररी बाली थन्काउन पाइन्छ कि भन्ने लोभ हो क्या, वारचाइ । तोज मापाइ हाइः । यो मौका पनि के भन्छन् यो क्या मोरा सरोज (उन्मुक्त हाँसोमा) को डब्ल्यु डब्ल्यु डब्ल्यु डट सुनुवार डट ओआरजिले पो दियो त । बच्चाहरुले वेबसाइड हेरेर आएछन् कुरा गरिहाले, ‘बुबा सुसेसमा पंखा राखेछन् नि ।’ मैले हत्तार हत्तार अध्यक्ष (वल्लो किरात) सँग फोनमा कुरा गरेँ र बधाइ दिएँ । ‘होइन हौ अभैm बाँकी पो छ त हौ’ अध्यक्षले जवाफ फर्काइ पठाए । त्यसपछि त मलाई पनि जोस चल्यो । भनिदिएँ, ‘ल त्यो बाँकी पंखा म राखी दिने भएँ ।’

2 Comments to www.sunuwar.orgको प्रभावले पंखा राखियो

  1. kormoch says:

    “धनीमानीको सहयोगले छाडेको राँटोमा बाँजो मार्ने काम चाहिँ भयो । सकेसम्म छेउकुना खनीखोस्री मलिलो पार्ने खेतलाको काम गर्ने मौका भने पाएँ भन्ने लागेको छ ।”

    धन्यवाद हजुरलाई ।

  2. premkumar sunuwar says:

    Gopal dai ra Shyam dai lai dherai dherai dhanyabad. sabaile tapai haruko jastai bhawana rakhema hami haru abasya maathi bhain chha. Ani arko kura sahayog sahayog nai ho chahe dhanimani le garun chahe garibgurbole garun. sahayog ko bhawan boknu nai thulo ho jausto lagchha malai. puna ek patak dhanyabad dai harulai.

Leave a Reply

Your email address will not be published. Required fields are marked *