All about Sunuwar

Archives

now browsing by author

 

… अधिकारको उपयोग गर्न नपाउने ?

कोइँच (सुनुवार) सेवा समाजले २०६३ सालदेखि आधिकारीक रुपमा वल्लो किरात स्वायत्त प्रदेशको प्रस्ताव अगाडि सार्दै आएको भए त पनि इतिहासले वल्लो किरातको अस्तित्व प्रष्ट रुपमा उल्लेख गरेको छ । सुनुवार सेवा समाजको काठमाडौं घोषणा पत्र सार्वजानिक भए पछि वल्लो किरातको रुपमा विभिन्न समयमा स्थानीय संघसंस्थाका मुखपत्र, पत्रिका र कोइँच मातृभाषाका सञ्चार माध्यममा वल्लो किरातको आवाज उठी नै रह्यो । त्र राज्यको एकात्मक भाषिक विभेदका कारण यो आवाजलाई देशव्यापी गर्न नसकिएको कसैबाट लुकाउनु पर्ने कुरा भएन । तै पनि कोइँच (सुनुवार) समाज चुपचाप लागेर बसेन । केन्द्रीयस्तरको जातीय नेताहरुले बाध्ये भएर २०६६ मा वल्लो किरात मस्यौदा समिति गठन ग¥यो । जसको संयोजन सुनुवार सेवा समाजका उपाध्यक्ष मनप्रसाद सुनुवारले गर्नु भएको थियो । उहाँको संयोजनमा वल्लो किरातका किराती (जेरो, बाहिङ, सुरेल, हायु, थामी, जिरेल, कोइँच÷सुनुवार) हरु आफ्नो ऐतिहासिक पहिचानको लागि एकजुट भए र अहिले वल्लो किरात स्वायत्त प्रदेशको साझा अवधारण पत्र सार्वजानिक गर्दै सशक्त संघर्ष गर्न वल्लो किरात संघीय राज्य परिषद गठन भएको छ । उक्त परिषदको अध्यक्ष मनप्रसाद सुनवारसँग वल्लो किरात स्वायत्त प्रदेश सम्बन्धि कुराकानीको केही अंश: Read More

राज्य यथास्थितिवादी सोँचबाट मुक्त हुन सकिरहेको छैन

नविन सुब्बा, इन्डिजिनिअस फिल्म अर्काइभ (आइफा) का अध्यक्ष, नेपाली चलचित्रवृतमा फरक सोंच बोकेका एक योद्ध हुन् जसका विचारले धेरै आदिवासी चलचित्रकर्मीलाई पहिचानको लडाइमा डोराएको छ, भनीरहँदा तागेरा निङमाफुमाको अगाडि सृष्टिको बखान गरे जस्तै हुने छ । मुक्दुमका सलाक (ऋचा) हरु नाअ्सोलाई जस्तै गरी उनलाई नआउन सक्छ । तर रामायाण, महाभारत, बाइबाल, कुरान, त्रिपिटक भन्दा बढी उनी मुक्दुमलाई नै सुम्सुमाउन सक्छन् । हो, यही अनुभूतिले उनलाई सधैं नयाँ काम गर्ने जाँगर दिँदो हो । र त, सधै जोस जाँगर छ उनमा, ‘केही परम्परावादी सोंचले ग्रस्त चलचित्रकर्मीहरुलाई मेरो सम्बन्धमा राजनीतिकर्म बढी र चलचित्रकर्म कम लाग्ला । हिजोकै जस्तो एक भाषा, संस्कृतिलाई प्रवद्र्धन हुने किसिमको चलचित्रहरु बनिनु हुँदैन । चलचित्रकर्मी पनि सामाजिक, राजनीतिक रुपले सचेत हुनुपर्छ । चलचित्रले पनि बहुभाषी, बहुजाति, बहुसंस्कृति भएको नेपाली समतामूलक समाजको चित्रण गर्नु पर्छ भन्नु अस्वभाविक हुन्छ जस्तो लाग्दैन । यस अभियानलाई कसै न कसैले त जिम्मेवारी लिनु नै पर्ने हुन्छ । त्यही जिम्मेवारी मात्र वहन गरेको हुँ । ’ Read More

एस एल सी उत्तीर्ण कोइँच विद्यार्थीहरु सम्मानित हुने

समाचारदाता
यालाखोम, १८ खुबनाच । नेपाल लोकतान्त्रिक किरात सुनुवार संघ, युवा तथा विद्यार्थी विभाग बागबजार काठमाडौंले गएको वर्षमा जस्तै यो वर्ष पनि एस एल सी उत्तीर्ण गरेका कोइँच (सुनुवार) विद्यार्थीहरुलाई सम्मान गर्ने भएको छ । सुनुवार युवा तथा विद्यार्थीहरुलाई गोलवद्ध गरी जातिय पहिचानको लागि निरन्तर संघर्षमा कटिवद्ध रहन कार्यक्रम आयोजना गरेको युवा तथा विद्यार्थी विभागका संयोजक उर्मिला सुनुवारले बताउँदै अगाडि थपिन, ‘यसरी सम्मान कार्यक्रम गर्दा कोइँच किशोरकिशोरीहरुलाई उत्प्रेरण प्रदान भई भोलि उच्चा शिक्षा अध्ययनको लागि हौसला प्रदान हुने छ । त्यसैले आम कोइँच सामिबुलाई कार्यक्रममा उपस्थित हुन हार्दिक निमन्त्रणा गर्दछु ।’
उनका अनुसार विद्यार्थी सम्मान कार्यक्रम यही साउन २२ गते शनिवार दिउँसो ११ बजे विश्वाभाषा क्याम्पसको हलमा हुने भयोको छ । साथै आयोजक संस्था नेलोकिसुसंले एस एल सी गरेका कोइँच विद्यार्थीहरुलाई आप्mनो प्रमाण पत्रको प्रतिलिपि नेलोकिसुसं कार्यलय बागबजारमा उपलब्ध गराइ सहयोग गरिदिन पनि सूचना जारी गरिएको छ ।

उपनिवेशवादीहरु कहिल्यै आदिवासी हुन सक्दैनन् ।

दिनेश घले पेशाले अधिवक्ता हुन् । उनको पूर्खको पूख्र्यौली भूमि बार्पाक गोरखा भए पनि हालको बसाइ र जन्मको आधारमा खिकामाछा (भोजपुर), किरात प्रदेशका नागरिक हुन् । हाल पहिचानको खोजीमा संघर्षरत घले लिल फङ (घले समाज) का अध्यक्ष, आदिवासी जनजातिका मानवाधिकारको लागि वकिल समुहका उपाध्यक्ष तथा आदिवासी जनजाति बृहत् मोर्चा नेपाल संघर्ष समितिका पनि सदस्य हुन् । उहाँसँग आदिवासीको मानवाधिकारको बारेका उहाँकै कार्यालय लाहुर्निपमा रणवीर सुनुवार र उत्तम सुनुवारले durdaa.comSunuwar.orgलागि लिइएको कुराकानी :

मानवाधिकार भन्नले कसरी बुज्नु पर्दछ अर्थात् मानवाधिकारको सिद्धान्त के हो ? के आदिवासी जनजातिको अधिकार पनि मानवाधिकारभित्र नै पर्छ ? वा समुदायको अधिकारलाई पनि मानवाधिकार भनिन्छ ? आदिवासीको हकमा कानुनीरुपमा मानवाधिकारको व्याख्या वा परिभाषा कसरी हुनु पर्छ ? Read More

हाम्रो एउटा दाइ

हाम्रो एउटा दाइ

कोही थाहा नपाई बाँचेर पनि मर्छन्
कोही थाहा नपाई मरेर पनि बाँच्छन्
कोही बाँचेर पनि मरेको थाहा पाउँदा पाउँदै
लाज पचाएरै जिउँदो भएको प्रमाण पेश गरि टोपल्छन्
हो, हाम्रो पनि एउटा दाइ छ
साथी हो
उनी त्यसै क्याटगोरीमा पर्छन् । Read More

वल्लो किरातका किरातीहरुले आन्दोलन गर्ने

समाचारदाता
काठमाडौं, साउन १५ । ‘कुनै पनि पार्टीले जातीय तथा क्षेत्रीय स्वायत्त राज्य दिन चाहदैनन् । न त हाम्रा बाहुनवादी आदिवासी नेता नै त्यस पक्षमा छन् । अहिलेको प्रधानमन्त्री चुनाव त्यसैको प्रतिफल हो । कंग्रेस संघीयतामा जानै चाहँदैन । एमालेले संघीयताका लागि बोल्न दाँतबाट पसिना निकाल्छ । त्यै एउटा माओवादी हो जातिय र क्षेत्रीय स्वायत्तको कुरा उठाउने । उसलाई पनि जातीय र क्षेत्रीय स्वायत्तता दिने मुद्दा छाड्नु पर्ने सर्तमा दुई पार्टीले असहयोग गरिरहेका छन् । बाहिर जेसुकै भने पनि भित्री गाँठी कुरा यही हो ।’ वल्लो किरात संघीय राज्य परिषदको विधानमाथि छलफल गर्दै बाहिङ मुलुखिमका महासचिब धिरेन खाटलीले अगाडि भन्नु भयो ‘अब हामी वल्लो किरातको किरातीहरु सशक्तरुपमा आन्दोलनमा जानु पर्ने भएको छ । ऐतिहासिक पहिचानको आधारमा वल्लो किरात स्वायत्त प्रदेशको प्राप्ति नभएसम्म यो आन्दोलन जारी राख्नु पर्दछ ।’ Read More

पुस्तक लोकार्पण तथा वेभसाइज सार्वजानिकीरण

चुप्लु दामलोच, काठमाडौं । चुप्लु समाजद्धारा सुनुवार भाषाको पुस्तक सार्वजनिक गरियो । खोमिग्युग्युर, गो काः आँ गिचचा, चाइँदा र शाला नु बाइकि पोइब एक समारोहकाबीच विशिष्ट अतिथि सभासद दालकुमारी, आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानका सदस्य सचिव लोकबहादुर थापामगर र सुनुवार सेवा समाजका अध्यक्ष टंकराम सुनुवारद्धारा उक्त पुस्तक तथा सुनुवारसम्बन्धी जानकारीमूलक तथा सूचनामूलक वेभसाइट www.sunuwar.org र www.durdaa.com को सामुहिक रुपमा लोकार्पण तथा सार्वजानिकीरण गरियो ।
रेडियो उपत्यकाका कार्यक्रम प्रमुखज्यूले राष्ट्रमा पहिचानको लागि लडिरहेका आदिवासी जनजातिका लोपोन्मुख भाषाहरुलाई बचाउनका लागि हामीलाई जतिसक्दो सहयोग गर्न तयार रहेको बताउनुभयो ।

ीवशिष्ट अतिति तथा सुनुवार सेवा समाजका अध्यक्ष टंकराम सुनुवारज्यूले साँच्चै मैले पनि आंकलन गर्न नसकेको यो रेडियो कार्यक्रम एक वर्ष पुगेकोमा मेरो शंका पूर्ण रुपमा निवारण भएको जनाउनु भयो ।ीवशिष्ट अतिथि लोक थापामगरज्यूले जातिको मात्र नभएर आज सारा आदिवासी जनजातिहरु भषाको लडाइ पनि अगाडि बढ्दै गएको कुरामा जोड दिदै अबका दिनमा नेपालमा पनि बहुभाषिक नीति लागु गरेर राज्यले पिछडिएका आदिबासी जनजातिलाई अगाडि बढाउनु पर्ने कुरामा जोड दिनुभयो । अर्का विशिष्ट अतिथि वक्ता सभासद दालकुमारी सुनुवारज्यूले भाषा र संस्कृतिलाई संरक्षण गर्न हामीले सकेसम्म यस्ता पुस्तक प्रकाशन तथा मिडियामा प्रचारप्रसार गरेर लैजानु पर्ने कुरा बताउनुभयो ।

धन्यवाद दिने क्रम्मा मनप्रसाद सुनुवारले विद्रोह गरेर आप्mनो हक अधिकारका लागि प्रत्यक्ष योगदान पुरयाए त्यसैगरी नेपालका आदिवासी जनजातिले पनि यस किसिमको चेतना जगाएर अगाडि बढ्नु पर्ने कुरा बताउनुभयो । साथमा कार्यक्रमा सहयोग गर्नुहुने सम्पूर्ण सहयोगीलाई धन्यवाद दिनुभयो ।

कार्यक्रम समापन गर्दै हाम्रो लक्ष्यलाई सबैलाई काँधमा काँध मिलाएर अगाडि बढाइ अझ प्रगतिको बाटोमा पुरयाउनुहुन्छ भन्ने विश्वास लिएको भन्दै कार्यक्रम समापन गर्नुभयो ।

भाषाको साहित्य र सञ्चारको सोच बोकेर अघि बढेको चुप्लु समाजसँग अन्य सुनुवार संघ संस्थाहरु एसोसियट्स भइ सहकार्य गर्दै आएका छन् ।