Archives
now browsing by author
Sunuwar Chhengu (सुनुवार चेँगु )
[flv image=”http://www.sunuwar.org/video/doc/chhengu1.jpg”]http://www.sunuwar.org/video/doc/chhengu1.flv[/flv]
आजाद हिन्दका योद्ध : जसको जिन्दगी गाडी चालक बनेर बित्यो
कोइँचबु काःतिच
आजाद हिन्द तक्मा पाउने ११ जना व्यक्तिहरु मध्ये पाँच जना नेपाली पर्छन् । त्यसमा पनि एक जना कोइँच (सुनुवार) पनि थिए भन्दा धेरैलाई आश्चर्य र गर्व दुवै लाग्न सक्छ । हो, उनै आजाद हिन्द जस्ता सम्मानित भारतीय पदक पाउने व्यक्तिको पुरा जिन्दगी गाडी चालक बनेर बित्यो । पुरा भारत देश गाडी र चालक ती योद्धा कोइँच ।
२१ तारिख, फेब्रुआरी १९२५ का दिन दारजिलिंको बान्नोकबारन टि स्टेटमा रबिलाल र साबित्री सुनुवारको कोखबाट यस्तो एउटा कोइँचको जन्म भयो जसले कहिल्यै जीवनमा हार खाएनन् । किशोर अवस्थामै गाडी चलाउन सिकेका उनले विश्व युद्धाको लागि मानव संसाधनको पुरा गरिदिए ब्रिटिशको लागि गुम पहाडको डिपोबाट रिक्रुट बनेर २१ मार्च, १९४१ मा । इन्डियान आर्मी अर्डिन्यान्स कार्पोरेशन टेरेनिं सेन्टर जबालपुर, मध्ये प्रदेशमा तालिम पुरा गर्दा नगर्दै दक्षिण अफ्रिकामा युद्धा गर्न पुगे पुरै पल्टनको साथमा ।
पृथ्विको पल्लो फाँटबाट वल्लो सुर्का सिंगपुर आएर अग्रपंतिमा युद्धा गर्ने क्रममा जापानी युद्धावन्दी बन्न पुगे उनी । युद्धाबन्दीको क्रममा नेताजी सुवासचन्द्र बोसको आजाद हिन्द फौजका रिक्रुट बन्न पुगे १५ फेब्रुअरी १९४२ मा । आजाद हिन्द फौजको पक्षधार भएर उनले फेरि उनलाई भर्ती लिने ब्रिटिस विरुद्ध नै युद्ध गरे बर्मामा शख्त घाइते बन्न पुगे । यसरी घाइते भएपछि उनी आर्मी अस्पतालमा भर्ना भए । आजाद हिन्द फौजको पक्षबाट उनले जापानी फौजलाई शत्रु पक्ष ब्रिटिशलाई पेल्दै आउने क्रममा रंगुन आइपुगेपछि जापानी फौज फिर्ता भयो अमेरिकाले जापानी शहरमा एटम बम खसालेपछि । उनी पुनः व्रिटिशको युद्धावन्दी बने । पछि बर्माबाट उनलाई जेसोर जिल्ला क्याम्प बंगाल ल्याइयो र कोर्ट मार्सल पछि उनको जागिर खारेज गरियो । उनी मुक्त भए । साधारण नागरिकको जीवन जिउन दार्जिलिं फर्किए । Read More
गोरखापत्रद्वारा प्रकशित किराँती-कोइँच (सुनुवार)भाषा
समवेशिकरणको दिशामा एउटा फड्को: गोरखापत्रद्वारा प्रकशित किराँती-कोइँच (सुनुवार)भाषा पढनलाई तल मितीमा थिच्नुहोस्
1. 2067-04-23
2. 2067-01-23
१६औँ विश्व आदिवासी दिवस आज भव्य रूपमा मनाइदै
सामाचारदाता, काठमाण्डौं, अगस्ट ९,
१६औँ विश्व आदिवासी दिवस आज भव्य रूपमा मनाइदै छ । नेपाल भरि बाट राजधानि काठमाण्डौंमा रहेका ४० भन्दा बढि आदिवासी समुदाय आ-आफ्ना मौलिक साँस्कृतिक झाँकि सहित राजधानि स्थित नेपाल प्रज्ञा प्रठिष्ठानको भवनमा जम्मा भै आदिवासी दिवसको अवसरमा विषेश समारोहमा सहभागि भएका छन् ।Click here for more photos
थामीहरुले आप्mनो भूमिको माग गरे
चुपलु समाचारदाता
दोलखा, २३ साउन । विश्व आदिवासी दिवस २०६७ का सन्दर्भमा नेपाल थामी समाज, केन्द्रिय समिति काठमाडौंले थामी स्वायत्त राज्यको संरचना सार्वजानिक गर्दै एक दिवसीय अन्तरक्रियात्मक कार्यक्रम गरेउ । थामी समाजका सल्लाहकार जगत थामीले सबैले आ आप्mनो राज्य माग्दा नेपाल थामी समाजले पनि विधि निर्माण गरि अगाडि बढाउन यो अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरेको बताउनु भयो । समाजका अध्यक्ष काबिराज थामीले थामी स्वायत्तको बारेमा र आत्म निर्णयको बारेमा बताउनु भयो । उहाँले अगाडि थप्नु भयो– आदिवासी जनजातिको अन्तरिम संविधानको जगमा बसेर यो स्वायत्त क्षेत्र मग गरेको छौं । भूगोल, ऐतिहासिक र साँस्कृतिक आधारमा प्रस्ताव गरिएका सम्बन्धमा बताउँदै थामी स्वायत्त राज्यको संरचनाको अवधारण प्रस्ताव गरेको छ ।
देशको विविध आन्दोलनमा थामीले एकिकृत सासन सत्ताको लागि जे जाति योगदान दिए अहिलेसम्म थामीको लागि कहिल्यै राज्यले मुल्यांकन गरेको छैन । बहुदलिय व्यवस्था आएपछि पनि उपलब्धि के पायौं । यसमा पनि हामीले मुल्यांकन गर्न अति नै आवश्यक छ । २०६२ र ६३ मा पनि भूगोलको स्वास्थ्या सबै किसिमले पेलिए । नेकपा (एकिकृत) ले बढी नै प्रयोग गर्दै आयो । २९ जना थामिले बलिदान दिए । Read More
थामीहरुले आफ्नो भूमिको माग गरे
समाचारदाता
दोलखा, २३ साउन । विश्व आदिवासी दिवस २०६७ का सन्दर्भमा नेपाल थामी समाज, केन्द्रिय समिति काठमाडौंले थामी स्वायत्त राज्यको संरचना सार्वजानिक गर्दै एक दिवसीय अन्तरक्रियात्मक कार्यक्रम गरीरहेको छ । सो अन्तरक्रियात्मक कार्यक्रममा थामी समाजका सल्लाहकार जगत थामीले सबैले आ आप्mनो राज्य माग्दा नेपाल थामी समाजले पनि विधि निर्माण गरि अगाडि बढाउने योजना भएको बताउनु भयो । समाजका अध्यक्ष काबिराज थामीले थामी स्वायत्तको बारेमा र आत्म निर्णयको बारेमा बताउनु भयो । उहाँले अगाडि थप्नु भयो– आदिवासी जनजातिको अन्तरिम संविधानको जगमा बसेर यो स्वायत्त क्षेत्र मग गरेको छौं । भूगोल, ऐतिहासिक र साँस्कृतिक आधारमा प्रस्ताव गरिएको हो ।
यायोक्खाको २३ औं स्थापना दिवस: तीन विद्यावारिधिसहित सम्मान
गणेश राई
काठमाडौं, २२ साउन २०६७ ।
किरात राई यायोक्खाले आफ्नो २३ औं स्थापना दिवसका अवसरमा समुदायका विभिन्न व्यक्तित्वलाई सम्मान तथा विद्यार्थीलाई छात्रवृत्ति र पुरस्कार प्रदान गरेको छ । यसैगरी यायोक्खाका संस्थापक १८ सदस्यलाई सम्मान गरेको छ । ललितपुरको मानवभवनमा आयोजित समारोहका प्रमुख अतिथि एवं आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष जितपाल किरात, यायोक्खाका केन्द्रीय अध्यक्ष चतुरभक्त राईलगायतले प्रदान गरेका हुन् ।
सम्मान समारोहमासंस्थापकमध्ये कार्यवाहक अध्यक्ष जितमान राई, पूर्वमन्त्री मन्त्री तथा सभासद् गोपाल किराती, विक्रम राई, उद्धव राई, वेदना थुलुङ राई, डा.सन्तमान राई, देविका राई, तेज राई र माओ यलुङ राई उपस्थित थिए । कावा अध्यक्ष राईले तात्कालीन पंचायत व्यवस्थालाई चुनौती दिंदै २०४५ साल साउन २२ गते ‘किरात राई सांस्कृतिक संघ’ स्थापना गरेको उल्लेख गर्दै पटक पटक राज्य प्रशासनबाट धम्की र जेलसमेत हालेको बताए । २०४६ सालको राजनीतिक परिवर्तनसँगै २०४७ सालमा संघको प्रथम राष्ट्रिय सम्मेलन उक्त संघको नाम परिवर्तन गरी ‘किरात राई यायोक्खा’ (किराया) राखिएको हो । यायोक्खा आज संसारभरि रहेका किरात राई जातिको एकमात्र सामाजिक धरोहर गौरवशाली संस्था बनेको छ । यसको देशभरि १७ जिल्लामा कार्यसमिति छन् । किरात राई यायोक्खा संस्थाको नामबाट हङकङ, ब्रुनाई, बेलायत, अमेरिका, जापान, कतार, साउदीलगायतका मुलुकमा किरात राईहरु संगठित छन् । Read More
