All about Sunuwar

थामीहरुले आप्mनो भूमिको माग गरे

चुपलु समाचारदाता
दोलखा, २३ साउन । विश्व आदिवासी दिवस २०६७ का सन्दर्भमा नेपाल थामी समाज, केन्द्रिय समिति काठमाडौंले थामी स्वायत्त राज्यको संरचना सार्वजानिक गर्दै एक दिवसीय अन्तरक्रियात्मक कार्यक्रम गरेउ । थामी समाजका सल्लाहकार जगत थामीले सबैले आ आप्mनो राज्य माग्दा नेपाल थामी समाजले पनि विधि निर्माण गरि अगाडि बढाउन  यो अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरेको बताउनु भयो । समाजका अध्यक्ष काबिराज थामीले थामी स्वायत्तको बारेमा र आत्म निर्णयको बारेमा बताउनु भयो । उहाँले अगाडि थप्नु भयो– आदिवासी जनजातिको अन्तरिम संविधानको जगमा बसेर यो स्वायत्त क्षेत्र मग गरेको छौं । भूगोल, ऐतिहासिक र साँस्कृतिक आधारमा प्रस्ताव गरिएका सम्बन्धमा बताउँदै थामी स्वायत्त राज्यको संरचनाको अवधारण प्रस्ताव गरेको छ ।
देशको विविध आन्दोलनमा थामीले एकिकृत सासन सत्ताको लागि जे जाति योगदान दिए अहिलेसम्म थामीको लागि कहिल्यै राज्यले मुल्यांकन गरेको छैन । बहुदलिय व्यवस्था आएपछि पनि उपलब्धि के पायौं । यसमा पनि हामीले मुल्यांकन गर्न अति नै आवश्यक छ । २०६२ र ६३ मा पनि भूगोलको स्वास्थ्या सबै किसिमले पेलिए । नेकपा (एकिकृत) ले बढी नै प्रयोग गर्दै आयो । २९ जना थामिले बलिदान दिए ।
अब जातिय क्षेत्रिय रुपमा जनजातिलाई राज्य दिने सवालमा सरकार कता कता नचाहिरहेको कुरा छर्लंग छ । राजनीतिको पार्टीले केको आधारमा राज्यको पुनसंरचना गर्दा अधिकार सुनिस्चित हुन्छ भन्ने कुरा प्रष्ट हुनु पर्दछ । संघीयताको बाँडफाँड गर्दा कसरी गर्ने भन्ने कुरामा प्रष्ट छैनन् । जगत थामीले थामी स्वायत्त भूमिको वारेमा छलफलमा आप्mनो विचार प्रष्ट गर्नु भयो ।
दोलखा जिल्लाको हकमा थामी र सुरेल मागी खाने भाँडो भएको छौं ।, इन्द्रबहादुर थामिले राज्यको नीति निर्माण वारे गुनासो राख्नु भयो ।
जीवन लामाले नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समितिका अध्यक्षले थामी स्वायत्त राज्यको संरचना वारे समर्थन गर्दै त्यसको लागि समितिले सधै सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्नु भयो ।
नानु थामी, नेपाल थामी समाजको सदस्य, ले यो थामीहरुको बारेका सबैले सोच्नु पर्ने भएको छ । थामीहरुको सम्बन्धमा राजनीतिक पार्टीहरुले सम्बोधन गर्नु परेउ । भनेर आग्रह गर्नु भयो ।
वल्लो किरात संघीय राज्य परिषदका अध्यक्ष मनप्रसाद सुनुवारले नयाँ पृथ्वीनारायण जन्मेर नेपाल एकिकृत गर्ने होडबाजी चलेको छ । हाम्रो सहमती नलिई उनीहरुले –खसबाहुन) गोजीबाट राज्य निकालेका छन् यस प्रति वल्लो किरातका किरातीहरु सचेत हुनुपर्दछ । यसैले हामीहरु सबैले नेपालको आदिवासी जनजातिहरुको पक्षमा एकाकार हुनुपरेउ । अब आदिवासी जनजाति वीचमा आउने भोलिको समस्या अँकलन गर्नु पर्छ । हामीले एकल जातीय राज्य माग गरेका छैनौं । राज्यको नीति निर्माणमा हाम्रो पहुँच पुराउनु पर्ने भएको छ ।
त्यस्तै गरी नेकपा एमाले दोलखाका अध्यक्ष पर्वत गुरुङले भन्नु भयो, एमालेका अडान भनेकै मुक्ति र अग्रगामि संघीय राज्यको अडान हो । तर म त के शंका जाहेर गर्छु भने कविराज थामीले प्रस्तुत् यो अवधारण पत्र थामीलाई जागारण गरेकोमा धन्यवाद ज्ञापन गर्छु । तपाईहरुको माग प्रति नेकपा एमाले दोलखा प्रष्ट छ । तर एमालेको प्रतिवद्धता जाहेरले मात्र तपाईहरुको मुक्ति हुन्छ भन्ने मलाई लाग्दैन ।
म आदिवासी जनजातिको पक्षबाट बोल्दा फुटाउको लागि यो चाल चालेको त होइन भन्ने कुरा मलाई लागेको छ । फुटाउ र शासन गर भन्ने राज्जेको नीति हुन सक्छ कि । यहाँ प्रस्तावमा २९ गाविस गर्नु भएको छ । यसो गर्दा मुलुकले कतातिर लैजान खोजेको हो ? असफल राष्टारा बनाउने देशी विदेशी षडयन्त्र पो हो कि । यस प्रति सचेत हुनुपर्छ । भोट बेङ्क कहिलेसम्म भइरहने ? थामीको समस्या के हो पत्ता लगाउनु पर्छ । मेरो विचारमा थामी पछि परेको भनेको शिक्षा र आर्थिक हो । सबभन्दा पहिले त आपैंmले आफुलाई चिनौं । अघि पनि धेरै साथीहरुले भन्नु भयो राजजेलो प्रयोगा गरेउ । कसले उपयोग गरेउ त्यसप्रति तिमीले हामीलाई उपयोग यहाँ यसरी गरेउ भनेर प्रस्ताव लाइजाउँ न । त्यसैले थामीहरु वैचारिक रुपमा सचेत हुनै पर्छ ।
नेकपा एकिकृत माओवादीका सचिव विशाल खड्काले भन्नु भयो, मैले भन्नु पर्ने कुरा धेरै छन् जस्तो लाग्छ । तर समयको पावन्दी छ । कार्यक्रमको स्वरुपको वारेमा भन्नु पर्दा बिल भर्पाइ मिलाउने कुरातिर नलागे राम्रो हुन्थ्यो कि । यो अवधारणा अलि पछाडि भयो कि । अहिले संविधान बन्ने कि नबन्ने भन्दा पनि प्रधानमन्त्री बनाउनेतिर लागेको भन्ने कुरा कमरेड पर्वतले भन्नु भयो । तर उहाँहरु निस्क्रीय तटस्था हुनु भएन । राष्टारा माग्ने कुरा पनि एन जि ओ पारामा गयो कि । थामी जातिको कुरा गर्दा नेपाल थामि समाजले २९ जना थामीलाई थामी मुक्ति मोर्चाको झण्डा ओडाएको छ । यसमा नेपाल थामी समाजले पनि सम्मान गर्नु पर्छ कि । एन जि ओ, आइ एन जि ओले शिक्षा स्वास्थको कुरा गर्नेले जातिय मुक्तिलाई दबाउँदै छ । थामी स्वायत्त राज्य बारे बहस चलाउनु पर्दा पैसाको आवश्यकता पर्दैन ।
संघीयता सम्बन्धमा छलफल गर्न पुगेको छैन । यो कमजोर अध्ययनलाई व्यवस्थित गर्नु पर्छ । थामीलाई स्वायत्त राज्य दिनु भनेको पुनः पुरानो राजा बनाउनु भनेको होइन । नयाँ किसिमले नयाँ सोंचले जातीय स्वायत्त राज्यको बारेमा कुरा अगाडि ल्याउनु भयो ।
अन्तरक्रियात्मक कार्यक्रमका प्रमुख अतिथि चुनबहादुर थामीले भन्नु भयो, वास्तवमा आजदेखि यो अवधारणमाथि जुन अन्तरक्रिया भयो यस विषयमा नेपाल थामी समाजका अध्यक्षबाट सुनियो । यो धेरै राम्रो कुरा आयो । हाम्रो स्वायत्तताको बाँडफाँड दुई किसिमबाट हुन्छ एउटा पहिचानको आधारमा अर्को समाथ्र्यताको आधारमा । थामीभित्रको अधिकारको विषय फरक फरक लाग्छ । संविधान सभाबाट थामीको अधिकार सुनिस्चित गर्न यस किसिमको बहस धेरै हुनु पर्दछ । थामीको मुक्ति पाउने हो भने एउटै कित्तामा उभिनु पर्दछ । थामी फुट्नु हुँदैन । कति थामीलाई कसरी कसले उपयोग गर्दै छ भन्ने कुरामा स्पष्टता हुनु पर्दछ । थामी स्वायत्त हुनको लागि हाम्रो भिजन के हो बुझनु पर्दछ । जाति जाति वीच लडाउने काम पनि भएको छ । हिजो जो उत्पीडक छ उ पनि आदिवासी भएर आइरहेको छन् । अभैm पनि आत्मनिर्भर भएका छैनौं । अहिले माओवादीको एजेन्ड पास गर्नु भन्दा नगराउन ठीक भनेर लागेको देखिएको छ अन्य राजनीतिक पार्टी । छोटे राजाको अगाडि सौहार्दपूर्ण शान्तिपूर्ण आन्दोलनले कहिलै जातिय स्वायत्त भूमि पाइनेवाला छैन । हामी सक्रियरुपमा आन्दोलन नगरी स्वायत्तता पाउदैनौ ।

पुस्कर थामीले सञ्चालन गर्नु भएको कार्यक्रमको बीट मार्दै अन्तिममा सभाध्यक्ष कबिराज थामीले भन्नु भयो, राजनीतिक पार्टीले के भन्छन् भनेर यो अवधारण प्रस्तुत् गरिएको हो । कसैले बुझि बुझि पनि बुझ पचाए । कसैले बुभ्mन चाहनु भएन । राजनीतिक पार्टीले भनेको कुरा कतिपय गल्ती छन् । पञ्चायत कालले त थामीलाई दुई भागमा बाँढ्यो बाँढ्यो । अहिले त यो राज्यले तीन क्षेत्रमै तीन भागमा विभाजन गरिएको छ । किरातको इतिहास नखोतली थामीको पहिचान आउँदैन । यसैले हामीलाई किरात प्रदेश पनि ठीक छ भनिएको हो । दोलखा जिल्ला भनेको थामीको उद्गम थलो हो । दोलखा जिल्लाको सन्दर्भमा तीन पार्टी ठूला छन् । तर थामीको बारेमा उनीहरु प्रष्ट छैनन् । थामीहरु अब पहिचानको लडाइ लड्दै छन् । थामीको मुद्दालाई पार्टीहरुले उठाएनन् भने थामीहरु दोलखा जिल्लाको विष हो ।

[ad][ad]

2 Comments to थामीहरुले आप्mनो भूमिको माग गरे

  1. NABIN says:

    THAMI KAHILE PANI KIRANT HOINA YO TA SIRIP GAU KHANE KHATA JASTO MATRA HO RA THAMILAI KIRANT MA PARNU JARURAT CHAINA.KINAKI NATA THAMI KIRANT JASTAI NAI HUNCHAN NA TA ITIHAS NAI SACHO HO.

  2. mpsunuwar says:

    comment ko lagi dhannebad nabinji, kura k ho bhane thami harulai hamile kirat ho ya hoina bhannu bhanda pani unuiharu afaile kirat suikar garekachhan,sathai kunuai kunai lekhakharule thami pani kirat hun bhanekachhan tyasiko adharma thami harule yatisamma bolekachhaki kirat nabhai thamiko pahichan khuldaina.ra thami harule afno bhumiko mag garda kirat bhanera pahichan dinu parchha bhannu bhanekai kirat bhumi ra kirat hunuko garba garnu ho jasto lagchha.

Leave a Reply

Your email address will not be published. Required fields are marked *