All about Sunuwar

थामीहरुले आफ्नो भूमिको माग गरे

समाचारदाता
दोलखा, २३ साउन । विश्व आदिवासी दिवस २०६७ का सन्दर्भमा नेपाल थामी समाज, केन्द्रिय समिति काठमाडौंले थामी स्वायत्त राज्यको संरचना सार्वजानिक गर्दै एक दिवसीय अन्तरक्रियात्मक कार्यक्रम गरीरहेको छ । सो अन्तरक्रियात्मक कार्यक्रममा थामी समाजका सल्लाहकार जगत थामीले सबैले आ आप्mनो राज्य माग्दा नेपाल थामी समाजले पनि विधि निर्माण गरि अगाडि बढाउने योजना भएको बताउनु भयो । समाजका अध्यक्ष काबिराज थामीले थामी स्वायत्तको बारेमा र आत्म निर्णयको बारेमा बताउनु भयो । उहाँले अगाडि थप्नु भयो– आदिवासी जनजातिको अन्तरिम संविधानको जगमा बसेर यो स्वायत्त क्षेत्र मग गरेको छौं । भूगोल, ऐतिहासिक र साँस्कृतिक आधारमा प्रस्ताव गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *