Archives
now browsing by author
थेःनि : थोलेदेम्बा ल्यक्दाइथ्यो
[flv image=”http://www.sunuwar.org/video/kabita/theni.jpg”]http://www.sunuwar.org/video/kabita/theni.flv[/flv]
आदिवासी जनजातिको आन्दोलन : राजनीतिक दलको चलखेल
कोइँचबु काःतिच
आदिवासी जनजातिको देशव्यापी चक्काजामले आंशिक सफलता प्राप्त गरेउ । काठमाडौं उपत्याका लगायत देशभरि चक्काजाम गर्ने प्रचारप्रसार एक महिना अगाडि नै तय गरेको थियो नेपाल आदिवासी जनजाति महासंघले । तर उसले सोचे जस्तो चक्काजाम सफल हुन सकेन । भाडाका गाडीले हुटभरि यात्रु बोकेर काठमाडौंको रिंरोडमा गुडीरहेका थिए । मोटरसाइकाल सामान्यरुपमै चलीरहेको थियो । टेक्सी सडकहरुमा चर्को भाडा असुलेर मानिसको ओसारपसार गरीरहेका थिए । सडकमा आन्दोलनकर्मीहरु कोही पनि देखिँदैन थिए । तै पनि ठूला यातायात व्यवसायीहरुले आदिवासी जनजातिको अनुरोधलाई मानीदिएको पाइयो । लामो दुरीको कुनै पनि गाडी सडकमा गुडेनन् ।
आदिवासी जनजातिका नेताहरु भने कोही पनि सडकमा देखिएनन् । सडक नेतृत्वविहीन थियो । दुई तीन वर्ष अगाडि लुंदर टाँगेर सां पोलेर सडक नै मगमग बासना आउने बनाएको पत्रपत्रिकामा चर्चा पाएको शेर्पा समुदायहरु पनि यो चक्काजाममा चावहिलमा देखिएनन् । यसो भनौं कतै पनि महासंघको उपस्थिति देखिएन । Read More
सुनुवार स्वायत्त क्षेत्रसम्बन्धि वहस
चुपलु समाचारदाता
काठमाडौं, ०१ भदौ । आज संवैधानिक संवाद केन्द्र, नयाँ बानेश्वरमा सुनुवार लगायत २३ अन्य जनजातिको जातीय पहिचानको आधारमा राज्य पुनसंरचना हुनु पर्ने अन्तरक्रिया सम्पन्न भयो । सो कार्यक्रममा सुनुवार सेवा समाजको उपाध्यक्ष तथा वल्लो किरात संघीय राज्य परिषदका अध्यक्ष मनप्रसाद सुनुवारले वल्लो किरात संघीय राज्य त्यहाँको जनताको माग हो तर राज्यले जबर्जस्ती सुनकोशी राज्य बनाएको गुनासो व्यक्त गर्नु भयो । त्यस्तै गरी युवराज जिरेलले पनि वल्लो किरात राज्य हुनुपर्ने प्रति जोड दिनुभयो ।
आदिबासी जनजाति महासंघको बन्दले देशभर प्रभावित
श्रावण ३०, २०६७, काठमान्डौं; समाचारदाताहरु;
चन्द्र प्रकाश, जावलाखेल;
रणवीर सुनुवार, भक्तपुर;
सु से स अधक्ष्य, कोटेश्वर;
उकुसु का:तिच्, चाबहिल;
प्रेम सुनुवार, सामाखुशि;
आदिवासि जनजाति महासंघद्वारा आह्वान गरिएको नेपाल बन्द ले उपत्यका भरिको जनजीवन सामान्य । सु से स अधक्ष्यका अनुसार कोटेश्वर बाट प्रवीन सुनुवार, मुकुन्द सुनुवार लगायत ६ जना लाइ प्रहरि द्वारा पक्राउ गरिएको छ । उकुसु का:तिच् का अनुसार चाबहिलमा व्यापक रुपमा सुरक्षा वल परिचालन गरिएको छ र धमाधम प्रदर्शनकारिहरुलाइ पक्राउ गरिंदै छ । अपरान्ह १ बजे देखि जनजीवन सामान्य रहेको छ । प्रदर्शनकारीले एम्बुलेन्स, अधिकारकर्मिका गाडि, पत्रकार तथा अत्यावश्यक कारणले चलाइएका सवारि साधनहरु वेरोकतोक चल्न दिएका छन ।
संखुवासभा, खाँदबारि सम्बाददाता इन्द्र हाँग किराँत का अनुसार सदरमुकाम खाँदबारिमा सम्पुर्ण यातायात तथा पसल कवल हरु ठप्प भएको समाचार प्राप्त भएको छ । सुनसरी, धरानका कुमार सुनुवारका अनुसार सम्पुर्ण ठुला सवारि ठप्प भएतापनि साना र अत्यावस्यक सवारिहरु सुचारु भएको व्यहोरा प्राप्त भयेको छ । नुवाकोट वाट मुना थापा मगरले पठाएको रिपोर्ट अनुसार जिल्लाका सम्पुर्ण यातायात दिन्भरि बन्द भएको छ । आदिवासी जनजाति महासंघका अनुसार देशभर आन्दोलन शान्तिपुर्ण रुपमा सफल रहेको निष्कर्श निकालेको छ । यसैविच महासंघले अबको आन्दोलनलाइ कसरि अगाडि बढाउने भनेर वैठक बसिरहेको छ । देशव्यापी बन्द साँझ ५:०० वाट खुलेको छ । प्राप्त जानकारि अनुसार आदिवासी जनजाति महासँघले भदौ १ गते समिक्षा बैठक बस्ने जनाएको छ भने भदौको दोस्रो हप्ता देखि दोस्रो चरणको आन्दोलन को कार्यतालिका सार्वजानिक गर्ने बताए । सम्वाददाताका अनुसार सभासद गोविन्द चेपाङ्ग र आदिवासी जनजाति राष्टृय उत्थान प्रतिष्ठानका दिवस राइलाइ समेत सुरक्षाकर्मिले गिरफ्तार गरेको छ ।
आर्थिक सहयोगको लागि अपिल
सिन्धुलि जिल्ला, कमला माइ-३ घर भै, गोठ्हाटार गा बि स – ३, दक्षिणढोका, काठमान्डु मा अस्थाइ बसोबास गरि, ज्यामि-मजदुरी काम गरेर परिवार पाल्दै आएको नविन बहादुर सुनुवार, काम सकेर डेरा तर्फ फर्कने क्रममा मोटर-साइकल को ठक्कर बाट घाइते भै निजको टाउकोमा गहिरो चोट परि अचेत अवस्थामा रहेको र उपचारको लागि अस्पताल भर्ना गर्दा टाउकोको अपरेसन गर्नै पर्ने डाक्टरको सल्लाह छ । हाल अर्धचेत अवस्थामा परिवारको हेरचाहमा रहेको नविन न त बोल्न सक्छन्, न त आफै खाना खान सक्छन् । परिवारको सहयोग मा खाना खाने नविन दिशा-पिसाब समेत परिवारको सहयोगमा ओछ्यानमै गर्छन् । निजको आर्थिक स्थिति अत्यन्तै नाजुक रहेकोले हालसम्म सघन उपचार हुनसकेको छैन । परिवारको मुली रहेका नविनको आज यस्तो अवस्था भए पछि उनको परिवारको धैर्यताको बाँधले थेग्न सक्ने अवस्था छैन । सुनुवार डट् ओर्ग मार्फत समस्त कोइँच् लगायतका महानुभावले सक्दो सहयोग गरेमा निज नविन बहादुर सुनुवारको सघन उपचार सम्भव हुनसक्थ्यो कि भनि हार्दिक अपिल गरिन्छ ।
सामाजिक सहोयोगको लागि सुनुवार डट् ओर्ग द्वारा प्रकाशित;
पिडित बिरामिको नाम: नविन बहादुर सुनुवार
जन्म स्थान: कमला माइ-३, सिन्धुलि
नागरिकता नम्वर: ४०३१-८५९४
श्रीमतिको नाम: ललि कुमारि सुनुवार
नागरिकता नम्वर: १६१२४
हालको ठेगाना: गोठाटार गा वि स- ३, दक्षिणढोका, काठमान्डौं ।
१६औँ विश्व आदिवासी दिवसको किही झलकहरु
[flv image=”http://www.sunuwar.org/video/doc/janajati.jpg”]http://www.sunuwar.org/video/doc/janajati.flv[/flv]
१६औँ विश्व आदिवासी दिवसको किही झलकहरु
आदिवासी साहित्य सौन्दर्य थेःनि–२ : ( थेःनिको प्राचीनता )
अतीत मुखिया
थेःनि कोँइच भाषाको थेःचा शव्दको व्युतपन्न रुप हो । कोँइच भाषामा कुनैपनि धातुमा चा प्रत्यय लागेर कृया तथा विशेषण बन्दछ । ना धातुमा चा प्रत्यय जोडिएर नाःचा भएझै का — चा , खा—चा , गा—चा, जस्तै थ–ए–च–आ थे–चा कृया हुन्छ । थेःचाको शाव्दिक अर्थ टेक्नु हुन्छ अत थेःनिको अर्थ टेकौनी भन्ने बुझिन्छ । थेःनि आदिवासी साहित्य सौन्दर्यको एक त्यस्तो बिधा हो जुन बिधामा एउटा हागोलाई टेकेर अर्को हागो समाइन्छ र तेश्रो हागोको पूmल टिपिन्छ अर्थात मिथकको हागोलाई टेकेर विम्वको हागो समाइन्छ र तत्कालिन परिवेसको हाराहारी रहेर समयसापेक्ष अभिव्यक्ति अभिव्यक्त गरिन्छ ।
थेःनिको आदिम मुहान मुंग्दुम नै भएको पाइन्छ । हजारौं वर्ष अगाडिदेखि श्रुति स्मृतिका रुपमा कोँइच जनजिब्रोमा रहीआएका थेःनिहरुको मुग्दुमी स्वरुप यस्तो रहेको पाइन्छ । Read More
