Archives
now browsing by author
सुनुवार स्वायत्त क्षेत्रसम्बन्धि वहस
चुपलु समाचारदाता
काठमाडौं, ०१ भदौ । आज संवैधानिक संवाद केन्द्र, नयाँ बानेश्वरमा सुनुवार लगायत २३ अन्य जनजातिको जातीय पहिचानको आधारमा राज्य पुनसंरचना हुनु पर्ने अन्तरक्रिया सम्पन्न भयो । सो कार्यक्रममा सुनुवार सेवा समाजको उपाध्यक्ष तथा वल्लो किरात संघीय राज्य परिषदका अध्यक्ष मनप्रसाद सुनुवारले वल्लो किरात संघीय राज्य त्यहाँको जनताको माग हो तर राज्यले जबर्जस्ती सुनकोशी राज्य बनाएको गुनासो व्यक्त गर्नु भयो । त्यस्तै गरी युवराज जिरेलले पनि वल्लो किरात राज्य हुनुपर्ने प्रति जोड दिनुभयो ।
आदिबासी जनजाति महासंघको बन्दले देशभर प्रभावित
श्रावण ३०, २०६७, काठमान्डौं; समाचारदाताहरु;
चन्द्र प्रकाश, जावलाखेल;
रणवीर सुनुवार, भक्तपुर;
सु से स अधक्ष्य, कोटेश्वर;
उकुसु का:तिच्, चाबहिल;
प्रेम सुनुवार, सामाखुशि;
आदिवासि जनजाति महासंघद्वारा आह्वान गरिएको नेपाल बन्द ले उपत्यका भरिको जनजीवन सामान्य । सु से स अधक्ष्यका अनुसार कोटेश्वर बाट प्रवीन सुनुवार, मुकुन्द सुनुवार लगायत ६ जना लाइ प्रहरि द्वारा पक्राउ गरिएको छ । उकुसु का:तिच् का अनुसार चाबहिलमा व्यापक रुपमा सुरक्षा वल परिचालन गरिएको छ र धमाधम प्रदर्शनकारिहरुलाइ पक्राउ गरिंदै छ । अपरान्ह १ बजे देखि जनजीवन सामान्य रहेको छ । प्रदर्शनकारीले एम्बुलेन्स, अधिकारकर्मिका गाडि, पत्रकार तथा अत्यावश्यक कारणले चलाइएका सवारि साधनहरु वेरोकतोक चल्न दिएका छन ।
संखुवासभा, खाँदबारि सम्बाददाता इन्द्र हाँग किराँत का अनुसार सदरमुकाम खाँदबारिमा सम्पुर्ण यातायात तथा पसल कवल हरु ठप्प भएको समाचार प्राप्त भएको छ । सुनसरी, धरानका कुमार सुनुवारका अनुसार सम्पुर्ण ठुला सवारि ठप्प भएतापनि साना र अत्यावस्यक सवारिहरु सुचारु भएको व्यहोरा प्राप्त भयेको छ । नुवाकोट वाट मुना थापा मगरले पठाएको रिपोर्ट अनुसार जिल्लाका सम्पुर्ण यातायात दिन्भरि बन्द भएको छ । आदिवासी जनजाति महासंघका अनुसार देशभर आन्दोलन शान्तिपुर्ण रुपमा सफल रहेको निष्कर्श निकालेको छ । यसैविच महासंघले अबको आन्दोलनलाइ कसरि अगाडि बढाउने भनेर वैठक बसिरहेको छ । देशव्यापी बन्द साँझ ५:०० वाट खुलेको छ । प्राप्त जानकारि अनुसार आदिवासी जनजाति महासँघले भदौ १ गते समिक्षा बैठक बस्ने जनाएको छ भने भदौको दोस्रो हप्ता देखि दोस्रो चरणको आन्दोलन को कार्यतालिका सार्वजानिक गर्ने बताए । सम्वाददाताका अनुसार सभासद गोविन्द चेपाङ्ग र आदिवासी जनजाति राष्टृय उत्थान प्रतिष्ठानका दिवस राइलाइ समेत सुरक्षाकर्मिले गिरफ्तार गरेको छ ।
आर्थिक सहयोगको लागि अपिल
सिन्धुलि जिल्ला, कमला माइ-३ घर भै, गोठ्हाटार गा बि स – ३, दक्षिणढोका, काठमान्डु मा अस्थाइ बसोबास गरि, ज्यामि-मजदुरी काम गरेर परिवार पाल्दै आएको नविन बहादुर सुनुवार, काम सकेर डेरा तर्फ फर्कने क्रममा मोटर-साइकल को ठक्कर बाट घाइते भै निजको टाउकोमा गहिरो चोट परि अचेत अवस्थामा रहेको र उपचारको लागि अस्पताल भर्ना गर्दा टाउकोको अपरेसन गर्नै पर्ने डाक्टरको सल्लाह छ । हाल अर्धचेत अवस्थामा परिवारको हेरचाहमा रहेको नविन न त बोल्न सक्छन्, न त आफै खाना खान सक्छन् । परिवारको सहयोग मा खाना खाने नविन दिशा-पिसाब समेत परिवारको सहयोगमा ओछ्यानमै गर्छन् । निजको आर्थिक स्थिति अत्यन्तै नाजुक रहेकोले हालसम्म सघन उपचार हुनसकेको छैन । परिवारको मुली रहेका नविनको आज यस्तो अवस्था भए पछि उनको परिवारको धैर्यताको बाँधले थेग्न सक्ने अवस्था छैन । सुनुवार डट् ओर्ग मार्फत समस्त कोइँच् लगायतका महानुभावले सक्दो सहयोग गरेमा निज नविन बहादुर सुनुवारको सघन उपचार सम्भव हुनसक्थ्यो कि भनि हार्दिक अपिल गरिन्छ ।
सामाजिक सहोयोगको लागि सुनुवार डट् ओर्ग द्वारा प्रकाशित;
पिडित बिरामिको नाम: नविन बहादुर सुनुवार
जन्म स्थान: कमला माइ-३, सिन्धुलि
नागरिकता नम्वर: ४०३१-८५९४
श्रीमतिको नाम: ललि कुमारि सुनुवार
नागरिकता नम्वर: १६१२४
हालको ठेगाना: गोठाटार गा वि स- ३, दक्षिणढोका, काठमान्डौं ।
१६औँ विश्व आदिवासी दिवसको किही झलकहरु
[flv image=”http://www.sunuwar.org/video/doc/janajati.jpg”]http://www.sunuwar.org/video/doc/janajati.flv[/flv]
१६औँ विश्व आदिवासी दिवसको किही झलकहरु
आदिवासी साहित्य सौन्दर्य थेःनि–२ : ( थेःनिको प्राचीनता )
अतीत मुखिया
थेःनि कोँइच भाषाको थेःचा शव्दको व्युतपन्न रुप हो । कोँइच भाषामा कुनैपनि धातुमा चा प्रत्यय लागेर कृया तथा विशेषण बन्दछ । ना धातुमा चा प्रत्यय जोडिएर नाःचा भएझै का — चा , खा—चा , गा—चा, जस्तै थ–ए–च–आ थे–चा कृया हुन्छ । थेःचाको शाव्दिक अर्थ टेक्नु हुन्छ अत थेःनिको अर्थ टेकौनी भन्ने बुझिन्छ । थेःनि आदिवासी साहित्य सौन्दर्यको एक त्यस्तो बिधा हो जुन बिधामा एउटा हागोलाई टेकेर अर्को हागो समाइन्छ र तेश्रो हागोको पूmल टिपिन्छ अर्थात मिथकको हागोलाई टेकेर विम्वको हागो समाइन्छ र तत्कालिन परिवेसको हाराहारी रहेर समयसापेक्ष अभिव्यक्ति अभिव्यक्त गरिन्छ ।
थेःनिको आदिम मुहान मुंग्दुम नै भएको पाइन्छ । हजारौं वर्ष अगाडिदेखि श्रुति स्मृतिका रुपमा कोँइच जनजिब्रोमा रहीआएका थेःनिहरुको मुग्दुमी स्वरुप यस्तो रहेको पाइन्छ । Read More
Sunuwar Chhengu (सुनुवार चेँगु )
[flv image=”http://www.sunuwar.org/video/doc/chhengu1.jpg”]http://www.sunuwar.org/video/doc/chhengu1.flv[/flv]
आजाद हिन्दका योद्ध : जसको जिन्दगी गाडी चालक बनेर बित्यो
कोइँचबु काःतिच
आजाद हिन्द तक्मा पाउने ११ जना व्यक्तिहरु मध्ये पाँच जना नेपाली पर्छन् । त्यसमा पनि एक जना कोइँच (सुनुवार) पनि थिए भन्दा धेरैलाई आश्चर्य र गर्व दुवै लाग्न सक्छ । हो, उनै आजाद हिन्द जस्ता सम्मानित भारतीय पदक पाउने व्यक्तिको पुरा जिन्दगी गाडी चालक बनेर बित्यो । पुरा भारत देश गाडी र चालक ती योद्धा कोइँच ।
२१ तारिख, फेब्रुआरी १९२५ का दिन दारजिलिंको बान्नोकबारन टि स्टेटमा रबिलाल र साबित्री सुनुवारको कोखबाट यस्तो एउटा कोइँचको जन्म भयो जसले कहिल्यै जीवनमा हार खाएनन् । किशोर अवस्थामै गाडी चलाउन सिकेका उनले विश्व युद्धाको लागि मानव संसाधनको पुरा गरिदिए ब्रिटिशको लागि गुम पहाडको डिपोबाट रिक्रुट बनेर २१ मार्च, १९४१ मा । इन्डियान आर्मी अर्डिन्यान्स कार्पोरेशन टेरेनिं सेन्टर जबालपुर, मध्ये प्रदेशमा तालिम पुरा गर्दा नगर्दै दक्षिण अफ्रिकामा युद्धा गर्न पुगे पुरै पल्टनको साथमा ।
पृथ्विको पल्लो फाँटबाट वल्लो सुर्का सिंगपुर आएर अग्रपंतिमा युद्धा गर्ने क्रममा जापानी युद्धावन्दी बन्न पुगे उनी । युद्धाबन्दीको क्रममा नेताजी सुवासचन्द्र बोसको आजाद हिन्द फौजका रिक्रुट बन्न पुगे १५ फेब्रुअरी १९४२ मा । आजाद हिन्द फौजको पक्षधार भएर उनले फेरि उनलाई भर्ती लिने ब्रिटिस विरुद्ध नै युद्ध गरे बर्मामा शख्त घाइते बन्न पुगे । यसरी घाइते भएपछि उनी आर्मी अस्पतालमा भर्ना भए । आजाद हिन्द फौजको पक्षबाट उनले जापानी फौजलाई शत्रु पक्ष ब्रिटिशलाई पेल्दै आउने क्रममा रंगुन आइपुगेपछि जापानी फौज फिर्ता भयो अमेरिकाले जापानी शहरमा एटम बम खसालेपछि । उनी पुनः व्रिटिशको युद्धावन्दी बने । पछि बर्माबाट उनलाई जेसोर जिल्ला क्याम्प बंगाल ल्याइयो र कोर्ट मार्सल पछि उनको जागिर खारेज गरियो । उनी मुक्त भए । साधारण नागरिकको जीवन जिउन दार्जिलिं फर्किए । Read More