Archives
now browsing by author
श्री मन प्रसाद सुनुवारवाट व्यक्तिगत रुपमा आर्थिक सहयोग
२०६७, पौष १४ गते सुनुवार डट् ओ आर् जी मा प्रकाशित आर्थिक सहयोग को अपिल अनुसार, दोलखा जिल्ला हाँवा गा वि स वडा नं ७ निवासी जगतबहादुर र टिकामाया सुनुवारको वर्ष ८ को कान्छी छोरी जमुना सुनुवारको उपचारार्थ, सुनुवार सेवा समाजका केन्दृय अधक्ष्य श्री मन प्रसाद सुनुवारवाट व्यक्तिगत रुपमा आर्थिक सहयोग वापात रु १५,००० अस्पतालमा गई हस्तान्तरण गरियो ।
वृहद् फुट्बल टुर्नामेन्टको आयोजना
सुनुवार डट् ओ आर् जी;
खिं:चि, ओखल्ढुङ्गा
किराँत् सुनुवारहरुको ऐतिहांसिक गाउँ खिजी (खिं:चि) चन्डेश्वोरीमा, यहि २०६७, चैत्र २१ देखि, खिजी चन्डेश्वोरी गा वि स तथा पवित्र युवा क्लवको संयुक्त पहलमा वृहद् फुट्बल टुर्नामेन्टको आयोजना हुनगैरहेको कुरा आयोजक पवित्र युवा क्लबले जनाएको छ ।
सवै नेपालीको नव वर्षको उपलक्ष्यमा आयोजना हुन गैरहेको यस् टुर्नामेन्टमा ४ जिल्लाका १६ भन्दा वढि क्लवहरुको सहभागिता हुने आयोजकले जनाएको छ ।
आ थु ङा ङमम्
सर्वोच्च अदलतमा कस्ले पु¥यायो सुनुवार सेवा समाजलाई
सुनुवार डट ओआरजि समाचारदाता । माबर सुनुवार, विष्णु सुनुवार, प्रकाश सुनुवार, दिपक सुनुवार र उदयबहादुर सुनुवारको निवेदनका आधारमा जिल्ला प्रशासन कार्यालयले २२२ जना राष्ट्रिय प्रतिनिधिले चयन गरेको कोइँच (सुनुवार) हरुको प्रतिनिधि संस्था सुनुवार सेवा समाज वर्तमान (आठौं) कार्य समितिलाई अवैधानिक भएको भनी बदर गरे पछि सरकार पक्षले आदिवासी जनजातिहरुको संस्था माथि हस्तक्षेप गरेको ठहर गर्दै सुनुवार सेवा समाजले सर्वोच्चमा रिट दायर गरेपछिको सर्वोच्च अदलतले हाललाई जिल्ला प्रशासन कार्यालय, काठमाडौंलाई उक्त आदेश कार्यान्वयन नगर्नु भनि उत्पेषण जारी गरेको छ । Click here to read more ->>
रोजगार कोष सेवा र तालिम र रोजगार
रोजगार कोष सेवा र तालिम र रोजगार सेवाद्वुारा आयोजना गरिने आयमूलक विभिन्न तालिम लिन इच्छुक महानुभावहरुलाई यथा शिघ्र आवेदन फारम भर्न सुचना प्रकाशित गरिन्छ ।
नेट ः
१. तालिम लिन चाहने व्यक्ति कक्षा १० भन्दा कम
२. आदिवासी जनजनति महिला पुरुष हुनुपर्छ
३. उमेर १६ वर्ष देखी ३५ सम्मको हुनुपर्दछ
४. आफूले चाहेको नजिकको तालिम केन्द्रमा तालिम लिनसकिनेछ
५. तालिम अवधीभर भत्ताको ब्यबस्था हुने छ
६. तालिम पश्चात तुरुन्त रोजगारको ब्यबस्था मिलाउने छ ।
७. कामकय बिबरण तथा फारम भर्नका लागि सुनुवार सेवा समाज, काठमाण्डौंमा सम्पर्क गर्र्नुहोल ।
भिन्न पहिचान : कोइँच आदिवासी वाःसि (Indigenous Wear)
नेपालमा सूचिकृत ५९ आदिवासी जनजाति मध्ये पूर्वी नेपालको सोलुखुम्बु, ओखलढुंगा, उदयपुर, सिँधुली, रामेछाप, दोलखामा उहिलेदेखि बसोवास गर्दै आएको एक आदिवासी जनजाति हो कोइँच (सुनुवार) । रोल्वालिङ हिमश्रृंखलको काखमा रहेको कोइँच भू—अधिनत्व, राष्ट्रका जनताहरुको आफ्नै मौलिक, भाषा, संस्कृति, सामाजिक चालचलन, परम्परागत राजनीतिक, न्यायिक संयन्त्र तथा भेषभूषा छ । विशेषगरी कोइँचहरु उच्च पहाड भूभागमा बस्ने हुँदा उनीहरुको लवाइखवाइमा जाडोपनको महसुस गर्न सकिन्छ । यहाँ राज्यको अन्य जातिभन्दा भिन्न पहिचान र अस्तित्व भएको आदिवासी कोइँचको भेषभूषालाई प्रस्तुत गरेका छौं । आउँदा दिनहरुमा अन्य आदिवासीको भेषभूषालाई पनि क्रमशः प्रस्तुत् गर्दै जाने प्रतिवद्धता जाहेर गर्दछौं ।
मुना सुनुवार, खिंजी चण्डेश्वरी ओखलढुंगा, फेसन डिजाइनमा रुची राख्ने तथा सिर्जनात्मक कार्यमा विश्वास गर्ने कोइँच युवती हुन् । उनले कोइँचको चिनारी दिने परम्परागत कोइँच भेषभूषा काँडे पहँलो, चन्द्रहार, सिरफुल, आठनी चारनी तथा किप्शुर, किप्शुर फेने, लुजेवास, चुमरेम, गुने, लेमफिम लगाएकी छिन् । परम्परागत पोशाक मोहका कारण उनले मिस मंगोल प्रतियोगितामा वेस्ट ड्रेस पुरस्कार प्राप्त गरेकी छिन् । यहाँ उनका विभिन्न कोणबाट लिइएका तस्वीरहरु मौजुद छन् । to see more ->>
मोडल स्रोत : सुनुवार कलाकार तथा चलचित्रकर्मी समाज, काठमाडौं
लोकेसन तथा भेषभूषा : चुप्लु समाज/सुनुवार डट ओआरजि, Info@sunuwar.org, chuplu@gmail.com
Sunuwar bhasa Radio 2067-12-5
Click on play icon to play koinch ( sunuwar ) radio
Hajurko Radio (Ramechhap)

