Archives
now browsing by author
हार्दिक अनुरोध
सुनुवार सेवा समाजको २४ औं स्थापना दिवसको उपलक्ष्यमा स्वर्गीय क्याप्टेन लालबहादुर सुनुवार तथा उहाँको धर्मपत्नी लालमाया सुनुवारको स्मृतिमा दोश्रो पुरुष तथा महिला बुद्धिचाल प्रतियोगिता तथा कोइँच (सुनुवार) भाषा, धर्म–संस्कृति सम्बन्धि कार्यशाला गोष्ठी हुँने हुँदा सम्पूर्ण कोइँच (सुनुवार) दाजुभाई दिदीबहिनीहरुलाई सहभागी हुन सुनुवार सेवा समाज हार्दिक अनुरोध छ ।
नामवली दर्ता अन्तिम मिति : २०६८ जेठ २१, साँझ ५ बजेसम्म ।
फरम पाइने स्थान : सुसेस कार्यालय कोटेश्वर । फोन : ०१४१५४०८५
प्रतियोगिता सञ्चालन हुने मिति : २०६८ जेठ २३ गते, ११.०० बजेदेखि
दर्ता शुल्क : रु. १०० मात्र
पुरस्कार राशी
प्रथम : रु. १,५००
द्वितीय : रु. १,०००
तृतीय : रु. ५००
सुनुवार सेवा समाज, केन्द्रीय समिति, काठमाडौं ।
प्रायोजक : लाबलामा सुनुवार स्मृति कोष, गुप्तेश्वर १ रामेछाप ।
अपिल
–कोइँचबु काःतिच
एकताका
मलाई पनि मन लाग्थ्यो
सहकार्य र समावेशी ओकल्न
यदाकदा
मलाई पनि मन लाग्थ्यो
सहभागिता र समता डुक्रन
कुनै समय
मलाई पनि मन लाग्थ्यो
पारदर्शी र एकताको खोक्रो नारा फलाक्न ।
यसैले
कहिले भन्थेँ
हाम्रा नेता कामै नलाग्ने,
कहिले गाली गर्थेँ
“साले ! ती बहुला नेताहरु,
ताक परे तिवारी नत्र गोतामे ।”
तर हिजोआज
मैले मौन साँधेको छु
अनि
चौपट्टै मन मारेको छु
कारण, Read More
Sunuwar bhasa Radio 2068-02-14
Click on play icon to play koinch ( sunuwar ) radio
Hajurko Radio (Ramechhap)
यहाहरुको केहि प्रतिकृय भए अथाव radio मार्फत सुचान प्रवहा गर्नु चाहानु हुन्छ भने comment गर्नुहोला या info@sunuwar.org मा email गर्नुहोला।
आदिवासी जनजातिद्वारा संविधानसभा घेराउ
नेपाल आदिवासी जनजाति महासंघले आदिवासी जनजाति अधिकारसहितको नयाँ संविधान जारी गर्नुपर्ने भन्दै बिहीबार संविधानसभा भवन अगाडि घेराउ कार्यक्रम गरेको छ ।
नेपाल आदिवासी जनजाति महासंघसम्बद्ध विभिन्न जातीय संघसंस्थाहरूले काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट साँस्कृतिक झाँकीसहित ¥याली निकाल्दै दिउँसो १ बजेदेखि ३ बजेसम्म संविधानसभा भवन घेराउ गरेका थिए । सो कार्यक्रममा माओवादी, एमाले र कांग्रेसनिकट जातीय मोर्चा र आदिवासी जनजाति सम्बद्ध राजनीतिक दल र आदिवासी जनजातिका विज्ञहरूको पनि सहभागिता रहेको थियो ।
जातीय संघसंस्थाहरूले काठमाडौं उपत्यकाको लैनचौर, प्रदर्शनीमार्ग, बसन्तपुर,
माइतीघर, सातदोबाटो, अनामनगरलगायतका स्थानबाट झाँकीसहितको ¥याली निकालेका थिए । महासंघले सो अवसरमा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई मागपत्र पनि बुझाएको महासंघका महासचिव आङकाजी शेर्पाले बताए ।
Sunuwar bhasa Radio 2068-2-11
Click on play icon to play koinch ( sunuwar ) radio
उद्देश्य के लिनु उडि छुनु चन्द्र एक : वधाई सानुबाबु

Photo source : http://www.examiner.com
प्याराग्लाइडिङ र कायकिङ
सानु, भयो तिम्रै पेवा
(कोइँचमा पेवाको विशेष महत्व छ ।¬¬)
लिखु (लिकु) र सुनकोशी (ङाबुकु¬) को दोभान
बाबु भो, तिम्रो बाल्यकालदेखिको खेवा ।
हिमालका पानीसँग खेलेका तिमी
मेची–काली चरा जस्तै उडेका तिमी
संसारको छानोमा मारेनौ मात्र बुर्कुसी
हामफाल्यौ त्यही माथिबाट हावामा कावा खेल्दै
थुप्लुक्क जुअ्थायौ कस्तुरीको सुवासमा लट्पुटिँदै
धेरै–धेरैको सपनालाई दिवा स्वप्न बनायौ
आफ्नै माटोमा उर्वर पसिना खनायौ
सानुबाबु ठूलो ठूलो ठू……लो बाबु बन्दै जाऊ
उद्देश्य के लिनु उडी छुनु चन्द्र एक…
मुरि–मुरि साधुवाद
अँजुलीभरि पुष्पगुच्छासहित शुभकामना
असिम माया र हार्दिक वधाई सानुबाबु ।
–सुनुवार डट ओआरजि, दुर्दा डट कम, चुप्लु समाज
हर्सोल्लाशका साथ सम्पन्न शाँदार पिदार र कोइँच एकताको आधार
–कोइँचबु काःतिच
फुल्यै फुल्यो तोरीको
आँखा राम्रो मोरीको
हा हा हाँसाल हाँसाल
हा हा हाँसाल हाँसाल– कोइँच किशोरहरुको चासो ।
आठानी चारानी कम्पनी
सुनुवारको छोरी म पनि
हा हा हाँसाल हाँसाल
हा हा हाँसाल हाँसाल– सिँगौरी खेल्दै कोइँच किशोरीहरु ।
यो वर्षको यालाखोम (काठमाडौं उपत्यका) मा यसरी नै कोइँच किशोर किशारीले हर्सोल्लाश र उमंगले गीत गाउँदै शाँदार सील नाचेर किरात कोइँचको महान् चाड शाँदार पिदार मनाए । किशोर किशोरी मात्र होइन के बालबच्चा के बुढाबुढी, सबै कोइँचहरुले आफ्नो पुर्खा र प्रकृतिसँग वर्षभरि सुख, शान्ति र समृद्धिको कामना गर्दै शाँदार पिदार मनाएका छन् । समयको मागानुसार वा परिवर्तित राज्यको नीतिसँगै शाँदार पिदारले कोइँच गाउँ मात्र होइन नेपालदेखि विदेशसम्मै आफ्नो ख्याति र विश्वासको जालो विस्तार गरेको छ ।
शनिवारको दिन । सम्पूर्ण कलकारखाना, कार्यालय र शैक्षिक संस्थाहरु विदा छन् । चारैतिरबाट खुम्चिँदै गएको काठमाडौंको टुँडीखेल । टन्टलापुर घाम । दौरा सुरुवाल, त्यसमाथि पेटे भोटो अझ त्यस माथि सप्तरङ्गी फेनेरेल्फु (चरा (डाँफे, मुनाल) को पखेटाको नक्कल गरिएको), ढाका टोपी, कम्मरमा क्लाःतोलि (चरा (कल्चौंडे र धोब्नी) को पुच्छारको नक्कल गरेर बनाइएको) र काँधमा भिरेको ठूलो ढोल । कसैको हातमा झ्यापटा झ्याम झ्याम । फेनेरल्फुको फुर्का झामझाम र फुरुक्क फुरुक्क हल्लिने गरी डाँफे र मुनाल भुट्भुटी खेले जस्तै कुम उचालेर, कल्चौडा चराले विहानी सूर्यको झुल्कोसँग चिर्बिराएर पुच्छार हल्लाए जस्तै कम्मर मर्काइ मर्काइ क्लाःतोलि हल्लाएर पसिनाले लपक्कै भिजेर उत्तेजित भई नाचेका कोइँच किशोरहरु । Read More


