Archives
now browsing by author
सूचना
किरातेश्वर बचत तथा ऋण सहकारी संस्था लि. को मिति २०६८/१/३ गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको प्रारम्भिक साधारण सभा निम्न मिति, स्थान र समयमा निम्न बिषयहरु उपर छलफल तथा निर्णय गर्ने गरी बस्ने भएको हुदा संपूर्ण शेयर सदस्यज्यूहरुलाई साधारण सभामा उपस्थितिका लागि पत्र पठाइ सकिएको छ । यदि पत्र प्राप्त नभए यसै सूचनालाई समेत आधारमानि कार्यक्रममा उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ ।
साधारण सभा हुने मिति, स्थान र समय :
मिति : २०६८ जेष्ठ २१ (४ जुन २०११)
स्थान : सुनुवार सेवा समाजको भवन, कोटेश्वर, काठमाडौ ।
समय : बिहान ठिक ११ बजे ।
छलफलका विषयहरु :
१. संचालक समितिको तर्फबाट अध्यक्षज्यूद्वारा प्रस्तुत प्रतिवेदन माथि छलफल गरी पारित गर्ने ।
२. कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन र कार्यक्रमहरु माथि छलफल र पारित गर्ने ।
३. आर्थिक वर्ष ०६८:०६९ का लागि लेखा परिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण सम्वन्धमा ।
४. सञ्चालक समितिको निर्वाचन सम्वन्धमा ।
५. प्रथम बार्षिक साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्नका लागि शेयरधनीहरु र संचालकको तर्फ बाट प्रतिनीधि छनौट गर्ने ।
६. विविध ।
जय सहकारी ।
सञ्चालक समितिको आज्ञाले
विमला सुनुवार
सचिव
गोरखापत्रद्वारा प्रकशित किराँती-कोइँच (सुनुवार)भाषा
समवेशिकरणको दिशामा एउटा फड्को: गोरखापत्रद्वारा प्रकशित किराँती-कोइँच (सुनुवार)भाषा download गरेर पढनुहोस्
हार्दिक अनुरोध
सुनुवार सेवा समाजको २४ औं स्थापना दिवसको उपलक्ष्यमा स्वर्गीय क्याप्टेन लालबहादुर सुनुवार तथा उहाँको धर्मपत्नी लालमाया सुनुवारको स्मृतिमा दोश्रो पुरुष तथा महिला बुद्धिचाल प्रतियोगिता तथा कोइँच (सुनुवार) भाषा, धर्म–संस्कृति सम्बन्धि कार्यशाला गोष्ठी हुँने हुँदा सम्पूर्ण कोइँच (सुनुवार) दाजुभाई दिदीबहिनीहरुलाई सहभागी हुन सुनुवार सेवा समाज हार्दिक अनुरोध छ ।
नामवली दर्ता अन्तिम मिति : २०६८ जेठ २१, साँझ ५ बजेसम्म ।
फरम पाइने स्थान : सुसेस कार्यालय कोटेश्वर । फोन : ०१४१५४०८५
प्रतियोगिता सञ्चालन हुने मिति : २०६८ जेठ २३ गते, ११.०० बजेदेखि
दर्ता शुल्क : रु. १०० मात्र
पुरस्कार राशी
प्रथम : रु. १,५००
द्वितीय : रु. १,०००
तृतीय : रु. ५००
सुनुवार सेवा समाज, केन्द्रीय समिति, काठमाडौं ।
प्रायोजक : लाबलामा सुनुवार स्मृति कोष, गुप्तेश्वर १ रामेछाप ।
अपिल
–कोइँचबु काःतिच
एकताका
मलाई पनि मन लाग्थ्यो
सहकार्य र समावेशी ओकल्न
यदाकदा
मलाई पनि मन लाग्थ्यो
सहभागिता र समता डुक्रन
कुनै समय
मलाई पनि मन लाग्थ्यो
पारदर्शी र एकताको खोक्रो नारा फलाक्न ।
यसैले
कहिले भन्थेँ
हाम्रा नेता कामै नलाग्ने,
कहिले गाली गर्थेँ
“साले ! ती बहुला नेताहरु,
ताक परे तिवारी नत्र गोतामे ।”
तर हिजोआज
मैले मौन साँधेको छु
अनि
चौपट्टै मन मारेको छु
कारण, Read More
Sunuwar bhasa Radio 2068-02-14
Click on play icon to play koinch ( sunuwar ) radio
Hajurko Radio (Ramechhap)
यहाहरुको केहि प्रतिकृय भए अथाव radio मार्फत सुचान प्रवहा गर्नु चाहानु हुन्छ भने comment गर्नुहोला या info@sunuwar.org मा email गर्नुहोला।
आदिवासी जनजातिद्वारा संविधानसभा घेराउ
नेपाल आदिवासी जनजाति महासंघले आदिवासी जनजाति अधिकारसहितको नयाँ संविधान जारी गर्नुपर्ने भन्दै बिहीबार संविधानसभा भवन अगाडि घेराउ कार्यक्रम गरेको छ ।
नेपाल आदिवासी जनजाति महासंघसम्बद्ध विभिन्न जातीय संघसंस्थाहरूले काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट साँस्कृतिक झाँकीसहित ¥याली निकाल्दै दिउँसो १ बजेदेखि ३ बजेसम्म संविधानसभा भवन घेराउ गरेका थिए । सो कार्यक्रममा माओवादी, एमाले र कांग्रेसनिकट जातीय मोर्चा र आदिवासी जनजाति सम्बद्ध राजनीतिक दल र आदिवासी जनजातिका विज्ञहरूको पनि सहभागिता रहेको थियो ।
जातीय संघसंस्थाहरूले काठमाडौं उपत्यकाको लैनचौर, प्रदर्शनीमार्ग, बसन्तपुर,
माइतीघर, सातदोबाटो, अनामनगरलगायतका स्थानबाट झाँकीसहितको ¥याली निकालेका थिए । महासंघले सो अवसरमा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई मागपत्र पनि बुझाएको महासंघका महासचिव आङकाजी शेर्पाले बताए ।
Sunuwar bhasa Radio 2068-2-11
Click on play icon to play koinch ( sunuwar ) radio


