All about Sunuwar

Archives

now browsing by author

 

उद्देश्य के लिनु उडि छुनु चन्द्र एक : वधाई सानुबाबु

Photo source : http://www.examiner.com

प्याराग्लाइडिङ र कायकिङ
सानु, भयो तिम्रै पेवा
(कोइँचमा पेवाको विशेष महत्व छ ।¬¬)
लिखु (लिकु) र सुनकोशी (ङाबुकु¬) को दोभान
बाबु भो, तिम्रो बाल्यकालदेखिको खेवा ।
हिमालका पानीसँग खेलेका तिमी
मेची–काली चरा जस्तै उडेका तिमी
संसारको छानोमा मारेनौ मात्र बुर्कुसी
हामफाल्यौ त्यही माथिबाट हावामा कावा खेल्दै
थुप्लुक्क जुअ्थायौ कस्तुरीको सुवासमा लट्पुटिँदै
धेरै–धेरैको सपनालाई दिवा स्वप्न बनायौ
आफ्नै माटोमा उर्वर पसिना खनायौ
सानुबाबु ठूलो ठूलो ठू……लो बाबु बन्दै जाऊ
उद्देश्य के लिनु उडी छुनु चन्द्र एक…
मुरि–मुरि साधुवाद
अँजुलीभरि पुष्पगुच्छासहित शुभकामना
असिम माया र हार्दिक वधाई सानुबाबु ।

–सुनुवार डट ओआरजि, दुर्दा डट कम, चुप्लु समाज

हर्सोल्लाशका साथ सम्पन्न शाँदार पिदार र कोइँच एकताको आधार

–कोइँचबु काःतिच
फुल्यै फुल्यो तोरीको
आँखा राम्रो मोरीको
हा हा हाँसाल हाँसाल
हा हा हाँसाल हाँसाल– कोइँच किशोरहरुको चासो ।
आठानी चारानी कम्पनी
सुनुवारको छोरी म पनि
हा हा हाँसाल हाँसाल
हा हा हाँसाल  हाँसाल– सिँगौरी खेल्दै कोइँच किशोरीहरु ।
यो वर्षको यालाखोम (काठमाडौं उपत्यका) मा यसरी नै कोइँच किशोर किशारीले हर्सोल्लाश र उमंगले गीत गाउँदै शाँदार सील नाचेर किरात कोइँचको महान् चाड शाँदार पिदार मनाए । किशोर किशोरी मात्र होइन के बालबच्चा के बुढाबुढी, सबै कोइँचहरुले आफ्नो पुर्खा र प्रकृतिसँग वर्षभरि सुख, शान्ति र समृद्धिको कामना गर्दै शाँदार पिदार मनाएका छन् । समयको मागानुसार वा परिवर्तित राज्यको नीतिसँगै शाँदार पिदारले कोइँच गाउँ मात्र होइन नेपालदेखि विदेशसम्मै आफ्नो ख्याति र विश्वासको जालो विस्तार गरेको छ ।
शनिवारको दिन । सम्पूर्ण कलकारखाना, कार्यालय र शैक्षिक संस्थाहरु विदा छन् । चारैतिरबाट खुम्चिँदै गएको काठमाडौंको टुँडीखेल । टन्टलापुर घाम । दौरा सुरुवाल, त्यसमाथि पेटे भोटो अझ त्यस माथि सप्तरङ्गी फेनेरेल्फु (चरा (डाँफे, मुनाल) को पखेटाको नक्कल गरिएको), ढाका टोपी, कम्मरमा क्लाःतोलि (चरा (कल्चौंडे र धोब्नी) को पुच्छारको नक्कल गरेर बनाइएको) र काँधमा भिरेको ठूलो ढोल । कसैको हातमा झ्यापटा झ्याम झ्याम । फेनेरल्फुको फुर्का झामझाम र फुरुक्क फुरुक्क हल्लिने गरी डाँफे र मुनाल भुट्भुटी खेले जस्तै कुम उचालेर, कल्चौडा चराले विहानी सूर्यको झुल्कोसँग चिर्बिराएर पुच्छार हल्लाए जस्तै कम्मर मर्काइ मर्काइ क्लाःतोलि हल्लाएर पसिनाले लपक्कै भिजेर उत्तेजित भई नाचेका कोइँच किशोरहरु । Read More

आदिवासी जनजनति संयुक्त संघर्ष समितिको अपिल

जेठ १२ गतेका दिन सबै घटक संगठनहरु तेकिएको स्थानबाट आ–आफ्ना झण्डा, व्यानर, भेषभूषामा बाजगाजा सहित अपरान्ह १२:०० बजे जम्मा भई संविधानसभा भवन नयाँ बानेश्वरमा १ वजे पुग्ने र आमसभामा तथा जनप्रर्दशनमा सहभागी हुने ।
नेट : सुनुवारहरुको कोटेश्वर तिनकुनेमा १२ वजे भेला हुने

सूदुर पूर्वको संस्कृति पस्चिमी माटोमा मौलाउँदो : बेलायतमा किरात सुनुवारहरुको शाँदार पिदार

भावना ”परिस्कृत”
मे, फन्ब्रोरो, । ब्रिटिश सरकारलाई पहिलो विश्वयुद्धपूर्वदेखि हालसम्म नेपालका अन्य नेपालीहरुले जे जसरी सहयोग गरे त्यस्तै गरी कोइँच (सुनुवार)हरुले पनि मानव संशाधन उपलब्ध गराएर सहयोग गरिरहेको छ । हुन त अहिले ब्रिटिश गोर्खा आर्म फोर्समा मात्रै होइन ब्रिटेनमा अन्य पेशामा पनि कोइँच (सुनुवार) हरु पनि व्रिटेनमा बसोबास गरिरहेका छन् । यसरी ब्रिटेनमा ब्रिटिश गोर्खा आर्मीलाई आवसीय प्रवेशाज्ञ दिएपछि परिवारसहित बेलायतमा कोइँच (सुनुवार) हरु बसोबास गर्न थाले पछि भने कोइँच संस्कृतिको उपस्थितिले पनि मौलाउने मौका पायो । यसै क्रममा २१ मे शानिवार, फन्ब्रोरो स्थित वोकफम स्कूलको कम्युनिटी हलमा किरात कोइँच सुनुवारहरुको महान चाड शाँदार पिदार सम्पन्न भएको छ । किरात सुनुवार सेवा समाज (किसुसेस) को आयोजनामा सम्पन्न उक्त कार्यक्रमको सभाध्यक्ष संस्थाका अध्यक्ष जंग सुनुवारले गर्नु भएको थियो । Read More

श्याँदर रिपोर्ट र झलकहरु

[flv image=”http://www.sunuwar.org/video/doc/shyandar2011.jpg”]http://www.sunuwar.org/video/doc/shyandar2011.flv[/flv]

सधै झै यस वर्ष पनि रामेछाप, ओखलढुङ्गा, सिँधुली, उदयपुर, दोलखा, काठमाडैं उपत्यका, सर्लाही, सुनसरी, झापा मात्र होइन रिपुमर्दन (किरात पल्टना भए पनि नामचाहि संस्कृत)बाट भएको नेपाल आर्मीको पल्टनमा समेत ढोल झ्याम्टा बजाएर धुमधाम सँग किरात चाड मानियो। यसरी राज्यले अलिकति मात्र सकारात्मक नीति लिँदा पनि बिभिन्न जातजातिको संस्कृतिले निकै मौलाउने मौका पाएको अनुमान गर्न सकिदो रहेछ भने आउँदो नयाँ गणतान्त्रिक संबिधानले आम नेपालीको मानवधिकार सुरक्षित राख्ने वहुलबादी र समावेशी संविधान ल्यायो वा यस्तो संविधान ल्याउन हाम्रो नाम बेचेर संविधान सभामा २१८ सिट ओगटेका सभासदहरुको गिदीमा वाहुनवादी भुतप्रेत घुसपैठनभए यसरी नै रमाउन पाउँथौकि?

Sunuwar bhasa Radio 2068-2-4

[audio:http://www.sunuwar.org/radio/Sunuwar radio programme-04-02-2068.mp3]

Click on play icon to play koinch ( sunuwar ) radio

फोटो ग्यालरी हेर्नुहोला

रूपमा केहि भिन्नता देखिएता पनि सार एउटै हो । किराँत सुनुवारहरुले आ-आफ्नो किपट, थांत-थलो, गाउं-ठाउंमा आ-आफ्नै रिति-थिति अनुसार उभौली ष्याँदर हर्शोल्लाषका साथ मनाए । हामिले त ललितपुरको हातिवनमा यसरि मनायौं (फोटो ग्यालरी हेर्नुहोला), तपाइहरुले नि? ललितपुरमामा मनाइएको उभौली ष्यांदर २०६८ का केहि तस्विरहरु; जस्मा बुल्फे थुल्तेक् र सुरो चोतेक् पनि समावेश छन् । click her to see photos