Archives
now browsing by author
किरातेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को प्रारम्भिक साधारण सभा सम्पन्न
किरातेश्वर बचत तथा ऋण सहकारी संस्था लि. को प्रारम्भिक साधारण सभा २०६८ जेष्ठ २१ गते शनिबारका दिन भूतपूर्व सासंद एवं नेकपा (एमाले) केन्द्रीय समितिका वैकल्पीक सदस्य श्री कमलप्रकाश सुनुवारको प्रमुख आतिथ्यमा सुनुवार सेवा समाजको भवन, कोटेश्वरमा सम्पन्न गरियो । प्रमुख अतिथि लगाएत कार्यक्रममा उपस्थित विभिन्न संघसंस्था एवं सहकारी संस्थाका प्रतिनीधिहरुले संस्थाको उत्तरोत्तर प्रगतीका लागि शुभकामना समेत दिएका थिए । वहुसंख्यक शेयरधनी सदस्यहरुको उपस्थिति रहेको साधारण सभामा तदर्थ समितिका अध्यक्ष श्री उदयबहादुर सुनुवारद्वारा प्रगति प्रतिवेदन र कोषाध्यक्ष श्री शान्तबहादुर सुनुवारद्वारा आर्थिक प्रतिवेदन एवं भाविकार्य योजना प्रस्तुत गरिएको थियो । प्रस्तुत प्रतिवेदनहरु र कार्ययोजना शेयर सदस्यहरुद्धारा सर्वसहमतिले पारित समेत ग¥यो । साधारणसभाले आगामी तीन वर्षका लागि निम्न वमोजिमको संचालक समिति, लेखा समिति र विभिन्न उपसमितिहरु समेत सर्वसहमतिले गठन ग¥यो । Read More
सुनुवार सेवा समाजको २३औं स्थापना दिवस सम्पन्न
ओआरजी संवाददाता, २५ जेष्ठ, २०६८ । सुनुवार सेवा समाजको २३औं वार्षिकोत्सव आज सुसेस भवन कोटेश्वरमा भव्यताका साथ सम्पन्न भयो । सो कार्यक्रममा सुनुवार जातिमा वर्षभरिमा मनाइने विभिन्न चाडपर्वको बारेमा एक प्रस्तावित खाका प्रस्तुत गरियो ।
चाडपर्वका बारेमा प्रकाश पार्दै केन्द्रीय सदस्य उत्तम सुनुवारले वर्षभरिको बाह्र महिनामा मनाइन चाडपर्वहरुको बारेमा संक्षिप्त जानकारी दिनुभयो । कार्यक्रमका अतिथि ले. मानबहादुर सुनुवारले सुनुवार कोइँच जातिको किपटबारे प्रकाश पार्दै अहिलेको संक्रमणकालमा आफ्नो पुख्र्यौली किपटको रक्षा गर्दै मुलुक संघीयतामा प्रवेश गर्न लागेको अवस्थामा वल्लो किराँत राज्यको माग अपरिहार्य भएको बताउनुभयो । हाल चालु जनगणनामा आफ्नो पहिचान नगुमाउन सबै सुनुवारहरुलाई स्पष्ट रुपमा धर्म र जात उल्लेख गर्नसमेत आग्रह गर्नुभयो ।
सुसेसका भूतपूर्व अध्यक्ष श्री लोकप्रिय सुनुवारले किरात चाडपर्वहरुको समीक्षा गर्दै सुनुवार जातिलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा परिचित गराउने उधौली उभौलीलाई अझ परिष्कृत र भव्य बनाउनुपर्नेमा जोड दिनुभयो ।
सुसेसका संस्थापक सदस्य श्री टीकाराम मुलिचाले विगतका तीतो अनुभवहरु र भोगाइले नै यस संस्थाको स्थापना ऊर्जा थपेको स्मरण गर्दै स्थापनापश्चात आजसम्म भएका प्रगति र उतारचढावको समीक्षा गर्नुभयो । साथै संस्थाको संस्थापक अध्यक्ष स्व. देवीबहादुर सुनुवारको स्थापना गर्नुपर्ने प्रस्ताव गर्नुभयो । सुनुवारका चाडपर्वहरुबारे प्रकाश पार्दै उहाँले विभिन्न अवसरमा मनाइने चाडहरु व्यवस्थित र परिष्कृत गर्दै लैजानु पर्नेमा जोड दिनुभयो । विभिन्न चाडपर्व तथा शुभजन्मोत्सव साथै अन्त्येष्टि कार्यमा प्रयोग गरिने सामग्रीहरुको विस्तृत जानकारीमूलक पुस्तिका बनाउनुपर्ने सुझाव दिनुभयो ।
संस्थाका संस्थापक सदस्य श्री गुञ्जबहादुर सुनुवारले संस्थाको २३औं स्थापना दिवसको उपलक्ष्यमा सम्पूर्ण सुनुवारवन्धुलाई बधाई दिँदै, किरात सुनुवारको चाडपर्वहरु अझ स्पष्ट र परिष्कृत हुनुपर्ने बताउनुभयो । सुनुवारको चाडपर्वहरुलाई लिखित रुपमा मात्र टिप्पणी नगरी यसलाई कार्यान्वयनमा ल्याउनुपर्नेमा समेत जोड दिनुभयो । वार्षिक तालिकामा उल्लेखित उत्सवहरु संस्था स्वयंले आयोजना नगरे तापनि सहभागिताको लागि विशेष जोड दिइ आयोजनामा सहयोग पु¥याउनुपर्ने सुझाव दिनुभयो ।
कार्यक्रममा “लाबलामा” स्मृति दोस्रो महिला तथा पुरुष बुद्धिचाल प्रतियोगिताका विजयी खेलाडीहरुलाई अतिथि तथा संस्थापक सचिव गुञ्जबहादुर सुनुवार, संस्थापक कोषाध्यक्ष टीकाराम मुलिचा र संस्थापक सदस्य तीर्थबहादुर सुनुवारले नगद पुरस्कार तथा प्रमाणपत्र संयुक्त रुपमा प्रदान गरियो । उक्त
प्रतियोगितामा पुरुषतर्फ प्रथम रिजन सुनुवार, दोस्रो तेजेन्द्र सुनुवार र तेस्रो मानबहादुर सुनुवार हुनुभएका थिए भने महिलातर्फ प्रथम झनकुमारी सुनुवार, दोस्रो मालती सुनुवार तथा तेस्रो उर्मिला सुनुवार भएका थिए ।
कार्यक्रमका अन्त्यमा संस्थाका अध्यक्ष श्री मनप्रसाद सुनुवारले विभिन्न त्रुटी र अवरोधका बाबजुद पनि सुसेससका २३औं स्थापना दिवस भव्यताका साथ सफल भएको पुष्टि गर्दै आगामी दिनहरुमा अझ भव्य र व्यवस्थित बनाउँदै लाने प्रण गर्दै कार्यक्रम समापन गर्नुभयो ।
उभौली ष्यांदर २०६८ का केहि तस्विरहरु
किराँत सुनुवारहरुले आ-आफ्नो किपट, थांत-थलो, गाउं-ठाउंमा आ-आफ्नै रिति-थिति अनुसार उभौली ष्याँदर हर्शोल्लाषका साथ मनाएका थिया । हेर्नुहोस विभिन्न ठाउका किराँत सुनुवारहरुले मनाएक उभौली ष्यांदर २०६८ का केहि तस्विरहरु; जस्मा प्लीती, बुज, सर्लाही र टुडिखेलका समावेश छन् । click her to see photos
सुबर्ण अबसर
Call for Applications-OHCHR Indigenous Fellowship Programme 2012
The Office of the United Nations High Commissioner for Human Rights (OHCHR) has invited applications for its 2012 Indigenous Fellowship Programme to be submitted by the deadline of Friday 1 July 2011.
About the Indigenous Fellowship Programme
The Indigenous Fellowship Programme (IFP) was launched by the Office of the High Commissioner for Human Rights (OHCHR) in the context of the first International Decade of the World’s Indigenous Peoples (1995/2004).The aim of the programme is to give indigenous peoples the opportunity to gain knowledge on the UN system and mechanisms dealing with human rights in general and indigenous issues in particular so they can assist their organizations and communities in protecting and promoting the rights of their people. In its first decade, more than 100 indigenous men and women from 46 countries undertook the programme. They provided human rights training to many more in their communities. Read More
Sunuwar bhasa Radio 2068-2-18
Click on play icon to play koinch ( sunuwar ) radio
सूचना
किरातेश्वर बचत तथा ऋण सहकारी संस्था लि. को मिति २०६८/१/३ गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको प्रारम्भिक साधारण सभा निम्न मिति, स्थान र समयमा निम्न बिषयहरु उपर छलफल तथा निर्णय गर्ने गरी बस्ने भएको हुदा संपूर्ण शेयर सदस्यज्यूहरुलाई साधारण सभामा उपस्थितिका लागि पत्र पठाइ सकिएको छ । यदि पत्र प्राप्त नभए यसै सूचनालाई समेत आधारमानि कार्यक्रममा उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ ।
साधारण सभा हुने मिति, स्थान र समय :
मिति : २०६८ जेष्ठ २१ (४ जुन २०११)
स्थान : सुनुवार सेवा समाजको भवन, कोटेश्वर, काठमाडौ ।
समय : बिहान ठिक ११ बजे ।
छलफलका विषयहरु :
१. संचालक समितिको तर्फबाट अध्यक्षज्यूद्वारा प्रस्तुत प्रतिवेदन माथि छलफल गरी पारित गर्ने ।
२. कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन र कार्यक्रमहरु माथि छलफल र पारित गर्ने ।
३. आर्थिक वर्ष ०६८:०६९ का लागि लेखा परिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण सम्वन्धमा ।
४. सञ्चालक समितिको निर्वाचन सम्वन्धमा ।
५. प्रथम बार्षिक साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्नका लागि शेयरधनीहरु र संचालकको तर्फ बाट प्रतिनीधि छनौट गर्ने ।
६. विविध ।
जय सहकारी ।
सञ्चालक समितिको आज्ञाले
विमला सुनुवार
सचिव
गोरखापत्रद्वारा प्रकशित किराँती-कोइँच (सुनुवार)भाषा
समवेशिकरणको दिशामा एउटा फड्को: गोरखापत्रद्वारा प्रकशित किराँती-कोइँच (सुनुवार)भाषा download गरेर पढनुहोस्

