All about Sunuwar

Archives

now browsing by author

 

सूचना

Photo source : http://www.examiner.com

विश्व कर्ीर्तिमान कायम गर्ने सानुबाबु सुनुवार र लाक्पा छिरी शर्ेपाको सम्मान कार्यक्रममा सम्पर्ण्ा दाजुभाई दिदीबहिनीहरुलाई हार्दिक निमन्त्रणा ।

मिति : २०६८ आषाढ २६, आइतावार
समय : दिउँसोको ४ . ०० बजे
स्थान : सुनुवार सेवा समाजको भवन कोटेश्वर

आयोजक
सुनुवार सेवा समाज

पिंजडा भित्रका कबिता

नेलकडी ठोकेर

पिंजडा भित्र बन्दी बनाइएको

शताब्दीयौं भयो – मेरो कबिता !

पिंजडा –

दन्तेकथाको एकिकरणको,

अन्धा/ बहिरा/ लाटा राजतन्त्रको,

पञ्चायत नामको,

झुक्याउने प्रजातन्त्रको,

फोस्रो लोकतन्त्रको,

प्रमाणीत हुन नसकेको गणतन्त्रको ।

पिंजडाले रुप फेरिरहने/ परिबर्तन भैरहने

कबिताको पिडा भने उहिका उहि/ जस्ताको तस्तै

सम्बोधन हुन नसकेका थुप्रै कबिताहरु

यत्रतत्र बन्दी छन् यहाँ । Read More

Sunuwar bhasa Radio 2068-3-22

[audio:http://www.sunuwar.org/radio/Sunuwar68-03-22.mp3]

Click on play icon to play koinch ( sunuwar ) radio

भिन्न पहिचान : कोइँच आदिवासी वाःसि (Indigenous Wear)

नेपालमा सूचिकृत ५९ आदिवासी जनजाति मध्ये पूर्वी नेपालको सोलुखुम्बु, ओखलढुंगा, उदयपुर, सिँधुली, रामेछाप, दोलखामा उहिलेदेखि बसोवास गर्दै आएको एक आदिवासी जनजाति हो कोइँच (सुनुवार) । रोल्वालिङ हिमश्रृंखलको काखमा रहेको कोइँच भू—अधिनत्व, राष्ट्रका जनताहरुको आफ्नै मौलिक, भाषा, संस्कृति, सामाजिक चालचलन, परम्परागत राजनीतिक, न्यायिक संयन्त्र तथा भेषभूषा छ । विशेषगरी कोइँचहरु उच्च पहाड भूभागमा बस्ने हुँदा उनीहरुको लवाइखवाइमा जाडोपनको महसुस गर्न सकिन्छ । यहाँ राज्यको अन्य जातिभन्दा भिन्न पहिचान र अस्तित्व भएको आदिवासी कोइँचको भेषभूषालाई प्रस्तुत गरेका छौं । आउँदा दिनहरुमा अन्य आदिवासीको भेषभूषालाई पनि क्रमशः प्रस्तुत् गर्दै जाने प्रतिवद्धता जाहेर गर्दछौं ।
रामेछाप – १, गुप्तेश्वरमा जन्मेकी सजिना सुनुवार हाल बि.ए.मा अध्यनरत छिन् । मोडलिङमा रुची राख्ने तथा सिर्जनात्मक कार्यमा विश्वास गर्ने कोइँच युवती सुनुवार भाषाको पहिलो म्यूजिक भिडियो “ए आँ दायू होपो” मा अभिनय गरी सकेकी छिन् भने सुनुवार संस्कृतीमा आधारित बृत्तचित्र “श्याँदर पिदार” मा पनि देख्न सकिन्छ । उनले कोइँचको चिनारी दिने परम्परागत कोइँच भेषभूषा काँडे चुरा, सिरफुल, आठनी चारनी तथा किप्शुर, किप्शुर फेने, लुजेवास, चुमरेम, गुने, लेमफिम लगाएकी छिन् । यहाँ उनका विभिन्न कोणबाट लिइएका तस्वीरहरु मौजुद छन् । to see more ->>
मोडल स्रोत :  सुनुवार कलाकार तथा चलचित्रकर्मी समाज, काठमाडौं
लोकेसन तथा भेषभूषा : चुप्लु समाज÷सुनुवार डट ओआरजि, Info@sunuwar.org, chuplu@gmail.com

Sunuwar bhasa Radio 2068-3-15

[audio:http://www.sunuwar.org/radio/sunuwar programme 68-03-15.mp3]

Click on play icon to play koinch ( sunuwar ) radio

हजुर

समिपमा तिम्रो ढल्न पाए हुन्थ्यो हजुर

जिन्दगीको दियो बाल्न पाए हुन्थ्यो हजुर ।

 

तिम्रो मन मन्दिरमा बसी अटूट अमर

पिरतीको मियो गद्न पाए हुन्थ्यो हजुर ।।

 

प्रित रुपी फूल बनि सुगन्ध छर्न

सिरमा तिम्रो फूल्न पाए हुन्थ्यो हजुर ।।।

 

तिमी सगै सधैं बसी पल हरपल

फाटेको मन टाल्न पाए हुन्थ्यो हजुर ।।।।

 

तिम्रो निम्ती घरी घरी चिता बनि

पिरोलिदै फेरी जल्न पाए हुन्थ्यो हजुर ।।।।।

 

 

नाइलु क्याबचा

संयुक्त राज्य बेलायत

शब्द उही हो वाक्य उही : कविले मात्र कला भर्छन कविता बनाउन

वृहस्पति सुनुवार/चेरेहामसो क्याःब, सुनुवार डट ओआरजि–
आसार १५, ललितपुर । ‘मैले धेरै पहिलादेखि भन्दै आएको छु, उद्घोषक भाईले भने जस्तै खस भाषा मात्र नेपाली भाषा होइन नेपालमा बोलिने सबै भाषा नेपाली भाषा हो । प्राज्ञ तुलसी दिवसले अदेखा फुलका गीतहरु विमोचन गर्दै अगाडि भन्नु भयो– शब्द उही हो, वाक्य त्यही, तर कविले कला भरेर कलात्मक ढंगले अभिव्यक्ति प्रस्तुत गर्छन् ।  यस कवि डा. लाल श्याँकारेलु रापचा यस अर्थमा सफल भएका छन् जापनी साहित्यिक शैलीलाई अबलम्वन गरेका हुन कि भन्ने लाग्छ ।’ आज आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, जाउलाखेलमा डा. लाल श्याँकारेलु रापचाद्वारा लिखित कविता सङ्ग्रह ‘माततिक फुके कुमसोपुकि र अदेखा फुलका गीतहरु’ का कविता सङ्ग्रश विमोचन भयो ।
‘एक सय तीन जाति भएको नेपालमा अहिलेसम्म खस भाषालाई मात्र नेपाली भाषा र अन्यलाई अनेपाली भाषाको रुपमा चित्रण गर्ने यो देशको एक जातीय तथा एक भाषा, धर्मको राज्य बनाउने प्रयास गरीरहेको राज्यमा डा. लाल श्याँकारेलु रापचाको यो कृति आम आदिवासी जनजातिको नियतिलाई राम्ररी चित्रण गर्नु भएको छ । यो कोइँच जातिको लागि खुशीको कुरा हो किनकि पहिलो पटक कोइँच भाषाले आफ्नै लिपिमा साहित्य सङ्ग्रह पाएको छ भन्दै माततिक फुके कुमसोपुकि लोकार्पण गर्दै सुनुवार सेवा समाजका अध्यक्ष मनप्रसाद सुनुवारले अगाडि थप्नु भयो, २०६२/६३ बाट कोइँच साहित्यको तीव्रतर विकास भएको छ, यो  एक किसिमले भन्दा कोइँच सौन्दर्यलाई आम देशी विदेशी साहित्यप्रेमीहरुको लागि खुशीको कुरा हो । उनको यो यात्रा अविरल रहोस् ।’ Read More