Archives
now browsing by author
कस्तो साहित्यलाई चाहि कोइँच साहित्य भन्ने ?
-कोइँचबु काःतिच
-‘वा…! क्या च्वाँक ।’
-‘राम राम -हिन्दू सौर्न्दर्यशास्त्रको प्रभाव) के सुन्नु पर्यो यो उमेरमा । खत्तम भयो समय । नउम्रीदै तीन पाते ।’
-‘लौ के भनेको हजुर बा, अहिले ठिटी नजिस्काएरु तपाईँको उमेरमा जिस्काउने – कस्तो यार हजुर बा पनि कुरै बुझनु हुन्न जस्तो छ ।’
यस्तो साहित्यले के सन्देश बोक्छ, कुन्नी – पाठकहरुलाई अवश्य थाहा नै छ । अहिले साहित्य कतिपय सर्न्दर्भमा मात्र साहित्यको नामको लागि लेखिएका पनि पाउँछौं । शायद, यो अंकीय छपाई प्रविधिको उपलब्धि हुन सक्छ । रचनाहरु अहिले छाप्नु नै पर्ने बध्येता रहेन- पाठक, स्रोता र दर्शकसम्म पुर्याउन । पुस्तकाकार नहुँदै यसले मोचन पाइसकेको हुन्छ वा लोकलाई अर्पण गरीसकिएको हुन्छ श्रष्टाको पोल्टोबाट, उहिलेको जस्तो कुमारी साहित्य सुन्न, हर्ेन र पढ्न कमै पाइने भयो । जे होस् अंकीय प्रविधिको यो चरणसम्म आइपुग्दा बर्ुर्जुवा साहित्यले कैयौं छलाङ मार्यो । हिन्दू, क्रिश्चियन तथा युरोपियन उत्पीडक साहित्यले कैयौं कलेवर फेरि सक्यो । र, त्यही मेसोमा हामी कोइँच लगायत अन्य आदिवासी जनजातिहरु साहित्यिक चलखेलमा होमिएका छौं । के बुझनु थियो र ! यी हिन्दू, क्रिश्चियन तथा उत्पीडक यूरोपियन साहित्यिक चलखेलको कुटखेल । न त पाठकले बुझन सक्यौं न र्सजकले । श्रष्टाद्रश्टा दुवै उही हिन्दू, क्रिश्चियन तथा उत्पीडक सौर्न्दर्यशास्त्र, उपनिवेश र पश्चिमा उपभोक्तवादी सोँच वा पढाइलेखाइबाट दीक्षित भएपछि अर्को वाद छ वा न हाम्रो कुनै त्यस्तो अर्को अस्तित्व वा दर्शन/सौर्न्दर्य नाप्ने कसी छ भन्ने कुरा भुसुक्कै बिर्सनुलाई नौलो वा अचम्म मान्नु पर्ने कुरा रहेन । Read More
म
आफनै बारीमा उम्रिएर
उत्तर, दक्षिण, पुर्व, पश्चिम,
कतैको बाछिटाले नभिजी
झरौ राष्ट्रियताको भावनाले सिँचिएर
खाँटी राष्ट्रियताको ओतमुनि हुर्किएर पनि Read More
वृक्षारोपण कार्यक्रम २०६८ सम्पन्न भयो ।
ललितपुर, अषाढ ५ । सानो हात्तिवन किरात माङहिम मन्दिर ब्यवस्थापन समितिको आयोजनमा “हरियाली जोगाऔ प्राकृती संगै रमाऔ । ” भन्ने मुल नाराका साथ किरात धार्मिक वन सानो हात्तिवनमा वृक्षारोपण कार्यक्रम २०६८, यहीँ अषाढ ४ गते सु–सम्पन्न भयो जसका प्रमुख अथिति सभासद पम्फा भुसाल हुनुहुन्थ्यो ।
Sunuwar bhasa Radio 2068-3-01
Click on play icon to play koinch ( sunuwar ) radio
गुलाबका फुलहरु
आगो छेक्न सक्ने ताकत जमाएका फुलहरु
पस्किंदै थिए सुगन्ध
अनि सुगन्धित हुँदै थिए
पृथक अस्तित्वका लागि
कोलम्बो तिर ठडिएका नदिहरु
र, गुलाबका फुलका सुगन्धित शक्तीले
प्रज्वलित हुंदै
कनाकरायन नदिसंगै थुप्रै नदिहरु
राजपक्षका जल्लाहदहरुको सामनामा
उर्लिसकेका थिए सयौं पटक । Read More
जिजिविषा
समयको चक्रले
कहिले किचिएर
कहिले थिचिएर
जाँतोको मानी झैं
खिइँदै गएको आयुको ह्राससँगै
कतै पानि झरीले ओसिएर
खरीजुका झैं ढाडिदै गएको
कतै धामको रापले पिल्सिएर
मरिचको दाना झैं चाउरिदै आएको
यो अुहारको अस्तित्व खोज्न
पीरैपीरको खकन भिरेर Read More
मुक्तिसंग्राम
कपिलबस्तुमा
बुद्ध जन्मिएकै कारणले मात्र
शान्तीप्रेमी हुन सक्दिन अब म
बिश्वयुद्धहरुमा अरुको निमित्त
ज्यान समर्पन गरेकै आधारमा मात्र
बहादुर कहलिनु हुँदैन अब म ।
तर पनि
शान्तीप्रेमी र बहादुरहरुले
फेरि अर्को
मुक्तिसंग्राम बिश्वयुद्ध आयोजना गरिरहेका छन् ।
Read More

