All about Sunuwar

Archives

now browsing by author

 

चुप्लुमि रिमाचेमा कर्यक्रम सम्पन्न भयो ।

सुनुवार डट ओआरजि समाचारदाता
१४ भादौ, यालाखोम । चुप्लुमि रिमाचेमा कर्यक्रम सुनुवार सेवा समाज भवन, कोटेश्वरमा सम्पन्न भयो जसका आयोजक चुप्लु समाज, सुनुवार डट ओआरजी, दुर्दा डट कम र सहयोगीहरु सुनुवार सेवा समाज, क्युइँतबु कल्याण कोष, चुप्लु फाउण्डेसन, किरात विज्ञान अध्यान संस्थान, किङलो चुप्लु, सु.क.च समाज , नयाँ नेपाल थिए । कर्यक्रममा Mizoram, Indiaका आदिवासीहरुको डकुमेन्ट्री Guinness World Record The Largest Bammboo Dance (cheraw) प्रदर्शन गरियो ।

Sunuwar bhasa Radio 2068-6-11

[audio:http://www.sunuwar.org/radio/Sunuwar radio-2068-06-11.MP3]

Click on play icon to play koinch ( sunuwar ) radio

क्युइँतबु कल्याण कोष तथा सुसेसका प्रथम उपाध्यक्ष दुर्घटनामा

चुप्लु समाचारदाता । क्युइँतबु कल्याण कोषका अध्यक्ष तथा सुनुवार सेवा समाजका प्रथम उपाध्यक्ष श्री रनविर सुनुवार दुर्घटनामा पर्नुभएको छ । आज विहान ४:३० बजे ठिमी चारदोबाटोस्थित नयाँ बाटोमा हिडिरहेको अवस्थामा बा. ५ च. ५७१८ नम्बरको पीकअपले ठक्कर दिई दुघर्टना भएको थियो । दुघर्टनालगतै उहाँलाई उपचारका लागि वीर अस्पताल लगिएको थियो । उहाँको टाउँकोमा तीनवटा टाँका लगाएपछि उहाँलाई खतरामुक्त भएको भन्दै घर फर्काएको अस्पताल सूत्रले जनाएका छन् । उक्त पीकअप दुघर्टनालगतै फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

समाचार विश्लेषण: डा. लाल श्याँकारेलु रापचाद्वारा कोइंच बु को विगत, वर्तमान र भावी कार्यनीति सम्वन्धि कार्यपत्र प्रस्तुत

-सुनुवार डट् ओ आर् जि

७ असोज्, २०६८

कोइंच् खिं:, कोटेस्वोर्, यलाखोम् (काठ्मान्डु)

सुनुवार सेवा समाज, केन्द्रीय समिति द्वारा आयोजित एक कार्यक्रममा डा. लाल श्याँकारेलु रापचाले सुनुवार सेवा समाजको विगत, वर्तमान र भविश्यको कार्यनिति सम्वन्धि कार्यपत्र प्रस्तुत गर्नुभयो । कार्यपत्रमा कोइंच सुनुवारको विगतका कालो कथा र कोइंच संस्था स्थापनको संघर्शका दिनहरुको वारेमा प्रष्ट पार्दै विगतमा भएका मुख्य मुख्य उपलव्धिहरुको जानकारी गराइएको थियो ।  स्थापनाकाल देखि खोटो रहेको बिधानका उद्देश्यहरु सम्सोधन पछि पनि औचित्यहिन रहेको औंल्याउदै डा. रापचाले कोइंचहरु सांच्चिकै ननिदाएर निदाएको जस्तो स्वाङ् पारिरहेको कुरा दोहोर्याउनु भयो ।

सु से स केन्द्रीय अधक्ष्य श्री मन प्रसाद सुनुवारको सभापतित्वमा संचालित कार्यक्रममा, सु से स, सु म स र सु वि स का भुतपुर्व पदाधिकारीहरुको उपस्थिति निकै कम मात्रामा थियो । कार्यपत्रमा किराँत कोइंचका चेतना र क्रान्तिका सात बुटिहरु (भाषिक/साहित्यिक, आर्थिक, सांस्कृतिक/धार्मिक, शैक्षिक, राजनैतिक-कुटनैतिक, सामाजिक) अन्तर सम्वन्धित र आधारभूत रहेको औंल्याइएको थियो भने किराँती कोइंच जातिको नश्ल तथा  भाषिक र साहित्यिक नक्शा प्रस्तुत गरिएको थियो । डा. रापचाले कार्यपत्र प्रस्तुत गर्दै किराँती कोइंच सुनुवारको सांस्कृतिक, धार्मिक तथा सामाजिक सम्वन्धलाइ रेखाचित्रद्वारा स्पष्ट पारेका थिए साथै वर्तमान सुनुवारी अर्थशास्त्र र शैक्षिक आधारहरु प्रस्तुत गरेको थिए । Read More

Sunuwar bhasa Radio 2068-6-4

[audio:http://www.sunuwar.org/radio/Sunuwar radio 68-06-04.MP3]

Click on play icon to play koinch ( sunuwar ) radio

आदर स्याम्दार

दरदर लेस्या गाःब पुकि
ठेसे लेस्या बाःब पुकि
मुल्द काःथ बुकिने
निप्सङा पुस्सु रोकिने……. Read More

क्युइँतबु कल्याण कोषको तेस्रो महाधिवेशन सम्पन्न

क्युइँतबु कल्याण कोषको तेस्रो महाधिवेशन सम्पन्न

चुप्लु । क्युइँतबु कल्याण कोषको तेस्रो महाधिवेशन तथा छैठौं वार्षिक साधारणसभाको सम्पन्न भयो । सो महाधिवेशनमा रणवीर सुनुवारको अध्यक्षतामा एकजना मनोनित हुने गरी १७ सदस्यीय कार्यसमितिको चयन गरेको छ ।

नवनिर्वाचित कार्यसमिति
१. अध्यक्षः रणवीर सुनुवार
२. प्रथम उपाध्यष ः बेदबहादुर सुनुवार
३. द्वितीय उपाध्यक्ष ः प्रकाशकुमार सुनुवार
४. महासचिव ः समीर सुनुवार
५. सचिव ः दलबहादुर सुनुवार
६. कोषाध्यक्ष ः विश्वकिरण सुनुवार
७. सह–कोषाध्यक्ष ः नरबहादुर सुनुवार
८. सदस्य ः सीता सुनुवार
९. सदस्य ः ज्ञानकुमारी सुनुवार
१०. सदस्य ः यामबहादुर सुनुवार
११. सदस्य ः डबिन सुनुवार
१२. सदस्य ः बमबहादुर सुनुवार
१३. सदस्य ः बलराम सुनुवार
१४. सदस्य ः जुनकुमारी सुनुवार
१५. सदस्य ः सुजन सुनुवार
१६. सदस्य ः शिव सुनुवार
१७. सदस्य ः मनोनित हुन बाँकी
Read More