Archives
now browsing by author
Sunuwar bhasa Radio 2068-08-03
Click on play icon to play koinch ( sunuwar ) radio
Hajurko Radio (Ramechhap)
कुमारी विश्व र कोइँच -सुनुवार) वीच चलेको तातो वहस ‘एकता कि ऐक्यवद्धता’ ?
-कोइँचबु काःतिच
कुमारी विश्वको ‘यात्रा’ मा बढी जनसर्म्पर्कमा आएको वाक्यहरु हुन्- ‘सुनुवारमा ‘फुट’ आयो । सुनुवारहरु कहिल्यै ‘एक वा एकजुट’ हुन सकेनन् । सुनुवारमा ‘एकता’ नै छैन । सुनुवारमा ‘एकता’ हुनुपर्छ । ‘एकता’, ‘यूनिटी’, ‘काः अर्थात् गिचचाःकाः’ यी रस नभरिएका फोस्रा शब्द वा गफहरुले कानेगुजी खाएको हुनुपर्छ धेरै सुनुवारको । गिदीमा हुनसम्मको उचाचाकलि, रइफाँडो मच्चाएको हुनुपर्छ । कतै ‘सुनुवारमा फुट आउनु हुँदैन’ भनेर एकताको लिँडे तर्क । कतै ‘एकता’ को नाममा अरुको इच्छा, भावना र साखलाई निमिट्यान्न पार्ने ‘निरंकुशता’ । के, कस्तो कुरा, विषय वा कार्यलाई ‘फुट’ को संज्ञा दिने र के कस्तो अर्थ बोक्ने ‘कार्य’ लाई एकताको संज्ञा दिने – खोइ कुनै सुनुवारले गहिर्राईसम्म सोच्यो सोचेन वा बहसको शुरु गर्यो गरेन, थाहा भएन । तर, खोकिएको ‘कोइँच एकता’ नामक रागलाई उच्च आलापमा बहस चलाउनु चाहिँ आवश्यकता भएको देखिन्छ । विविधताका कतिपय कुराहरु नराम्रो लाग्न सक्छन्, मन नपराइन सक्छन्, मेरो भनाई मात्र सही भन्ने लाग्न सक्छ ‘कोइँच एकता’ का खोकी खोक्नेहरुलाई । ‘म मात्र जन्ने, बुझने, अरु सबै खत्तम भयो, अरुले गरेका राम्रा कामहरु पनि व्रि्रीयो वा विगार्यो’ भनेर आफ्नो मात्र योगदानलाई कसी लगाएर छापावाला सुन बनाउन खोज्नु मुर्खताको पराकाष्टा हो । ‘आफ्नो सुन्ने बानी छैन’ भन्दैमा सबै कोइँच -सुनुवार) मा क्षमता छैन, धैर्यता छैन भन्नु सम्भवतः एकात्मवादी निरंकुश वाहुनवादी सोँच हुनसक्छ । सुन्न चाहने क्षमता नहुनु अपरिपक्वताको दरो ‘संकेत’ हो । ‘म राजनैतिक तथा कुटनैतिक परिपक्वता, सक्षम र सभ्य जातिको प्रतिनिधित्व गर्दै छु’ भन्ने कुनै पनि कोइँच -सुनुवार) लाई आडम्बर छ भने उसले समाजमा, समुदयमा आफ्नो व्यवहारलाई खार्नु नै पर्दछ । वैयाक्तिक विचारलाई त्यागेर आदिवासी जनजातिको सामुहिक अधिकारलाई आत्मसात गर्नसक्नु पर्दछ । लुकेर, छद्मभेषमा ‘बोक्रे पण्डित्याइँ प्रवचन’ दिनु भनेको पुरातानी बहुनवादी ढोँगी संस्कारको पृष्ठापोषण गर्नु हो ।
समयले फड्को मारीसकेको छ । अबका दिन भनेको यथर्थको धरातलमा उभिएर वैचारिक सिद्धान्तलाई मानवीय व्यवहारमा कसी लगाउने दिन हो । यथार्थलाई अँगाल्ने हो भने ‘कोइँच वस्तीको माग र चाखलाई र्स्पर्श’ गर्नु पर्दछ । हरेक मानिस स्वतन्त्र जीवन जिउन चाहन्छ । हुन त आफ्नो बलियो प्रभाव जमाउन अरुलाई गाली गर्नु, सत्तो सराप गर्नु पर्छ भन्ने कच्चा राजनीतिक अवधारण बोकेका कोइँच -सुनुवार) हरुको पनि कमी छैन । हामीले कहिल्यै खस बाहुनको विरुद्धमा न कलम चलार्यौ न त तरवार । न कुरा चलायौं न छुरा नै चलायौं । खस बाहुनसँग लडाइ गर्न राजनीतिक संगठन खोलेको धाक लगाउने छद्माभेषी कच्च विचारका कोइँचहरु पनि कुमारी संसारमा झुल्किएका छन् । तर कुमारी भित्तोमा खोक्नु जस्तो सरलता व्यवहरमा उतार्नुमा छैन । वास्ताविकता के हो भने ‘खस बाहुनहरु बढी जातिवादी भए, उनीहरुको विचार, धर्म-संस्कृति र रहनसहन हामी माथि लाधे, यसो गर्न भएन वा पाइँदैन, हामी कोइँचको आफ्नै मौलिक धर्म, संस्कृति, भाषा र परम्परागत संस्था तथा न्याय प्रणाली छ त्यसलाई पनि राज्यको वाग्डोर सम्हालेका खसबाहुनले फल्न फुल्न दिनु पर्छ, वहिस्करणमा पार्नु हुँदैन’ भन्ने हो । Read More
हार्दिक निमन्त्रणा
साहित्यकार अतीत मुखीया र गजलकार भानु सुनुवारद्वुरा लेखिएका “अचानो आहत रेखाकाव्य” ,“रहरको विस्कुन गजल संग्रह” बिमोचन हुन गैरहेकोले यहाँहरु सम्पर्ुण्ा वन्धु-वान्धवहरुको गौरवमय उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौँ ।
आयोजक : चुप्लु समाज
स्थान : गुरुकुल आरोहन, पुरानो बानेश्वर
मिति : २०६८ मंसीर १६ गते शुक्रवार
समय : २:०० अपरान्ह ।
नारायणीहिटीको रहस्यमय लाल बाकस कहाँ छ ?
सुनुवार डट ओआरजि समाचारदाता ।
मंसीर, यालाखोम । किरात येले सम्वत् अध्ययन समितिको आयोजना तथा नेपाल प्रज्ञा प्रतिष्ठानको सह-आयोजनामा आयोजित ‘नेपालमा प्रयोग र प्रचलनमा रहेका संवत्हरु विषयक दर्ुइ दिने विचार गोष्ठी’ आज सम्पन्न भएको छ । सभामुख सुवाशचन्द्र नेम्वाङले उद्घाटन गर्नु भएको उक्त विचार गोष्ठी आज संस्कृति तथा राज्य पुनः संरचना मामिला मन्त्री गोपाल किराँतीले सम्मान एवम् मायाको चिनो स्वरुप यलम्बरको मिनियचर प्रदान प्रदान गर्नु भएको छ । सभामुख नेम्वाङले ‘किरात येले सम्वत् नामक अभिलेख’ पुस्तक विमोचन गर्नु भएका छ । इस्वी सम्वत्, ल्होसार सम्वत्, बुद्ध सम्वत्, विक्रम सम्वत्, लिच्छविकालमा चलेका संवत्, हिजरी सम्वत्, नेपाल सम्वत् र किरात येले सम्वत् सम्बन्धी विभिन्न विद्वनहरुले कार्यपत्र पस्तुत् गर्नु भएकेा थियो । Read More
Sunuwar bhasa Radio 2068-08-07
Click on play icon to play koinch ( sunuwar ) radio



