Archives
now browsing by author
कुमारी विश्व र कोइँच -सुनुवार) वीच चलेको तातो वहस ‘एकता कि ऐक्यवद्धता’ ?
-कोइँचबु काःतिच
कुमारी विश्वको ‘यात्रा’ मा बढी जनसर्म्पर्कमा आएको वाक्यहरु हुन्- ‘सुनुवारमा ‘फुट’ आयो । सुनुवारहरु कहिल्यै ‘एक वा एकजुट’ हुन सकेनन् । सुनुवारमा ‘एकता’ नै छैन । सुनुवारमा ‘एकता’ हुनुपर्छ । ‘एकता’, ‘यूनिटी’, ‘काः अर्थात् गिचचाःकाः’ यी रस नभरिएका फोस्रा शब्द वा गफहरुले कानेगुजी खाएको हुनुपर्छ धेरै सुनुवारको । गिदीमा हुनसम्मको उचाचाकलि, रइफाँडो मच्चाएको हुनुपर्छ । कतै ‘सुनुवारमा फुट आउनु हुँदैन’ भनेर एकताको लिँडे तर्क । कतै ‘एकता’ को नाममा अरुको इच्छा, भावना र साखलाई निमिट्यान्न पार्ने ‘निरंकुशता’ । के, कस्तो कुरा, विषय वा कार्यलाई ‘फुट’ को संज्ञा दिने र के कस्तो अर्थ बोक्ने ‘कार्य’ लाई एकताको संज्ञा दिने – खोइ कुनै सुनुवारले गहिर्राईसम्म सोच्यो सोचेन वा बहसको शुरु गर्यो गरेन, थाहा भएन । तर, खोकिएको ‘कोइँच एकता’ नामक रागलाई उच्च आलापमा बहस चलाउनु चाहिँ आवश्यकता भएको देखिन्छ । विविधताका कतिपय कुराहरु नराम्रो लाग्न सक्छन्, मन नपराइन सक्छन्, मेरो भनाई मात्र सही भन्ने लाग्न सक्छ ‘कोइँच एकता’ का खोकी खोक्नेहरुलाई । ‘म मात्र जन्ने, बुझने, अरु सबै खत्तम भयो, अरुले गरेका राम्रा कामहरु पनि व्रि्रीयो वा विगार्यो’ भनेर आफ्नो मात्र योगदानलाई कसी लगाएर छापावाला सुन बनाउन खोज्नु मुर्खताको पराकाष्टा हो । ‘आफ्नो सुन्ने बानी छैन’ भन्दैमा सबै कोइँच -सुनुवार) मा क्षमता छैन, धैर्यता छैन भन्नु सम्भवतः एकात्मवादी निरंकुश वाहुनवादी सोँच हुनसक्छ । सुन्न चाहने क्षमता नहुनु अपरिपक्वताको दरो ‘संकेत’ हो । ‘म राजनैतिक तथा कुटनैतिक परिपक्वता, सक्षम र सभ्य जातिको प्रतिनिधित्व गर्दै छु’ भन्ने कुनै पनि कोइँच -सुनुवार) लाई आडम्बर छ भने उसले समाजमा, समुदयमा आफ्नो व्यवहारलाई खार्नु नै पर्दछ । वैयाक्तिक विचारलाई त्यागेर आदिवासी जनजातिको सामुहिक अधिकारलाई आत्मसात गर्नसक्नु पर्दछ । लुकेर, छद्मभेषमा ‘बोक्रे पण्डित्याइँ प्रवचन’ दिनु भनेको पुरातानी बहुनवादी ढोँगी संस्कारको पृष्ठापोषण गर्नु हो ।
समयले फड्को मारीसकेको छ । अबका दिन भनेको यथर्थको धरातलमा उभिएर वैचारिक सिद्धान्तलाई मानवीय व्यवहारमा कसी लगाउने दिन हो । यथार्थलाई अँगाल्ने हो भने ‘कोइँच वस्तीको माग र चाखलाई र्स्पर्श’ गर्नु पर्दछ । हरेक मानिस स्वतन्त्र जीवन जिउन चाहन्छ । हुन त आफ्नो बलियो प्रभाव जमाउन अरुलाई गाली गर्नु, सत्तो सराप गर्नु पर्छ भन्ने कच्चा राजनीतिक अवधारण बोकेका कोइँच -सुनुवार) हरुको पनि कमी छैन । हामीले कहिल्यै खस बाहुनको विरुद्धमा न कलम चलार्यौ न त तरवार । न कुरा चलायौं न छुरा नै चलायौं । खस बाहुनसँग लडाइ गर्न राजनीतिक संगठन खोलेको धाक लगाउने छद्माभेषी कच्च विचारका कोइँचहरु पनि कुमारी संसारमा झुल्किएका छन् । तर कुमारी भित्तोमा खोक्नु जस्तो सरलता व्यवहरमा उतार्नुमा छैन । वास्ताविकता के हो भने ‘खस बाहुनहरु बढी जातिवादी भए, उनीहरुको विचार, धर्म-संस्कृति र रहनसहन हामी माथि लाधे, यसो गर्न भएन वा पाइँदैन, हामी कोइँचको आफ्नै मौलिक धर्म, संस्कृति, भाषा र परम्परागत संस्था तथा न्याय प्रणाली छ त्यसलाई पनि राज्यको वाग्डोर सम्हालेका खसबाहुनले फल्न फुल्न दिनु पर्छ, वहिस्करणमा पार्नु हुँदैन’ भन्ने हो । Read More
हार्दिक निमन्त्रणा
साहित्यकार अतीत मुखीया र गजलकार भानु सुनुवारद्वुरा लेखिएका “अचानो आहत रेखाकाव्य” ,“रहरको विस्कुन गजल संग्रह” बिमोचन हुन गैरहेकोले यहाँहरु सम्पर्ुण्ा वन्धु-वान्धवहरुको गौरवमय उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौँ ।
आयोजक : चुप्लु समाज
स्थान : गुरुकुल आरोहन, पुरानो बानेश्वर
मिति : २०६८ मंसीर १६ गते शुक्रवार
समय : २:०० अपरान्ह ।
नारायणीहिटीको रहस्यमय लाल बाकस कहाँ छ ?
सुनुवार डट ओआरजि समाचारदाता ।
मंसीर, यालाखोम । किरात येले सम्वत् अध्ययन समितिको आयोजना तथा नेपाल प्रज्ञा प्रतिष्ठानको सह-आयोजनामा आयोजित ‘नेपालमा प्रयोग र प्रचलनमा रहेका संवत्हरु विषयक दर्ुइ दिने विचार गोष्ठी’ आज सम्पन्न भएको छ । सभामुख सुवाशचन्द्र नेम्वाङले उद्घाटन गर्नु भएको उक्त विचार गोष्ठी आज संस्कृति तथा राज्य पुनः संरचना मामिला मन्त्री गोपाल किराँतीले सम्मान एवम् मायाको चिनो स्वरुप यलम्बरको मिनियचर प्रदान प्रदान गर्नु भएको छ । सभामुख नेम्वाङले ‘किरात येले सम्वत् नामक अभिलेख’ पुस्तक विमोचन गर्नु भएका छ । इस्वी सम्वत्, ल्होसार सम्वत्, बुद्ध सम्वत्, विक्रम सम्वत्, लिच्छविकालमा चलेका संवत्, हिजरी सम्वत्, नेपाल सम्वत् र किरात येले सम्वत् सम्बन्धी विभिन्न विद्वनहरुले कार्यपत्र पस्तुत् गर्नु भएकेा थियो । Read More
Sunuwar bhasa Radio 2068-08-07
Click on play icon to play koinch ( sunuwar ) radio
नियती
नियतीले झारी सक्यो झटारोले झार्नु पर्दैन निरंकुस्ता मौलाएको छ सकुनीले हार्नु पर्दैन आफै परिरहेको छु अदृस्य बन्धनहरुमा यहाँ त्यस माथी निर्दयी काँडे तारले बार्नु पर्दैन
सेरेम फु बेाइमात
इनकलि लेा का देङदेङ केाँ , सेरेम फु बेाइमात इन रूमि,
निकवाक हारशा पसतन पाइनुङ ,इन नमला जुउताव अँ थुँमि ।।१।।
पासेकुसे सेथ हिरसाङ वाकिवाकि , इनकलिला पित मिमचा ,
रिमचा रिमताङ चेरे नाति ,मुलैनु , दुमति गेा अँ गिचचा ।। Read More
“पत्रे अनुरोध”
पहाडहरु सिञ्चित भए
सेतो हिमालका छाती चिरिए
तराईहरु पनि रक्ताम्मे भए
नदीहरु रंगिए
जंगली पातहरु छिर्केमिर्के भए
गाउँ अनि शहरहरुका
स्कुलका भित्ताहरु पोतिए
कच्ची अनि पक्की सडकहरुमा रातो भएर पोखिए
जताततै नमेटिने गरि डोवहरु बसे
रक्तरंजित भए
कतिपय ठाउँमा अतिरंजित भए
हो, रक्ताम्मे भएकै हो
लाग्छ कि,
रातो देखिनुमा मात्रै
रगत भनिएको होइन,
जुनकुनै
साउने झरीले पखालिन सक्तैन
युगौंका माघहरुले कठ्याङ्ग्र्याउन सक्तैन
परिवर्तनका खोक्रा भ्रमका खहरेहरुले झन
कसरी पो बगाउन सक्छ र ?
शान्तीको ब्यारेकहरु स्थापना हुँदैमा
कन्टेनरमा बन्दुकहरु बेस्कन कोच्दैमा
बिद्रोहहरुलाई क्यान्टोन्मेण्टमा कैद गर्दैमा
पत्रपत्र परेर बसेका रगतका डोवहरु
कसरी मेटिन सक्छ र ?
कसरी धमिल्याउन सक्छ र ? Read More

